काठमाडौ । मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल एक अनौठो विवाहको बारेमा जानकारी आएको छ ।

 

 

मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको छ । विवाहको रोचक कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा डनिसले काम गर्थे । दुवैजनाले प्रेम विवाह गरेका हुन् ।

 

 

तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाहलाई दुवै परिवारको सर्मथन र आर्शिवाद मिलेको थियो । दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर विवाह सम्पन्न गरेका हुन् ।

 

 

जोहोरका मुसलमानले सयौं वर्ष पुरानो परम्परा निभाउदै छोरीको विवाह २२.५० रिंगिट अर्थात करीब ३ सय रुपैयाँ बराबरको रुपैयाँ माग गरे । तुकू सुल्तानको एकमात्र छोरी हुन् र छ बच्चाहरुमा २ नम्बरकी हुन् ।

 

 

तुंकु र डेनिस पहिलो पटक भेट हुँदा सिंगापुरमा एक रोवर्ट फुटबल क्लबमा मार्केटिङ म्यानेजरको रुपमा काम गर्थे । इस्लाममा प्रवेश गरेसँगै डेनिस वरबासबाट डेनिस मुहम्मद भएका थिए । उनी नेदरल्यान्डको एक सानो शहरका हुन् । पहिला उनी मोडलिङ पनि गर्थे । डेनिसको पिता फुल पसलमा काम गर्छन् भने आमा कपडा पसलमा काम गर्छिन् ।

 

 

सुल्तानकी एक्ली छोरीको विवाह धुमधामले सम्पन्न भयो । उनीसँग लगभग दुई सय अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । जोहोर मलेशियामा एक यस्तो एक्लो राज्य छ, जो सँग निजी आर्मी हुन्छ । एक टेलि कम्पनीका मालिक सुल्तान इब्राहिमसँग ६४१ करोड रुपैयाँको एक सुनको प्लेन र आलीशान तीन भवनहरु छन् । जसलाई उनले ४१७० लाख रुपैयाँमा खरीद गरेका थिए । News Source BBC

 

  

READ MORE NEWS

 

कोरोना भाइरसको मानिसका छालामा बाँच्न सक्ने क्षमता देखेर बैज्ञानिकहरु हैरान

  •  बिहिबार २२ असोज, २०७७

काठमाडौं । हाम्रो शारीरमा कोरोना भाइरस (कोभिड–१९) कति समयसम्म जीवित रहन सक्छ ? यो धेरैलाई चासो लाग्ने विषय हो । पछिल्लो अध्ययन अनुसार कोरोनाभाइरस मानव छालामा ९ घण्टा सम्म बाँच्न सक्छ । यो प्रयोगशालामा पनि प्रमाणित भैसकेको छ । कोरोनाभाइरस इन्फ्लुएन्जा–ए भन्दा ४ गुणा लामो समयसम्म बाँच्न सक्छ ।

 

 

यो दाबी जापानको क्योटो प्रिफेक्चुरल मेडिसिन अफ मेडिसिनले आफ्नो शोधमा उल्लेख गरेको छ । यति लामो समय सम्म छालामा कसरी जीवित रहन्छ भनेर निश्चित गरिएको छैन । अनुसन्धानले भन्छ कि भाइरसलाई यति लामो समय सम्म छालामा राख्दा जोखिम बढ्छ । त्यसकारण कम्तिमा २० सेकेन्डको लागि साबुनले हात धुनु आवश्यक हुन्छ ।

 

 

 

मानव छालाको नमूनाहरू फोरेन्सिक एटोप्सी मार्फत अनुसन्धानका लागि लिइएको थियो । छाला कोषहरू कोरोनाभाइरस र इन्फ्लूएन्जा–एको नमूनाको साथ मिश्रित गरिएको थियो । अनुसन्धानले पत्ता लगायो कि छालामा फ्लू भाइरस १०८ मिनेटसम्म जीवित रहनसक्छ । उही समयमा, कोरोनाभाइरस ९ घण्टासम्म जीवित रहन्छ ।

 

 

अन्वेषकहरूका अनुसार श्वसन पथबाट लिइएको नमूना कोरोनाभाइरस ११ घण्टासम्म जीवित रहेको देखिएको थियो । त्यसलाई हाते स्यानिटाइजर प्रयोग गरेर भाइरसलाई २० सेकेन्ड भित्र हटाईयो । हाते स्यानिटाइजरमा ६० देखि ६५ प्रतिशत अल्को–हलरहेको थियो । त्यसकारण स्नानिटाइजर वा साबुन पानीले हात धुने गर्नुहोला ।

 

 

रोग नियन्त्रण र रोकथाम केन्द्रहरूको दिशानिर्देशहरूको अनुसार ६० देखि ९५ प्रतिशत अल्को–हलयुक्त स्यानिटाइजरले कम्तिमा २० सेकेन्डसम्म हात सफा गर्नुपर्छ । केवल त्यसपछि कोरोना भाइरसलाई हातबाट हटाउन सकिन्छ ।

 

 

माथि उल्लेख गरिएजस्तै २० सेकेन्डसम्म साबुन पानीले हात धुने गर्नाले पनि भाइरस हट्छ । जापानी वैज्ञानिकहरूले अनुसन्धान गरिरहेको कोरोनाभाइरस संक्रमणको जोखिम इन्फ्लूएन्जा–ए भाइरस भन्दा बढी हुने बताएका छन् ।

 


Your Views
Related News