काठमाडौँ – बढ्दै गएको बलात्कार तथा यौन हिंसाको विरोधमा युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
शनिबार माइतीघरमा युवायुवती प्लेकार्डसहित शान्तिपूर्ण रुपमा नाराबाजी गरेका हुन्।

उनीहरुले ‘सरकार भेटियो न्याय भेटिएन, बलात्कारीलाई फासी दे, सरकारले हाम्रो कुरा सन्नै पर्छ, बलात्कारीले सजाय पाउनै पर्छ’ सहितका नारा लेखिएका प्ले कार्ड बाकेर नाराबाजी गरेका हुन् ।

बलात्कारको घटना बढ्दै जाँदा आफूहरु कोही पनि सुरक्षित नरहेको र भोलि आफूहरुको पालो आएजस्तो डर र त्रासमा बस्नु परेकाले सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नु पर्ने आन्दोलदनकारीले बताएका छन् ।

उनीहरुले आफूहरु सुरक्षित हुन चाहेको भन्दै ‘सक्छस् बलात्कारीलाई फासी दे, सक्दैनस् बलात्कारी हो भनेर निधारमा टाँसिदे’ भन्ने नारा पनि लगाएका छन् ।

READ MORE NEWS

प्रश्नलाई बर्जित गर्ने हाम्रो परम्परा


Your Views
Related News