काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का स्थानीयहरु घरमाथिको ठूलो ढुंगा खस्ने त्रासमा लामो समयदेखि बस्दै आए । नाम्फादेखि १ किलोमिटर माथि र सञ्च गाउँभन्दा करिब २०० मिटर तल १७/१३/१२ क्यू फिटको विशाल ढुंगा थियो ।

 

 

तर, उक्त ढुंगालाई नेपाली सेनाले हटाएको छ । असोज २३ गते रोटरी ड्रिल र पदार्थको सन्तुलित मात्रा प्रयोग गरेर उक्त ढुंगालाई सुरक्षित रुपमा हटाइएको जनसम्पर्क तथा सूचना निर्देशनालयका सहाकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

 

 

असोज ६ गते बसेको जिल्ला व्यवस्थापन समिति, सिन्धुपाल्चोकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तैनाथ नेपाली सेनाको गोरख बक्स गण, कालीसिद्धी गण तथा, माथिल्लो बलेफी हाइड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुंगालाई सुरक्षित रुपमा हटाउनको लागि निर्देशन दिएको थियो । जसलाई ‘अपरेशन नाम्फा बचाउँ’ नाम दिइएको थियो ।

 

 

विशाल ढुंगा सुरक्षित रुपमा हटाउन सफल भएकोमा २५ असोजमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुको सम्मानमा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरुले एक कार्यक्रम आयोजना समेत गरेका छन् । कार्यक्रममा नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशिल रहने सेनाले जनाएको छ ।

 

 

२०७२ सालमा आएको भूकम्पको कारण ढुंगा पहिलेको स्थानबाट केही मात्रामा सरेर तल होचो भूभागमा झरेको थियो । सो ठाउँका जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा जुगल गाउँपालिका–२ अन्तर्गत सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँ त्रासमा थियो ।

 

 

सो ढुंगाले गम्भीर मानवीय र भौतिक क्षति पुर्याउनको साथै बलेफी खोला थुनिन गई निर्माणधिन बलेफी हाइड्रो पावर प्रोजेक्टलाई समेत ठूलो असर पार्ने निश्चित रहेको स्थानीयसावीले बताउँदै आएका थिए । ढुंगाको कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरमा भौतिक तथा मानवीय क्षति हुनसक्ने सम्भावना थियो ।

read more news

आफ्नै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएपछि ढल्ने भयो नेकपा सरकार

  •  आईतबार २५ असोज, २०७७

काठमाडौ । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार ढल्ने भएको छ । आइतबार नेकपा नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

 

 

 

प्रदेश सांसद यमलाल कडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको कडेलले जानकारी दिए ।

 

 

हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् । यो बीचमा कुनै सहमति भएन र प्रस्ताव औपचारिक रुपमा अघि बढेसँगै संसदबाट सरकार ढल्ने निश्चित छ ।

read more news

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

  •  आईतबार २५ असोज, २०७७

काठमाडौं । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताउनुभयो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।


Your Views
Related News