घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्नुहुन्छ । डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन/लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उहाँले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताउनुभयो ।

उक्त समारोहमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतिले उक्त डा रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राख्नुभयो । “यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ”, पुस्तकमाथि टिप्पणि राख्दै डा उप्रेतीले भन्नुभयो, “बाथ जोर्नीमा बस्छ, तर यसले मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ ।”

अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने शिर्जनशील कलाका लागि लेखकको प्रशंसा गर्नुभयो । उहाँले रोगबाट मानिसको जीवन जोगाउन  डा रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गर्नु भएको स्मरण गर्नुभयो ।

साहित्यकार श्रीओम ‘रोदन’ले लाखौँ मुटुको ढुकढुकी सुनेका डा रेग्मीले अक्षरमार्फत विरामी भएका, विरामी नभएका र उपचारमा संलग्न चिकित्सका लागि समेत पुस्तकमार्फत सचेत गराएको बताउनुभयो । बाथ–मुटुरोग  गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या हो । यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको जनाइएको छ ।  वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ ।  हजारौँ मासिन यस रोगबाट प्रभावित रहेका छन् ।

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायामा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यामबाट यो प्रयास गरिएको डा रेग्मी बताउनुहुन्छ । उक्त पुस्तकमार्फत डा रेग्मीले समाजका विपन्न वर्गका बालबालिकाको जटिल मुद्दालाई उठाउने प्रयास गर्नु भएको छ ।

पुस्तकमा उहाँले बाथ–मुटुरोगका विविध पक्षका बारेमा सरल भाषामा उल्लेख गर्नुभएको छ । पुस्तकमा नेपाली समाजको चित्र र रोगीको बेदना समेटिएकोे अन्तरक्रियाका सहिभागिको विचार थियो । केटाकेटी समयमा घाँटी दुख्ने र टन्सिल हुने अवस्था आउँछ । टन्सिल र बाथका कारण बालकालिकाको मुटुलाई कसरी क्षति पु¥याउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा मिहिन ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको छ । उक्त पुस्तक विद्यार्थी, शिक्षक, सामाजिक व्यक्ति, राजनीतिज्ञ मात्रै नभइ स्वयं स्वासथ्यकर्मीका लागि समेत उपयोगी रहेको जनाइएको छ ।

एक जना मुटु रोगबाट प्रभावित भई डा रेग्मीबाट उपचार सेवा लिनु भएकी विजया नापितले ‘टन्सिलले बिगारेको मुटु’ पुस्तक आफ्नै जीवनसँग मेल खाने रहेको उल्लेख गर्दै स्वास्थ्यमा बेलैमा ध्यान दिन सके रोगबाट बच्न सकिने धारणा राख्नुभयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा खेम कोइरालाले उक्त पुस्तकको बिक्रीबाट आएको रकम बाथ­मुटु रोग रोकथामका लागि स्थापित अक्षयकोषमा जम्मा हुने जानकारी दिनुभयो । विगत ३३ वर्षदेखि मुटु रोगको उपचारमा संलग्न डा रेग्मीका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् । उहाँले २०५४ सालबाट पुस्तक प्रकाशन थाल्नु भएको थियो।

READ MORE NEWS

अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द भएको छ ।

आगामी कार्यकालका लागि पनि राष्ट्रपति पदका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका छन् ।

यसअघि राष्ट्रपति पदका लागि अर्का उम्मेदवार डेमोक्रेटिकका जोए बाइडेनले ट्रम्प कोरोनामुक्त नभई उनीसँगको बहसमा प्रत्यक्ष भाग नलिने अडान लिएका थिए ।

ट्रम्पले पनि दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्द गरेको हो ।

राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो । जोए बाइडेनले भने भर्चुअल बहसका लागि आफू तयार नै रहेको बताउँदै आएका थिए ।

गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्प तीन दिनको अस्पताल बसाइपछि ह्वाइट हाउस फर्केका थिए । कोरोना पुष्टि भएको एक सातामै आफू पूर्ण स्वस्थ दाबी गर्दै उनले चुनावी र्‍यालीमा भने सहभागी हुने बताएका छन् ।

आखिर ‘डोरेटौदो बाध्यका लड्को’ नै प्यारो

हिमालपारिको जिल्ला हुम्लामा हालको सर्केगाड गाउँपालिकाको राहादेव भन्ने ठाउँमा जन्मिन मनीषा ऐडी । आठ महिनाको उमेर हुँदा आमा सदाका लागि अचनाक बिदा भइन् । बुबाले अर्की पत्नी भित्र्याए । उनलाई नजिकै रहेका मावलीले हुर्काए ।

उमेर एक वर्ष पूरा हुँदै थियो । उनलाई ज्वरो आयो । दुईतीन दिन लगातार ज्वरो आएपछि एक जना छिमेकीले उपचार गर्ने भए । ती छिमेकीले फलामको एउटा पातो आगोमा तताए । त्यो तातो फलाम मनीषाको त्यो कलिलो शरीरको बीचतिर अगाडि र पछाडि दुवैतिर एकएक बातो लगाए । रोगको उचार गर्न फलाम तताएर डाम्ने यो तरिकालाई ‘बातो लाउने’ भन्ने चलन छ ।

उनी हुर्किंदै गइन् तर हिँड्न सकिनन् । गाउँमा उनीजस्ता केटाकेटीहरू उफ्रिन थाल्दा उनी भुइँमा घिस्रिन्थिन् । उनको गतिविधिले बिस्तारै थाहा भयो, उनको पिठ्युँमुनिको भाग राम्ररी नचल्दो रहेछ । आंशिकरूपमा मात्र चल्दो रहेछ ।

उनी हिँड्न नसकेपछि ज्वरो आउँदा बातो लगाउनुको परिणाम हो भन्ने ठहर त गरे गाउँलेहरूले तर जे हुनु भइसकेको थियो । धन्य ! उनको ज्यान गएन । त्यो दुर्गम ठाउँमा कुनै उपचारको प्रयास पनि भएन । मावलमा हजुरआमाबाका मनीषा जसोतसो हुर्किंदै गइन् ।

मनीषाका मामा हरिनाथ रोकाया हुलाकमा काम गर्छन् । सानै भए पनि सरकारी जागिर भएका मामालाई शिक्षाको महत्व थाहा नहुने कुरा भएन । आमा नभएकी भान्जी अपाङ्ग भइन् । मामालाई भान्जीको भविष्य कस्तो होला भन्ने चिन्ता भयो । उनले जसरी पनि पढाउने र उनको भविष्य उज्यालो बनाउने सोचे । स्कूल भर्ना गराए । दुर्गम गाउँको त्यो गरिबीमा किताबकापी किन्ने पैसा पनि अभाव हुन्थ्यो । कति दिन त उनी किताबकापी नलिई पनि स्कूल जान्थिन् ।

हुम्लामा छँदा उनका साथीहरुले दुर्गमका दुःखी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने संस्था ‘परिलक्षित’ बारे सुनाएका थिए । उनले संस्थाको फोन नम्बर पत्ता लगाएर सम्पर्क गरिन् । संस्थाबाट आश्वासन पाएपछि उनले आफ्नो व्यक्तिगत विवरण र कागजातहरू पठाइन् । केही दिनपछि खबर आयो, उनी छात्रवृत्तिका लागि छनौट भइन् ।

जस्तै गरिबीमा पनि मामाले हिम्मत हारेनन् । जसरी पनि जुटाएर भान्जीलाई पढाए । उनलाई पढाउनमा मामाले अलिकति पनि कसर बाँकी राखेनन् । कहिल्यै केहीमा पनि कन्जुस्याइँ गरेनन् । उनको पढाइ अघि बढ्दै गयो ।

सर्केगाडमा ५ कक्षा पढेपछि नजिकमा अर्को स्कूल थिएन । मामाले सदरमुकाम सिमिकोटस्थित मानसरोवर माध्यमिक विद्यालयमा भर्ना गराएर छात्रावास राखे । त्यही विद्यालयबाट २०६२ सालमा मनीषाले एसएलसी उत्तीर्ण गरिन् ।

एसएलसी परीक्षाको नतिजा आएको दिन मानीषा असीमित हर्षित भइन् । उनीभन्दा बढी खुसी भए उनका मावली । छोरीलाई पढाउन आवश्यक छैन भन्ने सामाजिक सोच भएको त्यो दुर्गम गाउँमा आमाविहीन अपाङ्ग भान्जीलाई शिक्षित बनाउने मामाको धोको पूरा हुने एक खुड्किलो सकिएको थियो ।

त्यो समाज अझै पनि छोरी भनेको त अर्काको घरमा जाने जात हो भन्छ । छोरीले घरको काम सिक्नुपर्छ, पढ्ने त छोराले हो भन्छ । छोरीका लागि गरेको पढाइखर्च फजुल ठान्छ । मनीषाका मामा यो चिन्तनबाट चार कदम टाढा थिए ।

एलएलसी उत्तीर्ण गरेपछि मामाले काठमाडौँ पुर्‍याएर छात्रावासमा राखिदिए । मनिषाका लागि काठमाडौँ यात्रा जीवनकै कोसेढुङ्गा साबित भयो । त्यो अनकण्टार सर्केगाडमा हुर्केकी मनीषालाई काठमाडौँको बोलीचाली, गाडीका ताँती र मानिसहरूको चहलपहल अचम्मको लाग्यो ।

उनले काठमाडौँको बारेमा स्कूलमा पढेकी र सुनेकी भए पनि यति अनौठो होला भन्ने त उनको मनको कुनै कुनामा थिएन । गाडीको लस्कर त उनलाई ‘हाम्बो डोरेटौदो बाध्यका लड्को लाग्या जैतो’ भयो । अर्थात हाम्रो बाटोमा भेडाबाख्राको लस्कर हिँड्याजस्तो ।

हुम्लामा छँदा उनका साथीहरुले दुर्गमका दुःखी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने संस्था ‘परिलक्षित’ बारे सुनाएका थिए । उनले संस्थाको फोन नम्बर पत्ता लगाएर सम्पर्क गरिन् । संस्थाबाट आश्वासन पाएपछि उनले आफ्नो व्यक्तिगत विवरण र कागजातहरू पठाइन् । केही दिनपछि खबर आयो, उनी छात्रवृत्तिका लागि छनौट भइन् ।

पढेलेखेका सबै मानिस शहर केन्द्रित भएकोमा मनीषालाई चित्त बुझेको छैन । दुर्गमा गाउँमा बस्ने मानिसहरू गरिबी र अभावमा बाँचेका छन् । अशिक्षा र अन्धविश्वास व्याप्त छ । शिक्षित मानिसहरू यस्ता गाउँको सेवामा नगई त्यहाँका बासिन्दाको जीवनस्तर सुधार हुँदैन भन्ने ठहर छ मनीषाको ।

मनीषाका लागि यो खुसी एसएलसी परीक्षाको नजिता आएको दिनको भन्दा ठूलो भयो । उनले स्नातक तहसम्मका लागि लगातर तीन वर्ष परिलक्षितबाट अनुदान पाइन् । उनले सरासर स्नातक तह उत्तीर्ण गरिन् । उनको मिहिनेतमा मामा हरिनाथ औधी खुसी भए । परिलक्षितको लगानी सदुपयोग भयो । मनीषा स्नातक भइन् ।

स्नातक पढाइ पूरा गरेपछि मनीषाको जीवनमा ऊर्जा मिल्यो । म पनि केही राम्रो काम गर्न सक्छु, अघि बढ्न सक्छु भन्ने आत्मविश्वास बलियो हुँदै गयो । उनले गाउँ फर्केर अपाङ्गता भएका व्यक्तिहरूको सेवामा लाग्ने अठोट गरिन् । उनी राजधानीको रमझम छाडेर आफ्नै गाउँ सर्केगाड फर्किन् ।

सर्केगाडसम्म गाडी जाने बाटो छैन । बिजुली आएको धेरै भएको छैन, त्यो पनि भरपर्दो छैन । मनीषा अपाङ्गता भएका केटाकेटीहरूलाई जम्मा गरेर पढाउन चाहन्थिन् । उनीहरूको हकअधिकारको कुरा गर्न चाहन्थिन् । उनीहरूमा भएको क्षमता बाहिर निकाल्न चाहन्थिन् तर यो त्यति सजिलो काम थिएन ।

हुम्ला यसै पनि हिमालपारिको दुर्गम जिल्ला, मनीषा जन्मे हुर्केको सर्केगाड पुग्न त सदरमुकाम सिमिकोटबाट मस्त हिँड्न सक्नेलाई पनि दुई दिन लाग्छ । बैसाखीको सहारामा बिस्तारै हिँड्ने उनलाई चार दिनभन्दा बढी लाग्छ । काठमाडौँबाट फर्केपछि उनी घोडा चढेर गाउँ पुगिन् ।

सर्केगाड रुढीवादी र अन्धविश्वासले ग्रस्त छ । गरिबी र अशिक्षा व्याप्त छ ।

मनीषा हुम्लामा काम गर्ने गैरसरकारी संस्था ‘हेड नेपाल’ को सम्पर्कमा पुगिन् । संस्थाको ‘हिमाली शिक्षा र विकास’ परियोजनामा स्वयंसेवकका रूपमा आफ्नै गाउँपालिका सर्केगाडमा सेवा गर्ने मौका पाइन् । अहिले मनीषा सोही परियोजनामा फिल्ड म्यानेजेरको रूपमा काम गर्छिन् ।

मनीषा चाहन्छिन् उपचारको नाममा कसैलाई बातो नलागोस् । कुनै पनि आमाबाबुले अर्काको घर जाने जात छोरीले पढ्नु पर्दैन नभनून् । उनी नयाँ पुस्ताको यही भविष्यका लागि काम गर्न चाहन्छिन् ।

उनको व्यवस्थापन अन्तर्गत अपाङ्गता भएका ४५ जना विद्यार्थी छन्, ६ वर्षदेखि १५ वर्षसम्म उमेरका । तीमध्ये २५ जना दृष्टिविहीन र अरू शारीरिक अपाङ्गता भएकाहरू छन् । यी सबैका लागि छात्रावास र दुई वटा विद्यालय छन्, दृष्टिविहीन र अपाङ्गता भएकाहरूका लागि अलगअलग । मनीषा यिनको व्यवस्थापक र शिक्षक हुन् ।

पढेलेखेका सबै मानिस शहर केन्द्रित भएकोमा मनीषालाई चित्त बुझेको छैन । दुर्गमा गाउँमा बस्ने मानिसहरू गरिबी र अभावमा बाँचेका छन् । अशिक्षा र अन्धविश्वास व्याप्त छ । शिक्षित मानिसहरू यस्ता गाउँको सेवामा नगई त्यहाँका बासिन्दाको जीवनस्तर सुधार हुँदैन भन्ने ठहर छ मनीषाको ।

मनीषालाई काठमाडौँमै र अन्यत्र पनि शहरी क्षेत्रमा कामको प्रस्ताव नआएको होइन । उनलाई यस्तो कुनै प्रस्तावले आकर्षण गरेन । उनलाई आफू हुर्केबढेको र पढेको गाउँमा सेवा गर्न पाएकोमा अपार आनन्द छ ।

त्यसो भए के मनीषाको लक्ष्य पूरा भयो ? होइन, ३२ वर्षीया मनीषा अझै उच्च शिक्षा र सिप हासिल गर्न चाहन्छिन् । शैक्षिक योग्यता बढाउन चाहन्छिन् तर सेवा गाउँमै गर्छु भन्ने अठोट छ ।

मनीषा चाहन्छिन् उपचारको नाममा कसैलाई बातो नलागोस् । कुनै पनि आमाबाबुले अर्काको घर जाने जात छोरीले पढ्नु पर्दैन नभनून् । उनी नयाँ पुस्ताको यही भविष्यका लागि काम गर्न चाहन्छिन् ।


Your Views
Related News