काठमाडौं-सानिमा जनरल इन्स्योरेन्स कम्पनीकाे प्राथमिक शेयरमा मागभन्दा ६ गुणा बढी आवदेन परेपछि आजदेखि निष्काशन बन्द हुने भएको छ। कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ७ लाख ५० हजारभन्दा धेरैको आवेदन परेको छ।

कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि ३० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। मागभन्दा बढी आवेदन परेपछि कम्पनीले पहिलो चरणमै बिक्री बन्द गरेको हो।
सर्वसाधारणतर्फको ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोष म्युचुअल फण्डहरुलाई बिक्री गर्नेछ। बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। प्राथमिक शेयरका लागि मेरो शेयरमार्फत् अनलाइनबाटै आवेदन दिन सकिनेछ। ‍अनलाइन नलिएकाले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।

प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापकतर्फको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले दुई वर्षअघि बिमा समितिबाट निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको थियो। बिमा समितिले तीनवटा नयाँ कम्पनीलाई निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो।

READ MORE NEWS

कालीगण्डकी करिडोरको काम सुरु

twitter sharing button

नवलपुर–कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः सुरु भएको छ। नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

‘कोरोना संक्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो’, निर्माण कम्पनी आशीष निर्माण सेवाका साइट इन्चार्ज कपिल गौलीले भने, ‘कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ ।’ कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दसैंलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताए।

उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)अन्तर्गत अर्गली–रामपुर (पाल्प)–गैँडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ । रु ५ अर्ब ४७ करोडको लागतमा निर्माण सुरु  भएको कालीगण्डकी करिडोरको गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताए। निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले नेपालको गौली ग्रुप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो।

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ। निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्रे, एक÷एक मिटरको किनार तथा एक÷एक मिटरको नाला रहनेछ। ट्रयाक निर्माण सकिएको करिडोरको कालोपत्रेको काम गत वैशाखबाट सुरु गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले जनाएको छ।

‘आगामी २०७८ सालको वैशाखबाट हामीले उक्त सडकखण्डमा कालोपत्रको काम सुरु गर्ने गरी अन्य कामलाई तीव्रता दिँदैछौँ’, गौलीले भने, ‘अहिले पाल्पाबाट काम गर्दै गैँडाकोटतर्फ आएका छौँ, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ।’ कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–गैँडाकोट सडकखण्डलाई चारवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ । गैँडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको गौलीले जानकारी दिए।

कालीगण्डकी करिडोरको पाल्पा–गैँडाकोट खण्डलाई गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामबेसी, थामबेसीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ । २०७५ मङ्सिर १७ गतेबाट सुरु गरिएको गैँडाकोट–पाल्पा खण्डको निर्माणकार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे एक वर्ष पछाडि धकेलिने आयोजनाले जनाएको छ ।

यस करिडोरको गैँडाकोट–पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताए। काम सुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशतमात्रै देखिएको अधिकारीले बताए। सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ ।

उपप्राध्यापक चलाउने भन्छन्– ‘अपराधीहरू नउम्किउन्’

घाइते उपप्राध्यापक चलाउने ५ दिनदेखि अस्पतालमा छन्, घटनामा संलग्न कोही पक्राउ परेका छैनन्

काठमाडौँ — भेष बदलेको समूहले त्रिभुवन विश्वविद्यालय परिसरमै दाहिने खुट्टा भाँचिदिएपछि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने ५ दिनदेखि मेडिसिटी अस्पतालमा छन् । उनलाई हिँडडुल गर्न ६ महिना लाग्ने चिकित्सकहरूले बताएका छन् । काठमाडौं प्रहरीले आक्रमण गर्नेको पहिचान भइसकेको दाबी गरेको छ तर कोही पक्राउ परेका छैनन् ।

चलाउने क्वार्टरबाट त्रिभुवन विश्वविद्यालय परिसरकै नेपाल बैंकको काउन्टरमा पैसा झिक्न जाँदै गर्दा नकाबधारीले आक्रमण गरेका थिए। घटनामा विश्वविद्यालयकै विद्यार्थीको संलग्नता रहेको उनको दाबी छ । ‘मैले कल्पना नगरेको घटना भयो, पुलिसको ड्रेस जस्तो देखिने कपडा लगाएका थिए, अनुहार छोपिएको थियो, बाँसको चिर्पट र रडले हानेर भागे,’ उनले कान्तिपुरसित टेलिफोनमा भने । उनको टाउकोसहित शरीरका विभिन्न भागमा पनि चोट छ ।

‘खुट्टा ठीक हुन ६ महिना लाग्छ रे । अहिले त दिसापिसाब गर्न पनि पाइप प्रयोग गर्नुपरेको छ,’ उनले भने । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने पहिचान भएका व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्ने दाबी गरे । ‘अहिले पनि आरोपितहरूको खोजी भइरहेको छ, नाम सार्वजनिक नगरौं, पीडितलाई जानकारी दिएका छौं, पक्राउ गरेर कारबाही हुन्छ,’ उनले भने ।

आक्रमणकारीले प्रयोग गरेको बुलेट मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छ । जुन मनीष कोइरालाका नाममा छ । उक्त मोटरसाइकल यसअघि पनि त्रिविमा हुने यस्तै घटनामा प्रयोग हुने गरेको प्राध्यापकहरू बताउँछन् । समाजशास्त्र विभागमा प्रमुखको नियुक्तिलाई लिएर ५२ दिनसम्म तालाबन्दी भएको थियो । विभागलगायत विश्वविद्यालयमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले ताला फुटायो । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेका थिए । राजनीतिक भागबन्डाका आधारमा युवराज लुइँटेललाई विभागीय प्रमुख नियुक्ति गरिएको उनीहरूको आरोप थियो । चलाउनेलगायत भने तालाबन्दीको विपक्षमा थिए । त्यही कारण नेविसंघका त्रिवि इकाई अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले उनीहरूलाई धम्की र चेतावनी दिँदै आएको स्रोतको भनाइ छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भने यसमा आफ्नो संगठनको संलग्नता नरहेको दाबी गरे । समाजशास्त्र विभागले उपप्राध्यापक चलाउनेमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेको र सांघातिक आक्रमण गर्ने धम्की दिएको पृष्ठभूमिमा घटना भएको विभागीय प्रमुख लुइँटेलले बताए । विभागले प्रशासनसँग आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय जस्तो शैक्षिक केन्द्रमा यस्ता घटना हुनु दुःखद रहेको उल्लेख छ । त्रिविका प्राध्यापकहरूले उपकुलपति कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि गरेका छन् ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापकहरू पीताम्बर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले ध्यानाकर्षणपत्र जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी दण्ड दिन माग गरेका छन् । ‘घटनाका संलग्नप्रति घृणा व्यक्त गर्दछौं, साथै चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस्, चाँडो स्वास्थ्यलाभको काम गर्दछौं,’ ध्यानाकर्षणपत्रमा भनिएको छ । घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको उनीहरूको ठहर छ । माथेमाले राजनीतिक आडमा नै विश्वविद्यालयमा वर्षौंदेखि यस्ता घटना हुने गरेको जनाए । ‘यसले त विश्वविद्यालयको साख नै गुम्छ, अन्तर्राष्ट्रिय क्षेत्रसम्म नकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘भोलि त्यहाँ पढ्न को जान्छ ? पढाउन को जान्छ ?’

घाइते चलाउनेले पनि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘आज म परें, दोषीले उन्मुक्ति पाए भने भोलि जो पनि पर्न सक्छ,’ उनले भने । यसअघिका घटनामा पनि दोषीलाई कारबाही नभएकाले आफूले पनि न्याय पाउनेमा आशंका व्यक्त गरे । ‘म सुदूरपश्चिमको मान्छे, बाआमाले दुःख गरेर पढाउनुभयो, मेरो दाइभाइ भारतमा मजदुरी गर्छन् । म काठमाडौं आएको १४ वर्ष भयो, एक जनासम्म पनि वादविवाद भएकै छैन, रिसइबी कोहीसँग थिएन,’ ४३ वर्षीय उनले भने, ‘वादविवाद परेर एक–दुई मुक्का हानेको भए सहन्थें । एक शब्द बोल्न नपाउँदै आक्रमण गरे, मलाई अंगभंग नबनाएको भए हुन्थ्यो ।’ राजनीतिक संरक्षणमा अपराधीहरू उम्कन नहुने उनले जनाए ।

Your Views
Related News