कोरोना महामारीका कारण गरिएको लकडाउनका क्रममा मानवअधिकारको उल्लंघनको एउटा शैली स्थापना हुनपुग्यो । जस्तो, मनलाग्दी रोकतोक, लाठिचार्ज, प्रतिबन्ध, भेदभाव, अस्पतालद्वारा भर्ना लिन अस्वीकार, उपेक्षा, उदासिनता आदि । मानिसहरुको स्वतन्त्र आवत–जावतमाथिको प्रतिबन्ध मानवअधिकारको उल्लंघन हो, सार्वभौमिक मानवअधिकार घोषणामा कसैप्रति यातना र अपमानजक व्यवहार हुँदैन भनिएको छ । यदि आवश्यकता भएपनि वैज्ञानिक आधारमा प्रतिबन्ध लगाउनुपर्छ, मनोमानी र भेदभावकारी ढंगले होइन ।

मानवीय गरिमाको सम्मान गर्दै यसलाई एक निर्धारित अवधिसम्म लागु गर्न सकिन्छ । तर, संक्रमण रोक्नका लागि नागरिकहरुलाई नियन्त्रित गर्नका लागि प्रहरीले कमान सम्हाल्यो, तब यस्तो सन्तुलन अप्रासंगिक हुनपुग्यो ।
सधैंझै यसको मार गरिबमा धेरै प¥यो । सामाजिक दूरीका कारण गरिब र प्रवासी श्रमिकहरु मजदूरी, भोजन र पानीबाट बन्चित हुनप¥यो ।
संयुक्त राष्ट्रसंघ मानवअधिकारका उच्चायुक्तले महामारीका दौरान अत्यावश्यक विषयहरुमा लकडाउनको प्रयोग गर्न नहुने चेतावनी दिएका थिए । विश्व स्वास्थ संगठनले पनि महामारीको संक्रमण कम गर्नका लागि प्रयोगमा ल्याइएको स्टे–एट–होम उपायलाई मानवअधिकारको बदलामा लागु गर्न नहुने बताएको थियो । तर, जो मानिस संक्रमित भए, उनीहरुलाई समाजबाट टाढै राखियो र कलंकित मानियो ।

जेलमा एउटै कोठामा कैयन कैदीहरुलाई नजरबन्द गरिनुले शारिरीक दूरीलाई असम्भव बनाइदियो । कोभिड बिरामीहरुको हेरचाह गर्ने केही स्वास्थकर्मीहरु कलंकित हुनुपर्ने डरले मानिस स्वास्थ समस्याहरुसँग जुध्न बाध्य भए ।
भाइरसका कारण हुने बिरामीको कुनै ज्ञात उपचार वा औषधि नभएका कारण चिकित्साकर्मी पनि डराएका थिए । यस निराशाजनक स्थितिमा भारतका केही हिस्सामा विषाक्त र अप्रमाणित औषधिहरु प्रयोगमा आएको खबर पनि बाहिरियो ।
केही निजी अस्पतालहले यस महामारीलाई पीडितको शोषण गर्ने माध्यम बनाए । एकातर्फ गैर–कोभिड बिरामीका लागि लगभग सबै अस्पताल बन्द छ, अर्कोतर्फ सामुदायिक स्वास्थ सेवकको साटो सार्वजनिक स्वास्थय उपाय लागू गर्नका लागि पुलिसलाई जिम्मेवारी दिइएको छ, जसले स्थिती अझै खराब भयो ।

के विद्यमान अस्पतालहरुलाई विशेष कोभिड अस्पतालमा तब्दिल गर्नु बुद्धिमानी थियो ? देशभरबाट अस्पतालहरुमा भर्ति भएका बिरामीहरुको उपेक्षा र उदासिनताका खबरहरु बाहिरिए । सयौं डाक्टर लामो समयसम्म बिरामीहरुको सम्पर्कमा रहेका कारण संक्रमित भए र उनीहरु दुर्व्यवहारको शिकार समेत हुुनुप¥यो ।

यसको एउटा सहज उपाय थियो कि विद्यमान अस्पतालहरुलाई समस्यामा नपारी फ्लुजस्ता बिरामी र गम्भीर बिरामीहरुका लागि खेल रंगशालाहरुमा अस्थायी अस्पताल बनाउन सकिन्थ्यो ।
जो बिरामी गम्भीर होइनन्, उनीहरुलाई क्वारेन्टाइन गर्दै घरेलु हेरचाहका लागि घर नै सबैभन्दा राम्रो ठाँउ हो । रिपोर्टअनुसार २ दशमलव ७ प्रतिशत रोगीहरुलाई अक्सिजनको जरुरी हुन्छ, र ५ प्रतिशत बिरामीहरुलाई अस्पताल भर्ती हुनुपर्ने आवश्यकता पर्छ ।

भारतमा मृत्युदर १ दशमलव ८५ प्रतिशत छ । जबकी, भेन्टिलेटरमा राखिएका ८८ प्रतिशत मानिस बाँच्न सकेनन्, यसले निरर्थकतालाई जनाउँछ । यस्तो अवस्थामा सबैभन्दा धेरै जरुरी सार्वजनिक शिक्षाको थियो, तर स्वास्थकर्मीहरुबीचमै गलत सुचना व्याप्त रह्यो । सार्वजनिक स्वास्थको मुद्दालाई एक भयावह र क्रुर महामारी अन्तर्गत दबाइयो ।

धेरैजसो बिरामीको कानूनी तथा मानवअधिकारको पनि नजरअन्दाज गरियो । कोभिडभन्दा पहिले अस्पतालका ओपिडी बिरामीहरुले भरिएका हुन्थ्यें, जो अहिले खाली छन् । उपचारको अभाव र खोप लगाउने सुविधा नहुँदा टिबी, मलेरिया, हेपटाइटिस, हैजा, डेंगु, टाइफाइड, निमोनिया, डायरिया, एड्स र हेरचार बिनाकै प्रसव अवस्थाका कारण लाखौं मानिसहरुको मृत्यु हुनसक्छ ।

मधुमेह, उच्च रक्तचाप, न्युरोलोजिकल र किड्नीका समस्इा, दम र स्वासप्रश्वासका रोगी, मानसिक समस्या, ग्यास र टाउको दुखाई, अल्सरलगायत अन्य पुराना समस्याहरु बढ्ने अशंका छ । के यसले स्वास्थ अवस्थामा असर गर्दैन ।

READ MORE NEWS

तिमी साँच्चै मायालु छौ है?

आज म अस्पताबाट ढिला फर्कन्छु। हिजोअस्ती सधैँ समयमा नै घरमा पुग्ने मान्छे आज समयमा नपुग्दा मेरी सानुको मनमा अनेकौँ शंकाले बासस्थान पाएछ। तर धैर्यतामा उनी खप्पीस छिन्, शहनशील पनि।

सायद यिनै बानीले म ढिला आए पनि फरक परेनछ क्यार, आफू भित्रको बेचैनीलाई साम्य पारिछन् क्यार। यस्तो कोरोनाको समयमा मेरो रेखदेखमा विशेष ध्यान पनि उनैले दिन्छिन्। म भने नेपाल सरकार झैँ बेपर्वाह छु, कोरोनालाई पनि होकी होइन ठान्दिन्छु। तयारी पनि केही गर्दिनँ, अरुको त मतलब हुन्न मलाई। तर मेरी सानु आफू पनि सुरक्षित नै छिन् अहिलेसम्म। बरु मेरो सुरक्षाको लागि आवश्यक तयारी पनि उनैले गरिराख्या छिन्।

म कतै बिरामी हुन्छु की भनेर हिजो मात्र उनैले अक्सिजनको मात्रा कम भए नभएको नाप्ने एउटा पल्स अक्सिमिटर अनि ज्वरो नाप्ने थर्मोमिटर नजिकैको पसलबाट किनेकी रहिछन्। केही चक्कि सीटामोल पनि। म बिरामी परिहाले भने घरमै राखेर उपचार गर्ने रे, उनको मनमा यस्तै कुरा खेलेछ क्यार।

डाक्टरको संगतमा उनले पनि डाक्टर बन्ने आत्मबल बनाउन सकिछन्। घरमै उपचार गर्नु साहस गर्ने मेरी सानु मलाई एकछिन् आफ्नो आँखाबाट ओझेलमा पार्न चाहदिनन्, सायद त्यसैले होला उनी भन्दै थिइन्, ‘म तिमीलाई अस्पताल जान दिन्न है, बरु म अक्सिजनको सिलिण्डर पनि घरमै राखेर उपचार गर्छु।’

‘हैन हौ, के साह्रो मलाई माया गरेको, उपचार त अस्पतालमा नै गरेको राम्रो होला नि’। तर उनको मनमा भय रहेछ कोभिड लागेकालाई मृत्युपश्चात पोका पारेर गाडिन्छ रे। अन्तिम घडीमा कसिलो पारेर आफ्नो अंगालोमा बाध्न पनि पाइदैन रे। उनको आँखामा हेरेर माया साट्न पनि पाइदैन रे।

मनभरिका बेदना आँसु बनाएर उनकै अगाडि पोख्न पनि पाइदैन रे। सायद यिनै भावनाको कल्पनाले त्रसित भईछन् क्यार। त्यसैले म बिरामी पर्दा अक्सिजन समेत घरमै ल्याएर मेरो उपचार गर्ने रे। मलाई सामान्य टाउको दुख्दा वा पेट दुख्दा पनि मायाको स्पर्शले निको पार्न खोज्नेले अनि एक थोपा रगत देख्दा बेहोस हुन खोज्नेले कसरी घरमै मेरो उपचार गर्नु सक्निछन् र!

म अस्पतालमा नै बिरामी हेर्ने पेशामा भएकोले म कतै कोभिडबाट पीडित त हुने हैन भन्ने उनमा बडो चिन्ता छ, भय पनि। उनलाई थाहा छ, समय जस्तो होस्, आफ्नो जीवन जोखिममा नै किन नहोस्, बिरामी हेर्ने मेरो धर्म हो रे। त्यसैले उनले मलाई कहिल्यै घरै बस वा बिदामा बस भनेर कर गरिनन्। बरु बिरामीलाई हरसम्भव बचाउनु पर्छ भनेरै ढाडस दिन्छिन्। म बिरामी हेर्छु भन्ने उनको चिन्ता हैन, बरु म कतै बिरामी परेर बिरामी हेर्न सक्दिनकी भन्ने ठूलो चिन्ता छ उनमा। उनका यिनै आनी-बानी मेरो सफलताको खम्बा बनेको छ।

घर आएको एक घण्टा भएछ। हरेक दिन नयाँ फरक-फरक बिरामी, सम्भावित कोभिड बिरामी हेर्ने भएकोले यो कोभिड समयभरि उनको सुत्ने कोठा मेरो सुत्ने कोठा फरक-फरक छ। आफ्नै अँगालोमा बाँधेर माया साटासाट गरेको पनि ७ महिना भएको छ। यस्ता समय त दिन र मिनेट पनि झल्झल्ती हिसाब गर्न सकिदो रहेछ। यो मायाका हिसाब जोड्न क्याल्कुलेटर पनि नपर्ने रहेछ। मायाको हिसाब दिमागले हैन, मुटुले गर्छ भन्थे, हो रैच।

सानुले पकाईदिएको तातो सुप खाएर केही थकान कम भएको छ मेरो तर पनि म आज बडो थकान महशुस गर्दैछु। शरीर पनि गलेको जस्तो लाग्छ, जोर्नी पनि दुखे जस्तै लाग्छ। खाटमा पल्टियो, खाटले छोएको शरीरको भाग नै भारी भएर आँउछ। यता म अलिक सकसमा छु, उता सानुले भात, दाल, तरकारी, रायोको साग र अचार बनाई भ्याएर मलाई खान खान बोलाईछन् अब।

मलाई खान मन छैन तर मायाको डोरीले त्यो भान्सा कोठासम्म डोर्‍याएर पुर्‍याउछ। म उनको आँखामा हेरेर दुई चर गाँस खान्छु। हाम्रो नयन सम्वाद हुन्छ। अनि म आफ्नो कोठा, उनी आफ्नो कोठामा। मेरो आँखामा सधैँ अडिने आँसु आाज अनुहारलाई स्पर्श गर्दै भुइँलाई शितल बनाईदिन्छ।

म निदाउन के खोज्छु, खल्-खली पसिना पनि आएछ। कोरोना लाग्ने डरले होकी, ज्वरो आएर तापाक्रम कम भएर हो, मैले हेक्का नै पाइनँ। सोच्ने आत्मबल पनि जुटाउन सकिनँ। म आाज भयभीत छु। तर मनभरि बिरामी हेर्ने सपना छ, बिरामी निको पार्ने कल्पनाले बाल्यकालदेखि बास पाएको छ मेरो दिमागमा।

मलाई शरीर गलीराख्दा, म उकुस-मुकुस गर्छु। छटपटी हुन्छ। मेरो पेटको माथिल्लो भाग पनि दुख्छ। कतै ग्यासट्राईटिस पो भएछ की भनेर अस्पतालको आकस्मिक कक्षमै सहकर्मीहरुलाई नशाबाट दबाइ ठेल्न लाउँछु। तर केही कम हुँदैन। झन्-झन् म अप्ठेयारोमा परेको भान हुन्छ। म सुइ लाएर घरै फर्कन्छु।

मेरी सानुलाई सधैँझैँ म ठिकै छु भनी ढाडस दिन्छु तर म भित्र भित्रै कमजोर महशुस गरिरहेको छु। म आफै अस्पतालका सहकर्मीहरुलाई जानकारी गाराउँछु। अस्पतालमा मलाई भर्ना गराउने सबै चाँजो मिलाउनु भएछ, कसरी हो थाहा पाइनँ, सोध्दा पनि सोधिनँ मैले।

अस्पतालमा कोभिडका लागि वा कोभिड शंका गरेका बिरामीको बेड पनि छैन, आइसियूको त परिकल्पना गर्नु नै ब्यर्थ छ, सरकारसँग जम्मा एक हजार जति मात्र आइसियू बेड छन् रे, भेन्टिलेटर त झनै कम। सरकारको तयारी देख्दा त मेरो पसिना झन् खल्खली आउँछ, सम्झेर।

अस्ती भर्खर आइसियू नपाएर आइसियूको लागि एक आमा रुदै कराएको मैले पनि देखेको थिएँ। पैसाको मुठोमा आइसियूको बेड मिलाई दिन भन्न धनाढ्य पनि देखियो तर वर्षौदेखि कमजोर स्वास्थ्य सेवा वितरण गरेको सरकारी निकायको आँखामा नपरेको कोरोना व्यवस्थापनको पूर्व तयारी यस्तै त होनी भन्नु बाहेक केही उपाय थिएन, मसँग।

मलाई साँस फेर्न गाह्रो भएको थियो। त्यसैले मेरी सानुले सहन सकिनन्, घरमा उनले साहस जुटाउन सकिनन्। बरु उनैले किनेर ल्याएको पल्स अक्सिमिटरले शरीरको अक्सिजनको मात्रा ८९ मा झरेको देखेर निःशब्द भईछन्। उनकै सहयोगमा अस्पताल आईपुगेँ म। धन्न मैले बेड त पाएँ।

अक्सिजन पनि मैले लिँदै छु तर दम झन्-झन् फूलेर आउँछ, साँस फेर्न झन्-झन् गाह्रो भएको छ। म भित्र एक्ले छु। मेरी सानु मेरो बारेमा सोच्दै बाहिर छिन् होला। मोबाइलमा केही लेखौँ भन्छु, सक्दिनँ। मलाई सकस हुन्छ। म आआइसियू चाहिएलाकी भनेर हतार-हतार आइसियू बेडको खोजी गर्न चाहन्छु।

अक्सिजन बिना हिड्न पनि सक्दिनँ तर साहस जुटाउछु। आइसोलेसनबाट अब आइसियू पुग्छु तर पूरै प्याक छ। म ती बुढी आमाले आफ्नो छोराको लागि आइसियू बेडका लागि अस्ती विलाप गरेको सम्झन्छु। म भक्कानिन्छु, सम्झेर रुन्छु।

कतै मेरी आमा पनि यसरी मेरा लागि रुने त होइनन्? किनकी मेरो बारेमा चाल पाएर मेरी आमा पनि पहाडबाट हिँडीसक्नु भएको छ। अब एक घण्टामा नै पुग्नु हुन्छ रे, मेरी सानुले मेसेज पठाएकी थिइन्।

अब भने म अफ्नै बेडमा, कोभिड आइसोलेसनको। आइसियू नपाउने पक्का भयो, डाक्टरै भए पनि मावीयताका दृष्टिकोणले आइसियू बेडको सिकिस्त बिरामी निकाल्न मिल्दैन अनि म चाहन्न पनि। म सोच्दै छु, डरले भयभित छु तर मैलै आइसियू बेड नपाएकोले आत्मबल मजबुत बनाईसकेको छु।

साहस जुटाएर बिना आइसियूकै बाँच्ने साहस गरेँ। मैले मेरी सानु सम्झिएँ, मेरी आमा सम्झिएँ, परिवार सम्झिएँ, दाइ-दिदी, आमा–बुबा, आफन्त, इष्टमित्र सब सम्झिन भ्याएछु।

झन्डै बिहान हुन लागेको रहेछ क्यार, सूर्यको पहिलो किरण मेरो बेडसम्मै आईपुगेको थियो केही नयाँ समाचार लिएर। मेरो साथीले मलाई फोन पनि गरेछन्, तपाईको त कोरोना पोजेटिभ आयो रे। म भयभीत भएछु, असिन-पसिन पनि भएछु।

डरले म निन्द्राबाट उठेछु। शिरानीलाई मुठ्ठीमा कसेछु, शिरानीलाई नै अँगालोले बाँधेछु। म आफ्नो कोठाको चारै भित्ता हेर्न भ्याछु, झणभरमै। म सानु सानु भनेर कराएछु। सानु अत्तालिएर आउछिन्, मेरो आँखा अगाडि। अनि म ढुक्क हुन्छु।

म मुसुक्क हाँस्छु। अब भने म उनलाई अँगालोमा कस्छु, मायाले स्पर्श गर्छु, कोरोनाको समय नि बिर्सन्छु। अनि मनमनै सोच्छु ‘कोरोना तिमीले मलाई माया गरी छाड्यौ है, तिमी कति मायालू। विपनीमा नभएनी सपनीमा त आएर छाड्यौ है।

मलाई तिम्रो सपनाकै माया प्रगाढ लाग्यो विपनामा नआईदेउ है। कोरोना तिमी साच्चै मायालू रहेछौ। मेरो दिमागमै बसेछौ, सपनीमा आउनेगरी, तिमी त्यतै दिमागमै बस है किनकी मेरो मुटुमा त मेरी सानु छिन्, मेरी हनी छिन्।’


Your Views
Related News