असोज २३, २०७७ काठमाडौं : नेपाली कांग्रेसको पहिलो पुस्ताका नेता रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए।  अस्पताल उपचारकै क्रममा प्रसाईलाई कोरोना संक्रमण देखिएको थियो। उनको शुक्रबार मध्यान्ह १२ बजे निधन भएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन्।  ‘१०० वर्ष टेक्ने क्रमका आदरणीय व्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ’, शर्माले भनेका छन्, ‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, बिपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो।’

विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएका प्रसाईंको परिवार ताप्लेजुङको हाङपाङबाट झापाको बिर्तामोड बसाइँ सरेको थियो। बिपी कोइरालाले उनैबाट कांग्रेस सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने गरेका थिए। उनका भाइ तथा राजनीतिक चिन्तक सिके प्रसाईंको पनि निधन भइसकेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा लामो समय कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनी २०४६ को परिवर्तनपछि सन्त नेता कृष्णप्रसाद भट्टराईको पक्षमा थिए । भट्टराईपक्षीय नेता-कार्यकर्ता पार्टी भूमिकाबाट किनारा लगाइने क्रममा उनी पनि पछिल्लो समय निष्क्रिय थिए।

READ MORE NEWS

बाइडेनसँग ट्रम्पले बहस नगर्ने, कोरोनामुक्त भएको एक हप्ता नहुँदै र्यालीको तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोनाभाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गरेका हुन्।

उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिएभने सोमबार निवास फर्किएका थिए।

  निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।  उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन्।

स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताएका थिए।

टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए। सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए ।

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।

उनहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहेका छन्। उनहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

READ MORE NEWS

वाग्मती सरकारको सहुलियतपूर्ण ऋण दिने

वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७-०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत  कूल रु तीन अर्ब बजेट विनियोजन गरिएको बताइएको छ । जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि  एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु दश लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख घनश्याम पन्थीले जानकारी दिए ।

कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र  र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ ।

प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियत दरमा ऋण लगानी गर्नेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख संयोजक र अन्य सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन समितिसमेत रहने छ  । एक्काइस वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिने छ ।

कार्यक्रमअनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन प्रशोधन भण्डारण बजारीकरणतर्फ, उद्योग व्यवसायतर्फ, पर्यटन प्रवद्र्धनतर्फ, महिला उद्यमशीलतातर्फ, दलित समुदाय व्यवसायतर्फ र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइने छ । धितो नभएकाको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजनाबापत रु पाँच लाखसम्म र धितो राखेमा बढीमा रु दश लाखसम्म ऋण उपलब्ध गराइने छ ।

कार्यक्रमलाई व्यवस्थित, सरल, एवं पारदर्शीरुपमा सञ्चालन गर्न उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण लगानी कार्यविधि २०७७ समेत प्रदेश राजपत्रमा प्रकाशित भइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता नारनप्रसाद पोखरेलले जानकारी दिए।

कृषि, पशुपंक्षी , मत्स्य क्षेत्रको उत्पादकत्वमा वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण र पर्यटक क्षेत्रको वृद्धि गरी रोजगारी प्रवद्र्धन गर्ने, बेरोजगार युवालाई रोजगारीमा आबद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र कोभिड–१९ बाट प्रभावित कृषि पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लद्यु उद्योग व्यवसायीलाई पुनःउत्थान गर्ने कार्यक्रमको मुख्य उद्देश्य छ  ।


Your Views
Related News