काठमाडौ । चाडपर्व नजिकिदै गर्दा महानगरीय प्रहरी वृत्त कालीमाटीले म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूह पक्राउ गर्यो । पक्राउ परेकाहरुले कलंकीमा एउटा ५ तले घर पुरै भाडामा लिए मिति सकिएका बस्तुको पुरानो मिति मेटाएर नयाँ मिति राखिरहेका थिए ।

 

 

पाँच तले भवनमा पुरापुर सामानले भरिएको थियो । त्यहाँ विशाल ग्रुपले उत्पादन गर्ने स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो ।

 

 

 

तीन वटा घरको हरेक कोठादेखि बाथरुममासमेत म्याद सकिएको वस्तु टनाटन भरिएको थियो । पुनः म्याद टाँस्न राख्ने दर्जनौ कामदार भेटिएका थिए । त्यसपछि त्यहाँ वाणिज्य विभागले त्यो गोदाम सिल गरेको थियो ।

 

 

त्यहाँ म्याद गुज्रिएका चक्लेट, बेकरी बनाउने पिठो, चक्लेट र बेकरी आइटमममा प्रयोग गरिने रंगलगायतका सामग्रीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । त्यहाँ प्रहरीले अकाउन्टेन्ट अनिलकुमार, प्रविनकुमार, आनन्द अवस्थी, सुमित अग्रवाल, किरणदेवी अग्रवाललगायत पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरूबाट म्याद गुज्रेको तेल पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

 

 

म्याद सकिएका चकलेट र बिस्कुटमा समेत नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना आजपनि पक्राउ परेका छन् । कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

 

 

‘पक्राउ परेकाहरु कलंकीस्थित आयन र बाफलको अमेजन डिष्टिब्युटरसँग संलग्न रहेको पाइए पनि अनुसन्धानकै चरणमा रहेकाले सबै कुरा खोल्न मिल्दैन,’ आचार्यले भने । पक्राउ परेकाहरुलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भईरहेको विभागले जनाएको छ । म्याद गुज्रिएको वस्तुमा नयाँ लेवल लगाएको अभियोगमा हालसम्म अनुसन्धानकालागि १३ जनालाई थुनामा पठाइएको निर्देशक आचार्यले बताए ।

READ MORE NEWS

यो हिन्दु मन्दिरको रहस्य र चढाइने भेटी बारे थाहा पाएपछि दुनियाँ चकित !

  •  शुक्रबार २३ असोज, २०७७

काठमाडौं । विश्वमा धर्म अनुसार मानिसहरुले मान्ने आस्था पनि फरक फरक हुन्छ । एउटै धर्ममा पनि मानिसहरुले अलगअलग आस्थासहित पुजाआजा पनि गर्ने गर्छन । तपाईं, हामी सबैले अहिलेसम्म धेरै मन्दिरहरू देखेका छौँ, जहाँ फरक फरक आस्था राख्ने गरिन्छ ।

 

 

उदाहरणका लागि मानिसहरु माता लक्ष्मीसँग धन माग्छन्, माता सरस्वतीसँग विद्या माग्छन् । विश्वभरि थुप्रै मन्दिरहरू छन् जहाँ भक्तहरुले आफ्नै विश्वास र चलनहरूका आधारमा पुजाआजा गर्छन । आज हामी तपाईंलाई एउटा त्यस्तै मन्दिरको बारेमा जानकारी दिन जाँदैछौं ।

 

 

यस मन्दिरका बारेमा जानकारी पाइसकेपछि तपाईं चकित पर्नुहुनेछ । हामी कर्नाटकको एक मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ चुरोटलाई पवित्र मानिन्छ । हुनसक्छ तपाईं अचम्मित हुनुभयो होला तर यो सत्य हो । त्यहाँ केहि मन्दिरहरुमा भक्तहरु भेटीको रूपमा चुरोट चढाउछन् ।

 

 

 

 

हो, भक्तहरूले साबरमती नदीको किनारमा रहेको दधीचि ऋषि आश्रममा चुरोट र गुलाब दान गर्छन् । प्राप्त जानकारी अनुसार, हरेक बिहिबार सयौं भक्तहरू आफ्नो इच्छा पूरा हुने आशाको साथ यहाँ आउँछन् । त्यसपछि उनीहरुले चुरोट अघोरी दादाको चिहानमा दान गर्दछन् ।

 

 

यी सबैमा सब भन्दा खास कुरा यो हो कि यहाँका मानिसहरूले महँगो चुरोट वा फूलहरू अघोरी दादालाई दान दिन सक्दैनन् । वास्तवमा, भक्तलाई भनिएको छ कि ऊनीहरु मात्र सस्तो चुरोट र फूलहरू दान गर्न सक्छन् । जुन त्यहाँको ट्रस्टले उनीहरुलाई निःशुल्क प्रदान गर्दछ ।

 

 

 

यो एक नियम, जुन विलासिताको कारमा आउने व्यक्तिदेखि हिडेर आउँनेहरुले एउटै नियमको अनुसरण गर्नुपर्दछ । वास्तवमा यो भनिन्छ कि गुजरातका धेरै ठूला मन्दिरहरू भ्रमण गरिसकेपछि मानिसहरूले अघोरी दादालाई आफ्नो इच्छा पूरा गर्न चुरोट दान दिन थालेका हुन् । यहाँ भक्तहरूले मन्दिरको र्याकमा आगोको ज्वाला चलाइरहेको प्रसादको अघि राखिदिनु पर्छ, किनभने यस्तो विश्वास गरिन्छ कि यसो गर्दा उनीहरूको चाहना पूरा हुन्छ ।


Your Views
Related News