काठमाडौं । कोरोना महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यसबाट सबैभन्दा प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा पर्छ ।

यसैबीच कोरोना भाइरसले अब मानिसका साथै जनावरमा पनि अत्याधिक हानी गर्न बिनाश गर्न थालेको छ ।

अमेरिकाका दुई राज्य उटाह र विस्कोन्सिसमा १० हजार मिंकको कोरोनाबाट मृत्यु भएको छ ।

उटाहमा कोरोनाबाट ८ हजार र विस्कोन्सिसमा कोरोना भाइरसको संक्रमणबाट २ हजार मिंकको मृत्यु भएको हो ।

त्यहाँ जुलाईमा पहिलोपटक कामदारमा कोरोना संक्रमण देखिएको थियो ।

READ MORE NEWS

कारण खुल्यो न अपराधी समातिए

राजविराज — सप्तरीको तिरहुत गाउँपालिका–२ मयनाकडेरीकी ५० वर्षीया दायमनदेवी यादवको हत्या भएको दुई साता बितिसक्दा पनि प्रहरीले आरोपी पक्राउ गर्न सकेको छैन । घटनापछि परिवार र स्थानीय त्रास र शोकमा छन् । हत्याको कारणसमेत अझै खुल्न सकेको छैन । तर, प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय कञ्चनपुरका छुट्टाछुट्टै टोलीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

गत असोज ९ मा दायमनदेवी घरमा एक्लै भएका बेला हत्या भएको थियो । घाँटीमा प्लास्टिकको डोरीले बाँधेर घाँटी थिचिएको अवस्थामा उनको शव फेला परेको थियो । उनको दाहिने आँखा फुटाइएको र दाहिने कानसमेत काटिएको थियो । ‘यस्तो बीभत्स हत्या हुँदा प्रहरीले अपराधी पक्रन नसक्नुले स्थानीयमा त्रास उत्पन्न भएको छ,’ तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेरले भने, ‘दुई साता बित्यो, प्रहरीको कस्तो अनुसन्धान हो ? न त घटनाको कारण पता लगाउन सक्यो, न अपराधी नै समाउन सक्यो ।’ प्रहरीको अनुसन्धानबाट स्थानीय र परिवार पनि सन्तुष्ट छैनन् ।

हत्या गरिएकी दायमनदेवीका श्रीमान् शिवनारायण कौडगियाले गाउँकै केही युवाहरूको समूहले विगतदेखि नै धनमाल लिने सोचका साथ आफूलाई दुःख दिँदै आएको र हत्याको कारण पनि त्यही हुन सक्ने आशंका गरे । उनले प्रहरीले अपराधी पक्रन नसक्दा आफूहरू झन् असुरक्षित भएको सुनाए । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेशकुमार सिंहले घटनापछि केही व्यक्तिलाई सोधपुछका लागि ल्याइए पनि हत्यामै संलग्न भएकाहरू अझै पक्राउ पर्न नसकेको बताए । ‘सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । तर अहिलेसम्म हत्याको कारण र हत्यारा पक्राउ गर्न सकिएको छैन,’ उनले भने ।

फल्ने बेलाको अलैंची सुक्यो

लमजुङ — क्व्होलासोंथर गाउँपालिका ३, बगुमका गमबहादुर घलेको बगानमा अलैंची फल्न थालेको ३ वर्ष भयो । तर, बगानको अलैंची सबै सुकेर यस वर्ष आम्दानी दिएन ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका–३, बगुमका किसानका बारीमा सुकेको अलैंचीको बोट ।

करिब २५ रोपनीमा लगाएको अलैंची सबै सुकेको उनले बताए । ‘अलैंचीको पात र डाँठ सुकेको छ । फल लागेन,’ उनले भने, ‘मेरो मात्रै होइन, समूहमा र व्यक्तिगत रूपमा अलैंची लगाएका सबैको समस्या उस्तै हो ।’

स्थानीयले घले उत्तरकन्या अलैंची समूह गठन गरी ०७२ सालदेखि खेती थालेका थिए । समूहका सचिवसमेत रहेका घलेका अनुसार २१ किसानले करिब २ सय रोपनीमा सामूहिक अलैंची खेती गरेका छन् । केही वैदेशिक रोजगारीबाट आएका र केही गाउँमै खेतीकिसानी गरिरहेकाहरू छन् ।

समूहले गत वर्ष ७ क्विन्टल अलैंची उत्पादन गरेको थियो । यस वर्ष करिब २० क्विन्टल अलैंची उत्पादन गर्ने प्रक्षेपण गरेको थियो । अलैंची दाना लाग्ने बेलादेखि पात र डाँठ सुक्न थालेको किसान बेलराम घलेले बताए । ‘मौसम राम्रो थियो । सुरुमा राम्रै थियो । फल लाग्ने बेलादेखि बिग्रियो,’ उनले भने, ‘४/५ क्विन्टल पनि हुन्छ या हुँदैन, थाह छैन ।’ उनले १५ रोपनीमा अलैंची खेती गरेका छन् । ‘वर्षमा तीनपटक गोडमेल गरेकै हो । चैतमा सुकेका पात फाल्यौं । जेठ र साउनमा गोलमेल गर्‍यौं । पात र डाँठ सबै मर्‍यो,’ उनले भने । गत वर्ष करिब डेढ क्विन्टल अलैंची उत्पादन भएकोमा यस वर्ष आधा क्विन्टल पनि फल्नेमा ढुक्क नरहेको उनले बताए ।

मर्स्याङ्दी गाउँपालिका ७, ताराचोक, सेरा क्षेत्रमा पनि अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । किसान डम्मरसिंह अधिकारीका अनुसार सेराका किसानले लगाएको प्रायः अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । अलैंचीमा रोग लागेको बारे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) लाई जानकारी गराए पनि प्राविधिकहरू आइनसकेको उनले बताए ।

अलैंची जोनका निमित्त प्रमुख हरिबहादुर मिजारका अनुसार किसानले अलैंचीमा देखिएको समस्याबारे जानकारी गराएका छन् । तर सवारीसाधन मर्मतमा रहेकाले किसानको खेतमा पुग्न सकिएको छैन । ‘अलैंची जुन रूपमा स्याहार गर्नुपर्ने हो, त्यो पुगेको छैन । बोट पुरानो भएकाले पनि रोगाएको हो,’ कृषि अधिकृतसमेत रहेका उनले भने ।

मिजारका अनुसार अलैंचीमा केही नयाँ रोग देखिएका छन् । डढुवा तथा गानो कुहिने रोगहरू छन् । ‘हामीसँग स्याम्पल लिएर चेक गर्ने कार्यक्रम छैन । न त हामीसँग ल्याब छ । सबै प्रदेशले गर्छ,’ उनले भने, ‘हामीले अलैंचीमा लाग्ने रोग र यसबाट बच्ने उपाय भने किसानलाई सिकाएका छौं ।’

लमजुङमा १ हजार ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । गत वर्ष २ सय मेट्रिक टन (२ हजार क्विन्टल) अलैंची उत्पादन भएको थियो ।

अन्ततः सत्याग्रहीको सत्याग्रहमा निर्लज्ज सरकार झुक्नै पर्‍यो

अन्ततः सत्याग्रहीको सत्याग्रहमा निर्लज्ज सरकार झुक्नै पर्‍यो

-हरिविनोद अधिकारी

सत्याग्रहबाट तर्सेको नेपाल सरकार अन्ततः सत्याग्रहीसंग सहमति गर्न तयार भयो । आफ्ना मागहरु पूरा गराउन आफैँलाई आमरण अनसनमा राखेर सत्याग्रह गरिरहनु भएका प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनको २८औँ दिनमा त्रिवि शिक्षण अस्पतालकै सहयोगी साथी विकास नेपालीको हातबाट जुस पिएर भोक हडताल तोड्नु भएको छ । नियमित आकस्मिकता जस्तो बनिसकेको डाक्टर केसीको सत्यप्रतिको निष्ठाले यसपटक पनि आफ्नो परिणाम दिएको छ ।
सत्याग्रहको बल यसपटक पनि हाम्रै आँखा अगाडि झलझली देखिएको छ । सायद हिजोका दिनमा गरेका वाचालाई अब सररकारले नबिर्सी कार्यान्वयन गर्ने कुरामा विश्वास गर्नु बाहेक अर्को उपाय नागरिक समाज र आम जनतासँग छैन ।

डाक्टर केसीका पक्षमा स्वतस्फूर्त जनताको समर्थन यसकारण देखियो कि उहाँले राखेका माग पूरा हुँदा या पूरा भएका मागको कार्यान्वयन हुँदा उहाँलाई व्यक्तिगतरुपमा कुनै फाइदा थिएन, छैन । ती माग पूरा हुँदा भुइँमानिसहरुका लागि फाइदा छ, तत्काल ती दुर्गम ठाउँमा स्वास्थ्य सेवाको गतिलो, भरपर्दो र दिगोरुपमा सेवा सुरु हुनेछ ।

नेपालका लागि एउटा जोगी सरहका समाज रुपान्तरणकर्ता, स्वास्थ्य सेवक तथा एक्काइसौँँ शताब्दीका सत्याग्रही वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको १९औँ पटकको अनसनरुपी सत्याग्रह २८ औँ दिनमा त्रिवि शिक्षण अस्पतालमा तोडियो । यो आम जनताका, भुइँ मानिसहरुका लागि सुखद समाचार हो । सत्याग्रहीको सत्यलाई स्वीकार गर्न सरकारलाई करिब २७ दिन लाग्यो । २०७७ साल भदौ २९ गते जुम्लाबाट सुरु भएको सत्याग्रहका लागि आमरण अनसनको कठोर प्रस्ताव सुन्न सरकारलाई करिब २४ दिन लाग्यो र २४ असोजको मध्यरातीमा (२७औँ दिनको मध्यरातमा ) ८ बुँदे सहमति गरेर माग पूरा गर्ने वाचा गरेको छ ।

कसले बोल्यो र कर्णालीका लागि ? कसले बोल्यो र अछामका लागि ? कसले बोल्यो र गेटाका लागि ? बोल्ने र आफू आमरण अनसन बसेर ती ठाउँका लागि र सस्तोमा स्वास्थ्य शिक्षा पाउने हकको प्रत्याभूति दिलाउन केसी नै लाग्नु परेको नाङ्गो सत्य यसपटक पनि देखियो । त्यसैले आम जनताको समर्थन केसीले पाउनु भयो ।

फेरि त्यो सत्याग्रहीलाई के पनि वास्ता छैन भने कसले बोल्यो उहाँका पक्षमा वा विपक्षमा , तर के थाहा छ उहाँलाई भने आफ्नो लक्ष्यमा पुग्न सबैभन्दा ठुलो हतियार भनेको आफैँलाई दुःख दिएर अरुलाई सचेत गराउनु नै हो । त्यसैले यो १९औँ पटकको अनसनले फेरि नयाँ दायित्व समाजलाई दियो-सरकारले पूरा गरेन भने फेरि पनि त्यो सत्याग्रहीलाई आमरण अनसन बस्न बाध्य पार्ने होइन कि सरकारलाई ती माग पूुरा गराउन बाध्य पार्न सक्नुपर्नेछ ।

यी माग पूरा हुँदा र पूरा गर्ने भनेर वाचा गरेका, सहमति गरेका कुरामा सरकार पछि फर्कँदैन होला भन्ने आशा र अपेक्षा गरौँ । किनभने यसमा उहाँको कुनै स्वार्थ लुकेको छैन । भुइँ मानिसहरुको स्वार्थ नै उहाँको स्वार्थ देखिएको छ । यसपटक पनि डाक्टर केसीले विश्वासका साथ सरकारलाई भरोसा गर्नु भएको छ । एउटा सत्याग्रहीको सबैभन्दा ठुलो बल भनेको आफैँलाई दबाब दिनु हो ।

उहाँले यसपटक पनि आम जनताको स्वास्थ्य शिक्षाका लागि आमरण अनसनको दायित्व आफैँमा लिनु भयो र आफूसँग पहिले गरेका वाचा पूरा गराउन बारम्बार आग्रह गर्दा पनि नभएपछि दबाब दिन आफैँलाई भोकै राखेर सत्याग्रह गर्नुभयो । अन्ततः जुम्लाबाट सुरु भएको सत्याग्रहले काठमाडौँमा आएर यसपटकका लागि पूर्ण विराम लगाएको छ । अर्थात् पहिले नै वाचा गरिएका कुराहरुको कार्यान्वयनका लागि गरिएको सत्याग्रहमा सरकारले ढिलो वास्ता गरे पनि अन्ततः सत्याग्रहीको मागमा समर्थन गर्न बाध्य भएको देखिएको छ ।

हामी सबैलाई डर के थियो भने एकातिर डाक्टर केसीको स्वास्थ्यमा जटिलता थपिँदै छ, अर्कोतिर सरकार कानमा तेल हालेर बसेको छ । उहाँमाथि कर्णाली प्रदेशमा र सुदूर पश्चिम प्रदेशमा भएका अपमानपूर्ण व्यवहारले सरकारको अवस्था खुलस्त गरेको थियो । एउटा सत्याग्रहीले ती सबै कुरामा वास्ता नगरी तत्काल गर्नुपर्ने काम पनि सरकारले नगरेको देखेपछि आफैँलाई दुःख दिन कसिनु भयो । र सत्याग्रहको बल फेरि पनि देखियो जसले हठ देखाएर अपमानपूर्ण व्यवहार गरेर आँखा चिम्लेर बसेको सरकारले बाध्य भएर आफैँले गरेका पुराना वाचाहरु सम्झेर फेरि सहमति गर्न तम्सियो ।

डाक्टर केसीको प्रयास र स्वास्थ्य शिक्षामा सम्भावित विकासको बाटो कसरी अवरुद्ध गरिएको रहेछ भन्ने कुरा कोरोनाको महाव्याधिका वेलामा नेपाली जनताले स्पष्ट देखेका छन् । यदि उहाँले भनेको कुराहरुलाई बेलैमा मानेर स्वास्थ्य शिक्षामा रुपान्तरणको काम गरेको भए, स्वास्थ्य शिक्षाका लागि संस्थाहरुको विकास गरेको भए र आवश्यक अस्पतालहरुको व्यवस्था गर्न सकेको भए आज आइ सि यु, भेन्टिलेटर र आइसोलेसनका लागि ठाउँको मारामार हुने थिएन । अक्सिजनको सामान्य उपचार नपाएर सैयौँले ज्यान गुमाउनु पर्ने थिएन र हजारौँ सुत्केरीहरुले बेलैमा उपचार नपाएर अकाल मृत्यु वरण गर्नु पर्ने थिएन । सामान्य सिटामोलका लागि तड्पिनु पर्ने अवस्थाबाट मुलुकको स्वास्थ्य सेवा गुज्रिनु पर्ने थिएन । क्षमतावान विद्यार्थीहरुले पैसाको कमीले चिकित्सक हुनबाट वञ्चित हुनुपर्ने थिएन ।

कसैलाई गाली किन पनि नगरौँ भने यो प्रश्न सत्याग्रहीको पक्षमा मात्र होइन, सत्यको खोजीमा पनि हो । स्वयं सत्याग्रहीको पनि के इच्छा छैन भने कसैलाई लाञ्छना नलगाइयोस् । तर यसको मतलब के पनि होइन भने किन त डाक्टर केसीले १९औँ पटकको सत्याग्रह कर्णालीमा गएर गर्नु परेको हो ?
छातीमा हात राखेर सोच्ने बेला ढिलो भइसकेको रहेछ । धन्न एउटा जोगी कहाँबाट निर्भयताका साथ बोलेकोले आजको सम्भावनाको ढोका खुल्न थालेको देखिएको हो । र पनि सबैको अभिभावक सरकार हो अनि सरकार किन केसीसँग शत्रुतापूर्ण व्यवहार गर्छ र वारम्बार मरे मरोस् जस्तो व्यवहार गर्छ , यसमा चाहिँ अनुसन्धान आवश्यक भएको छ । सत्याग्रही त विषय प्रवेश गराउने हो, चेतना बाँड्ने हो , रुपान्तरको विषयलाई समाजसमक्ष दिने हो ।

अब हाम्रो काम हो आफ्ना लागि आफैँले अनुगमन गर्ने । सचेतता लागि स्वतः नागरिक अनुगमन तीब्र बनाउने । नागरिक समाजको काम अब आएको छ । चेतनासहितको अनुगमनको जिम्मा नागरिक समाजको हातमा आएको छ ।

यति मात्र भनौँ फेरि सत्याग्रहीले २०आँै पटकको सत्याग्रह गर्नु नपरोस् । आफ्ना वाचामा र सहमतिमा सरकार टिकोस् । जसले जसले यसमा पहल गरेर सत्याग्रहीको जीवन बचाउनका लागि लागे, ती सबै नेपाली जनताका धन्यवादका पात्रहरु छन् । अबको पात्र सरकार नै बनोस् जसले गर्छु भनेका कुराहरु पूरा गरोस् । कृतज्ञ नेपालीहरु सत्याग्रहीको यो स्तुत्य प्रयासका लागि साधुवाद दिन चाहन्छन् ।

महात्मा गान्धीले कसरी भारतमा अंग्रेजलाई झुकाउनु भएको रहेछ भन्ने कुराको झझल्को यस्तै कुराहरुले अहिले हामीलाई दिइरहेका छन् । सरकार सहमति गर्ने अनि कानमा तेल हालेर बस्ने काम अब नहोस् भन्ने अपेक्षा राखौँ । सहमतिको मसी नसुक्दै सहमतिलाई लत्याउने काम नहोस् । सरकारले आफ्नो निर्लज्जता फेरि नदेखाओस् र सरकार जनताका लागि इमान्दार पनि हुन्छ भन्ने कुरा सम्झाइरहनु नपरोस् ।


Your Views
Related News