चिठी पठाइदिने र ल्याइदिने हुलाक कार्यालयको काम पहिलाजस्तो सव्रिmय र जरुरी छैन । यो अब पुरानो जमानाको प्रयोग भइसकेको छ ।

संसारभरि हरेक वर्षको अक्टोबर ९ तारिखका दिन विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा १ सय ४५ वर्षअगाडि सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ देखि विश्व हुलाक दिवस मनाउन सुरु गरिएको थियो । मूलतः इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयतन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चारमाध्यमहरू सहज भएको छ । यी प्रविधिका कारणले गर्दा सम्भावनाका अनेक द्वारहरू खुलेका छन् । दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिक वृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भव प्रायः भएको छ । यसरी विद्युत् चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचनाहरू र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । अब इन्टरनेटबिनाको संसार अकल्पनीय भइसकेको छ । महिनौं लगाएर आउने चिठीको प्रतीक्षामा बस्ने पुस्ता आफ्नो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिव्रिmयाहरूले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् ।

इन्टरनेटको ऐतिहासिक विकासक्रमलाई हेर्ने हो भने सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेबमा आमसर्वसाधारणको पहुँच सुरु भएको थियो । यसको डिजाइन र सुरुवात गर्ने श्रेय सर टिम बर्नर्स लीलाई जान्छ । वल्र्ड वाइड वेब वा इन्टरनेटको विकास टिम बर्नर्स लीले स्विट्जरल्यान्डको सीईआरएन ल्याबमा गरेका थिए । इन्टरनेट र वल्र्ड वाइड वेब फरक भए तापनि अचेल तिनलाई संयुक्त रूपमै बुझिन्छ । इन्टरनेटले नेटवर्कलाई जनाउँछ भने वल्र्ड वाइड वेबले उक्त नेटवर्कमा उपलब्ध हुने सूचनालाई जनाउँछ । हुन त इन्टरनेटको सुरुवात सर लीभन्दा धेरै पहिलेबाट भएको हो, तर सर लीले यसको आधारभूत जग तयार पार्न सफल भए । सन् १९८० मा सर लीले हाइपरलिंकको धारणा निर्माण गरे, जसले विभिन्न विषयवस्तुलाई एउटै पेजमा समाहित ग¥यो । त्यहीँ हाइपरलिंकमा आधारित भएर सर लीले हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल (जसलाई इन्टरनेटको भाषामा एचटीटीपीले जनाइन्छ) निर्माण गरे । सन् १९९० मा सर लीले एचटीएमएल, यूआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज पनि बनाए, तर यो पेज सीमित व्यक्तिको पहुँचमा मात्र थियो । यो वेभ पेज पहिलो पल्ट अगस्ट २३, १९९१ मा सबैको पहुँचमा पु¥याइएको थियो । आज संसारभर करिब ६० करोड वेबसाइटहरू छन् । त्यसैगरी हालसम्म विश्वभरिमा ४ अर्ब ५७ करोड मानिस अर्थात् विश्वको कुल जनसंख्याको ५९ प्रतिशत इन्टरनेटको प्रयोगकर्ताका रूपमा रहेको अनुमान सम्बन्धित क्षेत्रले गरिसकेको छ । मुलुकमा कुल जनसंख्याको ७३ प्रतिशतमा इन्टरनेट पहुँच छ । यस्ता प्रयोगकर्तामध्ये तार जोडेर इन्टरनेट प्रयोग गर्नेको संख्या २१.४ प्रतिशत छ । बाँकी सबै मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् । जे भए पनि दुईतिहाइ जनसंख्यासँग प्रत्यक्ष जोडिएको यस क्षेत्रलाई राज्यले कम प्राथमिकतामा राख्नु हुन्न । विश्व बजारमा केही समयअघि एक मेगाबाइट इन्टरनेटको प्रतिमहिना ३० अमेरिकी डलरसम्म पथ्र्यो । तर, अहिले यो मूल्य घटेर ६ अमेरिकी डलरमा झरेको छ । नेपालमा १ सय २५ वटा इन्टरनेट सेवाप्रदायक संस्था छन् । ब्यान्डविथ नेटवर्क सेवाप्रदायक भने १६ वटा मात्र रहेका छन् ।

त्यसरी हाम्रो देशको भन्ने हो भने कुल जनसंख्याको २१.४ प्रतिशत मानिस इन्टरनेटको प्रयोगकर्ताका रूपमा रहेको अनुमान गरिएको छ । सन् २०१५ सम्ममा विश्वमा फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब २२ करोड थियो भने हाल बढेर १ अर्ब ६९ करोड पुगेको छ । त्यस्तै हरेक दिन करिब ५० करोड ट्विट गरिन्छन् । करिब २ अर्ब ६० करोड मानिसले प्रत्येक दिन अनलाइन प्रयोग गर्छन् । मानिसहरू अघिल्लो पुस्ताले कल्पना पनि गर्न नसक्ने सूचना स्रोतसँग पहुँच स्थापना गर्न सफल भएका छन् । इन्टरनेट र सोसल मिडियाको विकासले हाम्रो काम गर्ने तरिका, जीवनशैली र हाम्रो सञ्चारको तरिका नै फेरिदिएको छ । आज संसारभर करिब ६० करोड वेबसाइटहरू छन् । कसैले सामाजिक सञ्जालहरूले मानिसलाई असामाजिक बनाइरहेको र भौतिक संसारबाट भर्चुअल संसारतर्फ लगिरहेको टिप्पणी गरिरहेको बताइरहँदा समाजशास्त्री ब्यारी वेलम्यानस्टेट्स भने फरक धारणा राख्छन् । भन्छन्, इमेल, म्यासेज, च्याटजस्ता अनलाइन सञ्चारले परम्परागत अफलाइन वा प्रत्यक्ष सञ्चारलाई विस्थापन गरेको छैन । यसको साटो यसले सम्पर्कको आयाम बढाएको छ ।

देशमा हुलाक सेवाको विकासक्रमसँगै चिठीपत्रको जमानामा, एक जनाले अरू कसैलाई लेखेको चिठी तेस्रो व्यक्तिले पढ्नु ठूलो अपराध मानिन्थ्यो । जति नै जरुरी कुरा भए पनि चिठीकै माध्यमबाट जानकारी लिनेदिने गरिन्थ्यो । त्यसको सट्टा अरू कुनै उपाय नै थिएन । यस्तो अति नै महŒवपूर्ण चिठी पठाउन र पाउनका लागि हाम्रो देशका अधिकांश मानिसले एक–दुई दिनदेखि लिएर तीनचार दिनसम्मको पैदल यात्रा गरेर हुलाक कार्यालय जानुपथ्यो । महिनौँपछि प्रापकको हात परेको चिठीले कुनै न कुनै नयाँ खबर ल्याएकै हुन्थ्यो । मृत्युका समाचार बोकेका चिठीहरू प्रायः धागोले बाँधेर पठाइएका हुन्थे, ताकि त्यो जरुरी खबर, चिठी हात पर्नासाथ नखोलिकनै पनि थाहा होस् । फोन बाहेक पनि आजकाल फेसबुकहरूमा च्याट गरेजस्तो बाह्रसत्ताइस अनावश्यक कुरा गर्ने बानी त्यतिखेरका मानिसहरूको छँदै थिएन । अलि पछि आवा (आकाशवाणी) भन्ने आयो, जो जिल्ला सदरमुकामहरूमा मात्र रहन्थ्यो । त्यहाँबाट पठाइने सन्देशमा अक्षर गनेर पैसा लिइने भएकाले, सन्देशका अक्षरहरू सकेसम्म कम पार्न, तिनलाई मिलेसम्म छोटो पार्ने गरिन्थ्यो । त्यसो गर्दा कतिपय छोटो पारिएका अक्षरहरूको अर्थ हास्यास्पद भई नबुझेर प्रापक र वाचकहरू हैरान पनि हुनुपथ्र्यो । त्यहाँ प्रायः मृत्युका समाचारहरू पठाउनका लागि मात्रै मानिसहरू कुदाकुद गरेर जाने गर्थे । भारतमा बसोबास गर्ने आफन्तजनलाई त्यस्तो समाचार दिनुप¥यो भने भारतीय सीमानजिक भएका मानिसलाई चाहिँ सजिलो पथ्र्यो ।

एकताक चिठीकै अर्को सुधारिएको रूपजस्तो लाग्ने, अल इन्डिया रेडियोबाट प्रसारण हुने नेपाली कार्यव्रmममा हप्ताको दुईपटक गोरखा सैनिक जवानहरूको सन्देश, तिनीहरूका घरपरिवारका नाममा भनी भारतीय सेनामा कार्यरत केही नेपाली सैनिकहरूको सन्देश पनि प्रसारण गरिन्थ्यो । जे होस्, कुनै बेला सञ्चारको अत्यन्त महत्वपूर्ण र निर्विकल्प माध्यम मानिएको चिठी, आजकाल धेरै हेंलाको विषयवस्तु भएको छ । अदालतको म्याद तामेलीका लागि कर्मचारी नै खटिने गरेको त पहिलेदेखि नै हो । त्यसका लागि चिठी पठाएर हुँदैन । आजकाल चिठी पठाउनै पर्दा पनि, एउटा कार्यालयले अर्को कार्यालयलाई र कार्यालयले व्यक्तिलाई औपचारिक जानकारी पठाउनुपर्ने अवस्थामा बाहेक, चिठी पठाउने काम प्रायः कसैले गर्दा पनि गर्दैन र त्यस्तो काम कसैलाई पर्दा पनि पर्दैन । च्याट, भाइबर, भिडियो कल, स्काइभ सबैको पहुँचमा नभए पनि मोबाइल भने प्रायः सबैको हातहातमा छ । गाउँघरका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूले किताब किन्न नसके पनि अर्काको भारी बोकेर वा अरू नै कुनै ज्यालामजदुरी गरेरै भए पनि सकेसम्म दामी मोबाएल ल्याए-चलाएकै हुन्छन् । विदेशतिरै कुरा गर्नुपरे पनि पैसा खर्च हुन्छ भन्ने कुराको पीरै गरिँदैन । खबर आदान–प्रदानको काम उतिखेरको उतिखेरै मोबाइलबाटै हुने भएपछि, महिनौँ लाग्ने चिठीको प्रयोग कसले गरिरहोस् ! त्यसैले गोस्वारा हुलाकतिर केही काम हुँदो हो, नत्र अन्यत्र हुलाक र हुलाकका कर्मचारीहरूको कामै छैन । चिठी पठाइदिने र ल्याइदिने हुलाक कार्यालयको काम पहिलाजस्तो सव्रिmय र जरुरी छैन । यो अब पुरानो जमानाको प्रयोग भइसकेको छ ।

समग्रमा भन्नुपर्दा मुलुकको सहरी क्षेत्रमा प्रायः इन्टरनेटको उपयोग गर्छन् । त्यसमध्ये गाउँघरमा बसोबास गर्ने अधिकांशले मोबाइलमार्फत इन्टरनेटको सुविधा उपयोग गर्छन् । मोबाइलका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । मोबाइल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै जाँदा इन्टरनेट चलाउनेको संख्या पनि बढ्दै गएको छ । त्यसरी नै देशभर अहिले दूरसञ्चार सेवामा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सो प्रतिस्पर्धामा अहिलेसम्म नेपाल टेलिकम नै अग्रणी स्थानमा रहेको छ । इन्टरनेट सेवातर्फ टेलिकमको अहिलेको बजार हिस्सा ५४.८७ प्रतिशत छ भने एनसेलको ४२.४७ प्रतिशत छ । यसबाहेक आईएसपीको १.१३, यूटीएलको ०.४७ र स्मार्टको ०.७६ प्रतिशत बजार हिस्सा छ । मुलुकको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भै हुलाक सेवा प्रारम्भ भएको थियो । यसरी आर्थिक वर्ष २०७१÷०७२ मा नेपालभर क्षेत्रिय हुलाक ५, जिल्ला हुलाक ७०, इलाका हुलाक ८ सय ४२ र अतिरिक्त हुलाक ३ हजार ७४ गरी जम्माजम्मी ३ हजार ९ सय ९१ वटा छन् । हुलाक सेवाले सुरुमा चिठीपत्र मात्र ओसारपसार गर्ने गरेकोमा पछि आएर हुलाक सेवाको कार्यक्षेत्रको सञ्जाल विस्तारका क्रममा पुलिन्दालगायतका सेवालाई समेत समेटियो भने पछिल्लो चरणमा आएर हुलाकबाट बचत बैंक, टेलिसेन्टर, धनादेश सेवा, ईएमएस सेवा तथा विप्रेषणलगायतका सेवा हुने गरेको छ । हालका दिनमा सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले गर्दा हुलाक सेवाको परम्परागत कार्यक्षेत्रलाई सीमित तुल्याउँदै लगेको, उपयुक्त वैकल्पिक सेवाहरूको खोजी गर्न नसकिएको, हुलाक समूहको खोजीसँगै जनशक्ति व्यवस्थापनको पक्ष जटिल बन्दै गइरहेको, प्रतिस्पर्धी र व्यावसायिक सेवा उपलब्ध गराउन नसकिएको जस्ता भूलभूत समस्याबाट हाम्रो देशको हुलाक सेवा गुज्रिँदै गएको छ ।


Your Views
Related News