रुसको नोबासिबिरिकमा बिहेकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेका छन् । ३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कुटेर मारेका हुन् ।

ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् । डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए ।

प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ । प्रहरी स्रोतकाअनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेका छन् । डोलगिखले पुरानो अपराधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनीहरुले बिहे गर्ने फैसला गरेका थिए । स्थानीय प्रहरीकाअनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झगडा भयो, त्यसपछि बेहुला आवेशमा आए । रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि उनले श्रीमतीमाथि कुटपिट थाले ।

अनुसन्धान खटिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मुक्का प्रहार गर्ने र उनलाई लात्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए । त्यसपछि उनले घरभित्र लगेर थप कुटेको, कपाल तातेर टाउकोमा हिर्काएर र सडकमा लगेर फालेको अनुसन्धानबाट देखिएको छ ।

दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रतिक्रिया दुलाहाले दिएका छन् । ‘ओकसानालाई डोलगिखको आपराधिक विगत थाहा थियो, उनले सुधार्न सकिन्छ कि भनेर यी युवकसँग बिहे गरेको देखिन्छ,’ किरिलले भने ।

READ MORE NEWS

विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग

झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ ।

विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र विद्यार्थीहरु नै विद्यालयमा भर्ना गर्न समेत आउन डराएको हुँदा तत्काल होल्डिङ सेन्टर हटाउन माग गरेको बताए ।“विद्यालयको विकल्पमा स्थान खोज्नु पर्यो”, उनले भने, “होल्डिङ सेन्टरका कारण विद्यार्थी भर्ना गर्न आउन अभिभावक डराइरहेका छन् ।” प्रधानाध्यापक निरौलाले विद्यालयले शैक्षिक संस्थाहरुलाई अब होल्डिङ सेन्टरका रुपमा प्रयोग नगर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । सो विद्यालयमा एक हजार २०० विद्यार्थी अध्ययन गर्दै आएका छन् । हाल टोलटोलका मठ मन्दिर, चर्च र सामुदायिक भवनहरुमा पुगेर विद्यार्थीलाई सानो समूहमा पठनपाठन गराइरहेको उनले बताए ।

विद्यालयका शिक्षक सुभद्रा भट्टराईले सुरुका दिनमा भारतलगायत तेस्रो मुलकबाट आउने नेपालीको संख्या अत्याधिक भएका कारण विद्यालयलाई प्रयोग गरे पनि अब तत्काल हटाउनु पर्ने बताए ।

उनले भने, “विद्यालयको खेल मैदानबाट चाँडै होल्डिङ सेन्टर हटाउने काम गरौं । विद्यालयमा भर्ना अभियान चलिरहेको छ । यसले निम्त्याउने जोखिमको जिम्मा कसले लिन्छ ?”
उनले दैनिक पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिने यात्रुको संख्या घटिरहेको हुँदा भर्खर निर्माण भएको मेचीको मितेरी पुल मुनिलाई होल्डिङ सेन्टर बनाउन सकिने बताए ।
गत जेठ महिनाबाट विद्यालयमा होल्डिङ सेन्टरसहित क्वारेन्टाइन सञ्चालनमा ल्याइएको थियो । क्वारेन्टाइन हटाएर कक्षा कोठा निर्मलिकरण गरिए पनि खेल मैदानमा भने प्रयोग भइरहेको छ ।
मेचीनगर नगरपालिकाका सामाजिक शिक्षा समितिका प्रमुख नविन बरालले विद्यालयको अनुरोध र विद्यार्थीको भविष्यलाई मध्यनजर गरी दश दिनभित्रमा विद्यालयमा रहेको होल्डिङ सेन्टर हटाइने बताए ।

उनले अझै पनि भारतबाट दैनिक सयदेखि डेढ सयको हाराहारीमा नेपालीहरु आइरहेको हुँदा विकल्पको रुपमा मेची भन्सार कार्यालयको बाहिरपट्टि होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए।

भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको विवरण लिई सम्बन्धित पालिकालाई जानकारी गराई पठाइदिने र काठमाडौं उपत्यकाका भएमा पीसीआर परीक्षण गरेर मात्र पठाउने गरेको बताए ।

ट्राफिक नियम पालना गर्नुहोला नत्र, ‘सरप्राइज चेकिङ’मा फसिएला

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको वडा दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिसकेको छ।

आइतवारबाट काठमाडौं उपत्यकाभित्र सादा पोशाकमा सहित ट्राफिक प्रहरी परिचालन गरेको छ। ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटनालाई न्युनिकरण गर्न यसपटक मापदपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विषेश निगरानी बढाउने भएको छ। त्यसैको लागि एउटा अप्रेसन संचालनमा ल्याइसकेको छ। अप्रेसन हो – ‘सरप्राइज चेकिङ।’

सरप्राइज  चेकिङ भनेको ट्राफिक प्रहरीले जतिखेर पनि सडकमा जहाँ पनि चेकिङ गर्न सक्छ। त्यसको लागि ट्राफिक प्रहरीले चारवटा समय निर्धारण गरेको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकको व्यवस्था गरेको छ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेक हुने महाशाखाले उल्लेख गरेको छ। ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ।

कार्यान्वयन भएन निःशुल्क उद्धार निर्देशिका : राजदूत भन्छन् ‘कार्यविधिले उद्धार गर्न दिएन’

विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न सरकारले बनाएको निर्देशिका कोरोना जोखिम सुरु भएको सात महिना बित्दा पनि कार्यान्वयनमा आएको छैन । निर्देशिकाको मापदण्डभित्र अलपत्र परेका श्रमिक नपर्ने कारण कार्यान्वयन गर्न कठिनाइ भएको सम्बन्धित मुलुकका दूतावासहरूले बताएका छन् ।
सर्वोच्च अदालतले गत असारमा नै विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्न आदेश दिएको थियो ।

अदालतको आदेशबमोजिम मन्त्रिपरिषद्ले गत साउनमा नै उद्धार निर्देशिका बनाई सम्बन्धित दूतावासलाई कार्यान्वयनका लागि निर्देशन दिएको थियो । तर, कार्यविधिको मापदण्डले बेखर्ची श्रमिकलाई नसमेटिएको भन्दै कार्यान्वयन गर्न कठिनाइ भएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।

‘कार्यविधिले श्रम स्वीकृतिको अवधि नसकिएका श्रमिक उद्धार गर्ने मापदण्ड बनाएको छ । श्रम स्वीकृति नसकिएका श्रमिक बेखर्ची छैनन् । भए पनि उनीहरूलाई कानुनी उपचार गर्न सक्ने हामीसँग बाटो छ,’ उनले भने, ‘बेखर्ची भनेको श्रम स्वीकृति सकिएका श्रमिकहरू हुन् । उद्धारको आवश्यकता उनीहरूलाई छ । तर, कार्यविधिले उनीहरूलाई उद्धार गर्न दिँदैन ।’

कार्यविधि संशोधन गर्न माग
सरकारले बनाएको ‘रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशका २०७७’ संशोधन गर्न सम्बन्धित मुलुकका दूतावासहरूले माग गरेका छन् । निर्देशिकामा राखिएको मापदण्ड अव्यावहारिक भएको राजदूतहरूको गुनासो छ । निर्देशिकाअनुसार लक्षित वर्गसम्म पुग्न नसकिने कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए । त्यसैले यसलाई संशोधन गरिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, प्रतिनिधिसभाअन्तर्गतको श्रम समितिले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशका २०७७ लाई संशोधन गर्न निर्देशन दिएको छ ।

एकपटक श्रम स्वीकृति लिई गएका श्रमिक जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्ने गरी निर्देशिका संशोधन गर्न समितिले निर्देशन दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने निर्देशिका संशोधनको प्रक्रिया अगाडि बढाइएको बताएको छ । दूतावासको सुझाबअनुसार निर्देशिका संशोधनका लागि छलफल अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

करिब १ लाख श्रमिक फर्किए, नियमित उडानबाट मात्रै ४४ हजार फर्किए
कोरोना संक्रमणका कारण विदेशमा रोजगारी गुमाएका करिब १ लाख नेपाली नागरिक नेपाल फर्किएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार शुक्रबारसम्ममा ९९ हजार ८ सय १२ श्रमिक नेपाल फर्किएका छन् । मलेसिया र खाडीलगायतका मुलुकमा रहेका नेपाली श्रमिक संकटमा परेपछि सरकारले ३२ जेठदेखि चार्टर उडानको सुरुवात गरेको हो । चार्टर उडानमार्फत १६ भदौसम्म ५५ हजार ४ सय १० श्रमिक नेपाल फर्किएको कोरोना संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।


Your Views
Related News