न्छेको शरीरमा ससाना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानि गर्दैनन् ।

सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहो-याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानिरहित डल्ला छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

READ MORE NEWS

कोरोना प्रभाव : दूध विक्री नहुँदा किसान र व्यवसायीलाई २५ अर्ब घाटा

काठमाडौं, असोज २४ : कोरोना भाइरसका कारण बजारमा चहलपहल नहुँदा दूध विक्रीमा ठूलो मात्रामा कमी आएको देखिएको छ।

दूध विक्री नहुँदा पाँच लाख दूध व्यवसायी संकटमा परेका व्यवसायीको दाबी छ। कोरोना कहर सुरु भएदेखि ६ महिनायता बजारमा पूर्ण रुपले दूध विक्रीवितरण गर्न नसक्दा २५ अर्ब नोक्सानी व्यहोर्नु परेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

कोरोनाका कारण होटेल, रेष्टुरेन्ट, चिया पसल, विद्यालय, पार्टी प्यालेस बन्द हुँदा दूध विक्रीमा कमी आएको एसोसिएसनका  महासचिव प्रल्हाद दाहालले बताए। उनका अनुसार दूध उत्पादन गर्ने किसानको दूधले बजार नपाउँदा पाँच लाख व्यवसायी संकटमा छन्।

‘कोरोनाका कारण दूग्धजन्य पदार्थ विक्री हुन सकेको छैन। जसका कारण देशभरका पाँचख लाख व्यवसायीले करिब २५ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको छ’, दाहालले भने, ‘तीन अर्ब रुपैयाँ बराबरको दूध स्टकमा बसेको छ। जसका कारण दुई महिनाको दूधको पैसा  दिन सकिएको छैन।’

उनका अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। ३१ लाख लिटर दूध स्थानीय स्तरमै खपत हुन्छ भने ३१ लाख लिटर बजारमा जान्छ। ‘बजारमा आएको ३१ लाख लिटरमध्ये ४० प्रतिशत दूध विक्री भएको छैन,’ उनले भने।

बजारमा विक्री नभएको दूधको पाउडर बनाउने गरिन्छ। पाउडर दूध विक्री हुने समय चैत, बैशाख र जेठ हो। ‘यो पटक दूध विक्री नहुँदा पाउडर दूध समेत स्टकमा छ,’ उनले भने, ‘चालु पूँजी छैन। जसका कारण किसानलाई भुक्तानी दिन र व्यवसाय सञ्चालन गर्न कठिन भएको छ।’

नेपालमा दूध उत्पादन गर्ने ८० प्रतिशत निर्वाहमूखी किसान छन्। व्यवसायिकरुपमा गाई, भैंसी पालेर दूध उत्पादन गर्ने फर्म कमै मात्रमा रहेको दाहालको भनाइ छ। निर्वाहमूखी दूध उत्पादन गर्ने भन्दा व्यवसायिकरुपमा दूध उत्पादन गर्ने बढी मर्कामा परेका छन्। नुवाकोटको बेलकोटगढी–११ का ४० वर्षीय कृष्ण रैलाका अनुसार  दूग्ध संकलन केन्द्रले दुई महिनाको पैसा रोकिदिएको छ।

‘संकलन केन्द्रले बजारमा दूध बेच्न सकेको छैन। बजारमा खपत कम भएको भन्दै दुई महिनाको पैसा रोकिदिएको छ,’ उनले भने,‘गाउँकै मानिसको संकलन केन्द्र भएकाले पैसा आउला भन्ने आशामै छु।’

READ MORE NEWS

अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन्।

दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन्। दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ।

संघका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।

यो कूल उत्पादनको ४० प्रतिशत कमी हो। तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै  आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको संघले जनाएको छ।

देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ। तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ। ‘बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्,’ संघका उपाध्यक्ष किरणभूषण ओलीले भने, ‘बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन्।’

दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन्।

नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन्। दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेको छ। ‘विगत एक वर्षदेखि किसानले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकेको छैन्,’ उनले भने, ‘दानाको चर्को मूल्य र कोभिड–१९ का कारण साना व्यवसायीहरु विस्थापित भएका छन्।’

सरकारले राहत उपलब्ध नगराए पोल्ट्री व्यवसाय नै संकटमा पर्न सक्ने अवस्थामा आइपुगेको व्यवसायीहरुको भनाइ छ। संघका अनुसार सन् २०१६/१७ मा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुन्थ्यो। सन् २०१७/१८ मा प्रतिदिन ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले त्यसमा भारी गिरावट आएको छ।

संघका उपाध्यक्ष ओलीका अनुसार दाना किन्ने किसान अहिले पनि मारमा छन्। आफैं दाना उत्पादन गर्नेले मात्र यो व्यवसाय धानिएका छन्। दाना बनाउन मकै, भटमास आवश्यक पर्छ। मकै र भटमासको मूल्यमा हुने वृद्धिले दानाको मूल्यमा असर पार्छ। विगत २८ वर्षदेखि कुखुरा पाल्दै आएका पूर्वी चितवनका व्यवसायी दिपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न सकेको छैन्। अण्डा उत्पादनमै आफ्नो जीवन लगाएका उनले भने, ‘विचौलियाका कारण अण्डा व्यापारलाई अहिलेसम्म व्यवस्थित गर्न सकिएन।’

त्यस्तै विगत तीन दशकदेखि कुखुरा पाल्दै आएका रामलाल भुषालले पनि अण्डाको बहुउपयोगी गुणबारे अझै पनि सबैलाई बुझाउन नसकिएको बताए। उनले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने, कुनै पनि प्रकारको मिसावट गर्न नसकिने तथा प्रोटिन र खनिज तत्वले भरिपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा रहेको छ तर यसबारे आम उपभोक्तालाई बुझाउन नसकिएको बताए।

नेपालमा विषेशगरी चितवन, रुपन्देही, पोखरा, काठमाडौँमा पोल्ट्री व्यवसायीहरु छन्। पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ।


Your Views
Related News