वासिङ्टन, (रासस / एपी) : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ ।

 

 

गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गर्नु भएको हो ।

 

 

उहाँका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उहाँको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् ।

 

 

राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल जानु भएको थियो भने सोमबार निवास फर्किनु भएको थियो । निवासबाटै पनि उहाँलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।

 

 

उहाँका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिनुभएको हो । स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उहाँले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताउनु भएको थियो ।

 

 

टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उहाँले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिनुभएको थियो । सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उहाँले बताउनु भएको थियो ।

 

 

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।

 

 

उहाँहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिनु भएको हो ।

 

 

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लाग्नु भएको छ ।

 

 

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहनु भएको छ । उहाँहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

READ MORE NEWS

भारतियले राष्ट्रिय सुरक्षाका अति संवेदनशील सूचना पाकिस्तान पठाउने गरेको खुलासा !

  •  शुक्रबार २३ असोज, २०७७

काठमाडौ । भारतमा एक व्यक्तिलाई गम्भीर प्रकरणमा संलग्न रहेको बताउँदै पक्राउ गरिएको छ । भारत, महाराष्ट्र आवाद विरोधी टोलीले शुक्रवार हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) का एक कर्मचारीलाई पक्राउ गरेको छ ।

 

 

उनीलाई एटीएसको नासिक इकाईले भारतीय लडाकू विमानको बारेमा गोप्य जानकारी र उनीहरूको निर्माण इकाई पाकिस्तानको इन्टर–सर्भेस इन्टेलिजेन्स (आईएसआई) लाई लडाकु विमान लगायत सुचना दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । यसले भारतियले राष्ट्रिय सुरक्षाका अति संवेदनशील सूचना पाकिस्तान पठाउने गरेको खुलासा भएको हो ।

 

 

यसअघिको अक्टुबर ५ मा एकजनालाई नासिकबाट पक्राउ गरिएको थियो । नासिक अदालतले एक व्यक्तिलाई पाकिस्तानको एक व्हाट्सएप समूहमा देवलालीको रक्षा क्षेत्रको फोटो पठाउँदै गरेको आरोपमा अक्टुबर ९ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।

 

 

प्रहरी अधिकारीले भनेका थिए कि २१ वर्षीया आरोपी सञ्जीव कुमारलाई देवलाली क्याम्पमा रहेको सैनिक अस्पतालको तस्बिर खिच्दै गर्दा केहि सैनिकले समातेर लगेका थिए । उक्त क्षेत्रमा फोटो खिच्न र भिडियो रेकर्ड गर्न निषेध गरिएको छ ।


Your Views
Related News