काठमाडौं । गत साउन २ गते विहान गएको पहिरामा परी मृत्यु भएका माछापुच्छ«े गाउँपालिका–८ खोराकोमुखका तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।

गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट रु ५० हजार तथा तथा गाउँपालिकाबाट रु ५० हजार गरी मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत प्रदान गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर उहाँका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताउनुभयो ।

सङ्घीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उहाँले जानकारी दिनुभयो । मन्त्री चुमानका अनुसार मनसुन शुरु भएयता प्राकृतिक विपत्ति परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु तथा २३ बेपत्ता छन् । विपत्तिमा परेर ८९ जना घाइते भएको बताइन्छ ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इञ्जीनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामिण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताउनुभयो । यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

READ MORE NEWS

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

  •  सोमबार २६ असोज, २०७७

लन्डन, २६ असोज (रासस–एएफपी) कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिनु भएको छ ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिनु भएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।

विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गर्नु पर्नु भएका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनु हुनेछ ।

पछिल्ला दिनहरुमा कोरोनाभाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।

आइएजीमा नयाँ नियुक्त हुनु भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोनाभाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गर्नु भएको भन्दै प्रशंसा गर्नु भएको छ । ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ ।

READ MORE NEWS

४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।


Your Views
Related News