काठमाडाै, २४ असोज । कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने भएको छ । हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् । विज्ञहरुले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि लकडाउन गर्न सुझाव दिएका थिए ।

तत्कालका लागि लकडाउन नगर्ने योजना नबनाएको तर ठाउँ अनुसार फरक रणनीति अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले लकडाउन गर्ने त्यस्तो कुनै निर्णय नभएको र संक्रमण रोक्नु नै पहिलो प्राथमिकता भएको बताए ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
READ MORE NEWS

कथा : आदतको दास

‘मान्छेको इज्जत नाकका टुप्पामा रहेको हुन्छ, बचाएर राखेन भने तातो दुधझैं निल्नु न उछेल्नु हुन्छ ।’

रातो टिका लगाएर घरबाट बिदा गर्दा रजतजंग सिंहले छोरो इमानसिंहलाई यही भनेका थिए । छोराको थालजत्रो निधारमा लालुपाते फुलेजस्तै देखिएको थियो, टिका ।

तर, छोराले सरकारी जागिर खाएको तीन महिनापछि नै रजतसिंहको स्वर्गे भयो । ‘इमानले खाएको जागिर बाऊका लागि काल भयो’ पिँठ्युपछाडि कुरा काट्नले धारे हात लाउँदै भने । मलामी सवासय नाघेको देखेर गाउँकै साल्भनेले चुरोट सल्काउँदै भनेको थियो, ‘रजवारकी मरू निकी भैइ, खात भएका हुन् मलामी ।’

उसले फेरि थपेको थियो, ‘मान्छको निको को, फुचेरो को मद्दे बेला था हुन्छ ।’

काजकिरिया इमानसिंहले विधि पुर्याएरै गरे । आफन्तले पन्ध्र दिनको श्राद्धमा आउँदा भनेका थिए, ‘बाउको राम्रो सतिगति गर्यो, पूर्वजन्ममा धर्म कमाएकै रै’छ मानका पूर्खाले ।’

*****

इमानसिंहले डोटीको जोरायल गाउँपालिकामा पाँच वर्ष प्रशासकीय अधिकृत भएर काम गर्यो । अहिले अत्तरियामा दुईतले घर बनाएको छ । छोराछोरी बोर्डिङ स्कुलमा भर्ना गरेको छ । ‘एफजेट’ मोटरबाइकमा अफिस जान्छ । उसको जीवनशैली देखेर छिमेकीहरू भन्छन्, ‘इमानलाई जागिर फापेको छ । मान्छको उँभो हुन के टाइम लाग्छ र ? हेर त्यसको चम्मन ।’

केही वर्षपछि इमानसिंह जोरायलबाट धनगढीको त्रिनगर भन्सारमा पोस्टिङ भयो । परिवार खुसी थिए । तर बिडम्बना, एक महिनाअगाडि उसको कार्यकक्षमै टेवल तल लामो हात गर्दैगर्दा अख्तियारले रङ्गेहात समात्यो । सुकेको पातजस्तो खङ्ग्रङ्ग भएको थियो इमान । कार्यकक्षमै समातिएकोले समकक्षीका सम्मुखमा ऊ मरे बराबर भएको थियो । उसले वसन्त ऋतुमा पनि उराठ र उजाड देख्न थालेको थियो ।

प्रहरीले भ्यानमा हालेर इमानसिंहलाई जिल्ला अदालतमा लगे । इजलासले सार्वजनिक पद धारण गरी अकुत सम्पत्ति आर्जन गरेको ठहरमा मुद्दा दर्ता गरेपछि ऊ थुनामा चलान हुँदैछ ।

अदालतको गेटअगाडि इमानका आफन्तजनको लामै लस्कर छ । वैशाखको गर्मीभन्दा मान्छेका नानाथरिका कुराले आफन्तजनलाई झनै उकुसमुस भइरहेको छ । दुईचार जना इमानका समर्थकले उसको रिहाइको माग राख्दै जुलुस पनि नगरेका होइनन् । तर कसैको केही लागेन ।

अन्ततः इमानलाई पुलिसले गाडीमा हालेर लगे । उसका आफन्तहरू भ्यानलाई हेरिरहे । धुलोभित्र भ्यान पनि विस्तारै विलायो ।

सायद इमानलाई आफूले गरेको अपराध बोध भइसकेको थियो । त्यसैले अनुहार अरू दिनको भन्दा टकिलो थियो । उसले प्रहरीलाई पनि सद्भावको दृष्टिले हेरिरहेको थियो । इमानले छेवैमा राखेको बोतलको पानीले मुख धोयो । ओठ सुकेका थिए । थुकसमेत थिएन मुखभित्र । दुई घुट्का पानी पियो । पानी पिउँदा उसको रूद्रघण्टी विस्तारै हल्लियो ।

इमानको बाल्यकाल लोभलाग्दो वातावरणमा बितेको थियो । पिता रजतजंगले बाइस सालमै घामपानी नभनी बनाएको पाँच बिघा जमिन छँदै थियो । सिंह परिवारको आम्दानीको स्रोत अरू केही नभए पनि हिँउदे र बर्खे बाली बेचेर राम्ररी चलेको थियो । अभाव के हो, उसलाई कुनै अनुभव नै थिएन । सात वर्षे इमानसिंहको काम बस्तीका दुईचार जना भेलापारि बनबेतमा गाईगोरु चराउनु, जुज्जी लगाउनु, ढुङ्गाका गुच्चा खेल्नु, च्यातिएका तास जम्मा गर्नु, नयाँ वर्षमा पोष्टकार्डमा मनपरेको केटीको नाम लेखेर आफ्नै कोठामा टाँस्नु थियो ।

पढ्नमा राम्रो भएकाले रजतजंगले छोरालाई डाक्टर बनाउने सोचेका थिए । एकदिन इमानले कोठामा गृहकार्य गरिरहेका बेला भनेका थिए, ‘इमु, तैंले भविष्यमा डाक्टर भएर देशको सेवा गर्नुपर्छ । डाक्टरले निकै पैसा कमाउँछन् । पैसा कमाएमा जिन्नगी सुखी हुन्छ ! ’

पैसा सुन्नेब्त्तििकै इमानले दराजमा राखेका पैसाका बिटो सम्झियो । कन्थे दमाइले छ–छ महिनामा ऋण बुझाउन आउँदा बाको हातमा दिएका पैसा सम्झियो ।

‘म पनि धेरै पैसा कमाउँथु’ इमानले बालसुलभ स्वरमा भन्यो, ‘हामरा दराजमा भएको भन्दा धेरै ।’

एक साँझ, इमानकी आमा भान्सामा खाना पकाउने सुरसार गरिरहेकी थिइन् । आगो बाल्न सलाई खोज्दा काँटी थिएन । उनले भान्सामा यताउता हेरिन्, कुनै उपाय निस्केन । अन्ततः इमानलाई दोकानमा सलाई किन्न पठाउने निधो गरिन् ।

‘जा बा, दोकानबाटी सलाई ल्याइबर आ, हातसाद्दो काम गर । काम गरे प्यारो, नून हाले स्वादी हुन्छ ।’

इमानलाई न नुन हाल्नु थियो, न त स्वादी बन्नु । आमाको कुरा उसले ठाडै अस्विकार गरिदियो । आमा–बा अगाडि आँशु खसालेर रुने प्रयत्न गरे तिनको मन पग्लिहाल्छ भन्ने उसलाई थाहा थियो । चार–पाँचपल्ट भन्दा पनि इमान आफ्नो निर्णयबाट बीसको उन्नाइस भएन ।

आमालाई जति बच्चा फकाउन दुनियाँमा कसैलाई आउँदैन । यो कुरा इमानकी आमालाई राम्रोसँग ज्ञात थियो । उनले इमानलाई काखमा राख्दै भनिन्, ‘मेरो चेलो भौत ज्ञानी छ, जा एक सलाई ल्या, बाँकी पाँच रुप्पेको मिठाइ तैं खा ।’ पैसा भनेपछि महादेवका तीन नेत्र खुल्छन् । इमानले जबरजस्ती निकालेका आँशुका थोपा दायाँ हातको उल्टा हर्थुङ्गोले पुछ्यो र दोकानतिर कुद्यो । उसलाई आफ्नी आमा दूनियाँकी सबैभन्दा महान् मान्छे लाग्यो ।

इमानलाई लाग्यो, दोकान गएर सामान ल्याइदिए त चकलेट खान पाइने रहेछ । त्यसपछि ऊ थुप्रैदिन दोकानमा सामान किन्न गयो । त्यति नै दिन गुलियो मुख गरेर घर फर्कियो । कतिपल्ट आमा इमानलाई घरमै छोडेर बनबेत जान्थिन् । पछिलाग्दा उसका हातमा पाँच रुप्पे राखिदिन्थिन् । ऊ खुसी भएर घरमै बस्थ्यो, पाँच रूप्पेको नोट खेलाउँदै ।

इमानको जमान भन्छन्, नपत्याउने कुरै भएन । इमानले जागिर पायो, तर पार्वतीलाई फुटेको आँखाले हेरेन । पेटमा उसको बच्चा हुर्किंदै थियो । पार्वतीकी बाउ कालीरामले तत्काल केटो खोज्यो र सालका पातमा गोडो धोएर इज्जत बचायो

समय आफ्नै गतिमा हिडिरहेको थियो । अब पैसा माग्नमा इमान अभ्यस्त भइसकेको थियो । स्कुल जाँदा सधैं उसका हातमा पैसा हुनुपर्थ्यो । नदिए भुइँमा लडिबुडि खेलिदिन्थ्यो । कपडा फोहोर गर्थ्यो । आमालाई पिरेपछि जे पनि पाइन्छ भन्ने कुरा उसलाई राम्रोसँग थाहा थियो । लाडप्यारमा पालिएको छोरालाई आठ–दश रूप्पे दिनु सिंह परिवारका लागि ठुलो कुरा थिएन । तर इमानलाई पैसासँग यति धेरै प्यार भएको थियो कि ऊ पैसाका लागि जुनसुकै काम गर्न पछि पर्दैनथ्यो ।

हुँदाहुँदा पैसा नआउने कुनै पनि काम नगर्ने आत्मनिर्णय गरिसकेको थियो उसले । घरमा पाहुना आएका मान्छेसँग समेत उसले पैसा मागेर हैरान बनाउन थालिसकेको थियो । छोराको यस्तो चाला देखेर रजतजंग भन्थे, ‘पैसा त देख्नु नै हुन्न लाग्यो यैलाई । पण्डितले छैंठीमा यो धनको मालिक हुने हो भनेका थिए । चाल हेर्दा मालिक होइन कङ्गाल बनाउलाजस्तो छ ।’

क्याम्पस पढ्दा इमानले विद्यार्थी राजनीति गर्यो । ऊ बोल्दा शब्द–शब्दमा चिनी मिसाएझैं गरी बोल्थ्यो । उसको वाककलाका सबै प्रशंसक थिए । श्यामश्वेत वर्णको ठिटोको बानी मिलनसार थियो । क्याम्पसमा कसैलाई अप्ठेरो परे तुरुन्त पुगिहाल्थ्यो ।

रजतसिंह पञ्चायत कालमा प्रधानपञ्च भएका मान्छे । प्रजातन्त्र आएपछि उनले काँग्रेसको हात समाते । काँगे्रसका जिल्ला स्तरका नेतासँग राम्रो उठबस हुनाले इमानले स्ववियू निर्वाचनमा सजिलैसँग टिकट पायो ।

उसलाई मतदाताले निराश बनाएनन् । अब क्याम्पसमा हुने ठेक्कापट्टा, कमिसन आदिबाट उसले राम्रो आम्दानी गर्न पायो ।

विद्यार्थी राजनीतिमा नयाँ नेताका रूपमा आफ्नो छवि बनाउन सफल भयो इमान । राजनीतिसँगै आफ्नो पढाइ पनि राम्रै गरेको थियो । समाजशास्त्र, मनोविज्ञान, इतिहास र संस्कृतिबारे ऊ धाराप्रवाह बोल्न सक्थ्यो ।

राजनीति अन्योलपूर्ण बन्दै गएको देखेर अब यसबाट स्थायी आम्दानी नहुने कुरा इमानले बुभ्mयो । उसले घुँडा धसेर लोकसेवाको तयारी गर्यो र तेस्रोपल्टमा पहिलो नम्बरमै नाम निकाल्यो ।

****

चैपाटे नाडी, चौडा छाति, र हँसिलो मुहारको थियो इमान । क्याम्पसमा उसको फ्यान धेरै थिए । दर्जनौं युवतीसँग पिरती गाँस्यो तर धेरैदिन कसैसँग टिकाएन । किन टिकाएन ? खास कारण के थियो, यो कुरा उसले गोप्य नै राख्न चाह्यो ।

एकदिन, इमानलाई क्याम्पसकै पार्वतीसँग सरस्वती सामुदायिक वनमा देखे घाँस काट्ने स्वास्नीमान्छेले । प्यान्ट–सर्ट हातमा लिएर भागेको थियो ऊ । क्याम्पसमा खुब हल्ला चल्यो । साथीहरूले उसको नाम प्यान्ट र पार्वतीको नाम सर्ट राखे । ‘बजारमा नयाँ मोडेलको सर्ट आएको छ, मेरो प्यान्टको बटन बिग्रेको छ, नयाँ मोडेलको सर्ट लगाउन नपाएर कस्तो–कस्तो लागेको छ’ भन्दै खुब जिस्क्याए साथीहरूले ।

चौतारामा गाउँलेले भने, ‘राजा जमानै देखिका भोगी हुन्छन् । व्याइते, ल्याइते, काइते, कति थिए, थिए । के भयो त ! बौकानका जातले यस्सो तलमाथि भैहाल्छ नि । इज्जत जाने आइमाइको हो !’

अर्कोले चुरोट तानेर भन्यो, ‘जात्की गतिली नै रैछे । जङ्गलमा सुत्न गई, जवानीको भर न भरोस् भनेको यही हो । कालीराम दमाइको नाउँ गाड् हाल्यो । चेली गतिली भइन भने थुकेको थुक पनि चाट्नुपर्छ ।’

अर्कोले सुर्ति माड्दै थप्यो, ‘यिन मुकाटे ठकुरीले सोझी साझी हामरी चेलीबेटी कोही चोखी राखेन । उहिले जंगे प्रधानले पनि कमैयाको ब्या भए पैला आफु माउकी (श्रीमती) बनाएकै हो । अब जङ्गेका बिणो इमाने बस्यो ।’

पीठ्यूँपछाडि जसले जति कुरा काटे पनि सिंह परिवार र नातागोता अगाडि कसैले एक शब्द बोल्न सक्दैनथे । एक कान, दुई कान मैदान । कुरो थाहा पाएर रजतजंगले इमानलाई घरमा खुब खकारे । भने, ‘बिहे गर्न मन लागे मलाई भन्न सकिनस् । गाउँमा मेरो इज्जत कौडीका भाउमा फाल्ने भइस् है । गतिलो सन्तान नहुनुभन्दा अप्ताली नै बेश ।’

आमाले पनि सम्झाउँदै भनिन्, ‘हेर बाबु, छि भन्नु गोड्को गुहु हो । अब मैले देउरानी जेठानी, माइत पोइल कसेरी मुख देखाउनु । तँ त काल लागिस् । अब यस्तो काम कहिल्यै नगरेस्, बा ! सबैले आफ्ना जातमा बस्नुपर्छ ।’

यता पार्वतीलाई भने ‘तातो दुध निल्नु न उछेल्नु’जस्तै भयो । उसले इमानलाई बोलाई । भेटे दुवैले फेरि एकान्तमा । रुँदै पार्वतीले भनी, ‘मेरो इज्जतमा दाग लगिसक्यो । छाऊ नभए दुई महिना भैग्ये । हजुरले नअपनाए, म आत्महत्या गर्छु ।’

इमानले उसको टाउको छातिमा राख्दै भन्यो, ‘घरमा तिमीलाई अपनाउँदैनन् । अब म जागिर खोज्छु । अनि भागेर बिहे गरौंला ।’

इमानको जमान भन्छन्, नपत्याउने कुरै भएन । इमानले जागिर पायो, तर पार्वतीलाई फुटेको आँखाले हेरेन । पेटमा उसको बच्चा हुर्किंदै थियो । पार्वतीकी बाउ कालीरामले तत्काल केटो खोज्यो र सालका पातमा गोडो धोएर इज्जत बचायो । पार्वतीले पनि इमानको आश गर्न छोडी ।

अहिले दुई छोरा, एक छोरीकी आमा भएर बसेकी छ पार्वती । कहिलेकाहिँ उसको पोइले दारु खाएर भन्छ, ‘जेठाको अनुहार किन मेरा शाखा–सन्तानमा मिल्दैन ? कसरी तैंले बिहे गरेका सातै महिनामा छोरो पाइस् !’

पार्वतीसँग आफ्नो श्रीमानलाई दिन कुनै जवाफ छैन । ऊ, मौन बस्छे । बरू सहन्छे, लोग्नेको दुई-चार लात्ती ।

यता इमानले अधिकृतमा नाम निकालेपछि झन् उसको मान बढ्यो । समाजमा छोरो होस् त रजवार साहेबका जस्तो भनेर मान्छेले कुरा गर्न थाले ।

जागिरसँगै पार्टी, कार्यकर्ता, नेता र जनप्रतिनिधिसँग पानी–माछाको जस्तै सम्बन्ध भयो इमानको । उसले आफ्नै फुपुका छोराका नाममा ‘हेल्पफुल विल्डर्स’ नामको निर्माण कम्पनीसमेत दर्ता गरेको छ । कतै टेन्डर खुले फोन घुमाइहाल्छ । भन्छ, ‘हेल्पफुल आफ्नै कम्पनी हो । खुब हेल्पफुल छ । फिप्टी–फिप्टी । बस् योपल्ट जनताको सेवा गर्ने मौका दिनुहोस् !’

पानी–माछाको जस्तो सम्बन्ध बनाएको यही ठेक्काको बेला काम लाग्थ्यो ।

प्रदेश सांसद मुनाप्रसादसँग पनि सधैंजसो भेटघाटमा जाने गर्थ्यो इमान ।  गिलासको भराइ र रित्याइले राम्रै सम्बन्ध बनाएको थियो । मुनाप्रसादकी छोरी राजधानीबाट बर्खे बिदामा घर आएकी थिइन् । दैनिक उठबसले दुबै नजिकिए । आँखा जुधाए, घुम्न गए अनि कुरा फुकाए ।

जानकीले मुनाप्रसादसँग भनी, ‘बुबा, मलाई इमानको काम मन पर्यो । अब पिआर र ग्रीनकार्ड नभए के भयो त जागिर छ । हाम्रो मन मिलिसक्यो । बिहे गरिदिनुस् नत्र ऊबिना एकपल बाँच्न सक्दिनँ ।’

मुनाप्रसादलाई छोरीको माया लाग्यो । भविष्य पनि त हेर्नु थियो । मुनाले सरकारी जागिर खाएको राजखानदानको ज्वाइँ पाउँदा नाइँ भन्नै सकेनन् । उसको त अझै  राजनीतिमा ल्याएर ज्वाइँ–ससुराको रसायन मिसाउने सपना साकार हुन लागेको थियो ।

इमानसिंहको धुमधामले बिहे भयो । गाउँलेले वर्षौंपछि बिहेको भोज खाएका थिए । बिहेको दिन दिल खोलेर भने,  ‘हाम्रा त चेलाचेली अतास्सी (हतार) जाना नत्र बिहे जति निको भगाउनु, के हुनुको ।’

अर्कोले थपे, ‘बुहारी लै खुब रूबस छ, गरगहनाले भरिएकी छे । चेला लायकका लागेपछि बुहारी उसै अन्सारकी हुन्छन् । हाम्रा न ब्वारी निकी, न चेलै गतिला ।’

इमानको एक छोरा र एक छोरी भएको छ । श्रीमती एनजिओमा काम गर्थिन् । छोरा सैनिक महाविद्यालयमा पढ्छ ।’

*****

एक्कासी भ्यानको टायर खाल्डोमा गयो । यसपछि पो इमान झस्कियो । ऊ कुन विमानमा बसेर विस्मृतिमा हराएको थियो । बल्ल वर्तमानमा आयो ।

एकछिनपछि सेती प्रादेशिक अस्पतालको गेटमा भ्यान रोकियो । उसलाई पुलिसले हत्कडीसहित भित्र लगे । स्वास्थ्य परीक्षण गरेर थुना पठाउने निर्णय थियो ।

त्यतिकैमा उसको मोबाइलको घण्टी बज्यो । प्यान्टको खल्तीबाट मोबाइल झिक्यो । नयाँ नम्बर थियो, उठायो ।

‘हेलो !’

‘हजुर हाकिम सा’ब । म इन्स्पेक्टर । त्यै क्या, सञ्जुको रेप केस मिलाउनेवाला । म तपाईंलाई छुटाउने प्रयासमा छु । तर त्यो केसको बारे कहीँ कतै नभन्नु होला । नत्र बरबाद होइन्छ यार । जागिरको जागिर जान्छ । बदनामको बदनाम । बरू के कति सहयोग चाहिन्छ म गर्न तयार छु ।’

उसलाई थानाको कोठाभित्र लगियो । डाक्टरको रिपोर्ट पर्खेर बसेका छन् सबैजना । इमानको मोबाइल फेरि बज्यो ।

‘दाजु दर्शन, म सुखदेव । हेल्पफुल बिल्डर्सबाट । धन्दा नमान्नुस् । मैले कुरा मन्त्रालयसम्म राखेको छु । दुईचार दिन हो । धरौतिमा रिहा हुनुहुन्छ । पक्का । तर हाम्रो कम्पनीको टेण्डरको फाइल त अगाडि बढाउनु भएको छ नि ।’

पन्ध्र मिनेटपछि फेरि उसको मोबाइलको घण्टी बज्यो ।

‘हजुर, म उही इन्जिनियर क्या ! अस्तिको भन्सारको भवन पास गर्ने । चिन्नु भो नि ! खबर सुनेर ज्यादै दुःख लाग्यो । म सक्दो सहयोग गर्छु । मेरो भाग परेको माल चाहिँ दिन भनिदिनु होला ।’

त्यसपछि उसका लगातार तीन फोन आए । सबैले भने, ‘सक्दो हामी प्रयास गर्छौं तर कुरा बाहिर नल्याइदिनु है ।’

अनेकथरि कुराले उसलाई झिँजो लागेर आएपछि फोन स्विच अफ गर्यो । अहो, उसले त ख्यालै नगरेको । खै उसकी श्रीमतिले फोन गरेको ? आखिर बालबच्चा र आफन्तले पनि फोन गरेनन् । जति फोन आए सबै बिचौलिया र दलालका आए ।

उसलाई लाग्यो– म त ठुलै खाल्डोमा भासिसकेको रहेछु । अब उम्किने कसरी ?

यो गल्ती हो भन्ने उसलाई थाहा हुँदाहुँदै पनि आदतको दलदलमा फसेर उसले कुनै कार्यालयको काम गर्दा जनताबाट कमिसन मागेको गलत भन्ने पत्तै पाएन । उसको त माग्ने आदत बसिसेकेको थियो । ‘एक्काइस दिन कुनै काम निरन्तर गरे त्यो आदत बन्छ । मान्छे आदतको दास हो’, गुरुले कक्षामा भनेको उसलाई याद आयो ।

उसलाई लाग्यो, म काराकारमा सजाय भोग्न होइन । आदत सुधार्न जाँदै छु । त्यसैले अब हतार गर्नु हुन्न ।  भोलिपल्ट भेट्न आउने आफन्तलाई उसले भन्यो, ‘केही बिग्रेको छैन, म आफैं सपार्छु सबै ।’

आफन्तहरू केही नबुझेर एकोहोरो इमानको निन्याउरो मुख हेरिरहेका थिए ।


Your Views
Related News