रक्तरञ्जित कोतपर्व मच्चाएर सत्तामा आएका जंगबहादुर राणा धूर्त, दुस्साहसी अनि दुर्लभ शासक मात्र थिएनन्, स्त्री–आसक्त पनि थिए। उनका आधिकारिक पत्नी नै ४२ जना थिए, त्यस अलावा शहरका राम्री केटी पनि पहिले उनैलाई चाहिन्थ्यो।

नेपाली समाजमा एउटा उक्ति छ, ‘धेरै जोईको पोई कुना पसी रोई।’

तर यही समाज हो, जहाँ जंगबहादुर राणा जन्मिए। उनी राज्य सञ्चालनमा राजाहरू राजेन्द्रविक्रम र सुरेन्द्रविक्रम शाहलाई खोपाको देउता बनाएर सर्वशक्तिमान प्रधानमन्त्री बने। त्यतिले मात्रै उनको इतिहास निर्माणको गति रोकिएन, उनले बीजारोपण गरेको निरङ्कुश जहानियाँ राणाशासन सत्ता १०४ वर्षसम्म टिक्न सफल पनि भयो।

राजकुमार दिक्पाल
इतिहास निर्माणको क्रममा सबैभन्दा बढी विवाह गर्ने नेपाली पनि उनै जंगबहादुर हुन्। प्रकाशित तथ्यअनुसार उनै जंगबहादुर हुन्, जसले बेलायत भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समाचारकै विषय हुने गरी अति महँगो वेश्यागमन पनि गरे।

घोषित ४२ पत्नीका पति जंगबहादुरको स्त्रीमोह यौन समागम र घरव्यवहारको दृष्टिकोणले मात्रै होइन, विविध राजनीतिक षडयन्त्र र प्रतिशोधमा पनि प्रयोग भएको देखिन्छ। कतिसम्म भने उनी आफ्ना सैन्य कर्मचारीलाई राम्री केटी ल्याइदिन र त्यसवापत पारितोषित दिनेसम्मको लिखित आदेश पठाउँथे।

राजदरबारभित्रको त्यो छाडा युग

जंगबहादुरको उदय भइरहेको बेला राजदरबारभित्र शक्तिशाली भई निस्केकी तत्कालीन राजा राजेन्द्रविक्रमकी कान्छी महारानीमाथि शक्तिशाली काजी जनरल गगनसिंहसँग अनैतिक सम्बन्धको चर्चा व्यापक थियो। यसबारे छानबिन गर्न स्वयम् राजा राजेन्द्रले तत्कालीन राजगुरु विजयराज पाण्डेलाई आग्रह गरेका थिए।

जंगबहादुर राणा ।गगनसिंह ।
रानी राज्यलक्ष्मीको अनैतिक सम्बन्धबारे ६ वटा अप्रकाशित पत्र इतिहासकार प्रा. दिनेशराज पन्तले पूर्णिमा को पूर्णाङ्क ७० (असोज २०४३ः३१–३७) मा प्रकाशमा ल्याएका छन्। तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा तत्कालीन राजा सुरेन्द्रले आफ्ना साहिला भाइ रणेन्द्र र काहिंला भाइ वीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासँगको अवैध यौन सम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महीनाको गर्भ तुहाएको र भाइहरूलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ।

पत्रहरूमध्येमा ती रानी गगनसिंहसँग कुन मितिमा बिग्रिएकी (सुतेकी) रहिछन् त्यो पनि पत्ता लगाउन राजा राजेन्द्रले राजगुरु विजयराजलाई ‘श्री ६’ सम्बोधन गरी आग्रह गरेका छन्। त्यो बेला भूतपूर्व महारानी राज्यलक्ष्मी बनारसमा निर्वासित थिइन्।

जंगबहादुरले बडामहारानी पदवी दिएका हिरण्यगर्भकुमारी ।
जंगबहादुरका छोरा पद्मजंगले त्यो समय राजदरबारमा छाडा युग रहेको सङ्केत गरेका छन्। उनको पुस्तक ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४ः४४–४५) मा उल्लेख भएअनुसार त्यस समय राजदरबारमा एक हजार जना जति एकसेएक सुन्दरी सुसारे थिए। उनीहरू महीनाको १५ दिन दरबारको सेवामा र बाँकी दिन आफ्ना प्रेमी वा परपुरुषसँग बिताउँथे।

दरबारका पुरुष कर्मचारीहरू यी सुसारेका मन जित्न दत्तचित्त हुन्थे, जसका कारण उनीहरूबारे सकारात्मक खबर महारानीसम्म पुगोस्। यसका लागि पुरुष कर्मचारीहरूले ती सुसारेहरूको कामेच्छा परितृप्ति गरिदिनुपर्थ्याे।

यसक्रममा जंगबहादुर पनि पुतली मैयाँ नामकी सुसारेसँग लहसिए। पद्मजंगको बयान अनुसार यो सम्बन्ध केवल राजनीतिक तात्पर्यका लागि गरिएको मैत्री सम्बन्ध थियो।

पद्मजंगले उल्लेख गरेको राजदरबारको तत्कालीन छाडायुग उनले देखेको नभई सुनेको आधारमा लेखिएको देखिन्छ। किनभने उनी कोतपर्वको ११ वर्षपछि मात्र जन्मिएका हुन्। इतिहासकार पन्तले ‘पूर्णिमा’ को पूर्णाङ्क ९३ (वैशाख २०५५ः३५) प्रकाशन गरेको ‘कुण्डली सङ्ग्रह’ अनुसार पद्मजंगको जन्म १९१४ मङ्सीर २८ मा भएको हो।

उनै सुसारे पुतलीलाई जंगबहादुरले आफू प्रधानमन्त्री भएपछि रानी बनाए। इतिहासकार पुरुषोत्तम शमशेर राणाको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (२०६५ः१९०) पढ्दा के थाहा हुन्छ भने पुतली मैयाँसँग जंगबहादुर लहसिंदा उनी कप्तान दर्जामा रही (वि.सं. १८९९) राजा राजेन्द्रका अङ्गरक्षकको जागिर समेत खाएका थिए।

भण्डारखाल पर्वपछि आफू पूर्णतः शक्तिशाली भएपछि उनले पुतलीलाई हनुमानढोका राजदरबारबाट आफ्नो निजी थापाथली दरबारमा ल्याई रानी पद दिए। यसरी पुतली मैयाँ जंगबहादुरकी तेस्री रानी हुन पुगिन्। जंगबहादुरको मृत्युपछि यी रानी जंगको शिरपोश टोपी र खराउ काखमा राखेर सती गएको पुस्तकमा पढ्न पाइन्छ।

अपहरण शैलीमा सालीसँग विवाह

जंगबहादुर जतिखेर वैवाहिक सम्बन्धमा बाँधिए, त्यतिबेला उनी केवल ७ वर्षका बालक थिए। पुरुषोत्तम शमशेर राणा (उहीः १८९) अनुसार उनको पहिलो विवाह काजी प्रसादसिंह बस्नेतकी अविवाहितातिरबाट जन्मेकी प्रसाद लक्ष्मीसँग १८८५ सालमा भएको थियो।

कुनै समय जंगबहादुर पजनीका क्रममा खोसिएर ढाक्रे (बेरोजगार) पनि भएका थिए। गंगा खरेलको ‘सिनास जर्नल’ को वर्ष २६ अङ्क १ (जनवरी १९९९ः१६३–१७०) प्रकाशित ‘जङ्गबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध एक टिपोट’ लेखमा उनी १८९२ र ९६ मा खोसिएर दुईपटक बेरोजगार भएको उल्लेख छ।

साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए।

जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

७ वर्षमा विवाह गरेकाे पत्नीकाे मृत्युपछि साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।
जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

पुरुषोत्तमशमशेर राणा (उहीः ६) अनुसार जंगबहादुर त्यो बेला (पहिलोपटक बेरोजगार हुँदा) जागिर खान बनारस पुगेका थिए। उनी पण्डित अमरराज पाण्डेकहाँ आश्रित थिए। फर्कंदा उनकी श्रीमती प्रसादलक्ष्मीको निधन भइसकेको थियो। उनले साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए।

जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

पुरुषोत्तमशमशेर राणा (उहीः १९२) लाई पढ्दा जंगबहादुरले आफ्नी सालीलाई कसरी अपहरण शैलीमा लिएर विवाह गरे भन्ने तथ्य थाहा हुन्छ।

उल्लिखित घटना विवरण अनुसार, जंगबहादुर प्रधानमन्त्री भएपछि एक दिन हात्ती चढी साली सिद्धि गजेन्द्रलक्ष्मीको घरमा पुगे। झ्यालबाट भित्र पसी उनको लोग्नेलाई थाममा बाँधे। त्यतिखेर सिद्धि सुकुलमा बेरिएर लुकेकी थिइन्। जंगबहादुरले उनलाई जबरजस्ती जंगबहादुरले आफ्नो थापाथली दरबारमा ल्याए।

तत्कालीन प्रचलनअनुसार उनले जारलाई जारी पनि तिरेका थिए। सिद्धि गजेन्द्रलक्ष्मी जंगबहादुरकी १४औं पत्नी भइन्।

ससुरालीसँग सधैं सशंकित

कोतपर्वमा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह लगायत धेरैको रगत बगाउन सफल भएपछि जंगबहादुर सत्तामा आए।

यो हत्याकाण्डपछि जंगबहादुरसँग बदला लिने प्रयास फत्तेजंगका भाइ चौतारिया गुरुप्रसाद शाहले गरे। उनी जंगबहादुरको हत्या प्रयासमा थिए।

इतिहासकार ज्ञानमणि नेपालको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ सङ्ख्या ८९ (भदौ–असोज २०४२ः३) मा प्रकाशित ‘जंगबहादुरप्रतिको दगा र गोठु बस्नेतको अवज्ञा’ शीर्षकको लेख अनुसार कोतपर्वमा मारिएका फत्तेजंगका भाइ बनारस पलायन भएका थिए। कोतपर्वपछि १९०४ जेठमा तत्कालीन महारानी राज्यलक्ष्मी निर्वासित हुँदा राजा राजेन्द्र पनि राज्यसत्ता तत्कालीन युवराज सुरेन्द्रलाई सुम्पेर रानीका साथ बनारसतर्फ हिंडे। राजा राजेन्द्रको गुरुप्रसाद शाहहरूसँग भेटघाट र साँठगाँठ नहुने कुरै भएन।

त्यतिखेरै गगनसिंहको हत्यारा भनी प्रचारित लाल झा र दातृ पाध्यालाई बनारसबाट जंगबहादुरको हत्या गर्न पठाइएको थियो। यसका प्रमुख योजनाकार गुरुप्रसाद शाह र काजी जगतबम पाँडे थिए। तर योजना विफल भयो।

गगनसिंहको हत्यारा भनी प्रचारित लाल झा र दातृ पाध्यालाई बनारसबाट जंगबहादुरको हत्या गर्न पठाइएको थियो। यसका प्रमुख योजनाकार गुरुप्रसाद शाह र काजी जगतबम पाँडे थिए। तर योजना विफल भयो।
युरोप भ्रमणपछि भारत हुँदै फर्कंदा पनि जंगबहादुरलाई गुरुप्रसाद शाहहरूबाट आफूमाथि आक्रमण हुने ठूलो भय थियो। युरोप भ्रमणपछि उनी केही समय भारतमा व्यस्त भए। काशी–बनारसबाट जागिपुरतर्फ जाँदै गर्दा गुरुप्रसाद शाहले फेरि आफ्नो हत्या गर्न भनी तीन जनालाई हतियारसहित पठाएको सूचना जंगबहादुरले पाए। उनले यसबारे त्यहाँको प्रहरीमा लेखापढी गरेपछि कम्पनी सरकारले सुरक्षागार्डको व्यवस्था गरेको पुरुषोत्तमशमशेर राणाको पुस्तक (उहीः ८२) मा पढ्न पाइन्छ।

गोरखाका पूर्व सैनिक लखन थापा प्रधानमन्त्री जंगबहादुरलाई हत्या गरी देशको सुनौलो भविष्य कोर्न चाहन्थे। तर, विद्रोहको तयारी गरिरहेका उनलाई जंगबहादुरकै आद…
सोमबार, २२ भदौ, २०७७
आफूहरूद्वारा मच्चाइएको कोतपर्वमा मारिएका तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह र उनको हत्याप्रयास गर्ने गुरुप्रसाद शाहकी बहिनी हिरण्यगर्भकुमारीलाई जंगबहादुरले कोतपर्वको ७ वर्षपछि अर्थात् १९१० माघमा विवाह गरे। पुरुषोत्तम शमशेर राणा (उहीः १९१) ले उल्लेख गरेअनुसार उनलाई शुरूमा मैयाँ महारानी र पछि श्री ३ बडामहारानी पद दिए। उनी जंगबहादुरको मृत्यु भएको तीन दिनपछि (१९३३ फागुन १६ गते) जंगबहादुरको शवको काखमा आफ्नो शिर राखेर सती गइन्। उनी जंगबहादुरकी नवौं पत्नी थिइन्।

महँगो वेश्यागमन

जङ्गबहादुर राणा स्त्रीप्रति आसक्त थिए। त्यसमा पनि उनी विविध जातिका स्त्रीसँगको सम्पर्कमा रमाउँथे।

प्रधानमन्त्री भएपछि जंगबहादुर आफ्ना सैन्य कर्मचारीलाई राम्री केटी खोजी आफूकहाँ पठाइदिन आदेश नै दिन्थे। यसबारे इतिहासकार प्रा. दिनेशराज पन्तले ‘पूर्णिमा’ को पूर्णाङ्क ८९ (मंसीर २०५३ः५१) मा प्रकाशमा ल्याएको ‘जंगबहादुरले राम्री केटी खोजी ल्याउन सुबेदार मन्नु सिंहलाई लेखेको अप्रकाशित पत्र’ पढ्दा थाहा हुन्छ।

संं. १९०४ वैशाषसुदि ७ रोज ४ श्री प्राइममिनिष्टर यान्बाट सुवेदार मन्नुसीके षबसुरत अंगरेजी विवीमाफिक्का केटि २÷३ मैन्हाभीत्रमा तैले ल्याउन सकिस् भन्या तेरो दर्जा पनि बढाइदिउला. मुनासीव माफीक्का केटि लाई ल्याउदामा लाग्याको षर्च पनि मिनाह लिदउला अंकृत गरीकन ल्याउन सकुला भन्या षोजन पनि जा देस देसको षै षबर पनि लषद गर सक्तिन भन्छस् भन्या असवावका साथ लागी आउन्या काम गर. शुभम्

पत्र पढ्दा जंगबहादुरले अंग्रेज महिला जस्तै कुनै स्त्रीको मोह गरी कर्मचारीलाई आदेश दिएको देखिन्छ। यसबाट उनमा अंग्रेज महिलाप्रतिको खास मोह प्रकट हुन्छ।

यो मोह उनले आफ्नो युरोप र खासगरी बेलायत भ्रमणमा पूर्ण गरे। भ्रमणका क्रममा सम्भ्रान्त वर्गका मानिससँग देहव्यापार गर्ने लाउरा बेल नामकी त्यतिखेरकी चर्चित नगरबधुसँगको संसर्गबाट उनले यो इच्छा पनि पूरा गरे।

विकीपेडियामा प्राप्त जानकारी अनुसार, लाउरा बेल उत्तरी आयरल्याण्डमा जन्मेकी एक देहव्यापारी थिइन्। उनी उपल्लो दर्जा र सम्भ्रान्त परिवारका मानिससँग मात्र सम्बन्ध राख्थिन्।

पुरुषोत्तमशमशेर राणा (उहीः ७३–७५) अनुसार बेलायत यात्राका क्रममा सन् १८५० जुलाई २५ र २६ मा जंगबहादुरले आफ्नी युरोपियन घनिष्ट महिला मित्र लाउरा बेल र अरू चुनेका आफ्ना युरोपियन मित्रहरूलाई समेत रिचमण्ड टेरेस निम्त्याई त्यहाँ पुनः नाचगानको आयोजना गरी सुरापान र भोज समेतको आयोजना गरेका थिए। केही दिन जंगबहादुरलाई सञ्चो भएन। यसबेला समय बिताउन बीच–बीचमा लाउरा बेल आउने गर्थिन्। रानी भिक्टोरियासँग विदाई भेट गरेपछि उनीहरू रिचमण्ड टेरेस फर्के, त्यहाँ जंगबहादुरसँग बिदा हुन धेरै व्यक्ति पर्खिरहेका थिए। पर्खनेमा लाउरा बेल पनि थिइन्।

विकीपिडिया पढ्ने हो भने त्यो बेला लाउरा बेलसँगको सम्बन्धमा उनले दुई लाख ५० हजार पाउण्ड खर्च गरेको देखिन्छ।

लाउरासँगको जंगबहादुरको त्यो वेश्यागमन अखबारहरूमा पनि चर्चाको विषय हुन पुगेको थियो। ‘ब्रिस्टल टाइम्स एण्ड मिरर’ (अगस्ट १७, १८५९ः२) अखबारमा ‘द नेपाउल प्रिन्सेस’ मा यसबारे समाचार पनि छापिएको थियो। जंगबहादुरको वेश्यागमन अन्तर्राष्ट्रिय चर्चाको अति महँगो एक नेपालीजनको वेश्यागमन थियो।


Your Views
Related News