शिबु फिलिप लन्डनस्थित ट्रान्सेन्ड नामक एउटा सानो कम्पनीका संस्थापक हुन्।

उनको कम्पनीले थोक विक्रेताबाट सौन्दर्य सामग्री किन्छ र अनलाइनका माध्यमबाट बेच्छ।

विगत डेढ वर्षदेखि उनले हबस्टाफ नामक सफ्टवेयर प्रयोग गरेर कर्मचारीहरूले काम गरेको घण्टा, कओबोर्ड र माउसको चाल र उनीहरूले खोल्ने बेवसाइटहरूबारे निगरानी गरिरहेका छन्।

उनको कम्पनीमा भारतमा बसेर काम गर्ने सात कर्मचारी छन्।

काममा उत्तरदायी

लन्डन र भारतबीच समय अन्तर छ। तर यो सफ्टवेयरले “केही मात्रामा भए पनि काममा कर्मचारीलाई उत्तरदायी” बनाउन सहयोग गर्ने उनी बताउँछन्।

उनी भन्छन्, “म आफैँलाई थाहा छ, तपाईँ थप १० मिनेट ब्रेक लिनुहुन्छ। त्यसको स्वचालित रूपमा निगरानी हुनु राम्रो हो।”

“स्क्रीनशटहरू हेरेर कुनै पनि काम गर्न कर्मचारीले कति समय लगाइरहेका छन् भन्ने थाहा हुन्छ। उनीहरूले आवश्यक प्रक्रिया पूरा गरिरहेका छन् कि छैनन् थाहा हुन्छ।”

शिबु फिलिप
शिबु फिलिप

उनी कसैले अपेक्षाभन्दा राम्रो गरिरहेका छन् भने आफूले स्क्रीनशटका तस्बिरहरूको अध्ययन गर्ने र त्यसका आधारमा पूरा समूहका लागि सुधारको सुझाव लिने गरेको बताउँछन्।

उनका अनुसार कर्मचारीहरूलाई उक्त सफ्टवेयर प्रयोग भएको छ भन्ने पूर्ण जानकारी रहेको छ।

त्यसैले उनीहरू ब्रेकका बेलामा झुक्किएर कुनै बेवसाइट खुलेको छ भने पनि त्यसलाई हेरेर समय नखर्चिने उनी बताउँछन्।

‘काम ठग्नेहरू’

कोरोनाभाइरसका कारण घरबाटै काम गर्ने चलन बढेपछि निगरानी सफ्टवेयरको माग गर्ने रोजगारदाताहरूको सङ्ख्या बढेको छ।

अमेरिकामा आधारित हबस्टाफका अनुसार गत फेब्रुअरीयता यूकेमा यसका ग्राहकको सङ्ख्या चार गुणा बढेको छ।

स्नीक नामक अर्को कम्पनीले कर्मचारीहरूले काम गरिरहेको ल्यापटपबाट उनीहरूको तस्बिर खिँचेर उनीहरूका सहकर्मीले हेर्न मिल्नेगरी अपलोड गरिदिने प्रविधि ल्याएको छ।

हरेक मिनेटजस्तो तस्बिर खिच्ने भएकाले उक्त एप प्रयोग गर्ने रोजगारदाता हुन् वा रोजगारी गर्ने जोसुकैले एकै खाले अनुभव गर्नसक्ने कम्पनीले बताएको छ।

यसका सहसंस्थापक डेल करीले बीबीसीलाई लकडाउनका अवधिमा आफ्ना प्रयोगकर्ताको सङ्ख्या पाँच गुणाले बढेको बताए।

उनका अनुसार हाल उक्त एप करिब २० हजार जतिले प्रयोग गरिरहेका छन्।

हालै कार्डिफ विश्वविद्यालय र युनिभर्सिटी अफ साउथ एम्टोनले गरेका अध्ययनले हाकिमहरूमा कामदारहरू “कामचोर” हुने समानखाले डर देखिएका छन्।

लडकाउनका अवधिमा काममा त्यस्तो प्रभाव परेको जस्तो भने देखिएको छैन।

यद्यपि उक्त अध्ययनका अनुसार हरेक तीनमा एक कामदारले पनि आफ्नो कार्यक्षमतामा कमी आएको महसुस गरेका छन्।

तर के प्रविधिले त्यस्ता “कामचोर” कर्मचारीलाई समात्न वा भान्साको टेबलमा बसेर पूरा अवधि काम गर्न बाध्य कर्मचारीलाई सहयोग गर्न सक्ला?

‘यदि कसैले निगरानी गरिरहेको छ भने मलाई नराम्रो लाग्छ’

जोश नामक लन्डनका २६ वर्षीय फोटोग्राफर घरैबाट काम गर्नुपर्दा आफ्नो कार्यक्षमतामा कमी आएको मान्छन्।

अरूसँग साझेदारी गरिएको आफ्नो फ्ल्याटको भान्सामा एउटा अस्थायी स्टुडियो बनाएर काम गर्नुपर्दा चुनौती भए पनि उनी उत्साहित भएर काम गरिरहेका छन्।

जोश
जोश नामक लण्डनका एकजना २६ वर्षीय फोटोग्राफर घरैबाट काम गर्नुपर्दा आफ्नो कार्यक्षमतामा कमी आएको मान्छन्

उनी भन्छन्, “कुनै दिन म सबै कुराबाट बाहिर आउनेछु। तर अरूलाई लाग्छ म एकजोडी चप्पल लगाएर घुमिरहेको हुन्छु। म त्यो गरिरहेको हुन्नँ। तर बसेको ठाउँबाट उठेर वाशिङ मशीन खोल्नु वा एक कप चिया बनाउनु खासै गाह्रो कुरा भएन त्यसैले काममा बाधा गर्ने धेरै सहज कुराहरू घरमा हुन्छन्।”

उनी आफ्ना हाकिमहरूले कुनै पनि निगरानी गर्ने सफ्टवेयर प्रयोग नगरेकोमा धन्य महसुस गर्छन्।

“त्यस्तो गरिएको दिन उत्साहित हुन अलि गाह्रै हुन्छ। यदि कसैले मेरो कार्यक्षमताको निरन्तर निगरानी गरिरहेको छ भन्ने थाहा भयो भने मलाई नराम्रो लाग्नेछ।”

कतिपय हाकिमहरू निगरानी गर्ने सफ्टवेयरहरू प्रयोग कार्यक्षमता कायम राख्न उपयुक्त हुने तर्क गर्न सक्छन्।

चार्टर्ड इन्टिट्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी) ले गरेको एउटा अनुसन्धानले भने कार्यस्थलमा गरिने निगरानीले विश्वासको सङ्कट पैदा गर्नसक्ने सुझवा दिएको छ।

Presentational grey line
निगरानी
READ MORE NEWS
माबुयाग टापुमा फेला परेको केरा खेतीस्थल

तस्बिरको क्याप्शन,माबुयाग टापुमा प्राचीन केरा खेती भएको स्थान फेला परेको हो

अस्ट्रेलियामा पुरातत्त्वविद्हरूले त्यहाँका मूलवासीहरूले प्राचीन समयमा केरा खेती गरेको स्थान फेला पारेका छन्।

अस्ट्रेलियाको मुख्यभूमिको उत्तरमा टोरेस स्ट्रेट भनिने स्थानको सानो टापुमा २१४५ वर्ष पुरानो केरा खेती गरिएको स्थान छ।

अनुसन्धानकर्ताहरूले उक्त स्थानमा केराको सूक्ष्म अवशेष, ढुङ्गाका औजार, अँगार र पर्खालको अवशेष फेला पारेका छन्।

उनीहरूका अनुसार यो अन्वेषणपछि अस्ट्रेलियाका मूलवासीहरू खालि सिकार गरेर जीविका चालाउँथे भन्ने यसअघिको धारणा मिथ्या प्रमाणित हुन सक्छ।

माबुयाग आईल्यान्ड नामक टापुमा फेला परेका अवशेषहरूको अनुसन्धानको नतिजा अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटी र यूनिभर्सिटी अफ सिड्नीका अनुसन्धान टोलीले बुधवार सार्वजनिक गरेको हो।

“हाम्रो अनुसन्धानले माबुयागमा बस्ने गेगमलगाल जातीय समुदायका मानिसहरूका पुर्खा कम्तीमा पनि दुई हजार वर्षअघि नै जटिल र विविधतापूर्ण खेती तथा बागवानी कार्यमा संलग्न थिए भन्ने देखाएको छ,” प्रमुख अनुसन्धानकर्ता रबर्ट विलिअम्सले भने।

उनी भन्छन्, “टोरेस स्ट्रेटलाई ऐतिहासिक रूपमा नै हाल इन्डोनेशिया र पापुआ न्यू गिनीको भागका रूपमा रहेको न्यू गिनीका खेतीबारी गर्ने र सिकार गरेर जीवन धान्ने अस्ट्रेलियाका मूलवासी जातीय समुदायलाई ‘छुट्याउने रेखा’का रूपमा लिइँदै आइएको थियो।

पुराना औजार

विभाजनरेखा होइन, सेतु”

तर अब यो नयाँ तथ्य अगाडि आएपछि त्यो स्थान विभाजनरेखा भन्दा पनि दुवै क्षेत्रमा हुने खेती र बागवानीका अभ्यासहरूबीचको “सेतु वा फिल्टर” का रूपमा रहेको देखिएको अनुसन्धानकर्ता विलिअम्सको धारणा छ।

अनुसन्धानका क्रममा फेला परेको कृषि प्रणाली प्राचीन समयमा स्थानीय रूपमा उपभोग हुने क्षेत्रीय खानेकुराअनुकूल देखिन्छ। तिनमा पिँडालु, टारो र केरा पनि पर्छन्।

एबोरिजिनल भनिने अस्ट्रेलियाका मूलवासी र टोरेस स्ट्रेटस्थित टापुवासी समुदायहरू त्यहाँ ब्रिटेनको उपनिवेश बन्नुअघि घुमन्ते र सिकारी थिए भन्ने मिथ्या धारणा व्यापक रूपमा प्रचारित थियो।

त्यहाँको भूमि कुनै बसोबासविहीन र कसैको स्वामित्वमा नरहेको दाबाी गर्दै त्यसमा आफ्नो हक कायम गर्नका लागि ब्रिटिश उपनिवेशवादीहरूले मूलवासी समुदायहरूको कृषि प्रणालीको अभ्यासबारेको प्रमाणलाई जानाजान नकार्ने गरेको इतिहासकारहरूले बेलाबखत भन्दै आएका छन्।

अस्ट्रेलियमा अझै पनि प्राचीन मूलवासीहरूको जमिन खनजोत र भोगचलनको अभ्यासका बारेमा त्यति व्यापक जानकारी छैन।

तर गत दशकमा भएका अनुसन्धानहरूले मूलवासी अस्ट्रेलियालीहरूको उपनिवेशकालभन्दा अघिको समयका कृषि, प्राविधिक र भौतिक निर्माणका अभ्यासहरूमा प्रकाश पार्ने कार्य गरेका छन्।


Your Views
Related News