डिसी – अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रिपरिषद्ले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिका लगायत बिश्वका विभिन्न मुलुकमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतलाई हेरफेर गरेको छ ।
यसैगरि वाशिंगटनको सियाटलमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । अमेरिकामा कार्यरत अन्य अवैतनिक वाणिज्यदूत तथा महा वाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।
मेरिल्याण्ड राज्यका महाबाणिज्यदूत पदमा कार्यरत महतले पुनः सेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रिपरिषद्लाई धन्यबाद दिएका छन् ।
READ MORE NEWS
जन्म र मृत्युमा दिइने २० किलो चामल प्रभावकारी
जुम्ला– जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला सो परिमाणको चामल दिने गर्छ।
हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका १ धनराज रावतले बताए।
गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट एक सय १४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए।
आर्थिक वर्ष २०७६/७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल एक सय एक जनालाई र मृत्यु भएका ६ जनालाई वितरण गरेको शाखा प्रमुख सुनारले बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवामा तीन सय ३८ र यो आव एक सय सात जनालाई तीन लाख ९८ हजार तीन सय ६० रुपैयाँ वितरण गरिएको छ। उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार आठ सय रुपैयाँ दिएको शाखा प्रमुख सुनारले बताए।
सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ।
रोजगारीका लागी कोरिया जाने अन्तिम तयारीमा रहेका ९ हजार यूवाको भविस्य अन्योल !
भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन।
कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार अहिले बिमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन नसकिएको हो ।
कोरिया सरकारले विदेशबाट आउने श्रमिकले १० लाखको कोरोना बिमा अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान ल्याएको छ । तर नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था छैन । उनीहरुले वैदेशिक रोजगारको बिमा गर्ने गरेपनि अब छुट्टै कोरोना बिमा गर्नुपर्ने शर्त कोरियाको छ ।
‘हामीसँग १० लाखको कोरोना बिमा गर्ने प्रावधान नै छैन,’ दाहालले भने, ‘त्यस्तो बिमा नगरी श्रमिक जान नै पाउँदैनन।’दाहालका अनुसार कोरिया जाने प्रक्रियामा रहेका करिब ९ हजार कामदार यही प्रक्रियागत उल्झनका कारण रोकिएका छन् ।
सरकारले उनीहरुलाई जतिसक्दो छिटो प्रक्रिया सल्ट्याएर पठाउन प्रयत्न गरिरहेको उनले बताए । ‘अब बिमाको हकमा विशेष निर्णय नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नेपाली नागरिकले १ लाखसम्मको कोरोना बिमा गर्न पाउँछन्, त्यो पनि २५ हजारभन्दा बढी रकम अस्पतालमा हुने खर्चका आधारमा मात्रै पाइने हो, यो बिमा पोलिसीका आधारमा कोरियामा श्रमिक पठाउन सकिन्न ।
’ बिमाकै कारण कोरिया जान नपाएपछि धेरै नेपाली हातमा आइसकेको रोजगारी गुमाएर नेपालमै थन्किनुपर्ने अवस्थामा छन् । धेरै कामदारहरु भिसाको प्रक्रिया सकेर रोकिएका छन् । भिसा आएको एक महिनाभित्र कामदार कोरिया पुगिसक्नुर्ने नियम छ ।
कोरोना भाइरसको महामारीका कारण गत फागुनको पहिलो सातादेखि सरकारले वैदेशिक रोजगारीका लागि कोरिया जान रोकेको छ । भाषा परीक्षा पास गरेका श्रमिकले सरकारी लापरवाहीले रोजगारी नपाउने निश्चित भएको भन्दै पटक–पटक माइतीघरमा प्रदर्शन गरेका छन् ।
सरकारले पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्दा ठूलो लगानी र मिहिनेत गरेर भाषा परीक्षा पास गरेका युवाको भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ । लकडाउनका कारण कोरिया जाने कामदारको प्रहरी रिपोर्ट, क्षयरोग परीक्षण रिपोर्ट, तालिमको प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र लगायतको प्रक्रिया पनि पूरा गर्न गाह्रो छ ।
विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा पुगेका छन् । जोकोविचले पाँचौँ बरियताका स्टेफानोस टित्सिपासलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् ।
नोकोविचजले स्टेफानोसलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को संघर्षपूर्ण सेटमा पराजित गरेका हुन्।
सर्बियाका जोकोविचले उपाधिका लागि आइतबार फ्रेन्च ओपनका कीर्तिमानी विजेता स्पेनिस राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।
नाडाल अर्जेन्टिनाका डिएगो श्वार्ट्जमनलाई ट–३, ६–३ र ७–६ ९७–०० को सेटमा पराजित गरेर फाइनलमा पुगेका हुन् ।