एक अध्ययन अनुसार १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्क्रिनको अगाडि बिताउने गरेका पाइन्छ । यस हिसाबले पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र फोटोको लागि पोज दिन सिक्छन् । यी त भए सकारात्मक पक्ष । यद्यपि आजको यो स्मार्ट युगमा विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ?

स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरुको सम्बन्ध टुट्दै गएको छ ।

अध्ययनका अनुसार बच्चाहरुले आफ्ना साथीभाई, आमाबुवा, शिक्षक, दौतरी, भाइबहिनीसँग प्रत्यक्ष अन्तक्रिया वा संवाद गरेर धेरै कुरा सिक्ने गर्छन् । तर, ग्याजेटको प्रयोगको कारण बच्चामा  यस किसिमको साक्षतकार गर्ने अवस्था कम हुँदै गएको छ । यसले उनीहरुको सामाजिक जीवन नराम्ररी प्र्रभावित हुँदैछ ।

दुई देखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरुको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरुको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरुको शब्दकोश कमजोर हुन्छ ।

स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरुले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।

आजभोली हामीहरु चारैतिरबाट स्क्रिनवाला डिभाइस जस्तै स्मार्टफोन, ट्याब्लेट, नोट, ल्यापटप, डेस्कटप, टिभीबाट घेरिएका हुन्छौं । सानैदेखि स्मार्टफोनको प्रयोग, टिभीमा फिल्म कार्टुन हेर्ने, ल्यापटप र ट्याबलेटको प्रयोग गर्ने बानीले बच्चाको आँखा त प्रभावित हुन्छ नै उनीहरुको मनोविज्ञान पनि प्रभावित हुन्छ ।

यहाँसम्म कि आजभोली धेरै विद्यालयहरुमा प्रोजेक्टर र स्क्रिनको माध्यमले डिजिटल रुपमा अध्यापन गराइन्छ । यस्तो अवस्थामा धेरैजसो बच्चाले दिनमा कम्तीमा पनि १५० पटक स्क्रिन हेर्छन् ।

यसै कारण उनीहरु विभिन्न शारीरिक खेलहरु जस्तै फुृटबल, बास्केटबल लगायत अन्य खेलहरुबाट टाढा भएका छन् । अहिलेका बच्चा बिहान उठ्नासाथै मोबाईल चलाउन थाल्छन् ।

जब हामी यस्तो उपकरणहरु बच्चाहरुलाई दिन्छौं उक्त उपकरणबाट निस्कने आवाज र त्यसको प्रकाश प्रति बच्चाहरु प्राकृतिक आवाज र प्रकाशभन्दा धेरै आकर्षित हुन्छन् । यसै कारणले नै बच्चाहरुको प्रकृति र समाजसँग जोडिने स्वभाविकता सकिन्छ ।

यदि बच्चा सानै देखि यी इलेक्ट्रोनिक्स स्क्रिन भएका उपकरणहरुको प्रयोग गर्छन् भने उनीहरुको दिमागी विकास यसले प्रभावित गर्छ ।

यी उपकरणहरुको कारणले मस्तिस्कमा विकसित हुने कैयौं महत्वपूर्ण कोषहरु उत्पन्न हुनासाथ विस्तारै विस्तारै नष्ट हुन थाल्छन् जसले बच्चा केही विशेष काममा पछाडि पर्छन् ।

खास कुरा त के हो भने यसमा धेरैजसो कोषहको विकास दोस्रोपटक हुँदैन र बच्चाहरुलाई मस्तिस्कको समस्या देखिन सक्छ र जीवनभर दुर्वलतासँग जुध्नुपर्छ ।

देखिन सक्छन् यी समस्याहरु

यी उपकरणहरुको प्रयोगले आमरुपमा बच्चाहरुमा देखिने समस्याहरु निम्न छन्ः

–कुनै एक चीजमा ध्यान केन्द्रित गर्न नसक्नु

–पढाईलेखाईमा मन नलाग्नु

–दिमाग एकाग्र नहुनु

–कुनै कुरा चाँडै नै भुल्ने बानी लाग्नु

–सहि र गलत छुट्याउने क्षमता कमी हुनु

–स्वभावमा परिवर्तन हुनु र एक्लै बस्न मनपराउनु

–अरुको कुरा नसुन्ने र नबुझ्ने हुनु

–जिद्दीस्वभावको हुनु र आमाबुबाले भनेको नमान्नु

READ MORE NEWS

अपि पावरले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले कम्पनीले ४० मेगावाट उत्पादन क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १८ गते स्वीकृत प्राप्त गरी मिति २०७६ फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) को अनुपातमा प्रतिशेयर १ सय अंकित दरको ५६ लाख ७० लाख कित्ता हकप्रद साधारण शेयरको निष्काशन गर्न लागेको हो। कम्पनीले आगामी कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म सेयर बिक्री वितरण खुला राख्नेछ।

कम्पनीको हालको अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब, र चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबर छ। गत आर्थिक वर्ष २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १ अबए ३६ करोड, जगेडा कोष तथा संचित नाफामा १७ करोड रहेको र प्रतिशेयर आम्दानी ८ दशमलव ४ रुपैयाँ बराबर रहेको छ।

माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी लाग्ने अनुमान गरिएको छ।

कम्पनीले कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाएको छ। बाँकी ७० प्रतिशतले हुने ५ अर्ब १८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी गरी आयोजनाको सह–वित्तीयकरण गरी ऋण प्रवाह गर्नेगरी असोज ११ गते वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ।

कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा रहेको नौगड गाढ नदीको पानी उपयोग गरी पहिलो आयोजनाको रुपमा ८ दशमलव ५ मेगावाट क्षेमताको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

त्यस्तै कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन सुरु गरिसकेको छ। यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–बलाँच १३२ केभी ट्रान्समिसन लाइनमार्फत् राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ।


Your Views
Related News