नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् ।  कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार गरेका हुन्।

नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै मुसहरले ति बालिकालाई बजरजस्ती तानेर लगेर बलात्कार गरेका थिए ।  प्रहरीले बालिकालाई बलात्कार गर्ने मुसहर र उनका सहयोगी विष्णु  विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

उनीहरुले बालिकालाई बाटोदेखि केही पर खेतमा लगेर बलात्कार गरेको नवलपुर प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघि गैडाकोटमा ७ बर्षीया बालिकालाई आफ््नै १४ बर्षीया दाजुले घर कोही नभएको मौका छोपी बलात्कार गरेको घटना बाहिर आएको थियो ।


Your Views
Related News