काठमाडौं । अहिलेको व्यस्त समयमा खानपान नमिलेर अनेक स्वास्थ्य समस्या निम्तने गर्दछ । हाम्रो शरीरमा प्रोटीनको मात्रा बढाउन, हामी माछा, मासु, कुखुरा। अण्डा जस्ता मांसाहारी खाना खान चाहन्छौं । कुखुरा यी सबै चीजहरूको बीचमा सस्तो र प्रोटीनले भरपुर आहार मानिन्छ । यो मात्र होईन, कुखुराका बिभिन्न चीजहरू बनाइन्छन् जसले खानेकुरा स्वादिष्ट हुन्छन् ।
यस बाहेक, कुखुरा फिटनेस फ्रेक्सका लागि सब भन्दा मनपर्ने खाना हो, तर यसको मतलब यो होइन कि तपाइँले दैनिक कुखुरा खानुपर्छ । हालसालै गरिएको एक अनुसन्धानका अनुसार दैनिक कुखुरा खानु स्वास्थ्यको लागि हानिकारक मानिएको छ । हरेक दिन कुखुराको मासु खानले हाम्रो स्वास्थ्यलाई नकरात्मक असर गर्न थाल्छ । हामी हामी यस विषयमा चर्चा गर्न गइरहेका छौँ ।
तौल घटाउँछ
कुखुराको मासुमा भएको प्रोटीनले कार्बोहाइड्रेट भन्दा पचाउन धेरै समय लिन्छ, त्यसैले तपाईं लामो समय सम्म भोको महसुस गर्नुहुन्न । तसर्थ, लामो समय खाना नखाएपछि तपाईंको तौल कम हुन थाल्छ ।
तौल बढाउँछ
यदि तपाइँ दैनिक कुखुरा खानुहुन्छ भने, शरीरमा प्रोटीन बढी हुन्छ । अतिरिक्त प्रोटीन तपाईंको शरीरमा संकलन हुन थाल्छ । अतिरिक्त प्रोटीनका कारण तपाईंको तौल बढ्न थाल्छ । तसर्थ, हामी सिफारिस गर्दछौं कि तपाईले कुखुराको मासु मोडरेशनमा खानुहोस् ।
ज्यान बनाउँनुहोस्
प्रोटीनले हाम्रो शरीरमा मांसपेशीहरू बनाउन सहयोग गर्दछ । कुखुराको मासुमा ल्युसिन प्रोटीनजस्तो तत्व पनि समावेश हुने गर्दछ । ल्युसिन एक प्रकारको अमीनो एसिड हो, जसले मांसपेशीहरू बलियो बनाउनमा सहयोग गर्दछ ।
सोडियमको स्रोत कुखुरा हो
कुखुरामा सोडियमको मात्रा धेरै पाइन्छ । त्यसैले एकैपटक ठूलो मात्रामा मासु खानु हुँदैन । यदि हामी अधिक सोडियम लिन्छौं भने यसले हाम्रो रक्तचापलाई असर गर्छ ।
हृदय रोग
अनुसन्धानका अनुसार, दिनहुँ कुखुराको मासु खाँदा हृदय सम्बन्धी रोगहरूको खतरा बढ्छ । सामान्ययाः पनि स्वादका नाममा धेरै चिल्लो भएको मर मसला भएको मासु धेरै खाँदा मुटुसँग सम्बन्धी रोगहरू बढ्न थाल्छन् ।
कब्जीयत
उच्च प्रोटीन खानामा फाइबरजस्ता तत्वहरु कम हुन्छ । जसको कारणले गर्दा तपाईंलाई कब्जीयतको समस्या हुन सक्छ । त्यसकारण तपाईंले आफ्नो खानामा कुखुराको साथ फाइबर पनि खानु पर्दछ जस्तो पालक, क्यारेट, खैरो चामल आदि रहेका छन् ।
क्यान्सर
अनुसन्धानका अनुसार, दिनहुँ कुखुरा खाँदा घातक मेलानोमा र प्रोटेस्टेन्ट क्यान्सर हुने खतरा बढ्छ । सस्तो पाए भन्दैमा आफ्नो र परिवारको स्वास्थ्यलाई ध्यानमा नराखेर यसरी कुखुराको उपभोग नगर्नुहोस् ।
READ MORE NEWS
पत्ता लाग्यो अर्को नयाँ तथ्य, पैसा र मोबाइलमा एक महिनासम्म कोरोना भाइरस रहने !
- सोमबार २६ असोज, २०७७
काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण गराउने भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिना सम्म बाँच्न र संक्रमण निम्त्याउन सक्ने अनुसन्धानबाट फेला परेको छ।
अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस पैसा, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको छ। यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो। यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो। तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ।
कोभिड सार्स –२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन्। मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ।
साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ। यसै गरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका बस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ।