काठमाडौँ — मनास्लु हिमालको आधार शिविर क्षेत्रबाट करिब २ हजार किलो फोहोर संकलन गरिएको छ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको आरोहण टोलीमा रहेका नेपाली सदस्यहरुले आधार शिविरमा तीन दिन गरेको सरसफाइमा झन्डै २ हजार किलो फोहोर संकलन गरेका हुन् ।असोज १६, १७ र १८ गते उक्त आरोहण टोलीमा रहेका नेपालीहरुले आधारशिविर क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङमा शेर्पाले जानकारी दिए । २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पासहित आरोहण दलमा सहभागी गाइड, किचेन टोली गरी सय जनाले आधार मनास्लु आधार शिविरको सरसफाइ गरेका थिए ।

गत सेप्टेम्बर १८ मा नेपाल आएको बहराइनका राजकुमारसहितको १८ जनाको आरोहण टोलीले नेपाली गाइडहरुको सहयोगमा अक्टोबर १ मा सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरिसकेको छ । उक्त आरोहण टोलीले अक्टोबर १६ मा मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको र त्यहीअनुसार तयारी भइरहेको पनि सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए ।

त्यसैको तयारीस्वरुप शुक्रबार मनास्लु आधार शिविरमा पूजा सम्पन्न भएको पनि सेभेन समिट ट्रेक्सले जनाएको छ ।

शुक्रबार मनास्लु आधार शिविरमा गरिएको पूजा तस्बिर : सेभेन समिट ट्रेक्स

राजकुमार खलिफासहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । एक रात सामागाउँमै बसेको उक्त टोली बुधबार आधार शिविरतर्फ लागेको थियो । आरोहण दलका अन्य सहयोगी भने त्यसअघि नै आधार शिविर पुगेका थिए ।
READ MORE NEWS
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरू विभिन्न विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहन्छन्। यसै क्रममा कलाकार तथा अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मालाई सम्बोधन गर्दै मन छुने स्टाटस लेखेकी छन्। उनको अभिव्यक्ति छ, ‘एउटा अभिनेत्रीबाहेक यो देशलाई  माया गर्ने चेली, एउटी नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न, डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ।’

उनले बलात्कारमा परेका अवोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउने बताउँदै भोलिका दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको विचार राखेकी छन्। छोरीका लागि सुरक्षित स्थान बनाउन नसकुँला भनेर डर लागेको बताउँदै उनले छोरालाई असल संस्कार र अनुशासन सिकाउन सकिन्न कि भन्दै शंका व्यक्त गरेकी छन्।
आफ्नो आधिकारिक फेसबुक पेजमा ऋचाले लेखेको स्टाटसमा उनले नेपालको कमजोर कानुनले भावी जन्मने छोरालाई कानुनले केही गर्न नसक्ने रैछ भन्ने गलत मानसिकता विकसित गर्छ कि भन्ने चिन्ता व्यक्त गरेकी छन्।

‘दिनहुँ ससाना नाबालिकहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलमा दिन बिताएको देख्दा आफू नारी भएकोमा लाज लाग्न थालेको छ’, ऋचाले अगाडि लेखेकी छन्, ‘जुन देशमा नारीलाई पुजिन्छ, सम्माननीय राष्ट्रपति हुनुहुन्छ, त्यस देशमा बलात्कारजस्तो जघन्य अपराधको कानुनी कार्यान्वयनका निकायहरूले सामान्य रूपमा लिएको देख्दा सीताले अग्निपरीक्षा दिएको युगमा छौं जस्तै लाग्छ।’

ऋचाले थपेकी छन्, ‘हामी प्रविधिले विकसित भयौं तर सोचले पिछडिएका छौं। राक्षस प्रवृत्ति भएका पुरुषले अबोध बालिकाको अस्मिताको भोग लगाउँदै गर्दा हामी कठैबरा मात्रै भएका छौं।’ उनले प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्, ‘जनताका लागि नभए पनि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाई भनिदिनुस्, यो देशमा उनीहरू सुरक्षित छन् ?’ आम नेपाली नारीको परिचयमा स्टाटस लेखेकी ऋचाले सरकारमा विश्वास राख्ने आफू अचेल पैताला डगमगाउन थालेको विचार राखेकी छन्। उनको यो पोस्टलाई धेरै प्रतिक्रिया आएको छ। झन्डै हजार सेयर पुगेको छ भने कलाकारिता क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले पनि विभिन्न खाले प्रतिक्रिया जनाएका छन्।

यसैगरी अर्की अभिनेत्री वर्षा राउतले लेखेकी छन्, ‘भरखरै जन्मेको शिशुदेखि ८० वर्षे बृद्धासम्म बलात्कृत, बाबुद्वारा छोरी बलात्कृत, बालक बलात्कृत बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबैतिर बलात्कार। खै कहाँ छ नारीलाई सम्मान ? खै कहाँ छ नारीलाई सुरक्षा ?’

पछिल्लो समय बालिका बलात्कार र हत्याको ग्राफ उकालो चढ्दै गएपछि बलात्कारविरुद्ध कडा कानुनको माग गर्न थालिएको छ। खासगरी महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्डको कानुन ल्याउनसमेत आग्रह गरेका छन्। यसबारे सार्वजनिक रूपमा चर्को बहस सुरु भएको छ।

यो समयमा कलाकारिताको माध्यमबाट जनचेता फैलाउँदै आएका कलाकारका यस्ता अभिव्यक्तिले राज्यलाई मार्ग निर्देश गर्न थप टेवा पुग्ने देखिन्छ। केही समयपहिले अर्की अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमा यस विषयमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्। उनकै अभिनय रहेको बरिलै बोलको म्युजिक भिडियोमा उनले यसै विषयमा केन्द्रित रहेर मार्मिक अभिव्यक्ति दिएकी छन्। गायक प्रकाश सपुतले निर्देशन गरेको उक्त म्युजिक भिडियोले निकै प्रशंसा पाएको थियो।

शिक्षामा भोटको भूत


Your Views
Related News