आजको पञ्चाङ्ग

वि.सं.२०७७ असोज- २४,शनिवार,ई.सं. २०२० अक्टोबर -१०,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-अष्टमी , १२:४१ बजे उप्रान्त नवमी,नक्षत्र-पुनर्वशु , २१:१० बजे उप्रान्त तिष्य,योग-शिव , २१:३९ बजे उप्रान्त सिद्ध, करण-कौलव १२:४१ बजेदेखि तैतिल , २४:३२ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मिथुन,आनन्दादि योग-छत्र,सूर्योदय-०६:०२,सूर्यास्त-१७:३८, दिनमान-२९ घडी ०१ पला,व्रत/पर्व-गोरखकाली पूजा।

छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ। लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ। स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । साझपख व्यापारमा वृद्धि हुनेछ भने अध्ययनमा मन जानेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले धार्मिक यात्राको योग रहेकोछ । अग्रत तथा आफन्तबाट सहयोग पाईनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला। बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । साझपख समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ भने यात्राको प्रशस्त सम्भावना रहेकोछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुने योग रहेकोछ।


Your Views
Related News