धरान । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि यत्रतत्र यस्ता मेडिकलहरु छन् । जसले डिस्चार्ज हुने बेलामा पैसा लिने सर्त राखेर बिरामीलाई औषधि उपलब्ध गराउँछन् र पछि चर्को मुल्य असुल्छन् ।

यसको पछिल्लो उदाहरण धरान १८ स्थित रहेको बिर्तामोड मेडिकल हलमा भएको एउटा घटना हो । घटनाका पीडित धरान १६की रीता राणामगरले हिजो मात्रै प्रहरीमा आवश्यक कारबाहीको माग गर्दै निवेदन दिइन् । तत्पश्चात् उक्त ठगीतको रहस्य खुलेको हो ।

बीपीको गेटबाहिर धरान १८ स्थित बिर्तामोड मेडिकल हलले यसैगरी ठगी गरेको भन्दै प्रशासनमा उजुरीसमेत परेको छ । धरान १६ की १७ बर्षीया एक किशोरीको मुटुको उपचारको क्रममा उक्त मेडिकलबाट औषधि लगेकी थिइन् । अहिले ती किशोरीकी आमालाई मेडिकलले बिल थमाएको छ । शंका लागेर किशोरीकी आमा रीता राणामगरले बीपी प्रतिष्ठानको औषधि फाँटबाट रेकर्ड मगाउँदा प्रयोग गरेको भन्दा धेरै गुणा बढी औष्धिको बिल बनाएको पाएपछि इलाका प्रशासन कार्यालयमा निवदेन दिएकी छिन् ।

पीडितको निवेदन यहाँ हेर्नुस्ः–

मेडिकलले वास्तविकभन्दा बढी बिल बनाएको पाएपछि मगरले आज इलाका प्रशासन कार्यालय धरानमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । निवेदक मगरका अनुसार प्रतिष्ठानले उपलब्ध गराएको रेकर्डअनुसार टार्गोसिट ४०० एमजीको ४ थान र २०० एमजीको ४ थान मात्र छोरीको उपचारमा प्रयोग गरिएको छ । तर, मेडिकलले दिएको बिलमा भने ४०० एमजीको १० थान र २०० एमजीको ५ थानको बिल बनाइएको छ । यो औषधि ४०० एमजीको प्रतिगोटा ३,५२९ र २०० एमजीको १५८४ रुपैयाँ प्रतिगोटाको बिल छ । यो बिल अनुसार तार्गोसिट औषधिमा मात्र मेडिकलले १९ हजार २२९ रुपैया बढी लिन खोजेको देखिन्छ ।मेडिकलले उक्त स्लिपमा भएको संख्यालाई पनि केरमेट गरेर बढाएको प्रष्ट देखिन्छ । ‘औषधीको स्लिपमा केरमेट गरेर १ लाई ३ जस्तो बनाएको छ,’ उनले भनिन् ।

निवेदक मगरकी अनुसार एक कार्टुन पानीको बिल पनि ३६० रुपैयाँ लिइएको छ । जबकी, प्रतिगोटा २० रुपैयाँको दरले पनि १ कार्टुन मिनरलको २४० रुपैयाँ मात्र पर्ने हुन्छ । ‘मैले त महँगो पर्ने औषधिको मात्र खोजेको हुँ, प्रत्येक औषधिको यसरी नै हेर्ने हो भने अझै धेरै होला,’ उनले भनेकी छिन् । उपचाररत बिरामीलाई औषधि चाहिँदा डाक्टर वा नर्सले बीपी प्रतिष्ठानको स्लिपमा औषधिको नाम र संख्या लेखिदिने गरेको हुन्छ । मेडिकलले उक्त स्लिपमा भएको संख्यालाई पनि केरमेट गरेर बढाएको प्रष्ट देखिन्छ । ‘औषधीको स्लिपमा केरमेट गरेर १ लाई ३ जस्तो बनाएको छ,’ उनले भनिन् ।

निवेदक मगरकी छोरीको पछि काठमाडौंस्थित गंगालाल मुटुरोग अस्पतालमा ओपन हर्ट सर्जरी भएको थियो । बीपीमा कोरोनाले अप्रेसन थिएटर सिल भएपछि डाक्टरकै सल्लाहबमोजिम छोरीलाई काठमाडौं लगेको उनले बताइन् । इलाका प्रशासन कार्यालय धरानका निमित्त कार्यालय प्रमुख विदुर गौतमले निवेदनको व्यहोरा अनुसार भए नभएको आज स्थलगत रुपमा गएर बुझ्ने र सर्वमिन मुचुल्का बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाउने बताए ।

यता, मेडिकल सञ्चालक नरेन्द्र देवले भने बीपी प्रतिष्ठानको स्लिप अनुसारकै औषधि पठाएको र कुनै ठगी नगरेकोे दाबी गरेका छन । ‘ड्रग स्लिप अनुसार नै औषधि गएको छ, र बिल पनि त्यसैअनुसार बनेको छ,’उनले भनेका छन्, ‘कति औषधि फोनबाट पनि मगाएर हामीले लगिदिएको हो । डिस्चार्ज पेपरमा भएको, स्लिपमा भएको अनुसार बिल मिलेकै भनिरहँदा बिरामीका आफन्तले सो कुरा स्वीकार गर्ने पक्षमा छैन ।शम्भुकुमार साहलाई धरान १८, बीपी प्रतिष्ठान बाहिर रहेको मिथिला मेडिकल हलले शाहको श्रीमतीको डेलिभरीको बिल २१ हजार १ सय १४ रुपैयाँ उनलाई थमाएको छ

यसैबीच गएको भदौ ११ गते पनि सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साहलाई धरान १८, बीपी प्रतिष्ठान बाहिर रहेको मिथिला मेडिकल हलले शाहको श्रीमतीको डेलिभरीको बिल २१ हजार १ सय १४ रुपैयाँ उनलाई थमाएको छ भने, बिहान ३ बजेतिर बिल २१/२२ हजार देखाएको थियो ।’

अहिले यो घटना औषधि व्यवसायी संघ सुनसरी जिल्ला र नगर कमिटीसम्म पुगेको छ । संघका पदाधिकारीहरु पनि केही मेडिकलको ठगी धन्दाले गर्दा समग्र मेडिकल पसलहरु ब्दनाम् हुनुपरेको भन्दै आक्रोशित बनेका थिए ।

उनका अनुसार यसअघि ३० रुपैयाँ पर्ने एक स्ट्रिप फ्लाक्सन ट्याब्लेटको २४० रुपैयाँको बिल बनाएर ठगी गरेको भेटिएको थियो ।

बढी असुलीको बिल यहाँ हेर्नुस्ः–

 

READ MORE NEWS

डोनाल्ड ट्रम्पले भनेः म पूर्ण रुपमा कोरोनामुक्त भएँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पूर्ण रुपमा कोरोनामुक्त भएको बताएका छन्।

आइतबार आफ्ना समर्थकहरु सामु ट्रम्पले पछिल्लो परीक्षणमा आफूमा कोरोना नेगेटिभ देखिएको बताएका हुन्।

यद्यपी उनले कोरोनाबाट मुक्त भएको कुनै प्रमाण नदिएको जनाइएको छ। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले समेत यस विषयमा जानकारी दिएको छैन।

तर हालैमात्र ह्वाइट हाउसमा चिकित्सक डाक्टर सिन कोनलीले ट्रम्पबाट कसैमा कोरोना नसर्ने बताएका थिए।

उनले ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि स्वास्थ्यको दृष्टिकोणबाट तयार भएको जनाएका थिए।

यसबीचमा ट्रम्पले आफू कोरोनामुक्त भएको बताएका हुन्।

कोरोना संक्रमण भएपछि ट्रम्प तीन दिन अस्पताल भर्ना भएका थिए। ट्रम्प अस्पतालमा बसेर गत सोमबार मात्र ह्वाइट हाउस फर्किएका थिए।

अस्पतालबाट डिस्चार्ज हुनासाथ ट्रम्पले गत सोमबार एक भिडियो सन्देशमा अमेरिकाले कोरोनाविरुद्ध लड्ने उपचार पद्धतिको विकास गरेको र त्यसले आफ्नो स्वास्थ्य अवस्था निकै स्वस्थ बनाएको बताएका थिए।


Your Views
Related News