वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत बिहीबार कोरोना संक्रमण भएपछि राष्ट्रपतिका डेमोक्रेटिक उमेदवार जो बाइडेनले ट्रम्पलाई संक्रमण भइरहे आगामी डिबेटमा सहभागी नहुने बताएका थिए ।

पहिलो टेलिभिजन डिबेट ‘चर्काचर्की’ टुंगिएको र प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला अक्टोबर १५ मा हुने दोस्रो टेलिभिजन डिबेट अन्योलमा परेको छ ।

बाइडेनले मंगलबार भनेका थिए, “मलाई लाग्छ, यदि ट्रम्पलाई कोरोना संक्रमण भइरहे आगामी डिबेट हुनसक्दैन । मलाई लाग्छ, हामीले निकै कडा निर्देशनहरुको पालना गर्नुपर्छ । धेरै मानिसहरु संक्रमित भइरहनु भएको छ । यो निकै गम्भीर समस्या हो ।”

ट्रम्प संक्रमित भइरहे आगामी डिबेट हुनसक्दैन : जो बाइडेन 

त्यसैगरी चिकित्सकले राष्ट्रपति ट्रम्पलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताए पनि उनले पनि आगामी डिबेटमा आफू सहभागी नहुने बताएका छन् । आयोजकले अक्टोबर १५ मा हुने डिबेटमा संलग्‍न सबैको ‘स्वास्थ्य र सुरक्षाको निम्ति’ दुवै प्रतिस्पर्धीलाई फरक-फरक स्थानबाट सहभागी गराइने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएका हुन् । ट्रम्प र डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् ।

आक्रोशित ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा ‘समय खेर फाल्न आफू त्यसमा सहभागी’ नहुने बताएका हुन् । उनले भने, “कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद हो ।”

चिकित्सकले भने – ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्छन्

डेमोक्रेटिक उमेदवार जो बाइडनले राष्ट्रपतिमाथि हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन् । “तपाईंलाई थाहै हुँदैन कि राष्ट्रपतिको मुखबाट कतिबेला के निस्किन्छ भनेर,” बाइडनको टिप्पणी छ ।

बाइडेनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ । जवाफमा ट्रम्पका अभियानकर्ताहरूले आयोजकको निर्णयलाई ‘बाइडनको प्रतिरक्षा गर्ने हतारो’ भनि टिप्पणी गरेका छन् ।

उक्त भर्चुअल डिबेटमा सहभागी हुनुको साटो ट्रम्पले चुनावी र्‍याली आयोजना गर्ने उनीहरूको भनाइ छ ।

तेस्रो डिबेट अक्टोबर २२ तारिखमा हुने भनिएको थियो । अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपतिको चुनाव हुँदैछ । ट्रम्पको समूहले त्यसको पाँच दिनअघि २९ अक्टोबरमा तेस्रो आमनेसामने डिबेट हुनुपर्ने बताएको छ । तर बाइडनको समूहले त्यो हुन नसक्ने प्रतिक्रिया दिएको छ ।

बाइडेनको समूहले राष्ट्रपति डिबेट पूर्वनिर्वधारित हुने भएको र तीन चरणमा विभाजन गरिएकोले ट्रम्पले चाहेको समयमा डिबेट हुननसक्ने बताएको छ ।

पछिल्लो मत सर्वेक्षण अनुसार ट्रम्पभन्दा केही राज्यमा बाइडेन एकल अंकले अघि देखिएका छन् ।

‘अर्ली भोटिङ’अन्तर्गत करिब ६० लाख अमेरिकीहरुले हुलाकमार्फत मतदान गरिसकेका छन् ।

READ MORE NEWS

मर्जर र पुँजी वृद्धि नीति प्रभाव : विकास बैंक र वित्त कम्पनी अस्तित्व जोगाउने संघर्षमा

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाको मर्जर सुरु भएको डेढ दशकभन्दा बढी भइसकेको छ । २०६१ साउन ११ गते लक्ष्मी बैंकले तत्कालीन हाइसेफ वित्त कम्पनीलाई गाभेर बैंक तथा वित्तीय संस्थामा मर्जरको सुरुवात भएको थियो ।

त्यसपछि हालसम्म २०० भन्दा बढी संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । बैंक तथा वित्तीय संस्थामा मर्जरको सबैभन्दा ठूलो प्रभाव विकास बैंक र वित्त कम्पनीमा परेको देखिन्छ । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदन हेर्ने हो भने अहिलेसम्म ३२ वटा वाणिज्य बैंक, ९५ वटा विकास बैंक र ८७ वटा वित्त कम्पनीले इजाजत पाएका छन् । जसमध्ये २०७७ साउन मसान्तमा वाणिज्य बैंक संख्या २७, विकास बैंक २१ र वित्त कम्पनीको संख्या २० वटा छ । यसबाहेक लघुवित्त वित्तीय संस्थाको संख्या ८४ वटा छ । तर यहाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मर्जरको मात्रै चर्चा गर्न लागेकाले लघुवित्तलाई भने छाडौं ।

नेपालमा बैंकिङ क्षेत्रमा मर्जरको सुरु २०६१ सालबाट भए पनि राष्ट्र बैंकले २०६८ मा मात्रै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०६८ जारी गरेको थियो । सन् २००७/०८ को विश्वव्यापी आर्थिक संकटका कारण नेपालमा पर्न सक्ने प्रभाव तथा सोही समयमा नेपालका वित्तीय संस्थाहरूमा देखिएको तरलता अभावका कारण कतिपय वित्तीय संस्थाहरू समस्याग्रस्त हुन पुगेका थिए । सोही बेला आईएमएफले गरेको एक अध्ययनले नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएकाले राष्ट्र बैंकको नियमन क्षमता कमजोर भएको भन्दै वित्तीय प्रणालीमा समस्या हुनसक्ने बताएको थियो । आईमएफले त्यतिबेला बैंक तथा वित्तीय संस्थाको मर्जर गर्न सुझाव दिएको बताइन्छ ।

उक्त समयको विभिन्‍न परिस्थितिलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थागत सुशासन, वित्तीय, प्राविधिक र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी सर्वसाधारण तथा लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली जारी गरेको थियो ।

त्यसपछि २०७० मा बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्‍विजिसन) सम्बन्धी विनियमावली, २०७० पुन: जारी गरी कार्यान्वयनमा ल्यायो । त्‍यसपछि राष्ट्र बैंकको बागडोर चिरञ्‍जीवी जेपालको हातमा पुगेपछि उनले बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी ४ देखि २५ गुणसम्म बढाउने निर्णय गरे । यसअघि आएका मर्जर तथा प्राप्तिसम्बन्‍धी दुईवटै विनियमावलीलाई परिमार्जनका साथै दुवै विनियमावलीलाई एकीकृत गरी बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने-गाभिने (मर्जर) र प्राप्ति (एक्‍विजिसन) सम्बन्धी विनियमावली, २०७३ जारी गरी भयो । त्यस्तै ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,’ मा समेत गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा छुट्टै व्यवस्था भयो ।

तर राष्ट्र बैंकले २०६८ मा बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली जारी गर्नुभन्दा अगाडि नै लक्ष्मी बैंक र हाइसेफ फाइनान्सपछि पनि २०६४ असोज १ मा नेपाल बंगलादेश बैंक र नेपाल बंगलादेश फाइनान्स मर्ज भएर नेपाल बंगलादेश बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको थियो । त्यसपछि २०६७ कात्तिक १५ मा नारायणी फाइनान्स र नेसनल फाइनान्स मर्ज भएर नारायणी नेसनल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु भएकव थियो । त्यस्तै २०६७ माघ ९ बाट पुन: नेपाल बंगलादेश बैंक र नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स मर्जर भएर एकीकृत कारोबार सुरु भयो ।

बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली २०६८ जारी भएपछिको पहिलो मर्जर भने हिमचुली विकास बैंक र वीरगन्‍ज फाइनान्सको हो । दुई संस्थाबीच २०६८ असार १ गते एच एन्ड बी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

विनियमावली जारी हुनुअघि चारवटा मर्जर सफलतापूर्वक सम्पन्‍न भए पनि उक्त नियमावली जारीपछि भने बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर सुरु भएको थियो । यस्तै वित्तीय रुपमा संकटमा परेको तथा संकटग्रस्त केही वित्तीय संस्थालगायत अन्य केही संस्था मर्जरमा गए । तर वित्तीय क्षेत्रमा मर्जरको सबैभन्दा ठूलो प्रभाव भने पुँजीवृद्धि योजनापछि आएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाल नियुक्त भएपछि उनले आर्थिक वर्ष ०७२/७३ मा आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ देखि २५ गुणासम्म बढाउनुपर्ने तर त्यसका लागि दुई वर्षको अवधि तोकिदिए ।

उक्त नीतिको सबैभन्दा ठूलो प्रभाव विकास बैंक र वित्त कम्पनीमा पर्‍यो । अर्कोतर्फ त्यसको प्रभाव पुँजीबारमा पनि पर्‍यो ।  पुँजीवृद्धि नीतिले बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउन हकप्रदको बाढी ल्याउँदा सेयर बजारमा सेयरको सप्लाई ह्‌वात्तै बढायो । अर्कातर्फ पुँजी वृद्धिको तुलनामा बैंकहरूको रिटर्न बढ्न सकेन । बजारमा सीमित लगानीकर्ता तथा बजारमा सेयरको सप्लाई बढी हुँदा सेयर बजार लामो समय प्रभावित बन्यो ।

यस्तै पुँजीवृद्धि नीतिसँगै पुँजी पुर्‍याउन विकास बैंक र वित्त कम्पनी गाभिने तर वाणिज्य बैंकमा विलय हुँदा नेपाल राष्ट्र बैंकले ९५ वटालाई लाइसेन्स दिएको विकास बैंक हाल २१ वटा र ८७ वटालाई लाइसेन्स दिएको वित्त कम्पनी हाल २० वटामा सीमित भए। हाल कायम रहेका यी संस्थालाई पनि अहिले अतिस्त्व जोगाउन मुस्किल पर्दै गएको छ । राष्ट्रियस्तरका केही संस्था मर्जरमा नगए पनि क्षेत्रीय स्तरका वित्त संस्थाले अहिले पनि कुनै ठूलो बैंकमा विलय हुन छलफल चलाइरहेका छन् ।
तर विभिन्‍न समयमा आएको मर्जर नीति तथा पुँजीवृद्धि योजनाले वाणिज्य बैंकमा मर्जरको प्रभाव खासै पर्न सकेन । गत आर्थिक वर्षको मौद्रिक नीतिबाट भने वाणिज्य बैंककको संख्या बढी भयो भन्दै वाणिज्य बैंक मर्जरमा लैजाने विषय मौद्रिक नीतिमै समावेश भएको छ। ३२ वटासम्म पुगेका वाणिज्य बैंक अहिले पनि २७ वटा कायम छन् । राष्ट्र बैंकले तोकेका न्यूनतम चुक्ता पुँजीपछि पनि बिग मर्जर भने ग्लोबल आईएमई र जनता बैंक गरे । त्यसअघि पनि ग्लोबल आईएमई बैंकले नै कमर्स एन्ड ट्रस्ट बैंकलाई मर्ज गराएको थियो ।

यता बैंक अफ एसिया र एनआईसी बैंक मर्जर भएर एनआईसी एसिया बैंक बनेका थिए । त्यस्तै साबिकको प्रभु विकास बैंकले किस्ट बैंकलाई गाभेर प्रभु बैंक बन्यो भने प्रभास बैंकले अर्को ग्रान्ड बैंकलाई पनि गाभेको थियो । यस्तै बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भएर बैंक अफ काठमाण्डू बनेका हुन् ।

राष्ट्र बैंकले पुँजी वृद्धि योजनामा बैंकहरूलाई हकप्रद जारी गर्न दिएर हकप्रदको बाढी नै ल्यायो तर अहिले पुन: वाणिज्य बैंकको मर्जर भन्दै मौद्रक नीतिबाटै विभिन्‍न व्यवस्था गरेको छ ।

कुन संस्था कुनमा गाभिए ?
२०६१ बाट सुरु भएको मर्जर नीतिपछि विभिन्‍न बैंक तथा वित्तीय संस्थहरू विभिन्‍न बैंकमा मिलेका छन् । सबैभन्दा धेरै संस्था मर्जर भएर बनेको बैंक भने अहिलेको ग्लोबल आईएमई बैंक हो ।

लक्ष्मी बैंक 
बैंकिङ क्षेत्रकै पहिलो मर्जर गरेको लक्ष्मी बैंकले हाइसेफ फाइनान्स र साबिकको प्रोफेसनल विकास बैंक र दियालो विकास बैंक मिलेर बनेको प्रोफेसनल दियालो विकास बैंकलाई गाभेको छ ।

नेपाल बंगलादेश बैंक
यस्तै साबिकको नेपाल बंगलादेश फाइनान्स र नेपाल बंगलादेश बैंक मिलेर नेपाल बंगलादेश बैंक बन्यो भने साबिकको नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स पनि नेपाल बंगलादेश बैंकमै गाभिएको थियो ।

सनराइज बैंक 
नारायणी फाइनान्स र नेसनल फाइनान्स मिलेर बनेको नारायणी नेसनल फाइनान्स पछि आएर सनराइज बैंकमा गाभिएको थियो । यस्तै सनराइज बैंकले नै एनआईडीसी क्यापिटल मार्केटलाई पनि गाभेको थियो ।

कुमारी बैंक 
साबिकको काष्‍ठमण्डप डेभलमेन्ट बैंकले पनि शिखर फाइनान्सलाई गाभेको थियो । पछि काष्ठमण्डप डेभलमेन्ट बैंक पनि कुमारी बैंकमा विलय भयो । यस्तै कुमारी बैंकमा महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल विकास बैंक पनि गाभिएका छन् ।

एनडीईपी डेभलपमेन्ट बैंक र राइजिङ डेभलमेन्ट बैंक मिलेरे एनडीईपी बैंक बनेको थियो । एनडीईपी डेभलमेन्ट बैंकले नै पछि नाम परिवर्तन गरेर देव: विकास बैंक बनेको थियो । वेस्टर्न डेभलपमेन्ट बैंकले नमस्ते वित्तीय संस्थालाई गाभेको थियो , जुन पछि देव: विकास बैंकमा गाभियो । यस्तै देवः विकास बैंकले नै साझा विकास बैंक र युनियन फाइनान्सलाई पनि गाभेको हो । तीनवटा संस्थालाई गाभेपछि देवः विकास बैंक पनि कुमारी बैंकले प्राप्ति गरिसकेको छ ।

एनसीसी बैंक
हाल एनसीसी बैंकमा गाभिसकेको साबिकको इन्फ्रास्टक्चर बैंकले पनि स्वस्तिक मर्चेन्ट फाइनान्सलाई गाभेको थियो । साबिकको अन्‍नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स मर्जर भएर सुप्रिम डेभलपमेन्ट बैंक बन्यो जुन पछि आएर एनसीसी बैंकमै गाभियो । रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर एपेक्स डेभलमेन्ट बैंक बनेको थियो । उक्त बैंक पछि आएर एनसीसी बैंकमै गाभियो । यस्तै साबिकको राष्ट्रिय स्तरको इन्टरनेसनल डेभलमेन्ट बैंक पनि एनसीसी बैंकमै विलय भएको थियो ।

सिद्धार्थ बैंक
यस्तै साबिकको बिजनेस डेभलमेन्ट बैंक र युनिभर्सल डेभलमेन्ट बैंक मिलेर बिजनेस युनिभर्सल डेभलमन्ट बैंक भनेको थियो । जुन पछि सिद्धार्थ बैंकमा विलय भयो ।

माछापुच्छ्रे बैंक
स्ट्यान्डर्ड फाइनान्स पनि माछापुच्छ्रे बैंकमा गाभिएको थियो ।

ग्लोबल आईएमई बैंक
साबिकको ग्लोबल बैंक लिमिटेड, आईएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्स मिलेर ग्लोबल आईएमई बैंक बनेको थियो । सोसियल डेभलमेन्ट बैंक र गुल्मी विकास बैंक पनि ग्लोबल आईएमई बैंकमै गाभिएका थिए । यस्तै २०७० चैत ३० गते ग्लोबल आईएमई वाणिज्य बैंक कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेको थियो ।

ग्लोबल आईएमई बैंकमै साबिकको रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलमेन्ट बैंक मिलेर बनेको रिलायबल डेभलपमेन्ट बैंक पनि गाभिएको थियो । ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई पनि गाभेको थियो । हाथवे फाइनान्सलाई पनि ग्लोबल आईएमई बैंकले प्राप्ति गरेको हो ।

यता ग्लोबल आईएमई बैंकमा मर्जर भएको जनता बैंक नेपालले पनि त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलमेन्ट बैंक मिलेर बनेको त्रिवेणी विकास बैंक गाभिएको थियो । जनता बैंकमै गाभिएको सिद्धार्थ विकास बैंकले एकता विकास बैंक र नेपाल आवास फाइनान्सलाई गाभेको थियो ।

एनआईसी एशिया बैंक 
यस्तै क वर्गका एनआईसी बैंक र बैंक अफ एशिया मिलेर हालको एनआईसी एशिया बैंक बनेको हो ।

प्रभु बैंक 
साबिकका प्रभु फाइनान्स, समृद्धि विकास बैंक र वैभव फाइनान्स मिलेर प्रभु फाइनान्स बनेको थियो । सोही प्रभु विकास बैंकमा किस्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएर प्रभु बैंक बनेको थियो । प्रभु बैंकले अर्को वाणिज्य बैंक ग्रान्डलाई गाभेको थियो ।

सिभिल बैंक
सिभिल बैंकमा पशुपति विकास बैंक र उद्यम विकास बैंक मिलेर एक्सिस डेभलपमेन्ट बैंकसँगै सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएको थियो । सिभिल बैंकमा इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स पनि गाभिएको थियो । सिभिल बैंकले नै युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई पनि प्राप्ति गरेको हो ।

बैंक अफ काठमाण्डू
हालको बैंक अफ काठमाण्डूमा मर्ज भएको लुम्बिनी विकास बैंकले नवदुर्गा फाइनान्सलाई गाभेको थियो । लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मिलेर हालको बैंक अफ काठमाण्डू बनेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्सलाई गाभेको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले प्रिमियर फाइनान्सलाई पनि गाभेको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले नै सहयोगी विकास बैंकलाई पनि प्राप्ति गरेको हो ।

मेगा बैंक 
मेगा बैंकले पश्चिमाञ्चल विकास बैंकलाई गाभेको थियो । यस्तै टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक र कालिञ्‍चोक विकास बैंकलाई गाभेको थियो । जुन पछि आफैं मेगा बैंकमा विलय हुन पुग्यो ।

१० जिल्ला कार्यक्षेत्र भएको विश्‍व विकास बैंक र फेवा फाइनान्स मिलेर राष्ट्रिय स्तरको फेवा विकास बैंक बनेको थियो । साबिकको फेवा विकास बैंक र गण्डकी विकास बैंक मिलेर गण्डकी विकास बैंक बन्यो । जुन पछि पुन: मेगा बैंकमै गाभियो ।

एनएमबी बैंक
एनएमबी बैंकले पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंकको साथै प्रुडेन्सियल फाइनान्स र गोर्खा फाइनान्स मिलेर प्रुडेन्सियल फाइनान्स गाभेको थियो ।

सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मिलेर बनेको साबिकको ओम डेभलपमेन्ट बैंकले मनास्लु डेभलपमेन्ट बैंकलाई गाभेको थियो जुन पछि एनएमबी बैंक बैंकमा गाभियो । एनएमबी बैंकले कञ्‍चन डेभलपमेन्ट बैंकलाई पनि गाभेको छ ।

प्राइम कमर्सियल बैंक
मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेको कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा विलय भएको थियो । प्राइम कमर्सियल बैंकले विराट-लक्ष्मी विकास बैंक र खाँदबारी विकास बैंक मिलेर बनेको विराट-लक्ष्मी विकास तथा कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभेको थियो ।

सानिमा बैंक 
सानिमा बैंकले पनि वाग्मती डेभलपमेन्ट बैंकलाई गाभेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले साबिकको अरनिको डेभलपमेन्ट बैंक र सूर्या डेभलपमेन्ट बैंक मिलेर अरनिको डेभलपमेन्ट बैंक र इनोभेटिभ डेभलपमेन्ट बैंकलाई गाभेको थियो । सेञ्चुरी कमर्सियल बैंकले नै सगरमाथा मर्चेन्ट एन्ड फाइनान्स र पाटन फाइनान्स मिलेर सगरमाथा फाइनान्सलाई पनि एक्‍वायर गरेको थियो । सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई पनि प्राप्ति गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले पनि राष्ट्रियस्तरको एस. डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो । जेविल्स फाइनान्सलाई पनि नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक 
सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकमा नेपाल औद्योगिक विकास निगमको नामबाट स्थापना भएको सरकारी लगानीकै एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएको हो ।

लुम्बिनी विकास बैंक
भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी मिलेर हालको लुम्बिनी विकास बैंक बनेको हो । भिवोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मिलेर भिवोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको थियो ।

भिवोर विकास बैंक र भाजुरत्‍न विकास बैंक मिलेर भिवोर विकास बैंक बनेको थियो । यस्तै हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स मर्ज भएर एच एन्ड बी डेभलपमेन्ट बैंक बन्यो जुन पछि नाम परिवर्तन गरेर सोसाइटी डेभलपमेन्ट बैंक बनेको थियो ।

शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंक 
यस्तै शाइन डेभलपमेन्ट बैंक र रेसुङ्‍गा विकास बैंक मिलेर शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंक बन्यो । शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंकले नै गौमुखी विकास बैंक पनि गाभेको थियो । शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई प्राप्ति गरेको हो ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक मर्ज भएर हालको महालक्ष्मी विकास बैंक बनेको हो । मनकामना विकास बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मिलेर साबिकको यती विकास बैंक बनेको थियो । यस्तै साबिकको मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक बनेको थियो । साबिकका सिद्धार्थ फाइनान्स र इम्पेरियल फाइनान्स मिलेर सिद्धार्थ फाइनान्स बनेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंक
यस्तै सांग्रिला डेभलपमेन्ट बैंक र बागेश्‍वरी विकास बैंक मर्जर भएर सांग्रिला डेभलपमेन्ट बैंक बनेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले नै कसमस डेभलपमेन्ट बैंकलाई पनि गाभेको हो ।

गरिमा विकास बैंक
१० जिल्ला कार्यक्षेत्र भएको गरिमा विकास बैंकले तीन जिल्ला कार्यक्षेत्र भएको नीलगिरि विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको बनेको थियो । गरिमा विकास बैंकले अर्को तीन जिल्ला कार्यक्षेत्र भएको शुभेच्‍छा विकास बैंलाई पनि गाभेको थियो ।

मुक्तिनाथ विकास बैंक
१० जिल्ला कार्यक्षेत्र भएको मुक्तिनाथ विकास बैंकले पनि एकजिल्ले सिभिक डेभलमेन्ट बैंकलाई गाभेर राष्ट्रिय स्तरको बनेको थियो ।

कामना सेवा विकास बैंक
१० जिल्ला कार्यक्षेत्र भएको कामना विकास बैंक र कास्की फाइनान्स मिलेर राष्ट्रिय स्तरको कामना विकास बैंक बनेको थियो । यस्तै कामना विकास बैंक र सेवा विकास बैंक मिलेर हालको कामना सेवा विकास बैंक बनेको हो ।

ज्योति विकास बैंक 
ज्योति विकास बैंकले झिमरुक विकास बैंकलाई गाभेको थियो । ज्योति विकास बैंकले नै राप्ती-भेरी विकास बैंकलाई पनि प्राप्ति गरेको हो । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई पनि प्राप्ति गरेको हो ।

सप्तकोसी डेभलपमेन्ट बैंक
काबेली विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक मिलेर हालको सप्तकोसी डेभलपमेन्ट बैंक बनेको हो । सप्तकोसीसँग मर्ज हुनुपूर्व काबेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई एक्‍वायर गरेको थियो ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक
साबिकको तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर भएर तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो । सोही बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई पनि प्राप्ति गरेको हो ।

रिलायन्स फाइनान्स
साबिकको रिलायन्स फाइनान्स र लोटस इन्भेष्टमेन्ट फाइनान्स मर्ज भएर हालको रिलायन्स फाइनान्स बनेको हो ।

बेस्ट फाइनान्स 
यस्तै बुटवल फाइनान्स, अल्पाइस एभरेष्ट फाइनान्स र सीएमबी फाइनान्स मिलेर सिनर्जी फाइनान्स बनेको थियो । पछि बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई एक्‍वायर गरेर अहिलेको बेस्ट फाइनान्स बनेको हो ।

गोर्खाज फाइनान्स
गोर्खा विकास बैंक र काठमाडौं फाइनान्स मर्ज भएर गोर्खाज फाइनान्स बनेको थियो ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स
साबिकको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र एभरेष्ट फाइनान्स मिलेर हालको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स बनेको हो ।

सेन्ट्रल फाइनान्स
साबिकको सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स मिलेर हालको सेन्ट्रल फाइनान्स बनेको हो ।

यसबाहेक पनि केही बैंक तथा वित्तीय संस्था अझै पनि मर्जर प्रक्रियामा छन् । केही संस्था मर्जरका लागि छलफल गरिरहेका छन् । नेपाल इन्भेष्मेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स, सनराइज बैंकले सिर्जना फाइनान्स र गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा छन् । प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरे पनि ललितपुर फाइनान्समा केही समस्या भएकाले उक्त प्राक्रियालाई राष्ट्र बैंकले रोकेको थियो । आफैं पनि क्षेत्रीय स्तरका केही विकास बैंक वित्त कम्पनी मर्जरमा जानुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

यसबाहेक दुई दर्जनभन्दा बढी लघुवित्तहरू मर्जर प्रक्रियामा सामेल भइसकेका छन् भने करिब सोही संख्यामा मर्जर प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको एक प्रतिवेदनमा पनि साउनसम्मको १९८ वटा बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएको र त्यसमध्ये १५१ वटा संस्थाको इजाजत खारेज भएर ४७ वटा संस्था कायम भएको उल्लेख छ ।

राष्ट्र बैंकको मर्जर तथा पुँजी वृद्धि नीति विकास बैंक र वित्त कम्पनी संख्या घटाउन सफल भएको देखिए पनि त्यसले न्यून र मध्य वर्गीयलाई वित्तीय पहुँचबाट टाढा पुर्‍याएको विश्लेषण पनि भइरहेको छ । वाणिज्य बैंकमा त्यस्ता वर्गका मानिसहरूको पहुँच नहुने र लघुवित्तले वित्तीय आवश्यकता पूरा गर्ने नसक्ने जानकारहरू दाबी गर्छन् ।


Your Views
Related News