इलाम । कोरोना महामारीको संक्रमण रोकथाम गर्न गत २०७६ को चैतबाट बन्द भएका इलामको श्री अन्तुका होटल, कटेज तथा होमस्टेहरू खुल्न थालेका छन् । कोभिड–१९का कारण पर्यटकलाई गरिने सत्कार शैलीमा परिवर्तन भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने सर्तमा नै खोलिएको होमस्टेमा आउने पर्यटकलाई नमस्कार गर्ने गरेको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले मगर बताउँछन् । ‘यति बेला फाट्टफुट्ट पर्यटक आउन सुरु त भयो । तर, मापदण्ड पूरा गर्दैगर्दा पर्यटक नै पो रिसाइदिन्छन् कि भन्ने डर भएको छ ।’

खादा फूल दिएर मौलिक रूपमा पर्यटकलाई सत्कार गर्ने शैलीमा परिवर्तन गरिएपछि कतै पर्यटकले नराम्रो सोच्ने हुन् कि भन्नेमा उनीहरू देखिन्छन् ।

अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन्

मौसम खुले सँगसँगै अन्तुमा पर्यटकको आउने गर्दछन् । वर्षा सकिएर घाम लाग्ने र आकाश खुल्ने क्रम बढेपछि अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेकाले त्यहाँ आउने पर्यटकको आकर्षण बढ्नेगर्छ । श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरे पनि यस वर्ष कोरोना संक्रमण त्रासका कारण आन्तरिक र छिमेकी जिल्ला झापाबाट मात्र पर्यटक आउन थालेका छन् ।

यो पनि पढ्नुहोस  नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन् । सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् । गत वर्ष यो समयमा अन्तुमा बास पाउन गाह्रो थियो तर, यति बेला भने फाट्टफुट्ट मात्र पर्यटक देखिन थालेका छन् । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं देखेपछि मनमा आनन्द आउनेगर्छ । समुन्द्री सतहदेखि ७ हजार ६३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।

READ MORE NEWS

कोरोना अपडेटः यी हुन् उच्च सङ्क्रमण रहेका १० देश

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख  ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ ।  कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ७७ हजार ६३० जना पुगेको छ ।  यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७४ लाख ७८ हजार पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ८१ लाख १८ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

भक्तपुरमा चिया पसलभित्र तास खेल्ने चार जना पक्राउ

२५ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिले तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन् ।

थिमिका डीएसपी ऋषिराम कँडेलका अनुसार शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित भएको थियो ।

त्यसक्रममा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कँडेलले बताए । उनका अनुसार तास खालबाट ७६ हजार ८ सय रुपैयाँ र पक्राउ परेका व्यक्तिबाट ३२ हजार ५ सय रुपैयाँ गरी जम्मा एक लाख ९ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।


Your Views
Related News