काठमाडौ । राणाशाही छँदाताका तत्कालिन राजा त्रिभुवन वीर बिक्रम शाहमा रहेको भारतको कलकत्ता मोह राणाशाहीको अन्त्यपछि पनि सेलाएन। विभिन्न बहानामा उनी कलकत्ता पुगिरहे। मुम्बईलगायत भारतीय सहरमा उद्देश्यबिनै रल्लिने गरिरहे। त्रिभुवन त्यसरी बिनाकारण भारत गइरहँदा भारतीय नेताहरूले पनि असहज महसुस गर्न थाले।

 

 

 

राजर्षि ठाँट र पदीय ओज बिर्सिएर त्रिभुवनले भारतका नगण्य मानिससँग हिमचिम बढाएको भन्दै भारतको सर्वोच्च तहबाटै असन्तुष्टि जाहेर भयो। ‘नेपालका राजा भारत आउँछन् र भारतका झिनामसिना व्यापारी तथा महिलासँग नचाहिँदो किसिमले हिमचिम बढाउँछन्’ भन्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूबाटै असन्तुष्टि व्यक्त गरियो।

 

 

 

नेहरूले सीधै राजालाई आचरण सुधार्ने र राजर्षि मर्यादा कायम गर्ने सुझाव दिन चाहिँ संकोच माने। नेपालका सर्वोच्च नेताहरूमार्फत उनले राजाप्रतिको आफ्नो असन्तुष्टि जाहेर गरे।

 

 

बीपी कोइराला एकपटक दिल्ली गएका बेला नेहरूले उनीसँग त्रिभुवनको आचरणसम्बन्धी प्रसंग झिके। ‘तिम्रा राजा कलकत्ता आउँछन्, बम्बई जान्छन्। स्वास्नीमानिसहरूसँग, हलुका व्यापारीहरूसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन। त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनुप¥यो,’ नेहरूले भने।

 

 

 

जवाफमा बीपीले भने, ‘राजाले मैले भनेको मान्छन् ? ऊ मित्र हुन् तपाईंका, तपाईंले भनिदिनु राम्रो हुन्छ नि ।’ नेहरूले थपे, ‘उनी जे भए पनि राष्ट्राध्यक्ष हुन्। कसरी म तिनलाई भनुँ ? तर, कुनै मौका प¥यो भने भनुँला।’

 

 

 

राजाले आफूलाई फितलो रूपमा प्रस्तुत गरेर सही गरेनन् भन्ने नेहरूको भनाइ थियो। कलकत्ता, मुम्बईतिरका सुन्दर कन्याहरूसँगको त्यस्तै सम्बन्धबाट त्रिभुवन मोहित छन् र यही मोहले उनलाई भारततिर खिचिरहेको छ भन्ने ठम्याइँ भारतीय अधिकारीहरूको थियो। नेपाली नेताप्रति हेपाहा व्यवहार गर्ने पात्र भनी चिनिएका नेपालका लागि तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हाले नेहरूकै अगाडि बीपीसँग यस्तो आसयको भनाइ राखे– ‘केटीहरूकै लोभले राजा कलकत्तातिर आकर्षित भएका छन् भने दरबारभित्रै राम्रा–राम्रा ठिटीहरू सप्लाई गर्दा हुँदैन र ? ’

 

 

 

कलकत्ता गइरहने त्रिभुवनको व्यवहारबाट भारतीय अधिकारीहरू असन्तुष्ट हुनुको वास्तविक कारण के थियो ? यसबारे बीपीले भनेका छन्, ‘उनीहरूलाई फिकिर के थियो भने राजालाई अरूहरूले सम्पर्क गर्लान्, बाहिर गएको बखतमा। सायद त्यो फिकिर थियो उनीहरूलाई, या हुन सक्छ उनको इज्जतको पनि फिकिर थियो। जवाहरलालजीलाई त उनको इज्जतकै फिकिर थियो’ ।

 

 

 

(विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, २०५५, पृ. १६८–६९०।० बाट साभार

त्यसअगावै नेहरूले राणाशाहीलाई सन् १९५० को असमान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्न बाध्य पारेका थिए। प्रजातन्त्र आएपछि नेपाललाई सही अर्थमा भारतको ‘अधिनस्थ राष्ट्र’ बनाउन उनले राजनीतिक, कूटनीतिक, आर्थिक, प्रशासनिक र सुरक्षा संयन्त्रलाई एकसाथ परिचालन गरेका थिए।

 

 

 

यस्तोमा पूर्वी पाकिस्तान (आजको बंगलादेश)सँग सीमा जोडिएको पश्चिम बंगालको राजधानी कलकत्तामा त्रिभुवन बारम्बार गइरहँदा र जो पायो त्यहीसँग निकट हुँदा पाकिस्तान अथवा पाकिस्तानी आवरणमा छिर्न सक्ने पश्चिमी प्रभावको चंगुलमा त्रिभुवन पर्लान् भन्ने भय भारतलाई थियो भनी बीपीले गरेको संकेत अस्वाभाविक ठहर्दैन।

read more news

७ जना महिलासहित भक्तपुरबाट प्रहरीले रंगेहात १४ जनालाई समात्यो

  •  आईतबार २५ असोज, २०७७

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाभित्र अनैतिक गतिविधि हुने गरेको खुल्न आएको छ । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा गर्दा अनैतिक गतिविधिमा संलग्नहरुको पर्दाफास भएको हो ।

 

 

त्यस्तो कार्यमा संलग्न भएको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई रंगेहात पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा लिइएको हो ।

 

 

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा लिई सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जानकारी अनुसार पक्राउ पर्नेहरुमा ७ जना महिला छन् ।


Your Views
Related News