काठमाडौं । देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका रहेका छन् ।

 

 

 

दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउँछन् । उनले भने, “निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच लाख रुपियाँ तलब दिनुपर्छ । कोरोनाले केही महिना यता विद्यालय बन्द हुँदा हामीले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ ।’

 

 

 

दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राख्न बाध्य भएको उनको भनाइ छ ।

 

 

उनी थप्छन्, “असारसम्म त हामीले बनाउँदै गरेको विद्यालय भवनको निर्माणको काम रोकेर त्यसको बजेटले शिक्षकलाई तलब दिएका हौँ । अहिले त साउन यता तलब दिएको छैन । दशैँको मुखमा न उहाँहरूलाई तलब दिन सकिन्छ न त विद्यालयमा नियमित पढाऔँ भन्न सकिन्छ ।”

 

 

 

निजी स्रोतका शिक्षकलाई दिइने तलबको स्रोत विद्यार्थीबाट लिइने चन्दा रकम नै भएको जनाउँदै उनले त्यो रकम उठाउन नपाइने भएपछि समस्या भएको बताए । यो समस्या अहिले नेपालभित्रका झण्डै २८ हजार निजी स्रोतका शिक्षकले भोगिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापा बताउँछन् ।

 

 

 

उनले भने, “विद्यालयले नै आन्तरिक स्रोतमा तलब भत्ता खुवाउने गरी निजी स्रोतमा शिक्षक राख्ने प्रक्रिया नै गलत छ । विद्यार्थीको चापका आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहुँदा विद्यालय आफ्नै शिक्षकलाई तलब खुवाउन नसक्ने समस्यामा रहेको उहाँको बुझाई रहेको छ ।

read more news

अनैतिक क्रियाकलापमा संलग्न गेष्ट हाउस सञ्चालकसहित १४ जना पक्राउ

  •  आईतबार २५ असोज, २०७७

काठमाडौं । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।

 

 

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

read more news

धरानमा कोरोनाले थप तीनको मृत्यु

  •  आईतबार २५ असोज, २०७७

काठमाडौं । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गाैलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको श*व व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


Your Views
Related News