कोभिड– १९ महामारीबाट मृत्यु हुनेको संख्या १० लाख नाघिसकेको छ । अमेरिकामा २ लाखभन्दा धेरैको यही रोगबाट मृत्यु भइसकेको छ । कोरोनाभाइरसले कसको ज्यान लिन्छ र किन ? अमेरिकामा गत फेब्रअरीको सुरुवातमा कोभिडबाट पहिलो मृतकको पहिचान भएयता नै वैज्ञानिक र स्वास्थकर्मीहरुको यस कुराको अनुसन्धानमा जुटेका छन् ।

को मर्दैछन्?

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले संकलन गरेको तथ्याङकअनुसार झन्डै ५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिलाले ज्यान गुमाएका छन् । धेरैजसो जेष्ठ नागरिकहरु यसको शिकार भएका छन् । अनुसन्धानअनुसार मधुमेह र मुटुको समस्याबाट ग्रस्त व्यक्तिहरु पनि उच्च जोखिममा छन् । उमेर समुहअनुसार तथ्याङक यस्तो छ – कुल मृतकमध्ये झन्डै ७९ प्रतिशत ६५ वर्ष वा त्यसभन्दा माथिको उमेरका व्यक्तिहरु छन्, १ प्रतिशत हाराहारीमा ३५ वर्षमुनिका व्यक्तिहरु छन् ।

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले संकलन गरेको तथ्याङकअनुसार झन्डै ५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिलाले ज्यान गुमाएका छन् । धेरैजसो जेष्ठ नागरिकहरु यसको शिकार भएका छन् । अनुसन्धानअनुसार मधुमेह र मुटुको समस्याबाट ग्रस्त व्यक्तिहरु पनि उच्च जोखिममा छन् ।

झन्डै एक तिहाई मृत्यु कम्तिमा ८५ वर्ष पुगेकाहरुको भएको छ । अमेरिकामा मृत्यु भएका १ लाख ८८ हजार जनाको बारेमा अनुसन्धान गरेर यो तथ्याङ्क बाहिर ल्याइएको हो । अहिले अमेरिकामा मृतकको संख्या बढेर २ लाख १३ हजार पुगिसकेको छ ।

जेष्ठ नागरिकहरु प्रायजसो वसन्त ऋतुमा प्रभावित बने, जतिबेला अमेरिकाका न्युर्योक, न्यु जर्सी, मासाचुसेट्सलगायत उत्तरपूर्वी राज्यमा महामारी फैलियो । यो महामारी वृद्धवृद्धा बस्ने नर्सिङ होमहरुमा पनि फैलिएको थियो । वाल स्ट्रिट जर्नलले राज्य र संघीय तथ्याङ्कको अध्ययन गर्दा नर्सिङ होम र दीर्घकालीन स्याहारका लागि स्थापित संस्थाहरुमा बस्ने ८१ हजारभन्दा धेरै व्यक्तिहरुको मृत्यु भएको देखियो ।

कोभिड– १९ कति घातक ? वैज्ञानिकहरुले कसरी यसको मापन गर्छन् ?

कोभिड– १९ कति घातक छ भनेर बुझ्नका लागि वैज्ञानिकहरुले पहिले यसबाट कतिजना संक्रमित भए भन्ने बुझ्नुपर्छ । त्यसपछि भाइरसले कति व्यक्तिहरुको ज्यान लियो भनेर स्पष्ट गणना गर्नुपर्छ । यी दुबै संख्या कठिन रुपमा थाहा पाउनु अझै जटिल छ ।

कतै परीक्षणको पहुँच, अनि कतै परीक्षण अभावले संक्रमितको संख्या गणनामा समस्या परेको जनस्वास्थविद्हरु बताउँछन् । अनि, धेरै संक्रमित व्यक्तिहरुले कहिल्यै लक्षण नै अनुभव गरेनन्, जसकारण उनीहरुले परीक्षणको खोजी गर्ने संभावना कम भइरहेको छ । ‘हामीलाई थाहा छ, हामीले धेरै संक्रमणहरु दर्ता गर्न पाएका छैनौं,’ मिन्नेसोटा विश्वविद्यालयस्थित संक्रामक रोग अनुसन्धान तथा नीति केन्द्रका निर्देशक माइकल ओस्टरहोल्मले भने ।

कतै परीक्षणको पहुँच, अनि कतै परीक्षण अभावले संक्रमितको संख्या गणनामा समस्या परेको जनस्वास्थविद्हरु बताउँछन् । अनि, धेरै संक्रमित व्यक्तिहरुले कहिल्यै लक्षण नै अनुभव गरेनन्, जसकारण उनीहरुले परीक्षणको खोजी गर्ने संभावना कम भइरहेको छ ।

कोभिड– १९ मृत्युदरको आँकलन गर्ने दुई चल्तीका उपाय छन् – एक, पहिचान भएका घटनामा आधारित रहेर आँकलन गर्ने, जसलाई सामान्यत केस–फेटालिटी रेट भनिन्छ । अर्को, कति धेरै मानिसहरुमा संक्रमण छ भनेर अनुमान गर्ने अनि मृत्युदरको आँकलन गर्ने, जसलाई इन्फेक्सन–फेटालिटी रेट भनिन्छ ।

पछिल्लो पद्धती प्रयोग गरिएको अनुसन्धानले कुल संक्रमितमध्ये ० दशमलव ६ प्रतिशतको मृत्यु भएको आँकलन गर्छ, यद्यपि यो अनुमान धेरै ठाउँमा मिल्दैन, अनि उमेरअनुसार मृत्यदुर पनि फरक पर्छ । कोरोना भाइरस प्रजातीकै अन्य गम्भीर रोग सार्स र मर्सको दाँजोमा यो मृत्युदर निकै कम हो, तर सिजनल फ्लुको तुलनामा यो झन्डै ६ गुणाले प्राणघातक हो ।

एन्टीबडी परीक्षणले पुराना संक्रमणको समेत खोजी गरेर  यो अनुसन्धानमा सहयोग गरेको छ, यद्यपि यस परीक्षणमा पनि ‘फल्स पोजेटिभ’ (गलत रुपमा पोजेटिभ देखाउने) जस्ता समस्या देखिएका छन् ।

‘यसले केवल के भयो भन्ने वृहत्तर चित्रमात्रै दिने हो,’ नेब्रास्का विश्वविद्यालय जनस्वास्थ कलेजका इपिडेमियोलोजी प्रोफेसर डेभिड ब्रेट मेजरले भने । २ लाख ५ हजार संक्रमितको मृत्यु र ७१ लाख ५७ हजारमा कोरोना भाइरस पहिचान भइसक्दाको अवस्थामा आधारित रहेर विश्लेषण गर्दा अमेरिकामा मृत्युदर २ दशमलव ९ प्रतिशत रहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको आँकलन छ,  यस विश्वविद्यालयले संक्रमण र मृत्युको तथ्याङ्कलाई झन्डै वास्तविक समयचक्रमा पहिचान गर्छ । तर, परीक्षणको दायरामा नपरेका संक्रमितको संख्यालाई यसले प्रतिनिधित्व गर्दैन । तर, यो संख्याले परीक्षणको दायरामा रहेकाहरुको मात्रै प्रतिनिधित्व गर्छ ।

कोभिड– १९ को उपचारमा सुधार हुनुको अर्थ कम व्यक्ति मर्दैछन् भन्ने हो ?

कोभिड– १९ को स्पष्ट मृत्युदर थाहा पाउन चुनौती भएकाले यो विषयमा ढु्क्क हुन कठिन छ । संक्रामक रोगका विज्ञहरुका अनुसार युवा समुदायमा बढ्दो संक्रमण, उपचारमा देखिएको केही सुधारजस्ता पक्षले सायद कोभिडको मृत्युदरलाई केही कम गरेका छन् । अस्पतालहरुले कोभिड– १९ का बिरामीको व्यवस्थापनमा सुधार भइरहेको जनाएका छन् । मार्चमा जतिबेला अमेरिकमा महामारी नियन्त्रणबाहिर पुग्यो, त्यस समय ६५ वटा अमेरिकी अस्पतालहरुमा गरिएको अनुसन्धानको रिपोर्ट भर्खरै जामा इन्टरनल मेडिसिनमा प्रकाशित छ – रिपोर्टअनुसार उक्त समयमा आईसियुमा भर्ना भएको २८ दिनभित्र अति गम्भिर तीन बिरामीमध्ये झन्डै एकजनाको मृत्यु भएको थियो, अस्पतालहरुले गर्ने उपचार पनि फरक–फरक थियो ।

यस अध्ययनमा संलग्न हावर्ड मेडिकल स्कुलका एसिस्टेन्ट मेडिसिन प्रोफेसर डेभिड ई लिफका अनुसार मार्चमा कोभिड– १९ बारे उपचार गर्दा आफ्नो निर्णय लिन डाक्टरहरुसँग सीमित अनुसन्धानमात्रै उपलब्ध थिए ।  आज डाक्टर र अस्पतालहरु भाइरसबारे नयाँ–नयाँ अनुसन्धान अनुसरण गर्न सक्षम छन् र महामारीको अनुभव विश्वभर आदन–प्रदान भइसकेको छ ।

एन्टीभाइरल रेम्डेसिभिरले अस्पतालमा भर्ना भएका बिरामीलाई निको हुन सहयोग गर्ने देखिएको छ, तथापि यसले मृत्यु रोक्छ वा रोक्दैन भन्ने विषय खुलेको छैन । मृत्यु वा संक्रमण नै रोक्नसक्ने अन्य व्यवहारिक औषधीको परीक्षणबारे पनि निरन्तर अध्ययन भइरहेका छन् ।

तर, कुन उपचार विधिले उत्कृष्ट काम गर्छ न्ने विषयमा अझै सीमितमात्रै प्रमाण उपलब्ध छन् भन्नेतर्फ धेरैको सरोकार छ । अस्पतालको उपचार पद्धति कोभिड– १९ बिरामीलाई संक्रमणसँग लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न समय उपलब्ध गराउने विषयमै मुख्यत केन्द्रीत छ । तथापि, चिकित्सकहरुले पछिल्ला महिनामा गम्भिर बिरामीलाई सहयोग गर्ने केही औषधीहरु पाएका छन् । स्टेरोइड औषधीले भाइरसबाट हुने मृत्यु घटना सहयोग गर्छ भनेर अध्ययनहरुले देखाउनु उत्साहप्रद सुधारमध्ये एक हो । अर्को, औषधी एन्टीभाइरल रेम्डेसिभिरले अस्पतालमा भर्ना भएका बिरामीलाई निको हुन सहयोग गर्ने देखिएको छ, तथापि यसले मृत्यु रोक्छ वा रोक्दैन भन्ने विषय खुलेको छैन । मृत्यु वा संक्रमण नै रोक्नसक्ने अन्य व्यवहारिक औषधीको परीक्षणबारे पनि निरन्तर अध्ययन भइरहेका छन् । कान्भेलिस्सेन्ट प्लाज्माले केही बिरामीलाई बचाउन सक्ने अनुसन्धानहरुले देखाएका छन् । औषधी कम्पनीहरुले अस्थायी रुपमा संक्रमण रोक्नसक्ने मोनोक्लोनल एन्डिबडिज नामक इन्जिनियर्ड प्रोटिनहरुको पनि परीक्षण गरिरहेका छन् ।

के युवा र स्वस्थ मानिसहरु सुरक्षित छन् ?

सार्स–कोभ–२ को सम्पर्कमा आएका मानिसहरु गम्भिर बिरामी हुने जोखिम मोटोपना, उच्च रक्तचाप र मधुमेहजस्ता समस्या तथा उमेर हदमा पनि निर्भर गर्छ । ‘तपाईं कोभिड– १९ बिरामी हुनुहुन्छ भने त्यसअघिको तपाईंको स्वास्थ्य अवस्थाले ठूलो अर्थ राख्छ,’ डाक्टर ब्रेट मेजरले भने । तथापि, युवा मानिसहरु पूर्ण रुपमा जोखिममुक्त भने छैनन् । २५ वर्षमुनिका ४ सय १९ व्यक्तिहरुको मृत्यु कोभिड– १९ का कारण भएको सिडिसीको तथ्याङ्कमा उल्लेख छ । र, बिरामी भएका युवाहरुले कमजोरलाई थप जोखिममा पार्न सक्छन् ।

टेक्सस र फ्लोरिडाजस्ता राज्यमा गत ग्रिष्ममा यस्तै भयो – अति कमजोरहरुलाई टाढै राख्ने प्रयास गर्दागर्दै ठूलो समुदायमा संक्रमण फैलिएपछि  नर्सिङ होममा संक्रमण र मृत्युका घटना बढे । ‘युवा जनसंख्यामा संक्रमण बढ्दैछ । तर हामी जेष्ठ नागरिकलाई सधैं आइशोलेटेड राख्न सक्दैंनौं,’ हावर्ड विश्वविद्यालयका टिएच चान स्कुल अफ पब्लिक हेल्थकी इपिडेमियोलोजी प्रशिक्षक क्यारोलिन बुकीले भनिन् ।

बाँचेका मानिसहरुमा पनि धेरै गम्भिर समस्याहरु देखिएका उदाहरण बढ्दैछन् । हल्का बिरामी भएका वा कोरोनाअघि स्वस्थ रहेका व्यक्तिहरुमा पनि संक्रमणपछि मुटुमा दीर्घकालीन खराबी, थकान र लामो दूरी कुद्न समस्या हुने लक्षण देखिएका छन् । मृत्यु दर्ताको प्रमाणपत्रमा दीर्घरोगीहरुको संख्या धेरै देखिएपनि, चिकित्सीय इतिहास हेर्ने हो भने यो अधुरो कथामात्रै हो । ‘यस्ता प्रमाणपत्रहरु ती चिकित्सकले भर्छन्, जो मृत्युको कारण र पूर्व अवस्था खोज्ने मृत्यु अनुसन्धानकर्ता (डेथ इन्भेस्टिगेटर) जत्ति अनुभवी र तालिमप्राप्त छैनन्,’ नेशनल एशोसियसन अफ मेडिकल एक्जामिनर्सका अध्यक्ष डाक्टर सेल्ली अईकेनले भने ।

बाँचेका मानिसहरुमा पनि धेरै गम्भिर समस्याहरु देखिएका उदाहरण बढ्दैछन् । हल्का बिरामी भएका वा कोरोनाअघि स्वस्थ रहेका व्यक्तिहरुमा पनि संक्रमणपछि मुटुमा दीर्घकालीन खराबी, थकान र लामो दूरी कुद्न समस्या हुने लक्षण देखिएका छन् ।

सिडिसीका अनुसार मृत्यु प्रमाणपत्रको तथ्याङ्कले ९४ प्रतिशत (संक्रमित वा सम्भावित संक्रमित) मृतकको ज्यान जानुमा अन्य कारण र अवस्थाहरु पनि जोडिएको सुचिकृत गरेको छ, केवल ६ प्रतिशतका हकमा कोभिड– १९ मात्रै कारण देखिएको छ । तर, सुचिकृत अन्य अवस्थामा कोभिड– १९ बाट सिर्जित रोगहरु जस्तै निमोनिया, स्वासप्रश्वासमा विफलता आदि छन् ।

महामारीले धेरै कलेजमा धावा बोलेको छ, के यसले कोभिड– १९ बाट मर्नेको अनुपात परिवर्तन गर्नसक्छ ?

ग्रिष्ममा केही युवाहरु जोखिमको चपेटामा परेपनि कोभिड– १९ ले ज्यान लिने संभावना उमेरसँग निकै जोडिएको छ ।  ‘युवाहरुमा धेरै संक्रमणका घटना देखिएपनि मृत्युको भारी अझै पनि जेष्ठ नागरिकमै छ,’ इमोरी विश्वविद्यालयको रोलिन्स स्कुल अफ पब्लिक हेल्थका संक्रामक रोग विज्ञ बेन्जामिन लोपम्यानले भने ।

संघीय मृत्यु प्रमाणपत्रको तथ्याङ्कले भेट्न निकै हप्ता लागेपनि पारिला क्षेत्रहरुमा गत ग्रिष्ममा युवाहरु पनि मृतयुको शिकार भएका थिए । २० को दशकमा कुदिरहेका युवादेखि ५० को मध्यमा हिँडिरहेका पाका व्यक्तिहरुसम्मको मृत्युदर वसन्तको दाँजोमा ग्रिष्मको सुरुवातमा हल्का बढी देखियो । तर, यसका बाबजुद गैर–जेष्ठहरुमा मृत्युदर निकै कम रहेको अनुसन्धानकर्ताहरु बताए ।


Your Views
Related News