मेक्सिको सिटी : मेक्सिकोले कोभिड १९ को खोपका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई १ सय ५९ मिलियन भन्दा धेरै अर्थात्, १६ करोड रुपैयाँ भुक्तान दिएको छ ।

कोभेक्स कार्यक्रम अन्तर्गत खोप उपलब्ध गराउन मेक्सिकोले उक्त रकम तिरेको यही शनिबार जानकारी दिएको छ । डब्लूएचओको कोभेक्स कार्यक्रममा विश्वका अधिकांश देश सहभागी छन् । यसै अन्तर्गत खोप उपलब्ध गराउन विभिन्न देशले डब्लूएचओलाई पैसा तिर्नुपर्छ ।

मेक्सिकोले यस पटक डब्लूएचओलाई पैसा तिरेपछि उसको १२ करोड भन्दा धेरै जनसंख्यामध्ये पाँच भागको एक भाग जनसंख्यालाई पुग्ने खोप पाउनेछ । मेक्सिकोको परराष्ट्र मन्त्रालयका अनुसार उसले अरु थप जनसंख्याका लागि पनि खोप उपलब्ध गराउन प्रक्रिया अघि बढाइसकेको छ ।

मेक्सिकोमा कोरोनाभाइरसका कारण संक्रमितको संख्या ८ लाख १० हजार भन्दा धेरै पुगिसकेको छ । साथै ८३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । मेक्सिकन सरकारले डब्लूएचओको कोभेक्स कार्यक्रमसँग सम्झौतापत्रमा गत महिना हस्ताक्षर गरेको थियो ।

READ MORE NEWS

निदाउन नसकेको रात

झ्यालमा टङ्ग्याइएको कालो पर्दाबाट बाहिर विस्तारै चिहाउँछु म। जूनको उज्यालोमा ती कृतिम प्रकाशले आफ्नो अस्तित्व खोजिरहेको भान हुन्छ। यद्यपि मौन छ बाह्य वातावरण न कुनै चराको चिर्बिर, न त कुनै मानव कोलाहल नै।

एकतमासले छिल्लीएको छ चिसो बतास अनि त्यही हावाको सहारामा आकाशमा कालो बादलले चम्किलो चन्द्रमालाई एकोहोरो पछ्याइरहेछ, यदाकदा छोइडुम खेलेजस्तो भान हुने गरी। यसो हेर्दा लाग्छ, यिनै बाहिर पोलमा झुन्डिएका विचरा ती बत्तीहरुले बादललाई गुनासो गरी चन्द्रमाको त्यो मधुर उज्यालोलाई छेक्न लगाए जस्तो।

चिसो हावा सँगसँगै तप-तप आवाजमा पानीका थोपाहरु खसिरहेछन्, अस्ती भर्खर मात्र सुइय… सुइय… गर्दै बतासीने पातहरु आज आधारविहीन छरपस्ट छन्, बिल्कुल एक्लोपनमा अत्तासिएका जस्ता, कुहिँदै छन् भुइँमा। हरियालीले ढपक्क ढाक्ने रुखहरु पनि यति छिट्टै उजाडिदै छन्। सायद बुढा भइसके वा यो सबै सहने सामर्थ छैन अब तिनमा।

एकछिनसम्म एकोहोरीरहेँ, अनेकौ झरी झरी हिड्दै आएको म पनि कुन झरीमा छुटेर उतै रुझीरहेको छु, गन्तव्य नै बिर्सिने गरी अल्झिरहेको छु, ठम्याउनै सकिनँ।

सुनसान छ रात, बोलिरहेछ त केबल पारि भित्तामा झुण्डिएको विचरा त्यो बुढो घडीको सेकेन्ड सुइ अनि ल्यापटपमा सानो स्वरमा गुञ्जिरहेको सुमधुर धुन। जसले मलाई सधैँ आँखामा निद थमाइदिने कोशिस गर्छ तर मलाई यो निष्पट अँध्यारो कोठामा पाइने शान्त एकान्त भित्रको चिच्याहट अनि त्यही बाहिर एकतमासले चलिरहेको चिसो बतासभित्रको सामिप्यता, एक्लोपननै प्यारो लागीरहेको थियो।

अक्सर ननिदाउँने मेरा नयनहरु खुबै सुत्ने चेस्टा गर्दैछन्। अफसोच्, अनेकौँ प्रयासपछि पनि तिनै नयनहरु निद्रामाथि हावी भएका छन् किनकी जब घडीको त्यो टिकटिक आवाजले मेरो छिटो छिटो धड्किरहेको मुटुको ढुकढुकसँग तालमा ताल मिलाउन थाल्छ, तब बिथोलिन थाल्छ मत्थर मन।  हुडलिन थाल्छ्न अनेकन तर्क र वितर्क अनि सुरु हुन्छ युद्ध, त्यही पनि आफै मन विरुद्ध।

अन्ततः यो द्वन्दको जिम्मेवार यिनै देख्ने आँखा र बोल्ने ओठले लिन्छन्। रसाउछन् आँखा त सुक्छन् ओठ। दिनहरु यति छोटा अनि न्यास्रा थिए की साँझ ५ नबज्दै अँध्यारो हुन थालिसकेको थियो आजकल अनि त्यहीमाथि लगातर केही दिनदेखि अत्यास लाग्ने दिनरातको झरी परीरहेको केही गर्नै मन नलाग्ने गरी।

आज त छिट्टै सुतेर सबेरै उठ्छु भन्ने प्रणका साथ ९ बजेनै विस्तारामा ढल्केको म घरी यता कोल्टे फेर्छु त घरी उता। कहिले गीत सुन्न थाल्छु त कहिले सबै बन्द गर्छु। कहिले बत्ती निभाउछु त कहिले बाल्न पुगेको हुने रहेछु, म आफै के भईरहेछ भन्ने कुरामा अनविज्ञ थिएँ सायद।

खै के बितिरहेको थियो मनमा हो या दिमागमा, निन्द्रा पर्ने सुरसार नै थिएन। बाक्लो अनि मुलायम डसना पनि बिझाईरहेको थियो त्यसदिन। यस्सो झुपुक्क पर्न लाग्छु त बाहिर हुइय.. हुइय.. गर्दै चलेको बतासको आवाजले झल्यास्स पार्दिन्छ। केही सीप नचलेर दुई दिनदेखि अन इन्स्टल गरेको इन्स्टाग्रामको एप डाउनलोड गरी मेरो अकाउन्ट लगिन गर्छु। अनि पहिले मेसेज बक्स चेक गर्छु, केही मेसेजको रिप्लाई गरेर स्टोरिज र न्यूज फिड स्क्रोल गर्न तिरै व्यस्त हुन्छु म।

बिहानीको झिस्मिझे उज्यालो भईसकेको थियो। त्यस्तै करिब ४ बजेको हुँदो हो तर मन भने अझै पनि अशान्त नै थियो। यत्तिकैमा मोबाइलको स्क्रिनमा बेतोडले दौडिरहेका आँखाहरु एक्कासी अडिन पुग्छन। पिपुल यू मे नो मा भेटिएकी उनलाई देखेर पनि नरोकिने सामर्थ्य कसरी राखुन् मेरा यी लुट्पुटिएका साना दृष्टि?

मधुर चाँदनीको जुन जस्तो धपक्क बलेको अनुहार, चम्किला आँखा, पातलो आँखीभौ, लामा अनि मिलेका परेला, मिलेको जीउडालमा रातो र पहेको रङ मिस्सिएको कुर्ती, रातै सल, अगाडि ल्याइएको लामो स्ट्रेट कपाल अनि कालो बिन्दीमा अत्यन्तै सुन्दर देखिएकी थिइन् उनी।

कतै तस्बिर नै पो बोलिहाल्ला जस्तो,  अरुभन्दा बिल्कुल फरक देखिन्थिन्। लाग्थ्यो, भर्खर मात्र टिनएज पार गरे जस्तो देखिने उनी पूर्णरुपमा व्यवहारिक छन्। जीवनलाई सूक्ष्म रुपले बुझेकी छिन् अनि पारिवारिक जिम्मेवारीलाई राम्रोसँग निभाउन सक्छिन्।

म एक्कासी ठूलो असमनजस्यमा फस्न पुगेँ, सोच्न बाध्य बने की उनलाई फलो गरुँ या नगरुँ। गरुम् त चिनेको छैन, नगरुम् त उनीबाट परिवर्तित ती अमूल्य गुणहरुबाट लालयित भईसकेको थिएँ म। उनको पब्लिक रहेको इन्स्टाग्राम प्रोफाइल हेर्दा हेर्दै म कुन बेला भुसुक्क निदाएछु पत्तै भएन।

उनका ती तस्बिरहरुमा टोलाउदा टोलाउदै लठ्ठिएका मेरा आँखाहरु र भड्किरहेको दिमागले उनको नाम नै याद गर्न बिर्सेंछन्। खैर, उनको नाम सम्झना नभए पनि उनी मेरो भित्री मनमा ताजै छिन्। अझै पनि उनलाई भेट्ने उत्तिकै आशा सहित यो मन र यी कञ्चन आँखाहरु उनीलाई नै पर्खीरहेका छन्।

 


Your Views
Related News