काठमाडौं। सरकारले नेपालमा कोरोना भाइरसविरूद्धको भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ गर्ने निर्णय गरेको डेढ महिनाभन्दा बढी भयो। सरकारले त्यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुमति दिएको थियो।उक्त अनुमति पाएको केही समयमा नेपाल चाँडै क्लिनिकल ट्रायलमा सहभागी हुने अपेक्षा गरिएको थियो। तर, निर्णय भएको डेढ महिना बितिसक्दा पनि कुनै प्रगतिहुन सकेको छैन।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अहिलेसम्म अध्ययनकै क्रममा रहेको बताए। विभिन्न कम्पनी नेपालमा क्लिनिकल ट्रायलका लागि खोप डोनेसन गर्न तयार रहेको भन्दै त्यसका लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयमार्फत काम अगाडि बढिरहेको उनको भनाइ छ।

नेपाली विज्ञहरूले थप अध्ययन तथा अनुसन्धानपछि मात्र खोपको क्लिनिकल ट्रायल गर्नुपर्ने सुझाव दिएका थिए। त्यसपछि परिषद्ले खोपको ट्रायल तत्काल रोकेर थप अध्ययन गर्न लागेको सदस्य सचिव डा. ज्ञवालीले बताए।“खोपको क्लिनिकल ट्रायल गर्नुपर्छ भने किन गर्ने? र पर्दैन भने किन पर्दैन भनेर हामीले प्रतिवेदन तयार पारेका छौं। उक्त प्रतिवेदन कमिटी बैठकमा पेस गर्छौ।”स्वास्थ्य मन्त्रालयका सचिवका संयोजकत्वमा सचिवस्तरीय एक कमिटी गठन गरिएको छ। उक्त समितिले खोप कसरी परीक्षण गर्ने, कहाँबाट कसरी ल्याउने? लगायतका विषयमा अध्ययन गर्नेछ। कमिटीले परिषद्लाई आफ्नोतर्फ प्रतिवेदन पेस गर्न भनेको छ।

परिषद्ले प्रतिवेदन तयार पारेर बैठकमा पेस गर्न लागेको उनको भनाइ छ। “खोपको क्लिनिकल ट्रायल गर्नुपर्छ भने किन गर्ने? र पर्दैन भने किन पर्दैन भनेर हामीले प्रतिवेदन तयार पारेका छौं। उक्त प्रतिवेदन कमिटी बैठकमा पेस गर्छौ,” सदस्य सचिव डा. ज्ञवालीले भने।यो एउटा सामाजिक राजनीतिक विषय पनि भएकाले परिषद् तत्काल केही गर्न नसक्ने उनको भनाइ छ। सरकारले नै अग्रसर भएर काम गर्न दिएको खण्डमा मात्र परिषद्ले काम गर्ने भन्दै उनले भने, “यो त एउटा सोसियल पोलिटिकल पनि भएकाले हामी सावधान भएर काम गरिरहेका छौं। यसमा कसैले किन गर्नुपर्‍यो भनिरहेका छन्, कोहीले तत्काल गर्नुपर्छ भनिरहेका छन्। सरकारले दिएको म्याण्डेडअनुसार नै अगाडि बढ्छौं।”

परिषद् खोपबारे परीक्षण गर्न सधैँ तयार रहेको भन्दै त्यसका लागि सरकारले एक्सनमा जानुपर्ने उनको भनाइ छ। अहिले विश्व स्वास्थ्य संगठन, विभिन्न खोप निर्माता कम्पनीसँग छलफल भइरहेको भन्दै उनले भने, “विश्व स्वास्थ्य संगठनमार्फत् अगाडि बढेको खण्डमा हामीलाई सजिलो हुन्छ। अन्य कम्पनीमार्फत गए भने केही जटिलता आउन सक्छ।”“इच्छा व्यक्त गरेका कम्पनीमाथि हामीले पनि थप अध्ययनगरिरहेका छौं। विश्व स्वास्थ्य संगठनले कुनै प्रतिक्रिया जनाएको छैन। त्यसैले हामी पनि तत्काल नै गर्नुपर्छ भन्ने पक्षमा छैनौं।’’

यसअघि अक्सफोर्ड युनिभर्सिटी तथा एस्ट्राजेनेका कम्पनी, चीनको हङसी कम्पनी, रूसको गेमेलियालगायतका कम्पनीले नेपालमा तेस्रो चरणको ट्रायल गर्न इच्छा देखाएका थिए। त्यही आधारमा चिनियाँ कम्पनीले भने अनुमतिपत्र नै पठाइसकेको थियो। तर, अन्तिममा विज्ञको सुझावपछि उक्त कार्य रोकिएको थियो।ती खोपबारे परिषद्ले अझै अध्ययन गरिरहेको र थप प्रगति नभएको उनको भनाइ छ। परिषद्ले तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपबारे विस्तृत अध्ययन भइरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेको भन्दै चाँडै तेस्रो चरणको ट्रायलमा जाने सदस्यसचिव डा. ज्ञवालीको भनाइ छ।“इच्छा व्यक्त गरेका कम्पनीमाथि हामीले पनि थप अध्ययनगरिरहेका छौं। विश्व स्वास्थ्य संगठनले कुनै प्रतिक्रिया जनाएको छैन। त्यसैले हामी पनि तत्काल नै गर्नुपर्छ भन्ने पक्षमा छैनौं,’’ डा. ज्ञवालीले भने।

READ MORE NEWS

जो संक्रमितलाई निःशुल्क खुवाउँछन्

सुरूमा आफूसँग भएको १५ लाख रूपैयाँ खर्च गरे, अहिले साथ दिने बढिरहेका छन्

काठमाडौँ — सामान्य अवस्था हुन्थ्यो भने विक्रम भँडेल यतिबेला औषधि बेच्नमै व्यस्त हुन्थे । डेढ महिनायता भने उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई निःशुल्क खाना बाँड्दै आएका छन् । ‘यो महामारी मेरो लागि समाज सेवा गर्ने अवसर बन्यो,’ उनले भने ।

२० वर्षीय उनी पेसाले स्वास्थ्यकर्मी (फर्मासिस्ट) हुन् । हाल दिनमा करिब तीन सय संक्रमितका लागि खाद्यसामग्री जुटाउने र निःशुल्क खाना वितरण गर्ने काममा जुटिरहेका छन् । त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको थाहा उनले पाए । ती स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्युटी गर्छन्, घर जान पाउँदैनन् र क्वारेन्टाइनमा बस्छन् भन्ने सुनेपछि उनको मन शान्त रहन सकेन ।

‘महामारीमा स्वास्थ्यकर्मी बचाउनु भनेको धेरै बिरामीलाई संक्रमणमुक्त गराउनु हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी नै स्वस्थ भएनन् भने भोलि संक्रमण नियन्त्रणबाहिर जान्छ जस्तो लाग्यो ।’ घरमा सल्लाह गरेर उनले आफूसँग भएको १५ लाख रुपैयाँ कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीको खानामा खर्च गर्ने निर्णय गरे ।

अस्पताल प्रशासनसँग अनुमति मागेको १५ दिनपछि उनले खाना पकाउन सुरु गरे । अस्पतालनजिकैको भवनमा मासिक १ लाख तिर्ने सर्तमा एक तला भाडामा लिए । पकाउने भाडालगायत सामग्री जुटाएर काम गर्न थाले । ‘खाना पकाउने ५ जना सेफ र व्यवस्थापन मिलाउने कर्मचारीलाई गरी मासिक ३० हजार तलब दिने गरेको छु,’ उनले भने, ‘बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाउने जिम्मेवारी मेरो रहेको छ ।’

अस्पतालमा कोभिडका लागि छुट्याइएको ज्वरो क्लिनिक, आकस्मिक कक्ष, शल्यकक्ष, पीसीआर गर्ने ल्याब, आइसोलेसन कक्ष, आईसीयू, रिपोर्ट दिने काउन्टरका स्वास्थ्यकर्मी र भर्ना भएका सबै बिरामीका लागि उनी खाना जुटाउँछन् । अस्पतालकै पोषणविद् डा. रेणु यादवले संक्रमितका लागि तयार गरेको तालिकाअनुसार उनको भान्सामा खानेकुरा पाक्ने गरेको छ । ‘साताको चार दिन माछामासु पाक्छ, व्रत बस्नेलाई सादा खाना, खिर र पुरी पनि हुन्छ,’ भँडेलले भने, ‘खाजामा चटामरी, पास्ता, रोटी तरकारी पाक्छ ।’

४५ दिनको खाना, कर्मचारीको तलब र कोठाभाडामा ३१ लाख खर्च भइसकेको उनले सुनाए । एक्लै अभियान सुरु गरे पनि उनलाई सघाउने सहयोगीहरू बढिरहेका छन् । साथीभाइ र आफन्तले सहयोग गर्छन् ।

आर्मी श्रीमती संघबाट खाद्यान्न र नेपालमा रहेका शरणार्थीका लागि काम गर्दै आइरहेको यूएनएचसीआरबाट संक्रमितका लागि भेन्टिलेटर प्राप्त भएको उनले बताए । ‘मेरो उहाँहरूसँग चिनजान थिएन तर पनि २० बोरा चामल, दाल र अरू खानेकुरा दिनुभयो,’ उनले भने, ‘यति धेरै सहयोग आउला भनेर मैले सोचेको थिइनँ ।’

अभियान सुरु गरेको ४५ दिन बित्दा हालसम्म उनले ३२ हजार ९ सय प्लेट खाना बाँडिसकेका छन् । बिरामी र स्वास्थ्यकर्मीले दिएको ‘धन्यवाद’ शब्दमै उनी आनन्द पाउँछन् । ‘अस्पताल प्रशासनबाट पनि हौसला मिलेको छ, यो अभियान बन्द नगर्न भन्नुभएको छ,’ उनले भने, ‘आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्न छाड्ने छैन ।’

वर्षा लेख्छिन्–‘खै कहाँ छ नारीलाई सम्मान ?’

नायिका वर्षा राउतले नारीलाई सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् । दैनिक बलात्कारको घटना बढेपछि उनले नारीलाई सम्मान कागजमा मात्र सिमित भएको उल्लेख गरेकी हुन् ।

वर्षा लेख्छिन्–‘म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरुलाई सम्मानित, सुरक्षित र समान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी । यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद । तर, कती दिन धन्यवाद भनिरहने । नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सिमित । कानुन मन्त्री र न्यायमुर्ती पनि नारीहरु नै हुनुहुन्छ तर मौन । नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झै भान भैरहेको छ ।’

वर्षाले भर्खरै जन्मेको शिशुदेखि ८० बर्षकी वृद्धासम्म बलात्कृत भएको घटनालाई स्मरण गर्दै खै कहाँ छ नारीलाई सुरक्षा भनेर प्रश्न गरेकी छिन् । उनले, नारीका लागि कानुन समेत नरहेको बताएकी छिन् । उनले, बलात्कारीहरु गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहँदा कानुनको कार्यान्वयन गर्ने सांसददेखि मन्त्री नै संख्या गनेर बसेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

उनले प्रश्न गरेकी छिन्–‘कसले सुन्ने हाम्रो चित्कार, कसले मेटाउने हाम्रो त्रास, कसले दिने हामीलाई सुरक्षा अनी न्याय ?’


Your Views
Related News