पाईं कत्तिको सहयोगी हुनुहुन्छ ? कतै तपाईंले भन्दा धेरै यो बाँदरले त गरिरहेको छैन ?

कतिपय जनावरहरू मानिसभन्दा धेरै सहयोगी हुन्छन् भन्दा फरक पर्दैन्  । यहाँ सहयोगी बाँदरबारे उल्लेख गरिएको छ ।

भारतको पीलीभीतमा इन्स्पेक्टरको काँधमा बसी जूम्राटिप्न व्यस्त हुने बाँदर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

यो बाँदर कहाँदेखि कसरी आयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बाँदरको नाम ‘राजा’ राखिएको छ । यस बाँदरको आमाको मृत्युपश्चात स्थानीय ट्राफिक प्रहरीले यस बाँदरलाई आफ्नो साथ राखेको बताइन्छ । एजेन्सीका अनुसार, बाँदर कमजोर हुँदा दिनेश नामका एक प्रहरीले उनको धेरै नै सेवा गरे । अहिले ती प्रहरी इलाहाबार कुम्भको मेलामा सुरक्षाका लागि खटिएका छन् । बाँदर भने शहरमै घुमिरहेको छ ।

बाँदरले केही समयअघि मात्रै गान्धी स्टेडियम सडकमा एक मोटरसाइकलमा यात्रा गरेको थियो । मानिसहरूको भिडमा बाँदर निकै रमाइरहेको देखिन्थ्यो । बाँदरको बानी भने अचम्म अचम्मको छ,  जब कसैले उसलाई धपाउन खोज्छ, उसले सलाम गर्छ र मानिसलाई क्षणभरमै फकाइदिन्छ ।

यस बाँदरले कहिले कोही मानिसको कान सफा गरिदिन्छ भने कसैको कपालबाट जूम्रानिकालिदिन्छ । यो बाँदरको तस्वीर समेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

READ MORE NEWS

कंगना रनौतमाथि फेरि अर्को समस्या

काठमाडाैं। बलिउड नायिका कंगना रनौतमाथि अर्को समस्या आइलागेको छ।

किसानहरूको अपमान गरेको भन्दै कर्नाटकको तुमकुर जिल्लाको एक न्यायिक मजिस्ट्रेट फर्स्ट क्लास कोर्टले उनीविरुद्ध एफआईआर दर्ता गराउन निर्देशन दिएको छ।

क्याथासन्दरा चौकीका प्रमुखलाई अदालतले उक्त आदेश दिएको हो।

वकील राम नाइकले गरेको उजुरीका आधारमा प्रहरीलाई उक्त आदेश दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नाइकले सेक्शन १५६ (३) अनुसार उजुरी दिएका थिए।

रामले कंगनामाथि कृषि कानुनको विरुद्धमा प्रदर्शन गरेका किसानहरूलाई उनले आतंककारी भनेकी थिइन्। उनले कंगानाविरुद्ध आईपीसीको सेक्सन १५४ ए (धर्म, भाषा, नस्लको आधारमा अफवाह फैलाएको), ५०४ (शान्ति भंग गर्नका लागि जानीजानी अपमान गरेको),  १०८ (अपराधको प्राथमिकता दिएको) अनुसार एफआईआर दर्ता गरेर कारबाही गर्न माग गरेका थिए।

सेक्सन १५३ ए अनुसार तीन वर्षको जेल सजाय तथा जरिवानाको प्रावधान छ। यदि कुनै धार्मिकस्थलमा अपराध गरेको ठहरिएमा पाँच वर्ष जेल सजाय पनि हुन सक्छ।

गत महिना एक अंग्रेजी न्यूज वेबसाइटले सार्वजनिक गरेको समाचारअनुसार कंगनाले एग्री मार्केटिङ कानुनको विरोध गरिरहेका किसानलाई आतंकवादी भनेकी थिइन्। तर, कंगनाले उक्त आरोपको खण्डन गरेकी थिइन्।

कंगनाले ट्वीटरमार्फत् उक्त आरोपको खण्डन गर्दै आफूले ट्वीटमार्फत् किसानहरूलाई आतंकवादी भनेको भए ट्वीटर नै छोड्ने बताएकी थिइन्।

यसअघि उनी विभिन्न विवादमा फस्दै गएकी थिइन्। उनीमाथि लागु औषध सेवन गरेको भन्दै नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछसमेत गरेको थियो।

विश्व खाद्य दिवस : रैथाने खाना र खेतीबाली जोगाउन चुनौती

unn.prixa.net

काठमाण्डौ – ‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ। आज कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटन लगायतका विषयमा अन्तर्क्रिया हुनेछ । त्यस्तै भोलि कोराेना, खाना र खेतीबालीकाे विषयमा छलफल हुने भएको छ ।

कृषिका मुद्धा बिहीबार खाना र खेतीबाली : ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तर्क्रिया हुने कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदाे १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिबद्धता जनाएका थिए ।

बिहानैदेखि देशभर घाम, भारतमा बनिरहेको चक्रवातले के गर्ला?

आज (आइतबार) पनि बिहानैदेखि देशभर घाम देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक दुई ठाउँमा फाटफुट वर्षाको सम्भावनाबाहेक आज दिनभर नै देशभर मौसम सफा रहने देखिएको छ।

भारत बंगालको खाडीमा विकास भइरहेको चक्रवातले कस्तो असर पार्ला?
मौसमविद्का अनुसार भारतको बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रबाट चक्रवात (सामुद्रिक आँधी) विकास हुने क्रममा छ।

तर अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा खासै ठूलो असर पार्ने नदेखिएको मोसमविद् वरुण पौडेलले बताए।

‘त्यो प्रणाली उत्तर-उत्तर सरेको भए नेपालमा असर गर्थ्याे तर त्यो पश्चिम-पश्चिम गइरहेको छ,’ आइतबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘नेपालमा त्यसकाे बाहिरी बादल मात्र आउने र फाटफुटसम्म वर्षा गराउने सम्भावना छ, त्यस्ताे ठूलाे वर्षा हुने देखिन्न।’

उनका अनुसार अहिले त्यो शक्तिशाली न्यून चापीय क्षेत्रका रूपमा छ, चक्रवात बनिसकेको छैन। बन्ने क्रममा छ।

‘चक्रवातको चरणसम्म पुग्दैन कि जस्तो पनि देखिन्छ,’ मौसमविद् पौडेलले भने।

माैसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान-

असोज २५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २गते (सोमबार)

दिउँसो :  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानमा हल्का वर्षाको सम्भावना छ।


Your Views
Related News