काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने जनाएको छ। मन्त्रालयले यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

 

 

 

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

 

 

 

 

उनले भने, ‘यदि आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐन अनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ। त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सूचना गरिसकेका छौँ।’ उनले पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छन्।

 

 

 

मन्त्रालयले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ। ‘पिसिआर परीक्षणका लागि नमुना दिएर आफ्नो काममा लाग्ने, कार्यालयको काममा बाहिर जाने गरेको पाइएकोले सबैलाई रिपोर्ट नआएसम्म घरमा क्वारेन्टाइनमामा बस्नुपर्छ। किनभने, यदि रिपोर्ट पोजिटिभ आएमा बीचमा अन्यलाई सर्न सक्छ र नेगेटिभ आए अन्य सावधान अपनाउनुपर्छ,’ प्रवक्ता गौतमले भने।

READ MORE NEWS

कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ जना आइसियुमा :  स्वास्थ्य मन्त्रालय

  •  शुक्रबार २३ असोज, २०७७

काठमाडौ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

 

 

मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसियु र ५७ जना भेन्टिलेटर, प्रदेश ५ मा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

 

READ MORE NEWS

नेपालमा कोरोना संक्रमित १ लाख नाघे, ६०० जनाको मृत्यु [ विवरणसहित ]

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार २३ असोज, २०७७

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको मन्त्रालयले बताएको छ ।

 

 

 

 

 

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६८० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

READ MORE NEWS

यस वर्षको नोबेल शान्ति पुरस्कार बाडियो, ट्रम्पको सपना टुट्यो

  •  शुक्रबार २३ असोज, २०७७

काठमाडौ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई सन् २०२० को नोबेल शान्ति पुरस्करका लागि चुनिएको छ । नर्वेको नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डरसनले शुक्रबार नोबल शान्ति पुरस्कारको घोषणा गरेकी हुन् । उनका अनुसार डब्लूएफपले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो ।

 

 

यो वर्ष शान्ति पुरस्कारका लागि ३ सय १८ जनाको नाम सिफारिस भएको थियो । यसमा २११ जना व्यक्ति र १०७ संस्था रहेका छन् । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि सिफारिस गरिएको समाचार आएको थियो ।

 

 

नर्वेका एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्देले ट्रम्पको नाम नोबल शान्ति पुरस्कार २०२१ का लागि पठाएका थियो। इजरालय र यूएईबीच भएको शान्ति सम्झौताका लागि खेलेको भूमिकाका लागि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने उनको भनाइ थियो।

 

 

येद्देले अमेरिकी न्यूज च्यानल फक्स न्यूजसँगको अन्तरवार्तामा भने, ‘मलाई लाग्छ दुई देशबीच शान्ति कायम गर्ने दिशामा ट्रम्पले शान्ति पुरस्कारका लागि सिफारिस गरिएका अन्य मानिसहरुभन्दा बढी काम गरेका छन् ।’ उनले भने, ‘मानिसको व्यवहारभन्दा उसले गरेको कामको आधारमा कमिटीले निर्णय लिनुपर्छ ।’

 

 

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा पनि दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध सुधारमा खेलेको भूमिकाका लागि उनको नाम सिफारिस गरिएको थियो । तर, उनले त्यतिबेला पुरस्कार जित्न सकेनन् ।


Your Views
Related News