पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थत विदेशी भूमिको सज्ञा दिएका छन् ।

कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन् । यस्ता छन् पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु, जानी राखौ ।एक महिला अर्की महिलासँग प्रेम गर्छे महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ ।

२. पूर्व प्रेमीको निगरानी केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन् ।

३. अ’श्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा केटीहरु पनि अ’श्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।

४. आफ्नै शरीरसँग प्रेम हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ ।

५. एक्लै हुँदा महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् । ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन् ।

६. इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ । विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान देखेर भने इर्श्या गर्छन् । आफूलाई महिलाका समस्याका कारण दुखाइ वा पी’डा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो उनीहरुलाई लाग्छ ।

७. रहस्य जान्ने इच्छा हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको सं’का हुन्छ । उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।

READ MORE NEWS

सोसल मिडिया एप टिकटक माथि सरकारले लगायो आज देखि प्रतिबन्ध

पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अ’नैतिक’ र ‘अ’श्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्र तिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण(पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गु नासो बढेपछि प्र’तिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ ।

पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड गरिएको छ ।

टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो । पछिल्लो समय यो एप युवा पुस्तामाझ निकै नै लोकप्रिय मानिन्छ । तर यसमा पोस्ट हुने विषयबस्तुलाई लिएर भने बेलाबेलामा वि वाद उत्पन्न हुने गरेको छ । केही समयअघि भारतले सु रक्षा सं वेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्र’तिबन्ध लगाएको थियो ।

गिल र कार्तिकको अर्धशतकमा पन्जाबलाई मध्यम लक्ष्य

एजेन्सी– युवा ब्याट्सम्यान सुभमन गिल र कप्तान दिनेश कार्तिकको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

 


Your Views
Related News