काठमाडौं । मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आ*त*ङ्क मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् ।

मधुवन नगरपालिका– ३ का दिनेश चौधरीले भन्नुभयो ‘एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेका थिएँ, भोलिपल्ट बिहान जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ । ‘

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न शुरु गरिएको मधुवन –३ का धनीराम थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन ।’

हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको शुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताउनुभयो ।

READ MORE NEWS

बच्चाकै अगाडी आमामाथी कुकर्म गरेका दुश्कर्मीले बच्चाको ज्यान लि

  •  सोमबार २६ असोज, २०७७

 

काठमाडौ । बच्चाको अगाडि नै आमामाथि अनैतिक काम गरिएको छ । बिहारको राजधानी पटना नजिकैको बक्सरमा एक महिलामाथि अनैतिक काम गरेर निर्दोष बच्चाको ज्यान लिएको घटनाको खुलासा भएको छ । बक्सरमा आरोपितले दलित महिलालाई सामूहिक रुपमा गलत काम गरेर उनको ५ बर्षे बच्चालाई गला दबाएर ज्यान लिइएको हो ।

आमामाथि केही व्यक्तिहरुले गलत काम गरिरहेको देखेर प्रतिकार गर्न खोजेका बालकलाई उनीहरुले ज्यान लिएका हुन् । पीडित र उनको बच्चाको मृत्यु भएको भनेर उनीहरुले नहरमा फालिदिएका थिए ।

बच्चाको मृत्यु भए पनि आमा भने जिवित रहेकी छिन् । पीडित आमाको अस्पतालमा उपचार भइरहेको छ । पीडितको उजुरीमा प्रहरीले एक आरोपीलाई पक्राउ पनि गरेको छ । जानकारी अनुसार महिला शनिबार आफ्ना छोरासँग बैंक जाँदै थिइन् ।

यसैबीच, आरोपितहरूले महिला र उनका छोरालाई बाटोबाटै नियन्त्रणमा लिएर त्यो सबै कुर्कम गरेका हुन् । उक्त घटना गरेपछि अभियुक्त दुबैलाई नहरमा फालेर भागेका हुन् ।

विशेष सुचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा उक्त महिला अचेत अवस्थामा फेला परेकी थिइन् । पीडितको उजुरीमा प्रहरीले दुई जना नामित र २ जना अज्ञात व्यक्तिको बिरूद्ध एफआईआर दर्ता गरेको छ ।

आरोपित मध्ये एक जनालाई हिरासतमा लिएको छ । महिलालाई उपचारका लागि बक्सरको सदर अस्पतालमा भर्ना गरिएको छ । बच्चालाई भनेर उनीहरुले ज्यान लिएर नै नहरमा फालेको खुल्न आएको छ ।

READ MORE NEWS

मानवतालाई लज्जित पार्ने घटना : भाडा तिर्न नसकेपछि विधवालाई घरेबेटी रुखमा बाँधेर…!

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । कोरोना संकटको समयमा भाडा नदिएको भन्दै घरबेटीले घरबाट निकालेका घटनाहरु नेपालमा पनि नभएका होईनन् । तर भारत, उत्तर प्रदेशको हमीरपुर जिल्लामा मानवतालाई लज्जित पार्ने एउटा घटना भएको छ।

 

 

घरको भाडा तिर्न नसकेपछि एक घरधनीले केही महिलासँग मिलेर एक विधवालाई रूखमा बाँधेर अमानविय हर्कत गरेका छन् । यति मात्र होइन, विधवाको सबै सरसामान पनि घरबाट बाहिर फ्याकिएको छ । यस घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर महिलालाई उद्धार गर्न सफल भएको छ ।

 

 

प्रहरीका अनुसार आरोपितका विरुद्ध कारबाही सुरु गरिएको छ । हमीरपुरको जेल पोखरीमा बस्ने शोभा देवीको श्रीमान्को धेरै वर्ष अघि मृत्यु भयो । उनी भागीरथ प्रजापतिको घरमा भाँडामा बसिरहेकी थिइन् । एक श्रमिक शोभा देवी कोरोना युगमा काम नभएकोले धेरै महिनासम्म घरको भाडा तिर्न नसक्ने अवस्थामा थिइन् ।

 

 

भाडा नदिएको भन्दै रिसाएका घरधनीले केही महिलाहरूसँग मिलेर शोभा देवीलाई बलपूर्वक घरबाट बाहिर लगेर रूखमा बाँधिदिएका हुन् । शोभा देवीको सबै सामान घर बाहिर फ्याकिएको छ । घटना सम्बन्धमका आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Your Views
Related News