काठमाडौं : जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई नेपाली काँग्रेसले आफ्ना सभापति शेरबहादुर देउवालाई लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौति दिएको छ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता भट्टराईले बुढीगण्डकी जलविद्युत परियोजनामा देउवासँगै प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गरेको दाबी गरेका थिए।

उनले भ्रष्टचार गरेको प्रमाण आफूसित भएको दाबी गरेपछि काँग्रेसले आइतवार उक्त चुनौति दिएको हो।

‘काँग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ नेपाली काँग्रेसले भनेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति निकाल्दै भट्टराईलाई बुढिगण्डकी परियोजना विदेशी कम्पनीलाई सुम्पने प्रकरणप्रति नेपाली काँग्रेसले सार्वजनिक रूपमा विरोध गरेको दाबी गरिएको छ।

नेपाली काँग्रेसको नेतृत्वको सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा एक विशेष समिति गठन कांग्रेसले जनाएको छ।

डा. भट्टराईले बुढीगण्डकीबारे अध्ययन गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कांग्रेसले प्रमाण सार्वजनिक गर्न पनि भट्टराईलाई चुनौति दिएको छ। ‘हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन। तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म सँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ,’ काँग्रेसले भनेको छ।

READ MORE NEWS

सार्क पर्यटन बोर्ड गठन गर्न सुझाव


Your Views
Related News