काठमाडौ । कतारले नेपाल सरकारलाई घरेलु श्रमिकका रुपमा नेपाली कादार लैजाने इच्छा व्यक्त गरेको छ । यसअघि पनि कतारले नेपाबाट घरेलु कामदार लैजाने इच्छा व्यक्त गर्दै नेपाल सरकारलाई कामदार लैजाने बिषयमा सम्झौता गर्न आग्रह गरेको थियो ।

 

 

कतारले अन्य औपचारिक रुपमा लाँदै गरेको कमदार जसरी नै घरेलु क्षेत्रका लागि पनि कमदार लैजान लागेको हो । नेपाल सरकारले कतारसँग घरेलु श्रम क्षेत्रका लागि छुट्टै श्रम सम्झौता नभएको भन्दै केही समयअघिबाट श्रम स्वीकृतिमा रोक लगाएको थियो । सो कारण बर्षैदेखि रोजगारदातासँग रोजगार सम्बन्ध भएका श्रमिकहरू श्रम स्वीकृति नपाउने भएपछि स्वदेश आउन सकिरहेका छैनन् ।

 

 

हाल कतारमा ५० हजारभन्दा बढी नेपाली घरेलु कामदारका रुपमा रहेको तथ्याङ्कले देखाएको छ । कतारले पछिल्लो समय सहजै रोजगारी परिवर्तन गर्न पाउने र न्यूनतम तलब लागू गर्ने प्रावधान घरेलु श्रमिकको हकमा पनि लागू गरेर कामदारहरुलाई सहजता भने बनाइ दिएको छ । नेपालका तर्फबाट नीति अनुसार घरेलु कामादर लैजान सक्ने अवस्था नरहेपनि औपचारिक क्षेत्र जसरी नै घरेलु श्रमिक लैजाने कतारको चाहना रहेको छ ।

 

 

 

औपचारिक क्षेत्रभित्रै घरेलु श्रमिकलाई समेटिएपछि छुट्टै श्रम सम्झौता आवश्यक नपर्ने कतारको भनाइ छ । कतारको प्रस्ताव अनुसार आउँदो मार्चदेखि घरेलु श्रमिकलाई लैजानेगरी एक हजार रियाल तलब दिइने बताइएको छ । त्यस्तै दैनिक रूपमा बढीमा १० घण्टा काम र हप्तामा एक दिन बिदाको प्रबन्ध गर्ने कतारको भनाइ छ ।

सो बिषयमा नेपालका तर्फबाट पनि सकारात्मक प्रतिकृया दिइएको छ । नेपाली श्रमिकको हितलाई ध्यान दिएर आवश्यक प्रक्रिया अगाडि बढाइने नेपाल पक्षका प्रतिनिधिरुको भनाइ छ ।

read more news

यही हो नेपाली चेली भारतको कोठीमा बेच्ने टाउटाउ तामाङ

  •  आईतबार २५ असोज, २०७७

काठमाडौँ । नेपाल प्रहरीको मा’नव बे’चबि’खन ब्युरोले नेपाली महिलालाई भारतको कोठीमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए ।

लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले जानकारी दिए । तामाङमाथि मा’नव बे’चबि’खन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको एसपी द्विबेदीले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ । ‘शक्ति समूह नामक संस्थाले ती महिलाको उद्दार गरी नेपाल ल्याएको हो,’ एसपी द्विबेदीले भने ।

read more news

२०७१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौमा मात्र ११४५ जना

  •  आईतबार २५ असोज, २०७७

काठमाडौ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या २०७१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर २०७१ जना कोरोना संक्रमित थपिएका हुन्।

हालसम्म कुल संक्रमितको संख्या १०७७५५ पुगेको छ। काठमाडौँ उपत्यकामा १४१६ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ११४५ भक्तपुरमा ११०र ललितपुरमा १६१ जना संक्रमित थपिएका छन ।

 

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३१३१५ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १३६४९ र होम आइसोलेसनमा १७६६६ जना संक्रमित रहेका छन्। घण्टामा पीसीआर परीक्षणको संख्या १२४२७ रहेको छ।

 

 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १५५२ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ७५८०४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको ६३६ संख्या पुगेको छ । आईसीयूमा उपचाररत संक्रमितको संख्या ३२९ र भेन्टिलेटरमा ७६ जना संक्रमित छन् ।


Your Views
Related News