काठमाडौ । इन्डियन प्रिमियर लिगको आजको खेलमा किंग्स इलेभेन पन्जाब मात्र २ रनले पराजित भएको छ । युएईमा जारी लिगको आजको खेलमा कोलकाता नाइट राइडर्ससँग किंग्स इलेभेन पन्जाब झिनो अंकले पराजित भएको हो ।

 

इपीएल अन्तर्गतको आजको खेल २४ औं खेल हो । जितको सम्भावना बोकेको बढ्दै गर्दा ब्याट्सम्यानले राम्रो प्रदर्शन गनृ नसक्दा पराजित हुन पुगेको हो ।

 

 

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सफल भएको थियो ।

 

 

१ सय १५ रन बनाउँदा पञ्जाबको पहिलो विकेट गुमेको थियो। पन्जाबका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाउन सफल भएका थिए । त्यस्तै कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिन सफल भएका थिए ।

 

 

त्यो भन्दा पहिले आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाएका थिए ।

read more news

खेल हारेसँगै धोनीका फ्यानहरुले उनकी ५ बर्षकी छोरीमाथी सोच्नै नसक्ने कार्य गर्ने चेतवानी आएपछि

काठमाडौं । क्रिकेट भारतसहित विश्वका धेरै देशहरुको एक धर्म हो । भारत, पाकिस्तानजस्ता देशका मानिसहरुको दिमागमा किक्रेट यतिसम्म सवार छ कि मान्छेहरु हद भन्दा माथि जान थाल्छन् । खेललाई लिएर केही मान्छेहरु खेलाडीमाथि व्यक्तिगत रुपमा जाइलाग्ने गर्छन ।

 

 

यसको सबैभन्दा नयाँ उदाहरण बुधवार चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स बीचको खेलमा देखिएको छ । यस खेलमा, महेन्द्र सिंह धोनीको टोली सीएसके १६८ रनको लक्ष्य पछ्याउन असफल भयो र खेल हार्यो । खेलमा धोनीको प्रदर्शन पनि राम्रो थिएन ।

 

 

खेल हारेसँगै धोनीका फ्यानहरुले सामाजिक सञ्जालमा दिएको प्रतिकृयाले सबैलाई हैरान बनाएको छ । केकेआर बिरूद्ध पराजित भएपछि चेन्नईका खेलाडीहरूले सोशल मीडियामा धोनीको खुलेरै आलोचना गरिरहेका छन् । केही खेलाडीहरूले फ्यानका तर्फबाट निकै तिव्र आलोचना खेप्नुपर्यो । तर हद त्याँ पार भयो, जब धोनीकी छोरी पनि यस मूर्खताको चंगुलमा फसिन् ।

 

 

 

हो, खेल पछि धोनीकी ५ वर्षीया छोरी जिवा धोनीमाथि समेत असह्य काम भयो । यतिसम्मकी उनीमाथी सोच्नै नसक्ने कार्य गर्ने चेतावनी दिएका छन् । बुधवार केकेआर बिरुद्धको खेल पछि धोनी र साक्षीले इन्स्टाग्राममा त्यस्तो सन्देश पाएका हुन् । यो पहिलो पटक होइन, जब खेलका कारण फ्यानहरुले खेलाडीहरुको खुलेरै आलोचना गरेका छन् ।

 

 

भर्खर विराट कोहलवीको खराब खेलका कारण उनकी श्रीमती अनुष्का शर्माले पनि यस्तै खालको व्यवहार सहन गर्नुपरेको थियो ।

read more news

एनआरएनएले कान्तोमा रनिङ कप गर्ने

  •  शनिवार २४ असोज, २०७७

काठमाडौ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।

 

 

 

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली सङ्घ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुुने विश्वास राखेको छ ।

 

 

 

 

उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाउनुभयो ।


Your Views
Related News