काठमाडौं । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो ।

सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।

दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ ।

एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु छ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।

देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा जनान भनेको छ ।

READ MORE NEWS

सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने

इनरव्हील क्लब अफ बुटवललेसुनौली–पाल्पा सडक अन्तरर्गत बुटवल उपमहानगरपालिका भित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमका वीच शनिवार उद्घघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

उहांले बुटवलको विकासको लागि सबैको हातेमालोे आवश्यक रहेको उल्लेख गर्दै नगर सभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।सो अवसरमा बोल्दै लुम्विनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्बर विकले डिभाइडरको निमार्णले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउदै त्यसको संरक्षणमा आफु र आफनो कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

इनरव्हील क्लबकी सन २०१९–२० कि डिष्ट्रीक चेयर समिरा ध्वजुले महिलाहरुलाई जिम्मेवार बनाउदै समाजसंग जोडेर अगाडी बढाउन क्लबले खेलेको भूमिकाको प्रसंसा गर्दै महिला दिदीवहिनीहरुको काममा समाजले हातेमालो गर्न आग्रह गर्नु भयो ।

क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुधरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोल्नु भएको थियो ।

दशैंमा चिनीको अभाव नहुने, साल्ट ट्रेडिङले २० हजार मेट्रिकटन ल्याउँदै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार मेट्रिकटन चिनी दशैं अघि नै ल्याइसक्ने दाबी गरेको छ । अहिले कर्पोरेशनले अर्डर गरेको चिनी भारतको कलकत्तामा प्याकिङ भइरहेको जनाइएको छ ।

साल्ट ट्रेडिङले २० हजार टन चिनी आयातका लागि रेनुका सुगर मिललाई ठेक्का दिएको हो । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले हाल कलकत्तामा चिनी  प्याक भइरहेको बताए । उनले सो चिनी दुई साता भित्र आइपुग्ने बताए । ‘चिनी अहिले कलकत्तामा प्याकिङ भइरहेको छ । दशैँ अघिनै आइपुग्छ, ढुक्क हुनुस,’ राजभण्डारीले भने ।

साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत सहुलियतमा ३० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको थियो । सोमध्ये साल्ट ट्रेडिङले २० हजार र व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयातको जिम्मा पाएका थिए ।

साल्ट ट्रेडिङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति पाएपछि १५ दिने समयसिमा टेन्डर आह्वान गरेको थियो । सो प्रस्ताव आह्वानमा ४ प्रस्ताव आएका थिए । उक्त प्रस्ताव आएकाहरूको उच्च मूल्य प्रस्ताव रहेको तर, प्रस्ताव गरेका मध्ये कसैले जमानत जम्मा नगरेकोले उनीहरूको प्रस्ताव खारेज गरिएको थियो ।

त्यसपछि साल्ट ट्रेडिङले फेरि रिटेन्डर आह्वान गरेको थियो । साल्ट ट्रेडिङले भदौ ७ गते फेरि रिटेन्डर गरेको र त्यसैबाट रेनुका सुगर मिलले ठेक्का पाएको थियो ।

साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत सहुलियतमा ३० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको थियो । सोमध्ये साल्ट ट्रेडिङले २० हजार र व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयातको जिम्मा पाएका थिए ।

हाल बजारमा चिनीको आपूर्ति कम भएसँगै कृत्रिम मूल्यवृद्धि हुँदै गएको छ । साल्ट ट्रेडिङसँग ४०० मेट्रिकटन चिनी मौज्दात रहेको छ । सामान्यतया चाडपर्वमा चिनीको अभाव र मूल्य वृद्धि सधैजसो हुने गरेको छ । तर, यो वर्ष कोभिडका कारणले समेत धेरै समस्या उत्पन्न हुन सक्ने देखिन्छ । यसले गर्दा चिनी समयमा आइपुग्ने कुरामा अझै संकोच रहेको छ । विगतका वर्षहरूमा हेर्ने हो भने कात्तिक अघि चिनी आयात भएको अवस्था छैन ।

खाद्य व्यवस्थापन कम्पनीको ठेकेदार छनोट हुनै बाँकी

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले भने कात्तिकको मध्यतिर मात्र चिनी ल्याउन सक्ने जनाएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिता सुवेदीले तिहारलाई लक्षित गरी चिनी ल्याउने तयारी भइरहेको बताइन् ।

व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयात गर्ने टेन्डर प्रक्रिया शुरू गरिसकेको जनाएको छ । खाद्य व्यवस्थापन कम्पनीले चिनी आयात गर्न ४५ दिने टेन्डर आह्वान गरेको छ । सो आवेदनको अन्तिम मिति असोज २९ गते सकिँदै छ । ठेक्का आह्वानमा आवेदनको समय सकिएपछि मूल्याङकन गरिने छ । त्यसपछि ठेकेदार कम्पनी छनोट गरी चिनी आयात गरिने छ । यसका लागि समय अझै बढी लाग्ने देखिन्छ ।

खाद्य व्यवस्थापन कम्पनीले भदौ ७ गते टेन्डर आह्वान गरेको थियो । सूचना अधिकारी सुवेदिले टेन्डर आह्वान भएपछि पनि सरकारको नीति अनुसार टेन्डर प्रक्रिया धेरै लामो भएको बताइन् । कम्पनी छनोटका आधारमा चिनी आयात निर्धारण गर्ने भएका केही समय पर्खिनु पर्ने उनले बताइन् ।

‘चिनी तिहारका लागि आउने हो, अझै समय बाँकी छ, हामीले सरकारको निती अनुसार काम गर्नु पर्छ, प्रक्रिया नै लामो छ, यसमा हामीले केही गर्न सक्दैनौँ,’ सुवेदीले भनिन् ।

नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिकटन चिनी खपत हुँदै आएको छ । दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ ।चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्ने गरेका छन् ।

नेपालमा चाडवाडको समयमा चिनीको खपत बढ्ने गरेको छ । खपत बढेसँगै व्यवसायीहरूले चिनीको कृत्रिम अभाव गर्दै मूल्य बढाउने गरेका छन् । चाडवाडको बेला हुने कालोबजारी नियन्त्रण गर्न नसक्दा र फितलो अनुगमनका कारण उपभोक्ता महँगोमा चिनी किन्न बाध्य हुँदै आएका छन् ।


Your Views
Related News