काठमाडौं । कतिपय उपभोग्य वस्तुमा निहित स्वस्थ्यकर तत्वलाई सम्झेर हामी त्यसलाई प्रयोग गरिरहेका हुन्छौं । स्वस्थ्यकर तत्वमात्र हैन यी वस्तुको प्रयोग गरिने मौसमलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ ।

उपयुक्त समयमा उपभोग नगर्दा स्वस्थ्यकर वस्तु नै विष समान हुने भएकोले पनि वस्तुको उपभोग मौसमलाई सुहाउँदो रहे/नरहेको यकिन गर्नु उपयुक्त हुन्छ । अझ विशेषगरी जाडो मौसममा यस विषयमा चनाखो हुनु अति आवश्यक छ ।

१. दही

सामान्य अवस्थामा हाम्रो शरिरको लागि दही अति फाइदाजनक हुन्छ । यसमा भएको ब्याक्टेरियाले हाम्रो पाचन प्रणालीलाई अति सहज बनाउन भने शरिरको आँतमा रहेको अनावश्यक गर्मीलाई नियन्त्रण गर्न पनि यसले सघाउँछ ।

यतिका फाइदाका बावजुद जाडो महिनामा दही प्रयोग नगर्नु बुद्धिमानी हुन्छ । दहीको प्रयोग गर्नाले शरिरलाई चिसो हुने तथा रुघा लाग्न सक्ने हुनसक्छ । यो बढ्दै गएर निमोनियासम्म हुनसक्ने भएकोले पनि जाडो मौसममा दहीको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ । दहीमात्र खाँदा यसरी बेफाइदा हुने भएपनि कडि पकाएर वा अन्य तरकारीको ग्रेवीको रुपमा भने दही प्रयोग गर्न सकिन्छ ।

२. बाबरी
गोलभेडाको अचारमा बाबरी अर्थात् पुदीना मिसाएर खान मजा आउने भएपनि बाबरीको प्रयोग जाडो महिनामा गर्नु लाभदायक हुँदैन ।

बाबरीले शरिरलाई तत्कालै ठण्डा गराउने भएकोले पनि जाडो मौसममा यसको प्रयोग शरिरको आवश्यकताको विपरित हुनसक्छ ।

३. फलफुल

फलफुलमा पाइने हरेक तत्व मानव शरिरको लागि हितकारी छ । तर यसको प्रयोग सहि समयमा गरिएन भने यसले शरिरलाई रोगी बनाउन सक्ने भएकोले फलफुलको प्रयोगमा सचेत हुन आवश्यक छ ।

बिहान तथा बेलुकाको चिसो समयमा चिसो फलफुलको प्रयोगले शरिरलाई बेफाइदा गर्ने तथ्य सिद्ध भइसकेको छ । अझ चिसो मौसममा पाइने सुन्तला, केरा जस्तो अति चिसो हुने फल गलत समयमा प्रयोग गर्दा चिसो सम्बन्धी रोगले ग्रसित भइन्छ ।

यसको विपरित घाममा लामो समय बस्दा सुन्तला वा केरालाई पनि घाममै राखेर सिमित मात्रामा प्रयोग गर्दा त्यसले खासै अहित गर्दैन ।

४. चिसो पानी

जाडो होस् वा गर्मी, चिसो पानीले प्यास मेटिन्छ । तातो पानी नरुचाउने संख्या बाक्लै हुन्छ ।

हाम्रो शरिरको बाहिरी भागलाई जाडो महिनामा लुगाहरुले बचाए पनि शरिरको अन्तर भागमा चिसो पानीले प्रहार गर्दा सजिलै शरिरलाई ठण्डी लाग्न सक्छ ।

सोही कारण पनि जाडो महिनामा स्वादको लागि नभइ स्वास्थ्यको लागि पनि तातो पानी पिउनु राम्रो हुन्छ ।

५. चिसो खाना

अहिलेको व्यस्त समयमा हामीलाई खानाको स्वाद भन्दा पनि पेट भर्ने मात्र ध्यान रहन्छ । सोही कारण पनि यस्तो दुर्लभ समय जोगाउनको लागि चिसै खाने प्रवृत्ति बढ्दो क्रममा रहेको छ ।

जाडो महिनामा यसरी चिसो खानाको सेवन गर्नु भनेको रोगहरुलाई निमन्त्रणा दिनु हो । सोही कारण अन्य कामबाट समय निकालेर भएपनि सकेसम्म ताजा खाना नत्र बासी भएपनि तातो बनाएर खाने बानी बसाल्दा अनावश्यक रोगको चपेटामा परिंदैन ।

READ MORE NEWS

कपाल कालो बनाउने घरेलु उपाय

एजेन्सी । मानव शरिरमा छाला र कपाल संवेदनशील हुन्छ । कपाल सेतो हुने समस्या उमेर ढल्केका मानिसलाई मात्र नभइ युवामा पनि देखिने गरेको छ । कपाललाई कालो बनाउने कृत्रिम प्रविधि अर्थात् हेयर डाई गर्नु छोटो अवधिको लागि मात्र हुन्छ । यसको विपरित प्राकृतिक रुपमा कपाल कालो बनाउँदा दिर्घकालीन हुनुको साथै अन्य साइड इफेक्टबाट पनि बच्न सकिन्छ ।

यस्तै प्राकृतिक विधिको बारेमा यहाँ चर्चा गरिएको छ ।

– नरिवलको तेल र करीका पातहरु मिसाएर कपालको लागि टोनिक बनाउने    

२ चम्चा नरिवलको तेल र ६ वटा करीको पातको मिश्रणलाई भाँडोमा पकाउने । उक्त समिश्रण चिसो भएपछि कपालमा लगाइ मालिस गर्ने । यस समिश्रणले सेतो हुँदै गएको कपाललाई कालो बनाउँन मद्दत गर्छ ।

– करीका पातहरु नरिवल र दहीको मिश्रण 

  
३ चम्चा दही, ६ वटा करीको पात र एक चम्चा नरिवलको तेललाई मिलाई पेष्ट तयार गर्ने । २०÷२५ मिनेटको पछि यसलाई लगाउने । हप्तामा दुई तिन पटक यसरी पेष्ट लगाउनाले पनि कपाललाई कालो बनाइ राख्न पद्दत गर्छ ।

– करीका पात र नरिवलको चिया

   
एक भाँडो पानी लिएर पातहरु हाल्ने, कागतीको रस नरिवलको तेलमा हाल्ने, यसलाई कालो रंगको चिया जस्तो नभएसम्म मिश्रणलाई पकाउने । १५–२० मिनेट पछि सेलाएपछि उक्त औषधीलाई कपालमा मजाले लगाउने र केहि समयपछि पखाल्ने । यसो गर्नाले कपाललाई कालो बनाउन सकिन्छ ।

– करीको पातको र लौकाको पेष्ट

   
लौकाको टुक्रा र १० वटा करीको पातको नरीवलको तेलमा भिजाएर ३/४ दिन राख्ने । त्यसपछि यसलाई कालो नभइन्जल उमाल्ने र ग्याँस बन्द गर्ने । कालो भएको तेललाई हप्ताको दुई पटक तेल १ घण्टा सम्म तेल    लगाउने । यसले पनि कपालको कालोपनलाई फर्काउन मद्दत गर्छ ।

यी उल्लेखीत घरेलु विधिहरुको प्रयोग मितव्ययी हुनुको साथै हितकारी रहेको बताइन्छ । अनावश्यक केमिकलको प्रयोगले कपाल लगायत छालालाई खराब गर्ने भएकोले बेलैमा यसबारे सचेत हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

बुध्द एयर २४ औं वर्षमा प्रवेश, कस्तो रह्यो बुध्द एयरको २३ बर्षको उडान

उडिरहेको विमानमा महिलालाई अकस्मात् बेथा लागेपछि कसरी गराइयो सुत्केरी ?
अहिले सम्झिँदा डा. शैलजा वल्लभनेनी आफैँलाई पनि विश्वास लाग्दैन कि उनले जमिनभन्दा हजारौँ फिट माथि उडिरहेको विमानमा एक महिलालाई सुत्केरी गराइन्। सुत्केरी गराउने बेला विमानमा कैँची, स्यानिटाइजर र पट्टी मात्र उपलब्ध थियो। आकाशमा जन्मिएको भारतको सम्भवतः यो पहिलो बच्चा हुनुपर्छ।

हुन त बच्चा जन्मिने बेला विमानमा रहेका अरू यात्रीले पनि सघाएका थिए। उनीहरूले महिला र नवजात शिशुका लागि आवश्यक तौलिया, प्याड र डाइपर लगायतका सामान उपलब्ध गराए। सुत्केरी गराउने क्रममा विमानमा रहेका एकजना प्लास्टिक सर्जनले पनि डा. शैलजालाई सघाए।

बेङ्गलुरुस्थित क्लाउड नाइन अस्पतालमा भ्रूण चिकित्सा विशेषज्ञ रहेकी डा. शैलजाले बीबीसी हिन्दीसित भनिन्, “मलाई अहिले पनि विश्वास भइरहेको छैन कि मैले त्यसरी सुत्केरी गराउन सकेँ।” दुई दिनअघि दिल्लीबाट बेङ्गलुरु गइरहेको विमानमा उनले एक महिलालाई सुत्केरी गराएकी हुन्। उनी भन्छिन्, “विमानहरूमा यस्तो विशेष अवस्थाका लागि ‘बेसिक प्रेग्नेन्सी किट’ राख्नुपर्ने हो।”

उडानको क्रममा के भएको थियो ?

दिल्लीबाट विमान उडेको आधा घण्टापछि एक चिकित्सक चाहियो भनेर विमानमा घोषणा भयो। रियादमा प्लास्टिक सर्जनका रूपमा काम गर्दै आएका डा. नागराज सहयोगका अगाडि सरे।

डा. शैलजा भन्छिन्, “उनलाई सहयोग चाहिन्छ होला भनेर म विमानको पछाडिबाट उठेर गएँ। साढे सात महिनाकी गर्भवतीलाई सहयोग चाहिएको भनेर चालक दलका सदस्यले मलाई बताए।”

सुरुमा गर्भवती महिलाले पेट दुखिरहेको बताएपछि डा. शैलजाले गर्भ तुहिएको हुनसक्ने आशङ्का गरिन्। योनिबाट रगत बगिरहेको छ वा छैन भनेर सोध्दा ती महिलाले सुरुमा छैन भनेकी थिइन्।

गर्भवती महिला शौचालयबाट निस्किरहँदा रगतका छिटा देखिएको डा. शैलजाले बताइन्। उनी गर्भवती महिलानजिक पुग्दा शिशुको टाउको अलिकति बाहिर निस्किसकेको थियो। डा. शैलजा भन्छिन्, “मैले कैँची लिएर त्यसलाई निस्सङ्क्रमण गरेँ र शिशुको नाल काटेँ अनि शिशुलाई पट्टीले बेरिदिएँ।”

“त्यसपछि अरू यात्रीहरू विभिन्न सामानसहित सहयोगका लागि अघि सरे अनि मैले शिशुलाई सफा गरेँ र शिशु सकुशल रहेको सुनिश्चित गरेँ।” डा. शैलजाका अनुसार विमानमा दुइटा सुई (इन्जेक्शन) उपलब्ध थियो जसको प्रयोग महिलामाथि गरियो। पछि योनिबाट रगत बग्न रोकियो र सुत्केरीले शिशुलाई स्तनपान गराइन्। विमानका चालक सञ्जय मिश्रासँग भारतीय वायुसेवामा काम गरिसकेको अनुभव थियो।

डा. शैलजा भन्छिन्, “पाइलट मिश्राले हैदराबादमा विमान अवतरण गर्न सकिने मलाई भन्नुभयो। तर शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको भन्दै मैले विमानलाई आकस्मिक अवतरण गराउन नपर्ने जानकारी गराएँ।” डा. शैलजाका अनुसार ‘नर्मल डेलिभरी’ नभएको भए विमानमा बच्चा जन्माउने उनीहरूसँग अर्को कुनै विकल्प थिएन।

आकाशमा शिशु जन्माउनुपर्ने आपत्कालीन अवस्थाका लागि विमानहरूमा ‘आधारभूत प्रेग्नेन्सी किट’ राख्नुपर्ने उनको सुझाव छ। डा. शैलजा भन्छिन्, “त्यति बेला विवेकको प्रयोग काम लाग्यो। शिशु र आमाको ज्यान कसरी बचाउन सकिएला भनेर मैले सोच्न थालेँ। र विमानभित्र जे जे उपलब्ध थिए तिनको प्रयोग गरी मैले सुत्केरी गराएँ।”

दश वर्ष महिला रोग विशेषज्ञको रूपमा काम गरेकी उनले पछि भ्रूण चिकित्सा विशेषज्ञ भएर काम गर्न थालिन्। डा. शैलजा भन्छिन्, “विमानबाट ओर्लिएपछि सुत्केरी र शिशुलाई तत्काल अस्पताल पुर्‍याइयो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दुवैको स्वास्थ्य अहिले ठिक छ।”


Your Views
Related News