काठमाडौं । नेपालका पछिल्ला दिनहरुमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा लोक सेवा आयोगको परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । जानकारी अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने भएका हुन् ।

 

 

 

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरिरहेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।

 

 

 

 

गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ ।

 

 

 

पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ । आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् ।

 

 

एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

READ MORE NEWS

धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

  •  सोमबार २६ असोज, २०७७

काठमाडौ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

 

 

 

 

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ ।

READ MORE NEWS

मानवतालाई लज्जित पार्ने घटना : भाडा तिर्न नसकेपछि विधवालाई घरेबेटी रुखमा बाँधेर…!

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । कोरोना संकटको समयमा भाडा नदिएको भन्दै घरबेटीले घरबाट निकालेका घटनाहरु नेपालमा पनि नभएका होईनन् । तर भारत, उत्तर प्रदेशको हमीरपुर जिल्लामा मानवतालाई लज्जित पार्ने एउटा घटना भएको छ।

 

 

घरको भाडा तिर्न नसकेपछि एक घरधनीले केही महिलासँग मिलेर एक विधवालाई रूखमा बाँधेर अमानविय हर्कत गरेका छन् । यति मात्र होइन, विधवाको सबै सरसामान पनि घरबाट बाहिर फ्याकिएको छ । यस घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर महिलालाई उद्धार गर्न सफल भएको छ ।

 

 

प्रहरीका अनुसार आरोपितका विरुद्ध कारबाही सुरु गरिएको छ । हमीरपुरको जेल पोखरीमा बस्ने शोभा देवीको श्रीमान्को धेरै वर्ष अघि मृत्यु भयो । उनी भागीरथ प्रजापतिको घरमा भाँडामा बसिरहेकी थिइन् । एक श्रमिक शोभा देवी कोरोना युगमा काम नभएकोले धेरै महिनासम्म घरको भाडा तिर्न नसक्ने अवस्थामा थिइन् ।

 

 

भाडा नदिएको भन्दै रिसाएका घरधनीले केही महिलाहरूसँग मिलेर शोभा देवीलाई बलपूर्वक घरबाट बाहिर लगेर रूखमा बाँधिदिएका हुन् । शोभा देवीको सबै सामान घर बाहिर फ्याकिएको छ । घटना सम्बन्धमका आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Your Views
Related News