काठमाडौं । भ्रष्ट्राचार विरोधी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै पनि देशका नेताहरुले आफ्नो पैसा बिदेशमा राख्न नहुने बताउनु भएको छ । उहाँले गरिब देशका नेताहरुले जनतालाई लुटेर विदेशमा सम्पति जम्मा गर्ने बताउँदै यस्तो कुरा बताउनु भएको हो ।

एक टेलिभिजनक कार्यक्रममा उहाँले भन्नुभयो, ‘जब तपाँईको कुनै पनि नेताको पैसा विदेशमा हुन्छ, कहिल्लै पनि उसले स्वतन्त्र भएर निर्णय लिन सक्दैन ।’ नेताहरुले आफ्नो चोरी बचाउनका लागि विदेशमा सम्पति जम्मा गर्नेदेखि छोराछोरी पनि उतै राख्न क्रम बढ्दै गइरहेको छ । नेपालका पनि धेरै नेताका छोराछोरीहरु विदेशमा नै अध्ययन गरिरहेका छन् । गरिब देशका नेताहरुले विशेष गरेर यसरी जनतालाई धोका दिने गरेका छन् ।

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री भ्रष्टाचारका आरोपी नवाज सरीफ अहिले बेलायतमा बसिरहेका छन् । उनलाई लक्षित गर्दै इमरान खानले यस्तो बयान दिनु भएको हो । प्रधानमन्त्री खानले विदेशी बैंकमा पैसा रहँदा उनीहरूको स्वार्थ अनुसार काम हुने भन्दै जनताको माग छायाँमा पर्ने बताउनुभयो ।

नेपालमा समय समयमा कुरा उठ्ने गर्दछ कि नेपालका राजनेतादेखि लिएर नाम चलेका व्यवसायीहरुको पैसा विदेशी बैंकहरु अझ विशेष स्विस बैंकमा जम्मा गरिएको छ । खानले गरिब देशबाट पैसा बाहिर जाने भएको हुँदा ति देशहरुमा उद्योग धन्धा सोचे अनुसार सञ्चालन हुन नसकेको बताउनुभयो ।

उहाँले आफ्नो विदेशमा पैसा नभएका कारण आफु के गर्ने, के नगर्ने ? भन्ने कुरामा स्पष्ट रहेको उहाँले जानकारी गराउनु भएको छ । अर्को एक प्रशंगमा प्रधानमन्त्री खानले राजनीति गर्ने व्यक्तिहरूले व्यवसाय गर्न नहुने बताउनुभएको छ

read more news

अत्याधिक नेपाली रहेको दक्षिण कोरियाको विशाल भवनमा भीषण आगलागी

  •  आईतबार २५ असोज, २०७७

दक्षिण कोरिया । अत्याधिक नेपाली कामदार रहेको दक्षिण पूर्वी बन्दरगाह शहर उल्सानमा ३३ तले विशाल भवनमा भीषण आगलागी भएको छ । आगलागीबाट ८८ जना मानिस घाइते भएको रिपोर्ट आएको छ । दक्षिण कोरियाको उल्सानस्थित यो भवनमा रहेको एक अपार्टमेण्टबाट आगलागी सुरु भएको बताइएको छ । अपार्टमेण्ट पूर्ण रुपमा नष्ट भएको छ ।

 

 

 

दक्षिण कोरियाको आन्तरिक र सुरक्षा मन्त्रालयका अनुसार घटनामा ८८ जना मानिस घाइते भएको खबर आएको छ । मृत्यु भएको पुष्टि अहिलेसम्म छैन । केही मिडियाहरुमा आगोले भवन पुरै हल्लिरहेको छ । आगोको मुस्लो आकाशमा तिव्र गतिमा बढिरहेको र कंक्रिडहरु सडकमा खसिरहेका दृष्य देखाइरहेका थिए

 

 

 

 

सयौँ मानिस क्षणभरमा निकालियो
यो गगनचुम्बी भवनमा जब आगलागी सुरु भयो । उद्धारकर्मीहरु सेकण्डभरमा नै आइपुगे । उनीहरुले सयौँ मानिसहरु मिनेटभरमा बाहिर निकाले । उनीहरु यति दक्ष र प्रविधिले सम्पन्न थिए की आगलागी केही मिनेटमा नै नियन्त्रणमा लिए । हेर्दा हेर्दै सबै ठिकठाक भयो । यतिसम्म की आगलागी सुरु भएपछि मानिसहरु आत्तिएर छत, छतमा भागिरहेका थिए । त्यहाँबाटपनि उद्धारकर्मीले उनीहरुलाई उद्धार गरे ।

 

 

 

आगो लाग्नुको कारण अझै खुलेको छैन । ३३ तले यो भवनको ८ र १२ तलाबाट आगो सुरु भएको बताइएको छ । यी दुई तला आगलागीले पूर्ण नष्ट भएको छ । तपाईलाई बनाउँकी यसरी आगलागी हुँदासमेत बाँकी तलाहरु सुरक्षित छन् । यो भवन निर्माण गर्दा नै यति बलियो बनाइएको दावी गरिएको छ की अहिलेसम्मका भूकम्प र आगलागीले क्षति गर्न नसक्ने बताइएको छ ।


Your Views
Related News