काठमाडौं । कम्प्युटरमा कुनै महत्वपूर्ण काम गरिरहनु भएको छ, तर माउसले राम्रोसँग काम गरिरहेको छैन । अथवा ल्यापटपको ट्र्याक प्याड बिग्रिँदा समस्यामा हुनुहुन्छ ।

तपाईं यस किसिमको समस्यासँग जुधिरहनु भएको छ भने अब हैरान हुनुपर्दैन । यदि तपाईंसँग स्मार्टफोन छ भने यो समस्याको सजिलो समाधान निकाल्न सक्नुहुन्छ ।

कम्प्युटर वा ल्यापटपमा स्मार्टफोनलाई वायरलेस रुपमा कनेक्ट गराएर माउसको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो स्मार्टफोनमा मोनेक्ट पीसी रिमोट नामक एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

आफ्नो फोनमा यो एप डाउनलोड गरेर तपाईं सजिलै ल्यापटपलाई ब्लुटूथ वा वाईफाई अथवा यूएसबीको माध्यमबाट कन्ट्रोल गर्न सक्नुहुन्छ ।

यदि तपाईं गेमिङका लागि ल्यापटप प्रयोग गर्नुहुन्छ भने यसबाट फोनमा हुुने गायरो, एक्सिलेरोमिटर जस्ता सेन्सर समेत प्रयोग गर्ने सुविधा पाउन सक्नुहुन्छ ।

यो एपबाट पीसी कनेक्ट गरेपछि त्यसलाई सहजै कन्ट्रोल गर्नुका साथै त्यसबाट दुई डिभाइसबीच डेटा ट्रान्सफर गर्न पनि सकिन्छ ।

कसरी गर्ने प्रयोग ?

यसलाई प्रयोग गर्न तपाईंले सबैभन्दा अगाडि मोनेक्ट डेक्सटप सर्भर क्लाइन्टलाई आफ्नो पीसी वा ल्यापटपमा इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि मोनेक्ट पीसी रिमोट एप गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट आफ्नो फोनमा डाउनलोड गरेर इन्स्टल गर्नुहोस् । अब एप खोल्नुहोस् र कनेक्ट टु पीसी छनौट गर्नुहोस् ।

यसलाई वाईफाईको माध्यमबाट अथवा फोनको हटस्पटको सहयोगमा कनेक्ट गर्नुपर्ने हुन्छ । यदि तपाईं इन्टरनेट कनेक्सनमा हुनुहुन्न भने यूएसबी केबलको माध्यमबाट समेत मोबाइललाई कम्प्युटरसँग कनेक्ट गराउन सक्नुहुन्छ ।

त्यसका लागि तपाईंले यूएसबी टेथेरिङ अप्सन प्रयोग गर्नुपर्ने हुन्छ । यसरी एक पटक तपाईंले आफ्नो पीसी वा ल्यापटपमा कनेक्ट गराइसकेपछि सहजै आफ्नो स्मार्टफोनलाई माउसको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

यसको सहयोगमा तपाईं कुनै पनि किसिमको पीसी गेम खेल्न सक्नुहुन्छ । यसका लागि विशेष बटन डिजाइन गरिएको छ । तपाईंले चाहेको खण्डमा लेआउट परिवर्तन गर्ने सुविधा पनि यसमा पाउन सक्नुहुनेछ ।

यसमा तपाईंले रिमोट माउससँगै कीबोर्डको सुविधा पाउन सक्नुहुन्छ । यति मात्र होइन यसको सहयोगमा तपाईं आफ्नो फोनको क्यामेरालाई ल्यापटपको वेबक्यामको रुपमा प्रयोग गर्न पनि सक्नहुन्छ ।

यसमा मिडिया, पीपीटी र गेम कन्ट्रोल जस्ता फिचर समेत उपलब्ध छन् । साथै वायरलेस फाइल ट्रान्सफरसँगै स्क्रिन शेयरको अप्सन समेत यसमा पाउनुहुनेछ ।

यसमा सुरक्षाका लागि २५६ बिट एईएस सेसन इनकोडिङ तथा रिमोट नेटवर्कको प्रयोग गरिएको छ ।

निःशुल्क रुपमा उपलब्ध यो एप एन्ड्रोइडका लागि यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुनेछ । यसैगरी विण्डोज एपका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएस एपका लागि यहाँ क्लिक गर्नुहोस् ।

READ MORE NEWS

म झन्डै मरेको

चौध वर्षकी फूलजस्ती छोरी गर्भवती भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भए मोहनप्रसाद। कति मायाले हुर्काएका थिए। आँखाको नानी बनाएर राखेका थिए। उसका इच्छा र चाहेका सबै पूरा गरिदिएका थिए।

भर्खर नौ कक्षा पढ्दै थिइ। राम्री थिइ, सोझी पनि थिइ सरु। ‘तैलै कसको पेट बोकिस् भन्’ भनेर करकाप गरियो तर केही बोल्न सकिन। सरुको आमा रमिलाले दुई झाप्पड हिर्काइन्।

‘कसरी मुख देखाउनु समाजमा हे भगवान्, तैले यो के गरिस्?’

‘यो सब तेरो कारणले गर्दा हो, छोरीलाई पुल्पुराएर यस्तो देख्नुपर्यो आज।’

‘छोरी कहाँ जान्छे, कोसँग बाल्छे भनेर बाउलाई मतलब छैन। दोष जति मलाई थुर्पानु’ भत्भताउन थालिन् रमिला।

‘धेर नबोल्’ मोहनप्रसादले थपे।

छोरीलाई पेट दुख्यो भनेर लगेको स्वास्थचौकी, दुईजीउ छ भनेर सुन्दा एकछिन स्तब्ध भए। मनभित्र आँधि चल्यो। मोहनप्रसाद चकित भएँ। हातखुट्टा कामेका थिए। अविवाहित छोरी, भर्खरै चौध मात्र टेकेकी गर्भवती छ भनेर सुन्दा आफैलाई नै सम्हाल्न नसक्ने भएका थिए।

सरुको भाइ पनि छ- आठ वर्षको। उसलाई थाहा छैन उसको दिदीको बारेमा। छोराछोरी पढाउन, हुर्काउन गाह्रो भयो भनेर उनीहरु सहर पसेका थिए। पुलिसको नोकरी गरेर पेन्सनसमेत पकाएका थिएँ मोहनप्रसादले।

‘छोराछोरीकै लागि भनेर यस्तो दुःख गरियो, आज आएर यो देख्न पर्यो। त्यो केटा को हो? कहाँ बस्छ? भन् तेरो हामी बिहे गदिर्छौं’ समेत भने बाआमाले।

अहँ, पटक्कै बोलिन सरु। बर्खाको समय छ। पानी परेको परेकै छ। हप्ता दिन भइसक्यो। साँझको खाना खाएर मोहनप्रसादले भने, ‘अब यहाँ बस्नु हुँदैन। अन्तै कहीँ गएर बस्नु पर्छ। समाजमा इज्जत जाने भो। यो घर बेचेर अन्तै कहीँ बस्नुपर्छ।’

उनले फेरि भने, ‘छोरीलाई गर्भपतन गराईदिनु पर्छ।’

‘त्यो केटा को हो? खोजी गरौँ न’ रमिलाले भनिन्।

‘त्यो केटा को हो भनेर खोज्दै गयो भने समाजमा हाम्रो इज्जत अझ जानेछ। छोरी नाबालकै छे। बिहे गर्ने उमेर पनि भएको छैन,’ मोहनप्रसादले भने, ‘मैले डक्टर चिनेको छु।’

उतिखेर नै फोन गरेर उनले समस्या भने र भोलि बिहानै भेट्ने निधो गरे। रात छिप्पिँदै थियो। गएर सुत भनिन् आमाले। अँध्यारो मुख पार्दै कोठातिर गइ सरु। उसको मनभित्र अनेक कुरा खेल्न थाल्यो।

‘अब के हुन्छ? मेरो भविष्य कस्तो हुन्छ? मसँग बिहे गर्लान् कि नगर्लान्? मसँग ठूलो भुल भयो?’ प्रश्चाताप गर्न थालिन सरु। बिहे गर्छु भन्यो उसले। मायाको संसार देखेर। उसँगै पढ्ने केटासँग शारीरिक सम्बन्ध राखी सरुले कलिलै उमरमा।

यौन र प्रजनन् शिक्षाबारे उसलाई थाहा पनि थिएन। किशोरावस्थामा आउने परिर्वतनमा सजग नभएको कारणले यस्तो भुल गर्न पुगी। ‘त्यो केटाको बारेमा भनूँ भने मसँग बिहे गरिदैनन्, ऊ कामीको छोरा हो। म त ब्राह्मण परिवारकी छोरी हुँ।’

सरुलाई लाग्न थाल्यो, म बाँच्नुको औचित्य छैन। मैले बा–आमाको नाक काटेँ। बाबाको मनभित्र ठूलो धक्का लाग्यो। ऊभित्र मर्ने भावना पलाउन थाल्यो। विचारहरूले द्वन्द खेल्न थाले मनभित्र। अनेक कुरा आयो दिमागमा।

उसले आमालाई सम्झी, आमाले भनेको। अब समाजमा मुख कसरी देखाउनु भनेको कुरा सम्झी। बा–आमालाई सम्झेर धरधरी रोइ। अब मर्दैछु कल्पना गर्न थाली। खिट्की खोलेर हेरी, बाहिर पानी परिरहेको थियो। चिसो बतास पनि चलिरहेको थियो।

पानी देखेपछि बल्ल थाहा पाइ, उसलाई प्यास लागिरहेको थियो। जगबाट पानी सारेर खाइ। पानी पिएपछि थोरै आराम मिल्यो। सरुले सोच्न थाली, गएको महिना डिसेम्बर अम्तिममा कोरोना भाइरस फैलियो। यो भाइरसले गर्दा लाखौँ मानिस मरे। विश्वभरि नै लकडाउन भयो। बाबाले पसल बन्द गर्नुभयो महिनौँसम्म।

यस्तो माहामारीको समय छ। दशैं पनि आइसक्यो। अब केही दिन मात्र बाँकी छ। मैले आत्माहत्या गरेँ भने के हुन्छ? कति पीडा हुन्छ? मर्नु समस्याको समाधान पनि होइन नि।

जीवनमा विभिन्न चुनौतीलाई पार गर्दै अघि बढ्न सकिन्छ। ऊभित्र बाँच्ने चाहाना पलाउन थाल्यो। जीवन अझै सकिएको छैन। यति राम्रो संसार छ। मेरो कारणले अझ पीडा दिन म चाहन्न बाबा–मम्मीलाई। केही हदसम्म सकारात्मक भइ।

रात निक्कै छिप्पिसकेको थियो। उसलाई निन्द्राले छोपीसकेको थियो। म मर्दिनँ भनेर संकल्प गरी र निदाइ सरु।

बिहानै मोहनप्रसादले डाक्टरको लगेर सुरक्षित गर्भवतन गराइदिए। छोरीलाई सान्तवना दिँदै भने- राम्रोसँग पढ्नु, यस्तो भुल कदापि पनि नगर्नू। केही दिनसम्म आराम गरी सरुले। कोरोना भाइरसले गर्दा बन्द भएको स्कुल पनि खुल्न थाल्यो। लकडाउन पनि खुलेर पसलहरु पनि खुले। घर बेचेर अन्त काहीँ गएनन्।

केही समयपछि त्यो समस्या साम्य भयो। सरु अझ मिहेनत गरेर पढ्न थाली। हेर्दाहेदै दशैँ नजिक आयो। यो घटनाको केही दिनपछि सरुले सुनाइ- त्यो रात मर्न लागेको थिएँ। छक्क परेर मुखामुख हेर्न थाले मोहनप्रसाद र रमिला, छोरीतिर हेरेर।


Your Views
Related News