रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।

रातो खुर्सानीको सेवनले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार रातो खुर्सानी सेवनले मानिसको आयु बढाउन समेत मद्दत गर्छ । आज हामी तपाईलाई रातो खुर्सानी सेवनले हुने फाइदाहरुबारे बताउन गइरहेका छौं ।

रातो खुर्सानीले खाएमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक एसिड, मैलिक एसिड, मैलोनिक एसिड आद‍ि । रातो खुर्सानी हरियोभन्दा निकै लाभदायी हुन्छ ।

रातो खुर्सानीले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउँछ ।

गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन मदत गर्छ ।

धेरै मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको शोधका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ ।
रातो खुर्सानीमा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ । यो यस्तो तत्व हो जसले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ । फोलिकले

यसले रक्तचाप कम गर्छ र क्यान्सरबाट पनि बचाउँछ ।

READ MORE NEWS

वर्चश्‍ववाद, द्विदलीयता र विकल्पको प्रश्‍न

एन्टोनियो ग्राम्स्की भन्थे– ‘वर्चश्वको सार राजनीतिक सत्ताले बौद्धिक तथा सांस्कृतिक सत्ताको विस्तार र बौद्धिक तथा सांस्कृतिक सत्ताले राजनीतिक सत्ताको रक्षा गर्नु हो ।’ ग्राम्स्कीको राजनीतिक जीवन र यो निष्कर्षबीच गहिरो वैचारिक विरोधाभाषअनुभविक ज्ञानको भूमिका र वैयक्तिक सम्बोधित्व थियो ।

यिनै ३ कुराले ग्राम्स्कीयन चिन्तनलाई मौलिकता दिए । जीवित छँदै उनको राजनीतिक जीवन सफल भएनतर विश्व चिन्तनमा उनको बौद्धिक हस्तक्षेप आजसम्म जीवित छ । छोटो उमेरमै उनी यो संसारबाट बिदा भए । निधनपछि उनको लोकप्रियता भने झनझन बढ्दै गयो ।

त्यसको मुख्य कारण– वर्चश्व सिद्धान्त (थ्योरी अफ हेजीमोनी) नै थियो । ग्राम्स्कीको ‘वर्चश्व सिद्धान्त’ ‘आर्थिक अन्तर्विरोध प्रमुख होयो आधार हो’, ‘अरु अन्तर्विरोध आर्थिक अन्तर्विरोधका उपरिसंचरना मात्र हुन’ भन्ने मार्क्सेली पद्धतिसँग समानान्तर थियो । यद्यपि कम्युनिष्ट पार्टीको नेता भएको कारण धेरैले उनलाई ‘मार्क्सवादी चिन्तक’ कै रुपमा बुझ्ने गर्दछन् ।
ग्राम्स्कीयन चिन्तनका मुख्य तीनवटा चरण थिए । राजनीतिक जीवनको प्रारम्भमा उनी समाजवादी पार्टीको सदस्य थिए । इटालियन समाजवादी धार कार्लो रोसेलीको ‘लिवरल– सोसलिज्म’ बाट प्रभावित थियो । यस्ता सोसलिष्टहरुले रबर्ट ओबेनजोहन स्टुअर्ट मिल्स र एडबर्ट बर्नस्टिनलाई आदर्श चिन्तक मान्दथे । त्यो कालखण्डमा ग्राम्स्कीले मार्क्सवाद खासै पढेका थिएनन् । नवकिशोर ग्राम्स्की एक समर्पित र तीक्ष्ण समाजवादी प्रतीत हुन्थे ।

रुसमा जब अक्टोबर क्रान्ति भयोबोल्सेभिकहरु ‘कोमिन्टर्न’ स्थापना गर्न संसारका सबैजसो देशमा ‘कम्युनिष्ट पार्टी’ गठन हुन् भन्ने चाहन्थे । तर त्यतिन्जेल संसारका १० प्रतिशत देशमा पनि कम्युनिष्ट पार्टी थिएनन् । कतिपय देशका कम्युनिष्ट पार्टी स्वयम् कोमिन्टर्नको पहलकदमीमा गठन भएका थिए । जस्तो– भारत । भारतीय कम्युनिष्ट पार्टीको गठन तासकन्दमा भएको थियो– एम.एन. रोयले कोमिन्टर्न सहजकर्ताको काम गरेका थिए । इटालीको कम्युनिष्ट पार्टी पनि ठीक त्यस्तै थियो ।

डम्बर खतिवडा

ग्राम्स्की समाजवादी पार्टीभित्रका प्रभावशाली युवा थिए । उनी पार्टी मुखपत्रको सम्पादन गर्थे । रुसीहरुले उनलाई मस्को बोलाए– लेनिनसँग भेटाए । समाजवादीवाट ‘कम्युनिष्ट’ बनाए र इटाली पठाए । ग्राम्स्कीले समाजवादी पार्टी विभाजित गरेर त्यसको एक समूहलाई ‘इटालियन कम्युनिष्ट पार्टी’ बनाए । पछि त्यसको महासचिव बने । ग्राम्स्कीको समूह कोमिन्टर्नको सदस्य बन्यो । मस्कोमा उनको इज्जत र मान्यता झनै बढ्यो ।

यो दोस्रो चरणमा ग्राम्स्की चर्को बोल्सेभिकवादी भए । उनले मार्क्सवाद–लेनिनवादझैं ‘स्टालिनवाद’ लाई पनि विश्व कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त बनाउनुपर्छ भने लेखहरु लेखे । ग्राम्स्कीलाई लेनिन र स्टालिनको नजिकको कमरेड मानिन्थ्यो । अझ कतिपयले उनलाई ‘पश्चिम युरोपको लेनिन’ सम्म भन्थे ।

ग्राम्स्कीको वैचारिक मौलिकता भने तेस्रो चरणमा शुरुवात भयो । आज ग्राम्स्की संसारमा सबैभन्दा धेरै कोड गरिने उच्च १० विचारकमध्ये पर्दछन्त्यो पहिलो र दोस्रो चरणका विचारको कारणले हैन । ग्राम्स्कीयन चिन्तनको तेस्रो चरण विकास हुनुको पृष्ठभूमिमा मुख्य ३ वटा घटनाक्रम थिए । इटालीमा फासीवाद र मुसोलिनीको उदयकोमिन्टर्नमा स्टालिनसँगको मनमुटावसन् १९२८ पछि मस्कोसँग मोहभंगफासीवादी सत्ताद्वारा लामो काराबासको सजाय । ग्राम्स्कीयन चिन्तनको महाग्रन्थ ‘प्रिजनर्स नोट बुक’ यही ‘त्रासद युग’ को ‘महान उपलब्धि’ हो ।

ग्राम्स्कीयन चिन्तनलाई आधार मानेर यस आलेखमा मैले नेपालको विद्यमान ‘राजनीतिक सत्ता’ र ‘बौद्धिक तथा सांस्कृतिक सत्ता’ बीचको अन्तर्सम्बन्धलाई केलाउने प्रयत्न गरेको छु । यहाँ ‘राजनीतिक सत्ता’ ले कस्तो ‘बौद्धिक तथा सांस्कृतिक सत्ता’ को विस्तार गर्दैछर ‘बौद्धिक तथा सांस्कृतिक सत्ता’ ले कस्तो ‘राजनीतिक सत्ता’ को प्रतिरक्षा गर्दैछत्यो आज हाम्रा लागि निक्कै महत्वपूर्ण छ ।

ठीक यहीनेर फेरि ग्राम्स्कीको वर्चश्व सिद्धान्तको अर्को पाटो प्रति–वर्चश्व (काउन्टर हेजीमोनी) लाई सम्झिनु उचित हुन्छ । उनी भन्छन्– ‘वर्चश्वको अन्त्य प्रतिवर्चश्व विना सम्भव हुँदैन । प्रतिवर्चश्व विद्यमान वर्चश्वको विभाजन हो । बौद्धिक तथा सांस्कृतिक प्रतिवर्चश्व विना राजनीतिक वर्चश्वको शेयरिङ हुँदैन ।’

वर्तमान नेपालमा यो प्रक्रिया कसरी क्रियाशील छ भन्ने बुझ्न मैले तीनवटा लेखहरुलाई मानक बनाएको छु । मूलतः यी प्रतिनिधि लेखहरु हुन र छनौट संयोगिक मात्र हो । यी तीनवटै लेख कान्तिपुर दैनिकमा यही महिना छापिएका हुन् । टिकाराम भट्टराईको विकल्पको बहस (आश्विन २ गते)गेजा शर्मा वाग्लेको पार्टी निर्माणका नयाँ चुनौति (आश्विन १२) र श्रीकृष्ण अनिरुद्ध गौतमको के कांग्रेस अझै सान्दर्भिक छ ?(आश्विन १६ गते) लाई अहिलेको बौद्धिक सत्ताका प्रतिनिधिमूलक प्रतिबिम्ब मान्न सकिन्छ ।

भट्टराईले कांग्रेस र नेकपाका असंख्य कमजोरीहरुबाट आलेख शुरुवात गरेका छन् । तरबीचतिर पुग्दा उनी विकल्पको रुपमा चर्चामा रहेका दल जनता समाजवादी पार्टी र विवेकशील–साझाप्रति खनिएका छन् । समकालीन नेपालमा विकल्पको बहसलाई तीव्रता दिइरहेका यी दलहरुलाई कुनै पूर्वनिर्धारित निष्कर्षबाट हेर्नु वान्छनीय हैन । यी दलको सोच राज्यसत्ताबाट सम्परीक्षण भएको छैन । यी कांग्रेस–कम्युनिष्ट झैं ‘७० वर्ष वृद्ध दल’ पनि हैनन् कि दलप्रतिका अपेक्षालाई एउटै मानकबाट मूल्यांकन गर्न मिलोस् ।

तथापि यी दलप्रति भट्टराई किन यति धेरै आक्रोशित भएका होलान् भन्ने प्रश्न पढ्दापढ्दै मनमा उठ्छ । उनको आक्रोश र आलोचनाको अर्थ अन्तिम वाक्यमा पुग्दा प्रष्ट हुन्छ । उनी लेख्छन्– ‘जतिसुकै आक्रोश र निरासा व्यक्त गरिए पनि अहिलेको विकल्प यिनै (नेकपा र नेका) हुन् ।’

यो आलेखमा भट्टराईले नेकपा र नेकालाई विकल्पहीन ठानेका छन् कम्तीमा आगामी ३ दशकका लागि । ३ दशकको भविष्यवाणी आफैंमा अत्यासलाग्दो लाग्दछ । त्यसले पञ्चायतकालीन भाष्य ‘घामजुन रहेसम्म पञ्चायत रहन्छ’ को पुनरावृत्ति गर्दछ । विकल्प चाहनेहरुका लागि त त्यो वाक्य पढ्दा पनि ब्रह्माण्ड घुमेजस्तो हुन्छ । तर सरलीकृत अर्थमा लिँदा पनि सृष्टि र परिवर्तनको गति आफूले चाहे जसरी बाँधिन्छ भनेर दावा गर्नु निक्कै जब्बर प्रकारको यथास्थितिवाद हो ।

गेजा शर्मा वाग्लेको लेख ‘पार्टी निर्माणका नयाँ चुनौति’ भने भट्टराईको जस्तो विद्यमान पार्टीहरुको भविष्यप्रति कुनै ठोकुवा निर्णय गर्दैन् । यसले सबै दलका साझा चुनौतिहरु चित्रण गर्दछ । साथै नेकपानेकाजसपाविवेकशील–साझा र राप्रपाका विचार/एजेण्डा फरक हुँदाहुँदै पनि पार्टी निर्माण र सञ्चालनका प्रवृत्तिमा साझा समस्याहरु रहेको चित्रण गर्दछ ।

वाग्ले दलीय भविष्यलाई कुनै आग्रह विना खुल्ला छोडी दिन्छन् । उनले बनाएका मानकहरु– वाद हैन नीतिपद हैन परफरमेन्सपोष्ट–आइडोलजिकल युगको विशेषता चिन्ने क्षमता र प्रविधिमैत्री राजनीतिलाई कसले बढी उपयोग गर्न सक्दछत्यो भविष्यमा मुखर र प्रखर हुन सक्ने संकेत गर्दछ ।

तेस्रो लेख श्रीकृष्ण अनिरुद्ध गौतमको– कांग्रेस के अझ सान्दर्भिक छ ?’ ले नेपालमा कम्युनिष्ट पार्टीको उदय हुनुप्रति तीव्र रोष व्यक्त गर्दछ । गौतम अरु कुनै पार्टीलाई गणनामा समेत लिन्नन् । सन्दर्भवश नाम उठे केही नकारात्मक वाक्य प्रयोग गरी झारा टार्दछन् । बरु कांग्रेसको नेतृत्वले कम्युनिष्टहरुलाई पछार्ने क्षमता गुमाउँदै गएकोमा चिन्तित र निरास हुन्छन् ।

तरकांग्रेसका असफलताहरु कहाँनेर हुन्किन बारम्बार अवसर पाउँदा पनि कांग्रेस चुक्योकम्युनिष्टहरुको उदय आकाश पातालबाट नभएर यही धर्तीमा किन भयो जस्ता प्रश्नमा कुनै बौद्धिक ‘प्रोजेक्सन’ गर्दैनन् । कांग्रेसको नेतृत्व कुनै न कुनै हिसाबले कम्युनिष्टहरुलाई पछार्न सक्ने गरी बलियो हुनु पर्दथ्यो भन्ने मात्र आग्रह र अन्तर्य मात्र व्यक्त गर्दछन् ।

यी तीन आलेखबाट आजको वौद्धिक सत्ताको मनोदशालाई बुझ्न सकिन्छ । उनीहरुले रक्षा गरिरहेको राजनीतिक सत्ताको सारलाई पनि बुझ्न सकिन्छ । कस्तो प्रतिवर्चश्व निर्माण जरुरी छ भनेर आंकलन गर्न सकिन्छ ।

भट्टराईले जसपा र विवेकशील–साझालाई नेकपा र नेकाको हाराहारीमा राखेर आलोचना गर्नुको अर्थ उनले लेखमा बिट मारेजस्तो ‘३ दशक विकल्प’ नआउने पुष्टि गर्नु हैन, ‘विकल्प आउने सम्भावनाप्रतिको मनोवैज्ञानिक भय’ हो । त्यसै गरी ‘यी दुई नै विकल्प हुन्’ भन्नुको अर्थ– नेकाप्रतिको मोह हैनकथित द्विदलीयताको खास्टोभित्र यथास्थितिवादमा आधारित ‘नेकपाको राजनीतिक सत्ताको रक्षा’ गर्नु हो ।

नेकपा र नेकाको द्विदलीयता कम्तिमा आगामी ३ दशक रहन्छ भन्नुको अर्थ देश अझै २०४६ यताको ३ दशकजस्तै गरिबीभ्रष्टाचारबेथिति र औपचारिक संसदीय लोकतन्त्रको सीमा भित्रै बसे बसोस् तर नेकपा भन्ने पार्टीको शक्तिसंगठन र सामर्थ्य भने कायम राख्नै पर्दछ भन्ने हो । अर्थात् भट्टराईको बौद्धिक सत्ताको मनोवैज्ञानिक सार ‘नेकपाको विद्यमान शक्ति र सामर्थ्य’ का सामु ‘देश र जनताको भविष्य गौण हो’ भन्ने निष्कर्षमा पुग्नु हो ।

नेकपा निकट बौद्धिक सत्ताका अभ्यासकर्ताहरु जबसम्म विकल्पको भय हुँदैनत्यतिन्जेल कांग्रेसमाथि खनिन्छन् । २०४६ यताको ३ दशकमा बिग्रेको सबै ‘नेकाले गर्दा होहामी त राम्रो हौं’ भन्ने गर्दछन् । तर जब सत्तामा आउँछन्– तिनै नीतिविचारयोजना र व्यवहारलाई निरन्तरता दिन्छन् जो २०४६ कांग्रेसले शुरुवात गर्‍यो । आजको सत्ताका हर्कत र कतिपय एजेण्डाप्रति कम्युनिष्ट अडानहरु हेर्दा उनीहरु बेलाबेला ‘कांग्रेसभन्दा पनि दक्षिणपन्थी र यथास्थितिवादी’ लाग्दछन् । जस्तो कि– संविधान संशोधनको मागप्रतिको दृष्टिकोण । भ्रष्टाचारकुशासनलगायतका अरु बेथिति आफ्ना ठाउँमा छदैछन् ।

दुई ठूला कम्युनिष्ट समूहको एकता र झण्डै दुईतिहाईको सरकारपछि कम्युनिष्ट धारले ‘कांग्रेसलाई गाली गरेकै भरमा खान पाउने’ सुविधा गुमाएको छ । आज हिजोभन्दा फरक परिदृष्य विकास भएको छ– कांग्रेसको दाग देखाएर कम्युनिष्ट चोखिने र कम्युनिष्टको घाउ उधिनेर कांग्रेस रोज्जा हुने युग समाप्त भएको छ । प्रतिवर्चश्व निर्माण अभियानका लागि यो एक सकारात्मक परिदृष्य हो ।

कांग्रेसको विकल्प कम्युनिष्ट होकम्युनिष्टको विकल्प कांग्रेस हो’ भन्ने जुन भाष्य विगत ३ दशक प्रभावशाली रह्योअबको प्रतिवर्चश्व यही भाष्यमाथिको प्रतिभाष्यले निर्माण गर्दछ । विकल्प चाहनेहरुले यी दुवै दलका विकल्प चाहेका छन् । तसर्थ वर्चश्ववादीहरुले पनि अब ‘द्विदलीयताको ब्लाङ्केट’ ओड्नु स्वभाविक नियति हो ।

द्विदलीयताको बढो सफल उदाहरण भनेर अमेरिकाको चर्चा गर्ने गरिन्छ । अमेरिकामा भर्खरै प्रकाशित एउटा नयाँ किताब सर्वाधिक चर्चामा छ– लि द्रुटम्यानको ‘ब्रेकिङ द टु पार्टी डुम लुप’ ले द्विदलीय प्रणाली अमेरिकाको लागि कसरी अभिशाप बनेको छ भनेर व्याख्या गर्दछ । द्रुटम्यानको बुझाईमा ‘दुई पार्टी दुर्भाग्य–चक्र अमेरिकाका संस्थापकहरुको लोकतान्त्रिक सपनाविरुद्ध थियो– जो विशिष्ट प्रकारको निर्वाचन प्रणालीको कारण जन्मियो ।

द्रुटम्यानले आफ्नो किताबमा अमेरिकाको निर्वाचन प्रणाली नै फेर्नु पर्ने र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरेका छन् । संघवादमा विश्वास गर्ने देशमा केन्द्रीकृत पार्टी प्रणाली दूर्भाग्य हो भनेका छन् । ‘हामी नै आलोपालो खाने होअरु कोही नआइदेओस्’ भन्ने छुद्र स्वार्थ र वर्चश्ववादी चिन्तन बाहेक नेपालमा दुई पार्टी प्रणालीका लागि कुनै आधार छैन । त्यस्तो निर्वाचन प्रणाली पनि यहाँ छैनजो दुई पार्टी वर्चश्ववादको अवधारणाले माग गर्दछ ।

नेपालका कम्युनिष्टहरु कुनै समय ‘एकदलीय जनवाद’ मा विश्वास गर्थे । स्वप्रतिबद्धता र मौलिक वैचारिक आत्मस्वीकृतिद्वारा हैनविश्व परिस्थितिको दबाब र बाध्यताले उनीहरु ‘बहुदलीय जनवादी’ भए । आज फेरि उनीहरुलाई तेस्रो भाष्य चाहिएको छ,– त्यो हो ‘द्विदलीय जनवाद’ । ‘एकदलीय–जनवाद’ बाट भर्खरै उम्केका ‘बहुदलीय–जनवादी’ हरुको ‘द्विदलीय–जनवाद’ मोह वर्चश्व भयको प्रष्ट प्रमाण हो । प्रतिवर्चश्व निर्माणको भाष्य ‘द्विदलीय–जनवाद’ माथिको तीव्र र निर्मम प्रहारमा निहित हुनेछ ।

गौतमको लेखले दोस्रो प्रकारको बौद्धिक सत्तालाई प्रतिबिम्बन गर्दछत्यसको एक मात्र लक्ष्य हो– कांग्रेस वासपीको चाहना । ‘कांग्रेस’ र ‘लोकतन्त्र’ लाई एकअर्काको पर्यायबाची बनाउने र कांग्रेस सकिए लोकतन्त्रपनि सकिन्छ भन्ने मनोवैज्ञानिक भय सृजना गर्ने उद्देश्यबाट यो आलेख प्रेरित छ ।

यथार्थमा बहुदलीय लोकतन्त्र भएको देशमा कुनै एउटा दलको अस्तित्वसँग लोकतन्त्रको भविष्य जोडिएकै हुँदैन । दलहरु आउँछन्जान्छन् । राम्रो गरे लामो टिक्छन्नराम्रो गरे छिटै विदा हुन्छन् । तर लोकतन्त्र एक अविछिन्न परम्पराका रुपमा निरन्तर रहन्छ ।

आज राजावादी वा एकदलीयतावादी कम्युनिष्टहरुले बहुदलीय लोकतन्त्र सजिलै खान सक्ने सम्भावना छैन । यो भाष्य एकादेशको कथा भइसक्यो । बहुदलीय लोकतन्त्रप्रतिको कांग्रेसको निष्ठामा कहिल्यै कसैले शंका गरेन । अहिले पनि गर्दैन । तर उत्तिकै सत्य कुरा के हो भने लोकतन्त्र सञ्चालनको मोडालिटी र कार्यसंस्कृतिप्रति कांग्रेससँग कोही कहिल्यै विश्वस्त पनि भएन ।

नेपालमा विकल्पको चर्चा कांग्रेस ‘संसदीय बहुदलीय लोकतन्त्र’ प्रति निष्ठावान र यसका लागि संघर्ष गरेको दल हैन भन्ने अर्थमा भएकै हैन । यो पाटोबाट कांग्रेसको इतिहास सुनौला अक्षरले लेखिएको छ । बरु कांग्रेससँग असन्तुष्टि कहाँ हो भने दक्षिण एशियाली धरातलको रुढीवादी संसदीय दलभन्दा माथि कांग्रेस कहिल्यै उठेन । लोकतन्त्रसहभागितासुशासनविकास र समृद्धिको अन्तर्सम्बन्धलाई बुझ्ने बुझाउने आधुनिक बौद्धिक चेत र आत्मसजगता कांग्रेसमा जागेन र जाग्ने सम्भावना पनि छैन ।

कांग्रेससँग विकल्प खोज्नेहरु को मुख्य भिन्नता त्यहाँनेर हो । विकल्प बन्दै गरेका दलहरुले सबै कुरामा ७० वर्ष पुराना दलहरुसँग व्यवहारिक प्रतिस्पर्धा गर्ने क्षमता राखेनन् भन्दैमा इतिहासको पाङ्ग्रो अगाडि ठेल्ने प्रयासहरुप्रति क्षुब्ध र कुण्ठित हुनुपर्ने कारण छैन ।

यहाँनेर प्रतिवर्चश्वको मुख्य विन्दू ‘लोकतन्त्रको रक्षा अब कांग्रेसइत्तर लोकतान्त्रिक शक्तिहरुबाट पनि सम्भव छ’ भन्ने भाष्यलाई जोडदार बनाउनु हो । भाष्यमा मात्र हैनयथार्थमा नै त्यो सम्भव कुरा हो । जसरी भारतमा कांग्रेस धेरै कमजोर भएर पनि लोकतन्त्र सकिएको छैनयहाँ कांग्रेस कमजोर भए पनि अब लोकतन्त्रलाई कुनै फरक पर्ने वाला छैन । बरु लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिकरण गर्ने स्पेश तयार हुनेछ । सुसंस्कृत लोकतन्त्रको आधार भूमि बन्ने छ । नयाँघर बनाउनु पर्ने जमिनबाट पुरानो घरको खण्डहर पन्छिएजस्तो सहजता उपलब्ध हुनेछ ।

भट्टराई र गौतमका लेखहरु ‘कांग्रेस–कम्युनिष्ट लोकतन्त्र’ को ‘राजनीतिक सत्ता’ रक्षा गर्न चाहने ‘बौद्धिक सत्ता’ का चिन्ताछटपटी र हुटहुटी हुन् । ग्राम्स्कीयन भाषामा ‘विद्यमान वर्चश्व’ यही होयहाँ विकल्प खोज्नुको अर्थ नै यही वर्चश्व विरुद्ध जुनकुनै मूल्यमा प्रतिवर्चश्व निर्माण गर्नु हो ।

ठीक यही विन्दूमा तेस्रो गेजा शर्मा वाग्लेको लेख सान्दर्भिक छ । उनको लेखले सन् २०१० यताको विश्व परिस्थितिलाई बौद्धिक साक्षीभावबाट हेर्दछ । वैयक्तिकरुपमा उनी कुनै दलको नजिक टाढा होलान् त्यो भिन्नै कुरा हो । तर बद्लिरहेको विश्व परिस्थितिमा मानव समाजको आत्मिक उन्नयन कहाँकहाँ नेर र कसरीकसरी सम्भव छ भन्ने कुरा उनी प्रष्ट राख्दछन् । कुनै अमुक दलको दलीय वर्चश्वभन्दा सामाजिक जडताविरुद्ध मानवीय गतिशीलताको मूल्य बढी हुन्छ भन्ने आत्मिक सौन्दर्यबोध उनमा देखिन्छ ।

तर आफ्नो लेखमा वाग्लेले विकल्प दावी गर्नेहरुप्रति कुनै अवाञ्छित स्पेश दिने वा अतिरिक्त मोह देखाउने काम भने गरेका छैनन् । त्यसो नगरेर उनले एकदमै ठीक गरेका छन् । प्रतिभाष्यप्रतिवर्चश्व निर्माण गर्नु भनेको ‘ब्रोइलर कुखुरा पाल्नु’ जस्तो हैन, ‘जंगली कुखुरा जस्तो हुर्किनु’ हो । अझ चीलजस्तो बनेर ‘यथास्थितिवाद’ माथि आक्रमण र शिकार गर्नु हो । विकल्प दिन्छौं भन्नेहरुले सिद्धान्तविचारसंगठनआन्दोलनरणनीति र व्यवस्थापन सबै क्षेत्रमा एक साथ प्रतिभाष्यप्रतिवर्चश्व निर्माण गर्न सक्नु पर्दछ ।

त्यो कसैको मायादयाले हुने हैन । वैकल्पिक भनिने दलहरुको नेतृत्ववृत्त र कार्यकर्ता पंक्तिको मुख्य चुनौति यहाँनेर हो । समस्या हजार छन्कारण सयौं देखाउन सकिएला तर यदि यी काम उनीहरु गर्न सक्दैनन् भने उनीहरु ‘विकल्प’ भनिन लायक रहँदैनन् । फेरि ग्राम्स्कीयन भाषामा भन्दा ‘प्रतिवर्चश्व निर्माण नभएको अवस्थामा वर्चश्वको निरन्तरता एक स्वभाविक प्रक्रिया हो ।’

नेपाली राजनीतिका समकालीन भाष्य यही तीनवटा कोणमा विभाजित छन् । कम्युनिष्टहरुलाई नै काँध थापिरहनेकांग्रेसलाई वापसी गराउने वा आउने चुनावअघि एक वृहत्त वैकल्पिक ध्रुव निर्माण गर्ने । यी तीनमध्ये देश कुन विकल्पमा हिंड्छ ? – यो प्रश्नको उत्तर नै अहिलेको नेपालमा वर्चश्वको सार हो ।


Your Views
Related News