सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।

हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ । एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ ।
धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन । तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो ।
READ MORE NEWS

साहित्यकार भन्छन्– जनतालाई धोका दिँदैछ सरकार

लेखनमा शक्ति हुन्छ । एउटा साहित्यकारको लेखकीय शक्तिले उथल–पुथल ल्याउन सक्छ भनिन्छ । त्यसैले कतिपय विषम् परिस्थितमा साहित्यकारहरूले आफ्नो लेखनलाई माध्यम बनाइरहेका हुन्छन् । लेखनबाटै कतिपयलाई बल प्रदान गरिरहेका हुन्छन् ।

हामी कहाँ पनि समय–समयमा लेखक, कवि तथा साहित्यकारहरू दह्रो गरी ढाल भएर उभिदिन्छन्, आफ्ना सिर्जनाका साथमा । २०३६ सालको सडक कविता क्रान्तिको चर्चा आज पनि हुँदै आएको छ । त्यसपछिका जनआन्दोलनहरूमा पनि साहित्यकार तथा कलमजीवीहरूले आफ्नो ठाउँबाट आन्दोलनलाई सहयोग पुर्याउँदै आएकै हुन् ।

यतिबेला १९औं पटकको सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा कतिपय साहित्यकारले आफ्नो शाब्दिक आवाजलाई बुलन्द तुल्याए । सामाजिक सन्जालमा ‘आइ एम विद् डा.केसी’ उल्लेख गर्ने र उनको सत्याग्रहलाई समर्थन गर्ने लेखक साहित्यकार प्रशस्त रहे । अर्थात्, साहित्यकारहरूले सामाजिक सन्जालबाटै भए पनि गोविन्द केसीको माग सम्बोधन गर्न राज्यलाई दबाब दिइरहे । साहित्यकार, कवि लेखकहरूले डा. केसीका पक्षमा आफ्ना भावना पोख्दै गए ।

बेलायतमा रहेका कवि रूपक श्रेष्ठले हालै फेसबुकमा डा. केसीको समर्थनमा ‘म सत्यको पक्षमा छु त्यसैले डा. केसीको पक्षमा छु’ भन्दै एउटा मुक्तक पोस्ट गरे ।

यो थुप्रै महिषासुरहरूको अनि कृपासुरहरूको समय हो
मान्छेको मुखुन्डो भिरेको भीषण असुरहरूको समय हो
किन जन्मिए नन्दलाल बन्न यी के.सी. यो देशमा यसरी
कि थाहा छैन उनलाई यो त भस्मासुरहरूको समय हो !

अरू पनि यस्ता साहित्यकार तथा लेखकहरू छन् जो यतिबेला डा. केसीको साथ र सहयोगका लागि दह्रो गरी उभिएका छन् ।

लेखक कवि साहित्यकारहरूको यो साथ सहयोगले डा. केसीको सत्याग्रहलाई बल मिल्ने कुरामा दुईमत छैन । तर राज्य संयन्त्र भने यतातिरबाट जहिले पनि पन्छिएको देखिन्छ । भरसक जनतासँग सीधै जोडिएको डा. केसीको माग पूरा गर्न नपरोस् भन्ने ध्येय तिनको रहेको प्रस्ट छ ।

चर्चित कवि मनु मञ्जिलले फेसबुकमा लेखेका छन् : ‘डा केसीलाई सुुन्ने हो कि प्राइम मिनिस्टरज्यू । एकपटक इमानदार भएको उनको आँसुको अर्थ बुझ्ने प्रयास गर्ने हो कि ?’

कवि मनुले उठाएको यो प्रश्न, प्रश्न मात्रै भएर रुमल्लिएको छ । कवि मनुको यो अभिव्यक्तिले भन्न खोजेको कुरा स्पष्ट छ । तर सरकारको काम गराइले डा. केसीप्रति सरकारले सधैँ उपेक्षा भाव लिएको देखिन्छ ।

यो पंक्ति लेखिरहँदासम्म डा. केसी र सरकारी पक्षबीचमा वार्ता भइरहेको भनिएको छ । तर यो वार्ता पनि अघिल्ला वार्ताहरूजस्तै डा. केसी र केसीले उठाएका मागहरूसँग जोडिएका नेपाली जनतालाई दिइने धोका त हैन ? भन्ने प्रश्न साहित्यिक वृत्तमा उठ्दै आएको छ ।

गएको १८ पटक नेपालको मेडिकल शिक्षा तथा स्वास्थ्य सेवा–सुविधाका विषयलाई उठाएर डा. गोविन्द केसी सत्याग्रह÷अनशनमा रहे । हरेकपटक सम्झौता भयो तर सम्झौता कार्यान्वयन भएन । यदि हुन्थ्यो भने आज १९औँपटकको सत्याग्रह भइरहेको हुन्थेन ।

अर्थात् गएको १८ पटकदेखि डा. केसीसँग सम्झौता गर्दै पछि उनलाई धोका दिइँदै आइएको छ । यसै सन्दर्भमा एक–दुईपटक मात्रै होइन, १८ पटकसम्म डा. केसीसँग सम्झौता गर्दा पनि फेरि पनि १९औँ पटक सत्याग्रह गर्नुपर्ने, अनशनमा बस्नुपर्ने अवस्था किन आइरहेको छ ? भन्ने प्रश्न नेपाली साहित्यमा कलम चलाउने केही कवि लेखकहरूलाई गरिएको थियो । कुराकानीका क्रममा साहित्यकारहरू सरकारले डा. केसीलाई मात्रै धोका नदिएर आमजनतालाई धोका दिइरहेको बताउँदै थिए ।

प्र्रस्तुत छ साहित्यकारहरू अर्चना थापा, पवन आलोक, विश्वविमोहन श्रेष्ठ, कुमार नगरकोटी र लक्ष्मण गाम्नागेका भनाइ ।

अर्चना थापा :
साहित्यकार पनि समाजसँग जोडिने भएको समाजका समस्याहरूबाट तिनीहरू अछुतो रहन सक्दैनन् । झनै डा. केसीले उठाउनुभएको स्वास्थ्यका कुरा, शिक्षाका कुरा सामान्य जनताले पनि पाउनुपर्ने विषय हो । स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच हुनुपर्छ भन्ने विषयमा कसैको पनि दुईमत रहन्न । जुनै सरकार आए पनि त्यसमा सबैको ध्यान जानैपर्छ ।

यतिबेला १९औं सत्याग्रहमा अनशनरत् हुनुहुन्छ डा. केसी । जहिले पनि डा. केसी सत्याग्रहमा बस्नुहुन्छ, हामी पनि उहाँको समर्थनमा लाग्छौँ । तर यसरी गर्दागर्दै पनि सत्याग्रह १९औं पटकमा पुगिसकेको छ ! उता राज्य हरेकपटक सत्याग्रहीसँग सम्झौता गर्छ । गएर पानी पिलाउँछ । अनशन तोडाउँछ ।

त्यस स्थितिमा हामी पनि समाधान भयो भनेर सामान्य जीवनमा फर्किन्छांै । तर राज्य यसरी गरिएको सम्झौता कार्यान्वयन गरिरहेको हुँदैन । फलतः डा. केसीले फेरि अर्कोपटक अनशन बस्नुपर्ने स्थिति पैदा हुन्छ ।

मलाई लाग्छ राज्यमा मात्रै होइन हामी जनता पनि कहीँकतै निष्क्रिय भएका छौं । यो सायद हाम्रो पनि समस्या हो । त्यसैले अब हामी साहित्यकारहरूले मात्रै होइन कि प्रत्येक जनताले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने भएको छ ।

डा. केसी आफ्ना लागि भन्दा पनि हामी–तपाईंका लागि अनशन बस्नुभएको हो । त्यसैले यतातिर आममानिसको पनि चासो हुनुपर्यो । खासमा हामी सबैले धेरै ठूलो स्वर निकाल्ने बेला भएको छ ।

राज्यले सधँै उद्दण्डता देखाइरहेको छ । डा. केसीलाई सधैँ बेवास्ता गर्दै आएको छ । यसले देखाउँछ यो सरकार दायित्वहीन सरकार हो भन्ने । अहिले प्रतिपक्षी दल डा. केसीका समर्थनमा बोलिरहेको देखिन्छ । तर त्यही दलको सरकार हुँदा पनि त डा. केसीले यिनै विषय उठाएर सत्याग्रह गर्नुपरेको थियो ! वास्तवमा यसलाई राजनीतिको खेल बनाइएको छ । फुटबलको भकुन्डोजस्तो कहिले यो कोर्टमा त कहिले अर्को कोर्टमा फाल्ने काम भएको छ !

डा. केसीको नाममा सरकारले आमजनतालाई इग्नोर गरिरहेको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल र गम्भीर भएको खबर सारा मिडियामा आउँदा पनि सरकार केही नसुनेझै गरेको बसेको देख्दा अनुमान लगाउन सकिन्छ, सरकारको दम्भ र अहंकार बढिरहेको छ । सरकारको यो प्रवृत्ति साहै्र डरलाग्दो भएको मलाई महसुस भइरहेको छ ।

पवन आलोक :
डा. गोविन्द केसीले जनताको हितमै काम गरिरहेका छन् । यो उनको काम गराइबाटै देखिन्छ । त्यसैले पनि धेरैजसो साहित्यकारले सत्याग्रहप्रति समर्थन जनाउँदै आएका हुन् । तर सरकारले जहिले पनि डा. केसीलाई धोका दिँदै आएको छ ।

डा. केसी रहरले अनशन बसेका होइनन् । नेपाली जनताको स्वास्थ्य सेवा–सुविधा अनि आमजनताका सन्तानले मेडिकल शिक्षा सहज रूपमा पाउन सकुन् भनेरै हो । उता सधैँ सरकारले डा. केसीलाई धोका दिँदैआएको छ । १८ पटकसम्म धोका दिएकाले उनले १९औँ पटक पनि अनशन बस्नुपरिरहेको छ । र आज २५ दिन नाघेको छ । यति ढिलोसम्म सरकारले डा. केसीतिर ध्यान नदिनुले राज्यको नियत छर्लंग देखिएको छ । सरकारको नियतमै खोट छ ।

डा. केसीले जहिले पनि मेडिकल शिक्षामा मौलाएको विकृति रोक्ने प्रयत्न गरे । उनको यो निस्वार्थ भावनाको कदर गर्नुपर्ने सरकारले अझै उनैलाई धोका दिनु सही होइन । त्यसैले साहित्यकारहरू मात्रै नभएर सबै आमजनताले पनि डा. केसीको समर्थनमा उठनुपर्ने भएको छ । किनभने यो धोका सरकारले जनतालाई दिएको धोका पनि हो ।

विश्वविमोहन श्रेष्ठ :
पहिलो कुरा त के हो भने, जेजस्तो नारा र सिद्धान्त बोकेर सरकारमा पुगे पनि सरकारमा पुग्नेको प्रमुख ध्येय आफ्ना आसेपासे र विशेष गरी आफ्ना पार्टीका कार्यकर्ताहरूलाई आर्थिक रूपमा सुरक्षित तुल्याउने काम मात्रै गर्नु रहेको छ । त्यसका निम्ति अनैतिक रूपमा भए पनि जेजति बाँडिएका वाचाहरू छन् त्यसलाई सुनिश्चित गर्न मात्रै तिनीहरू लागिरहेका छन् ।

अहिले डा. केसीले मागेका मागहरू ९९ प्रतिशत मात्रै पनि होइन, शतप्रतिशत राष्ट्र, जनता र भविष्यको निम्ति सुनिश्चित गर्ने कुरा हो । तर त्यो माग सरकारका लागि बाधक बनेको छ । त्यसैकारण सरकारले सकेसम्म डा. केसीलाई नसुन्ने, सुने पनि टार्ने, टारेर पनि पन्छाउने जुक्तिबाहेक अरू केही पनि गरेन !

मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यो १९औं पटकको वार्ता पनि, जुन अन्तिम घडीमा आएर सचिवको नेतृत्वमा वार्ता टोली बनाइएको छ त्यो पनि मूलतः टार्ने पन्छाउने र धम्काउने उपाय मात्रै हो । यस्तो गम्भीर कार्यमा एउटा जिम्मेवार मन्त्रीको नेतृत्वमा वार्ता टोली गठन हुनुपर्ने थियो । तिनले रातारात वार्ता गरेर नतिजा तुरुन्तै निकाल्नुपथ्र्यो । तर त्यस्तो भएन ।

शिक्षाविद् केदारभक्त माथेमाले बुझाएको प्रतिवेदन मात्रै राम्ररी कार्यान्वयन गरेको भए पनि हुन्थ्यो । तर आजको अवस्था हेर्दा लाग्छ अहिले पनि सबैलाई बाइपास गरेर पन्छाउने जुक्तिमा सरकार छ ।

साहित्यकारहरूको लेखन शक्ति र दबाबलाई मात्रै त सरकारले के टेर्ला ! आमजनताको शक्ति र दबाब पनि यसमा नभएको होइन । सरकारकै पार्टीका केही मानिस पनि डा. केसीलाई समर्थन गर्छन् । तर कतिलाई सरकार रिसाए भने पुरस्कार दिँदैन, नियुक्ति दिँदैन, सरकार रिसायो भने पदोन्नति दिँदैन भन्ने त्रास छ ।

आज यो परिस्थितिले दुईतिहाइ बहुमत पाएको सरकार हरेकको नजरबाट गिरेको छ । त्यो सबैले बुझेकै कुरा हो ।

कुमार नगरकोटी :
सरकारको साइकोलोजिकल समस्या हो कि भन्ने मलाई लागिरहेको छ । एउटा ठूलो मासले साधुजस्ता सत्याग्रही डा. गोविन्द केसीको माग र उनको कर्मको समर्थन गरिरहेको छ । त्यसमा जनताले साथ दिइरहेका छन् । साहित्यकार र लेखकहरूले साथ दिइरहेका छन् । तर सरकारको दृष्टि पुगिरहेकै छैन ! सरकारको ‘स्याडिस्टिक मेन्टालिटी’ देखिरहिएको छ यो कार्यबाट ।

जनतामा भिजेका डा. गोविन्द केसीप्रति सरकारले, अझै भनौं प्रधानमन्त्रीले नै विशेष ध्यान दिनुपर्ने हो । तर हैन, उहाँले आफ्नो पूरा पोलिटिकल करिअरलाई नै दाउमा लगाइरहनुभएको छ ! उहाँले डा. केसीले थालेको पुण्य कामलाई एड्रेस गरिदिएको भए के फरक पथ्र्यो र ।

उहाँका वरपर छेउछाउ बस्नेहरूका कारण पनि उहाँले यस्तो गरिरहनुभएको हो कि ! यतिबेला त उहाँले विवेक प्रयोग गर्नुपर्ने हो नि ! प्रधानमन्त्री, देशको अभिभावकजस्तो मानिसले डा. केसीको माग सम्बोधन गर्नुपर्ने हो । त्यसले त राज्यलाई घाटा त पक्कै पनि गर्दैन होला ।

वास्तवमा सरकारका लागि यो अवसर हो । डा. केसीका माग पूरा गरेर केसीसहित जनताहरूलाई पनि सम्बोधन गरेको ठहरिन्छ यो । यसो हुने हो भने त जनताले हाईहाई गर्ने थिए । तर हैन, सरकारले त यतिबेला अहंकार मात्रै देखाउँदै आएको छ ।

बडो डरलाग्दो अवस्था आयो । जे गर्दा पनि सुन्दैन सरकार ! अहंकारी सरकार देखिएको छ यतिबेला । यो त साधु र सैतानको लडाइँजस्तो पो देखिएको छ । तर सैतान साधुका अघिल्तिर धेरै बेर टिक्न सक्दैन । यो निश्चित हो ।

साहित्यकारहरूले आफ्नो पक्षबाट गर्नुपर्ने सहयोग र साथ डा. केसीलाई दिँदै आएका छन् । अब जनताले आफ्नो क्षेत्रबाट, पत्रकारहरूले पनि आफ्नो क्षेत्रबाट डा. केसीको पक्षमा डटेर लाग्ने समय भइसकेको छ ।

लक्ष्मण गाम्नागे :
हेर्नुस्, डा गोविन्द केसीले उठाएका मागहरू उहाँको निजी स्वार्थका लागि हुँदै होइनन् । यो त नेपालका सम्पूर्ण जनताको हितको कुरा हो । तिनको स्वास्थ्य र शिक्षा सुविधाको कुरा हो । तर डा. केसीका मागलाई बेवास्ता गर्नु, सम्बोधन नगर्नु भनेको डा. केसीलाई धोका दिनु मात्रै नभएर आमजनतालाई पनि धोका दिनु हो ।

साहित्यकारहरूको अहिलेको भूमिका दह्रिलो छ । साहित्यकारले आफ्ना तर्फबाट दबाब दिएका छन् । म पनि डा. केसीका साथमै छु । त्यसैले सरकारले डा. केसीका मागलाई सम्बोधन गर्नुपर्छ । उनको माग सम्बोधन हुनु भनेको जनताको माग सम्बोधन हुनु हो । हामी तपाईंको माग सम्बोधन हुनु हो ।

अहिले डा. केसीको १९औं सत्याग्रह वा अनशन चलिरहेको छ । अब यो २०औं वा २१औं तिर तन्किनु हुँदैन । सरकारले त्यस किसिमबाट सम्झौता गर्नुपर्छ । निष्कर्षमा पुग्नुपर्छ सरकार । सम्झौता पनि अक्षरशः कार्यान्वयन पनि हुनुपर्छ ।


Your Views
Related News