डा. गेहेन्द्र महरा । अहिले देशमा कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दै एक लाखमाथि पुगेको छ। त्यसमा पनि काठमाडौँ उपत्यकामा त झन् डरलाग्दो तरिकाले बढ्दैछ, जसको कारण अस्पतालहरुमा बेडको अभाब हुन थालेको कुरा बाहिर आएको छ । यसको साथ साथै नेपालीहरुको महान चाड दशैैँ, तिहार र छठ पर्व पनि नजिकिँदैछ । यस्तो अवस्थामा कोरोना महामारीले कस्तो रुप लिने भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

यस कारण यसपालीको दशैँ, तिहार र छठ पर्व मनाउँदा ख्याल गर्नुपर्ने कुराहरु :

१. अहिले जो जहाँ छ त्यही बसेर नै चाडपर्व मनाउने । फोन, भिडिओ कलबाट आशिर्वाद लिने । किनकि दशैँ मनाउन जाँदा प्रयोग गर्ने विभिन्न सवारी साधन (नाइट वा दिवा बस)मा हुने भीडभाडले गर्दा कोरोनाको संक्रमण बढ्ने एकैदमै ठूलो सम्भावना हुन्छ ।

२. यसरी सवारी गर्दा व्यक्तिगत दूरी कायम नहुने, बसपार्क, असुरक्षित खाजा र खाना पसलमा वा साना–साना खुद्रा पसलमा सामान किनमेल गर्दा हुने भीडभाडको कारणले सबै व्यक्तिलाई कोरोना सर्न सम्भावना हुन्छ  ।

३. घरमा भएका जेष्ठ नागरिकहरुलाई संक्रमण हुने खतरा अत्याधिक हुन्छ। यसरी आफु लगायत घरमा भएका अन्य सदस्यहरुलाई खतरामा पारेर दशैँ मनाउनुको कुनै अर्थ हुँदैन। ज्यान बचेपछि अर्को बर्ष फेरि चाडपर्ब मनाउन सकिन्छ।

४. अहिलेको दशैँमा पूजाआजा गर्न मन्दिर नजाऔँ र खानपिन र दशैँ पनि घरका परिवारसँग मात्र बसेर मनाऔं।

५. अहिलेको दशैँमा फलफूल जस्तै सुन्तला, बदाम, केरा, स्याउ, अनार लिएर आफन्त वा मान्यजनलाई भेट गर्न नजाऔँ । यदि जानै परे पनि खाली हात जाआँै टाढैबाट आशिर्वाद लिऔँ।

६. कोरोना संक्रमणको समयमा दशैँका लागि सपिङ्ग मल अथवा भिड भाड हुने ठाउँमा गएर सपिङ्ग नगरौँ ।  डिपार्टमेन्टल स्टोर तथा सपिङ मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट सामान किनेर बाहिरिने कम गरौँ । लामो समय बिताउनु हुँदैन ।

७. कोभिडको कारण दैनिक लगभग दोहोरो अंकमा संक्रमितको मृत्यु भैरहेको छ भने  सयौं बिरामी आईसीयू र भेन्टिलेटरमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् । त्यसैले अतिआवश्यक नपरेसम्म घरबाट बाहिर नजाऔँ ।  घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

८. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन । आईसीयू प्याक भएका छन् । भेन्टिलेटरको पालो कुर्दा बिरामीको ज्यान गएको छ । सिकिस्त बिरामीलाई दशभन्दा धेरै अस्पतालमा चहार्दा बाटोमै मृत्यु भएको छ । त्यसैले समयमा नै विचार गरौँ ।

९. सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पञ्जा अनिवार्य लगाउने गरौँ । स्यानिटाइजरले हात सफा गरिरहने र साबुन पानीले हात धुने र विशेष सतर्क रहौँ ।

१०. कोरोना मलाई सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन, यो त अरुले गर्नुपर्छ भन्ने गलत धारणालाई हटाउँ ।

११. बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरुलाई विशेष ध्यान दिनुपर्छ। उहाँहरुसँग बस्दा पनि व्यक्ति गत दुरी कायम गरौँ । कुरा गर्दा मास्क लगाऔँ ।

१२. आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाई कुरा नगरौ, सँगै बसेर चिया, खाजा, खाना पनि अर्को व्यवस्था भएसम्म बन्द गरौँ । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । कोरोना संक्रमण आफन्तबाट सर्छ अनि आफन्तलाई नै सारिन्छ । तसर्थ हामीहरुले आफन्तसँग पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्दछ।

१३. पसलबाट लिएको हरेक सामानहरुलाई राम्रोसँग सर–सफाई गरि संक्रमणरहित बनेर मात्र प्रयोग गरौँ ।  दसैँमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने । आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन ।

१४. होटल, रेस्टुरेन्ट, चियापसल, कफीसप तथा पसलमा साथीहरु सँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, एउटै  बिएरको बोतलबाट सबैले पिउने, जहाँ पायो त्यहीँ थुक्ने नगरौँ ।

१५ . अघिल्लो दशैँ तिहार जस्तो अहिलेको चाडमा जुवा, तास, कौडा, पिङ्गलगायत समुहमा खेलिने वा समूहमा रमाइलो गरिने कुनै पनि कार्य मा भाग नलिऔँ किनकि कोरोना समुदायमा फैलिई सकेको छ।

१६. कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा नहुने हुनाले हरेक व्यक्तिसँग सुरक्षित व्यवहार गरौ ।

१७. रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गरौँ । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ त्यसैले आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित बनाउँ ।

१७. बाहिरबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडाआदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र घरका परिवारसँग सम्पर्कमा रहने गरौँ, विचार गराँै मान्छे आफ्नो हुन्छ रोग आफ्नो हुँदैन ।

१८. सरकारको भर नपरौं । आफ्नो ज्यान आफैं बचाउनको लागि पहल गराैँ ।  हामी सुरक्षित ठाउँमा बसौं । घरभित्र नै बसौं । खतरायुक्त ठाउँबाट सुरक्षित ठाउँमा जानु हरेक प्राणीको नैसर्गिक स्वभाव हो ।

१९. हामी अहिले अत्यन्तै विषम परिस्थितिमा छौं । यो अवस्थामा हरेक नागरिक जिम्मेवार भएर आफ्नो शरीरमा, आफ्नो घरमा तथा आफ्नो समाजमा संक्रमण नल्याउन हरेक पल सतर्क हुनु जरुरी छ । मास्क किन्न नसक्ने निम्न आय भएका व्यक्तिलाई हामी सबैले मास्क वितरण गराँै । सही तरिकाले मास्क लगाउन अनुरोध गरौँ ।

२०. ज्वरो आएमा, सुख्खा खोकी लागेमा तथा स्वाद र बासनामा तलमाथि भएमा तुरुन्तै परीक्षण गर्न जाऔँ । पोजेटिभ रिपोर्ट आयो भने घरमा छुट्टै बसौ, अरुको सम्पर्कबाट अलि टाढा बसौँ ।  तागतिलो खाने कुरा खाऔ, नियमित व्यायाम गरौँ ।

२१ . हामी सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अबलम्बन  गरौ  जसले गर्दा संक्रमण घट्दै जान्छ ।  हामी पनि सुरक्षित हुन्छौं ।

READ MORE NEWS

काठमाडौँ महानगरपालिकाको अनुदानमा पशुपतिमा तीन ओटा शवदाह यन्त्र निर्माण हुने

काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने ‘अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।’

प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए ।

‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने अब सम्झौताको चरणमा पुगेका छौँ । काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौँ ।’

शाक्यले पशुपति क्षेत्रमा थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए ।


Your Views
Related News