हत्केलामा विभिन्न रेखा, चिन्ह वा आकृती बनेका हुन्छन् । जसको सम्बन्ध व्यक्तिको भाग्य, धन र ऐश्वर्यसँग समेत रहने गरेको छ ।

यदि कुनै ब्यक्तिको हत्केलामा जहाँ बुध वा शनि पर्वत बनेको हुन्छ त्यहा तराजूको निशान भए यस्ता ब्यक्तिले कहिल्यै धनको अभाव बेहोर्नु पर्दैन । यस्ता ब्यक्तिले आफ्नो जीवनकालमा निकै सफलता र धन कमाउने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिको समाजमा राम्रो प्रतिष्ठा हुने गर्दछ ।

हत्केलामा शुक्र पर्वतको अत्यधिक महत्व रहने गर्दछ । शुक्र पर्वत राम्रो भए व्यक्तिले सबै सेवा, सुविधायुक्त आरामदायी जीवन बिताउने मान्यता रहेको छ । शुक्र पर्वतबाट निस्किएको कुनै रेखा सीधै सूर्य पर्वतमा पुगेर मिलेको छ भने यसलाई अझ शुभ फलदायी र भाग्यमानी मानिन्छ । यस्ता ब्यक्तिले राजयोग बराबरको सुख प्राप्त गर्दछन् ।

यदि कुनै ब्यक्तिको हत्केलामा मणिबन्धबाट निस्किएको रेखा एकदम स्पष्ट र सीधा शनि पर्वतमा पुगेको छ भने यस्ता ब्यक्ति भाग्यशाली र सफल मानिन्छन् । यस्ता ब्यक्ति धनवान् हुने मान्यता रहेको छ ।

जसको हत्केलामा अनामिका औलाबाट निस्किएको रेखा चन्द्र पर्वतमा मिसिएको छ भने यस्ता ब्यक्ति भाग्यशाली र धनी हुने मान्यता रहेको छ । यस्ता ब्यक्ति उपर देवी लक्ष्मीको कृपा रहने मान्यता छ ।

यदि मणिबन्ध जसलाई भाग्य रेखा समेत भनिन्छ यहाँबाट कुनै रेखा निस्किएर शनि पर्वतका अलावा बुध पर्वतमा मिसिएकोा छ भने यस्ता ब्यक्ति अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता ब्यक्ति ब्यापारमा सफल र समाजमा प्रतिष्ठित मानिन्छन् ।

READ MORE NEWS

घरमा कस्ता ठाउँमा लामो समय रहनसक्छ कोरोना ?

कोरोनाको भाइरसको संक्रमण खतरा बाहिर बढि हुने गर्दछ । त्यसैले संक्रमणको डरले मानिसहरु घरभित्र क्वारन्टीनमा बस्ने गर्छन । तर घरभित्र यस्ता केहि भाग हुन्छ जहाँ कोरोनाका भाइरस रहिरहने सम्भावना रहन्छ ।

१. दैनिक प्रयोगमा आउने तौलिया कोरोना सर्ने कारक बन्न सक्छ । त्यसैले ब्यक्ति अनुसार
फरक फरक तौलिया प्रयोग गर्नु पर्दछ ।

२. भान्सा वा अन्य काम हुने सतहमा काम गर्दा हातमा पञ्जा लगाउनु पर्दछ । अन्यथा यी सतहबाट कोरोन सर्ने सम्भावना उच्च हुन्छ ।

३. कुनै पनि सतह सफा गर्दा सकेसम्म तातोपानीको प्रयोग गर्नु पर्दछ ।

४. सुत्ने ओच्छ्यानको सिरानीको समेत कोरोना सर्ने कारक बन्न सक्छ । यसलाई नियमित बिहान घाममा सुकाउने र अनुकुलता अनुसार धुने गर्नुपर्दछ ।

५. घरको ढोकामा राखिने डोरमेट, पर्दा, रिमोट तथा अन्य उपयोगी सामाग्री सकेसम्म धेरै चलाउनु हुदैन ।

६. नियमित लगाएर बाहिर जाने कपडा अनिवार्य एकै स्थानमा फुकालेर राख्ने र सकेसम्म नियमित धुने गर्नुपर्दछ ।

७. बाहिरबाट आएर घरभित्र पसेपछि कसैलाई नछोई नुहाउने र नुहाएपछि धारा तथा छोइएका सामाग्रीको स्यानिटाइज गर्नु पर्दछ ।

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार

काठमाडौं, २६ असोज ।  एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ । बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ ।

 

असोज २२ गतेदेखि मंसिर ५ गते सम्म लागु हुने यो योेजनामा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता १ जनाले २५०० रुपैयाँसम्मको होटल भौचर पाउनेछन् । बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली बिजेतालाई दुई रात तीन दिनको काठमाडौं–पोखरा–काठमाडौंको कप्पल प्याकेज दिइने एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर शरद प्रधानले बताए ।

त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले  नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ।

एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर प्रधानले बताए ।

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np )बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

वीपीमा अब ‘अनलाइन टिकेटिङ’


Your Views
Related News