चीनले कोरोना भाइरस आफ्नो देशको वुहानबाट सुरु भएको भन्ने दाबीलाई पहिलोपटक अस्वीकार गरेको छ।
बरु यो भाइरसबारे पहिलोपटक दुनियाँलाई जानकारी दिएर सचेत हुन सहयोग पुर्याएकाे दाबी चीनले गरेको हाे।
शुक्रबार उसले भनेको छ- ‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो, तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलोपटक जानकारी दियो र यसबाट बच्न तत्काल उपयुक्त कदम चाल्यो।’
चीनकाे विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘कोरोना नयाँ प्रकारको भाइरस हो, यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी छ।’
चीनबाट यस्तो प्रतिक्रिया त्यतिबेला दिएकाे छ, जतिबेला केही दिनअघि जापानमा आयोजित क्वाड सम्मेलनमा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी र नेताले कोरोनासम्बन्धी जानकारी लुकाएको आरोप लगाएका थिए।
चीनको विदेश मन्त्रालयका अनुसार कोरोनाको उत्पत्ति र स्रोतबारे विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ।
READ MORE NEWS
साढे २९ हजार फर्मलाई कर तिर्ने मौका
सरकारले साढे २९ हजार फर्म तथा कम्पनीलाई मूल्य अभिवृद्धि कर बुझाउन मौका दिएको छ । २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका फर्म तथा कम्पनीलाई आगामी फागुनसम्ममा कर विवरण र विवरणअनुसारको रकम बुझाए जरिवाना छुट दिने भएको हो ।
आन्तरिक राजस्व विभागले शुक्रबार एक सूचना जारी गर्दै मूल्य अभिवृद्धि कर विवरण नबुझाएका करदातालाई सुविधा दिने जानकारी गराएको छ । विभागका अनुसार २९ हजार ४ सय ४७ फर्म तथा कम्पनीले २०७५ असार मसान्तसम्मको कर विवरण बुझाएका छैनन् । फागुन २०७७ सम्ममा विवरण, विवरणअनुसारको कर र त्यसमा लाग्ने ब्याजको ५० प्रतिशत बुझाए जरिवाना र थप दस्तुर छुट दिइनेछ ।
सुनसरीमा राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय
काठमाडौं। कोरोना संक्रमितहरू बढ्न थालेपछि सुनसरीमा भोलिदेखि राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय गरिएको छ।
डीसीसीएमसी सुनसरीको बैठकले ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। बजार तथा पसलहरूमा समाजिक दुरी रहने गरी मात्र ग्राहकलाई प्रवेश दिनुपर्ने, स्यानिटाइजर वा हात धुने व्यवस्था गर्नुपर्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए।
आउँदै गरेको दसैँ, तिहार, छठजस्ता पर्वहरूमा सावधानी अपनाउन आफ्नो परिवारसँग मात्र घरभित्र बसेर चाडपर्व मनाउन पनि आग्रह गरिएको छ।
आग्रहको बेवास्ता गरे र स्वास्थ्यसम्बन्धी मापदण्ड पालन नगरे कारवाही गरिने पनि निर्णय गरिएको छ।
काेराेना नियन्त्रण गरी नागरिककाे जीवन रक्षा गर्नु सरकारकाे पहिलाे प्राथमिकता : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ (काेराेना भाइरस) रोकथाम र नियन्त्रण गरी नागरिककाे जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको बताउनुभएकाे छ । उहाँले औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ । महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ । यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले आन्दोलनको उपलब्धि स्वरुप लोकतान्त्रिक गणतन्त्र प्राप्ति भइसकेकाले अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट अधिकारसँगै सबै जीवनसँग सम्बन्धित चाहना र दायित्वमा केन्द्रित हुन आवश्यक भएको बताउँदै विश्वका ठूला अर्थतन्त्र भएका देश महामारीबाट आर्थिक चपेटामा परेका बेला नेपालको आर्थिक वृद्धिदर शून्य र ऋणात्मकतर्फ नजाने सकारात्मक स्थिति रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, विदेशमा रहेका नेपाली राजदूत र विभिन्न विश्वविद्यालयलयका उपकुलपतिलगायत बौद्धिक वर्गको सहभागिता छ । सङ्घका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेकाले उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । दुई वर्षअघि नेपालमा पहिलो ज्ञान सम्मेलन भएको थियो ।
सानो हुन्छ भारतीयहरूको दिमाग, अध्ययनले निकाल्यो निष्कर्ष
इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले भारतीयहरूको दिमागका विषयमा रमाइलो सर्वेक्षण गरेको छ । अनुसन्धानमा भारतीयहरूको दिमागको साइज र भोल्युम अन्य देशका मानिसको तुलनामा छोटो भएको उल्लेख छ ।
दिमागको डिजाइनका विषयमा गरिएको अनुसन्धानको निष्कर्ष न्युरोलोजी इन्डिायामा प्रकाशित छ ।
सेन्टर फर भिजुअल इन्फर्मेसन टेक्नोलोजीको यस प्रोजेक्टमा काम गर्ने जयन्ती सिवास्वामीले भने, ‘मस्तिष्कसम्बन्धी रोगको निगरानी गर्नका लागि मोन्ट्रियल न्युरोलोजिकल इन्स्टिच्युट टेम्प्लेटलाई आधार मानिन्छ । तर भारतीयहरूको दिमागको आकार उक्त टेम्प्लेटको भन्दा सानो छ ।’