पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आएका छन् । एक वर्ष अगाडिदेखि काम गर्दै आएका उनीहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो ।

पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आएका उनीहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा सो ठाउँमा आइपुगेको बताए ।
अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने हो । “कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला चुर्पी बनाएर सुकाउने गर्नुपर्छ”, उनले भने, “अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।”
खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उनी बताउँछन् । खुवा केन्द्र सञ्चालक अनेत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको उनले बताए । सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताए ।
रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आइरहेका छन् । केन्द्र सञ्चालनसँगै केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आएका उनी पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताए ।

कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भएको उनले बताए ।

उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो । उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उनले बताए ।

सो ठाउँमा पनि उहाँले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार÷पाँच जनालाई रोजगारी दिँदै आउनुभएको थियो । खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको उनले बताए ।

“व्यवसाय राम्रो चले पनि कोरोनाको कारण व्यवसाय सङ्कटमा परेको छ”, उनले भने, “अब पहिलाकै अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्छ । सो ठाउँमा उनले रु ६० हजार लगानीमा खुवा उत्पादन केन्द्र शुरु गरेका थिए ।

रजबासमा भने रु ३५ लाख लागतमा खुवा उत्पादन केन्द्र स्थापना गरेको थापा मगरले बताए । दुई ठाउँमध्ये रजवासको भने जसोतसो सञ्चालन भइरहेको उनको भनाइ छ । यसअघि त्यहाँ उत्पादन भएको खुवा चिस्यान केन्द्रमा राखेको अवस्थामा राम्रो व्यवस्थापन मिलाउन नसक्दा बिग्रेपछि बङ्गुरलाई दिनुपरेको उनले बताए। अहिले पछिल्लो समयमा रजबासमा थोरै मात्रमा खुवा बनाएर अरु छुर्पी बनाएर राखेको उनले बताए ।

जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ । दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।

READ MORE NEWS

बलात्कारीलाई ठीक पार्ने फूलनदेवी ‘स्टाइल’ : डाँकु बनेर यसरी गरेकी थिइन् २२ जनाको हत्या

हरेक दिनजसो बलात्कारका घृणित समाचार सुनिरहँदा हिनताबोध हुनुपर्नेमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाजै पचाएर भन्छन्- अरू देशको तुलनामा नेपालमा बलात्कार भएकै छैन । मानौं बलात्कार भनेको तुलना गर्ने, गणना गर्ने कुरा हो ।

आफ्नै  बुवा, दाजु, मामा, काका, हजुरबुवाबाट आज नारीहरू सुरक्षित छैनन् । जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन् ।

मष्टा गाउँपालिका २ बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भयो, त्यो पनि मन्दिरमा लगेर । शायद भगवान पनि डराउने यस्ता सयौं उदाहरण छन्, जो यहाँ लेख्दा म सामान्य मुटु भएको मान्छेको औंलाहरू लगलगी काँप्छन् ।

आँकडाकै कुरा गर्दा पछिल्लो ६ वर्षको बीचमा बलात्कारका घटना झन् भन्दा झन् बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/२०७१ मा ९ सय ५ वटा घटना भएको थियो । त्यो संख्या २०७५/७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको छ । लकडाउनको समयमा देशभरी गरेर १ सय ९ बलात्कारका घटना भए ।

जनस्तरमा बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठे पनि नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानूनको व्यवस्था गरेको छ, जहाँ जम्माजम्मी १० वर्षको जेल सजाय भनिएको छ। तर, अधिकांश ५ वर्ष नपुग्दै छुट्ने गरेका छन्।

कानूनका छिद्रहरूमा घुसेर, न्यायालय प्रभावमा पारेर, राजनीतिक लाइन मिलाएर यहाँ  घाउ निको नहुँदै अपराधीहरू खुलेआम हिँडेका धेरै उदाहरण छन् ।

यिनीहरूलाई फूलनदेवी स्टाइलमा सजाय दिनुपर्ने बेला आइसकेको छ ।

फूलनदेवीलाई दर्जनौ पुरुषहरूले बलात्कार गर्दा प्रशासन, राज्य, कानून, प्रहरी, मिडिया,  नेता, मन्त्री सबै कानमा तेल हालेर सुतिरहेका थिए । तर जब फूलनदेवीले डाँकु बनेर आफूलाई बलात्कार गर्ने २२ जनाको नरसंहार गरिन्, अनि सबै जर्‍याकजुरुक उठे। जताततै हंगमा मच्चियो। फाँसीको सजाय झन् कडा बनेर आयो।

बलात्कारको संख्या खासै धेरै नभएको भनेर मस्त सुतिरहेका शासकहरूलाई जगाउन के अर्को फूलनदेवीकै आवश्यकता परेको हो?

फूलनदेवीको जन्म  १० अगस्त सन् १९६३ मा भारतको उत्तर प्रदेशको गोराहाको सानो गाउँ पर्वाको नाविकमा भन्ने  स्थानमा भएको थियो। उनी बाल्यावस्थादेखि नै बलात्कारको शिकार भएकी थिइन् । उनको १० वर्षको कलिलो उमेरमा बालविवाह भएको थियो ।

उनलाई गाउँका धेरै मानिसहरूले बलात्कार गरे। कथित तल्लो जातको भनिएकी उनलाई परिवारका सदस्यहरूले पनि मद्दत गर्न सकेनन्। तर कालान्तारमा उनी डाँकु बनिन्, डाँकुसँगै प्रेम गरिन्। आफूलाई बलात्कार गर्ने २२ जना पुरुषहरूलाई उनले मारिन्।

तर उनको परिचय डाँकु मात्रै रहेन वा बदलाको भावमा काम गर्ने एउटा विद्रोही युवतीको रूपमा पनि उनी चिनिइन् । उनको टाउकोको मूल्य तोकियो। उनले आफूलाई बलात्कार गर्नेहरूको सफाया गरिन् र सरकारसामु आत्मसमर्पण गरिन् । जेल जीवन भोगिन्। पछि राजनीति गरिन्। चुनाव जितिन्। सांसद भइन्।

यसरी  उत्तर प्रदेशकी एउटा सानी केटी डाँकुदेखि सांसदसम्म किन भइन् , के आवश्यकता बोधका कारण त्यसो गरिन्, यो बुझ्नुपर्छ। उनी डाँकु हुँदा बलात्कारीहरूलाई त मारिन् नै सांसद हुदाँ समेत बलात्कारीहरूको विरोधमा आफ्ना आवाज उठाइरहिन्। बालिकाको संरक्षणका लागि आफ्ना मत जाहेर गरिरहिन् ।

फूलनदेवीलाई आफ्नो बुवाबाट कुनै समस्या थिएन। तर उनले आफ्नो आमाको मुखबाट सुनेकी थिइन् कि काकाले उनीहरूको जग्गा हडपेका थिए। काकाले उनीहरूमाथि अन्याय र ज्यादती गरिरहेका थिए। फूलनदेवीले १० वर्षको उमेरमा आफ्नै काकाको सामना गर्नुपर्‍यो । आफ्नै भाञ्जा साइनो पर्नेले फूलनदेवीको टाउकोमा इँट्टाले हान्यो।

काकाको परिवारसँग झगडा गरेको, अरूसँग मुखमुखै लागेको, अरूसँग कराएको आरोपमा परिवारले फूलनदेवीलाई सजाय दियो। कुट्यो, भोकै राख्यो, बन्धक बनायो, किनकी त्यो गर्नु उनीहरूको बाध्यता थियो। यदि त्यसो नगरेको भए फूलनदेवीको ज्यान खतरामा थियो। छुचो मुख गर्ने फूलनदेवीलाई हामीले सजाय गरेका छौं भनेर उनको परिवार समाजसँग सुरक्षित भएर बस्न चाहन्थ्यो।

जसले आफ्नो भूमिका लागि आवाज उठायो र बाको भूमिकामा परिवारको लागि लड्यो, त्यो साहसी फूलनदेवीको नुर गिराउन, उनका प्रश्नहरूलाई दबाउन, उनको यात्रामा बिराम लगाउन फूलनदेवीलाई १० वर्षकै कलिलो उमेरमा एकजना उमेर पुगेको बा समानको पुरुषसँग जबरजस्ती विवाह गराइयो । विवाह पश्चात फूलनदेवीको माइतीसँग सम्बन्ध छुट्यो। आफ्नो बाको भूमिको लडाईं छुट्यो ।

पहिलोपटक उनलाई आफ्ना बा समानको श्रीमानले बलात्कार गर्‍यो किनकी त्यो मायाप्रेमको विवाह नै थिएन। त्यो उमेर पुगेकाले गरेको भावनात्मक विवाह पनि थिएन। दैनिक रुपमा फूलनदेवी मर्दै, बाँच्दै गरिन्। आँसुमा डुबिन्। अब शुरू भयो अर्को काम। आफ्ना श्रीमान भनिएका मान्छेका साथीहरूले पनि फूलनदेवीलाई बलात्कार गर्न थाले। फूलनदेवी अनेक गरेर, भागेर आफ्नो जन्मघर फर्किनुपर्‍यो ।

तर जन्मघरमा फर्किएर के गर्ने, उनलाई आफ्नै भाइले असहयोग गर्‍यो । फूलनदेवीको पीडा आफ्नै परिवारले सुनेन। शायद उनीहरू एक प्रकारको डरमा बाँचिरहेका थिए। अपमानजनक तरिकाले फूलनदेवी फेरि श्रीमानकै घर फर्किनुपर्‍यो । तर फर्किँदा यता श्रीमानले अरू कसैसँग बिहे गरिसकेका थिए । त्यहाँ पनि उनको ठूलो अपमान भयो । फेरि कुटपिट गरियो ।

फूलनदेवीलाई धर्म संकट पर्‍यो। त्यसपछि उनले आफ्नो बाटो बदलिन्। फूलनदेवी अब बिस्तारै डाँकु बन्ने तरखरमा लागिन्। सम्पर्क सूत्रको खोजी गर्न थालिन्। त्यतिखेर उत्तर प्रदेशमा डाँकुको बिगबिगी नै थियो।

फूलनदेवीलाई ठाकुरहरूको विरुद्धमा लड्नुपरेको थियो। आफूमाथि भएको बलात्कारको मुहानको मुख्य स्रोत उनीहरू नै थिए। डाँकु नबनेर आफ्ना कुरा राख्दा फूलनदेवीलाई बलात्कार गर्न नतम्सिने केही बाँकी थिएनन्।

मानौं बलात्कार एक नसिहत जस्तो थियो। बलात्कार सजायको मानक बनेको थियो। फूलनदेवीको आँट र साहसलाई दबाउन गाउँका धेरै मानिसहरूले बलात्कार गरे। उनलाई सहयोग गर्ने केही भएन। समाजका प्रभावशाली मानिसहरूको ढोका ढक्ढक्याउँदा पनि केही भएन ।

अब फूलनदेवीसँग केही उपाय बाँकी थिएन तिनीहरूसँग लड्नुबाहेक। र उनले डाँकाहरूको समूह खेज्दै गइन् । परिचय गरिन्। विस्तारै फूलनदेवी आफूलाई दु:ख दिनेहरूसँग भिड्न थालिन्। फूलनदेवी कसरी डाँकुहरूको सम्पर्कमा पुगिन् त ?  उनले आफ्नो आत्मकथामा लेखेकी छिन्, ‘ शायद हुनसक्छ त्यो मेरो भाग्यमा स्वीकृत भएको कुरा थियो ।’

डाँकुहरू सँगैसँगै खाने, बस्ने,  हिँड्ने गरेपनि फूलनदेवीको आफ्नै इरादा थियो। फूलनदेवीले कुनै पनि हालतमा आफूलाई बलात्कार गर्नेहरूलाई बदला लिने वाचा गरेकी थिइन् । उनी शपथ नै खाएर संघर्ष गरिरहेकी थिइन् । तर दुर्भाग्य डाँकाकै समूहबाट उनीमाथि फेरि पनि सामूहिक बलात्कार भयो। एकपछि अर्को गरी उनी यौन हिंसाको शिकार भइन् । डाँकुबाट डाँकुको नै बलात्कार भयो।

यता प्रहरीले फूलनदेवीलाई खोजिरहेको थियो । कहिलेकाहीँ आमनेसामने गोली हानाहान पनि भएको थियो। यसैबीच फूलनदेवीले अर्का कुख्यात डाँकु विक्रम मल्लाहलाई भेटिन् र दुवै आकर्षणको ढोकामा बाँधिए। समाजको उत्पीडनबाट थकित फूलनदेवीले विक्रमसँग मिलेर आफ्नै समूह बनाइन् ।

विक्रमसँग फूलनदेवी प्रेममा परिन्। विक्रम प्रहरीको आक्रमणमा घाइते भए । फूलनले नै सबै पैसाको बन्दोबस्त गरेर उनको उपचार गराइन् । विक्रमसँग उनको इच्छाको स्वाभाविक यौनसम्पर्क पनि भयो। यस प्रकारको यौन सम्बन्ध, जसमा फूलनदेवीको मुहारमा कुनै चिच्याहट थिएन ।

फूलनदेवी र विक्रमको सम्बन्ध देखेर अन्य डाँकुहरूमा जलन पैदा भयो। डाँकु-डाँकुका बीचमा गडबड भयो। झगडा भयो किनकी फूलनदेवीलाई अर्का डाँकु सरदार बाबु गुर्जरले मन पराउँथे। यो कुरा विक्रमले थाहा पाएपछि सरदार बाबुको हत्या भयो। एउटा डाँकुले अर्को डाँकुलाई “केटी काण्ड” मच्चाएर मार्‍यो। अब विक्रम डाँकुहरूको सरदार भए ।

फूलनदेवी सरदार विक्रम सँगै बस्न थाले । तर डाँकुहरू बीच रिसइवी अझै हराएन । श्रीराम ठाकुर र लाला ठाकुर समूह बीच फेरि झगडा शुरू भयो किनकी यो डाँकुहरूको गुट, उपगुट थियो।

उनीहरू आफ्ना सहयात्री बाबु गुर्जारको हत्याबाट मर्माहत भएका थिए। उनीहरूले यसको दोष फूलनदेवीलाई दिएका थिए। त्यो सही पनि थियो। यो समूहमा झगडा धेरै हुन थाल्यो। झगडामा कारण तयारीहरू कम हुन् थाले। एकदिन प्रहरी मुठभेडमा फूलनदेवीका प्रेमी विक्रम मारिए।

प्रहरीको गोलीबाट विक्रम मारिएपश्चात फूलनदेवी फेरि एक्लो भइन् । फेरि उनको जबरजस्ती यौन शोषण हुन् थाल्यो। तर फूलनदेवीले यो कुरा कहिल्यै स्वीकार गरिनन् कि उनकै सहकर्मी डाँकुहरूले उनलाई बलात्कार गरे भनेर । शायद यो बनाइएको मिथक हुनुपर्छ ।

डाँकु समूहकै फूट अनि जुट हुँदै फूलनदेवीको डाँकु यात्रा चलिरहेको थियो। सन् १९८१ मा फूलनदेवी आफूलाई बलात्कार गर्नेहरूको सबै कुरा पहिचान गरेर घना जंगलबाट गाउँ नजिक आइन्, अनि उनले आफ्ना २२ जना बलात्कारीहरूलाई गोली हानेर मारिन् ।

यस नरसंहारले फूलनदेवीको छविलाई कुख्यात डकैत बनायो । चारैतिर हंगामा भयो। ठाकुरहरू मरे भन्ने कुरा गर्नेहरू धेरै भए । त्यतिखेर ठाकुरहरूको हत्या गर्नु त के उनीहरूको विरोधमा बोल्नु समेत ठूलो कुरा थियो। यो घटनाले सारा भारत नै हल्लियो।  अब प्रहरी मात्र हैन कि, सिंगो राजनीतिक प्रणाली नै फूलनदेवीको  पछाडि लाग्यो।

यो नरसंहारपछि फूलनदेवी आतंकको पर्यायवाची बनिसेकेकी थिइन ।  यूपी र मध्यप्रदेशका पुलिस उनलाई   समात्न खटिएका थिए ।

फूलनदेवी र पुलिसको लुकामारी चलिरहेको थियो । यसैबीच जब इन्दिरा गान्धी सरकारले उनलाई सन् १९८३ मा  आत्मसमर्पण गर्न भन्यो, उनी राजी भइन् ।  यद्यपि उनले यसका लागि सरकारको अगाडि एउटा शर्त पनि राखिन्।  फूलनेदवीको शर्त थियो कि उनी र उनका डाँका साथीहरूलाई मृत्युदण्ड दिनु हुँदैन र जेल सजाय पनि ८ वर्षभन्दा बढी हुनुहुँदैन।

त्यतिखेर, फूलनदेवीको टाउकोको इनाम राखिएको थियो। मिडियाले फूलनको नाम बदलिदिएर “डाँकु रानी” राखिदिएका थिए।  त्यस समयमा त्यहाँ अर्को रानी थिइन्,  प्रधानमन्त्री इन्दिरा गान्धी । उत्तर प्रदेशमा एक राजा थिए, मुख्यमन्त्री बीपी सिंह। उनले त्यो नरसंहार पछि केही नयाँ कदम चाले र  भिण्डका एसपी राजेन्द्र चतुर्वेदी फूलनदेवीको डाँका गिरोहसँग कुरा गर्न थालेका थिए। वार्ता प्रयास गरेका थिए।

वार्ता प्रयासको दुई वर्षपछि फूलनदेवी आत्मसमर्पण गर्न राजी भइन् ।  मध्य प्रदेशका मुख्यमन्त्री अर्जुन सिंहको अगाडि उनले हतियार बुझाएर आत्मसमर्पण गरिन्। त्यो माहोल निकै भावुक थियो, ऐतिहासिक पनि थियो। फूलनदेवीमाथि २२ हत्या, ३० डकैती र १८  अपहरणको अभियोग लगाइएको थियो।

आत्मसमर्पणपश्चात फूलनदेवीले ११ वर्ष जेलमा बस्नुपर्‍यो। मुलायम सिंहको सरकारले उनलाई धेरै दुख दियो । तर पछि फूलनदेवीमाथि  लगाइएको सबै आरोप फिर्ता लिने निर्णय भयो। तर त्यो  राजनीतिक रुपमा ठूलो निर्णय थियो।  तर फूलनदेवी जेलबाट भागिसकेकी थिइन। उनले पछि उम्मेद सिंहसँग विवाह गरिन्।

अनि उनले फेरि अफ्नो जीवन राजनीतिक क्षेत्रमा समर्पण गरिन्। फूलनदेवीले सन् १९९६ मा  समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरिन् र विजयी भइन् । मिर्जापुरबाट सांसद बनिन्।

उनी दिल्लीको अशोक रोडमा रहेको एउटा बंगलामा बस्न थालिन्। उनी सन् १९९८ मा मा पराजित भइन् तर फेरि सन् १९९९ मा चुनाव जितिन्। संसद जितेपछि फूलनदेवी विलासी जीवन बिताउन धेरै मन पराउँथिन् । सांसद भएपछि उनी महंगो कार, गहना र सिल्क साडीमा देखिन्थिन् । जब उनको सांसद पदको अवधि सकिन्थ्यो उनी फेरि साधारण नारीजस्तै बन्थिन् । घरको सबै काम आफैं गर्थिन्।

जुलाई २००१ मा, शेर सिंह राणा फूलनदेवीलाई भेट्न आए। तर उनले फूलनदेवीलाई घरको गेटमा गोली हाने र भने “मैले बेहमई नरसंहारको बदला लिएको छु।” अगस्त १०१४ मा दिल्लीको एक अदालतले फूलनदेवीका हत्यारा शेरसिंह राणालाई आजीवन कारावासको सजाय सुनाएको थियो।

३८ वर्षको उनको कुल जीवनमा, फूलनदेवीको जीवन कथाले भारतीय समाजको हरेक नराम्रा घटनालाई समेट्छ। यस्तो लाग्न सक्छ कि यो बलात्कारको परिणाम हो। तर चर्चित भारतिय लेखिका अरुन्धती रोय भन्छिन्, “यदि बलात्कारले फूलनदेवी बनाएको भए हजारौं फूलनदेवीहरू यो देशमा हुन्थे । यो बलात्कार मात्रै हैन, यो सम्पूर्ण ‘मर्दाना संस्कृति’ को सिर्जना हो। यस कथाले जाति, भूमि, महिला र पुरुषहरूलाई समेट्छ।”

मलाई पनि लाग्छ कि डाँकु भएर नै किन नहोस्, फूलनदेवीले  महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण प्रस्तुत गरिन् । किशोरावस्थामा उनलाई पुरुषहरूले धेरै नै सताएका थिए र परिवारले उनलाई परित्याग गरे तर उनले हार मानिनन् । बरु बारम्बार सामूहिक बलात्कारको शिकार भए पनि आफ्नो हातमा बन्दुक लिएर चम्बललाई आफ्नो घर बनाइन्। बलात्कारीहरूको एक-एक गरी सफाया गरिन्। फूलनदेवीको डाँकु जीवनदेखि राजनीतिज्ञसम्मको यात्रा फिल्मको कहानीभन्दा रोचक छ । तर नरमाइलो छ , निकै पीडादायी छ उनले भोग्नुपरेको श्रृंखलाबद्ध बलात्कार ।

अहिले पनि बलात्कारको घटना रोकिएको छैन । नेपालमा झन् धेरै घटनाहरू बढिरहेका छन्। शायद यस्ता घटनाहरूले फेरि अर्को फूलनदेवीको प्रतीक्षा गरेको छ ।


Your Views
Related News