भारत बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र पश्चिम-उत्तरतर्फ अगाडि बढिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (डिप्रेसन) छ। त्याे अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ।

मौसमविद्का अनुसार यो भनेको पूर्वबाट नेपालतर्फ नजिकिनु हो।

तर पनि अहिलेसम्मको अध्ययनले नेपालमा यसको असर खासै पर्ने नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

‘यसको हल्का जलवाष्प मात्र नेपालमा आइरहेको छ,’ मंगलबार बिहान नेपालखबरसँग भने, ‘यसले खासै असर पार्ने देखिएको छैन।’

तर पनि यसले कुन दिशा लिन्छ र कस्तो असर पार्छ भन्ने सम्भावना भने बाँकी नै रहेकाले अध्ययन जारी राखिएको उनले बताए।

मौसमविद् पौडेलका अनुसार निम्न चापीय क्षेत्र (डिप्रेसन) भनेकाे चक्रवात (सामुद्रिक आँधी) काे रूप लिनुभन्दा दुई तहमुनिकाे अवस्था हाे। याे प्रणाली शक्तिशाली बन्ने क्रम जारी रहेकाले यसले भारतकै मध्य क्षेत्रमा भने ठूलाे वर्षा गराउने सम्भावना छ। तर सबै डिप्रेसन चक्रवातमा परिणत हुँदैनन्।

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालकाे पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) भएको छ भने अन्य स्थानमा सामान्ततया मौसम सफा छ।

आगामी तीन दिन अर्थात् बिहीबारसम्म मौसम कस्तो रहला?

यस्तो छ महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन :

असोज २ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २ गते (बुधबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २ गते (बिहीबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागका हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

READ MORE NEWS

मंगलबार नेपालमा पनि विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै छ । हरेक वर्ष अक्टोबर १३ तारिखमा यो दिवस मनाइन्छ।

यो वर्ष ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन : सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले एक विशेष कार्यक्रमलाई बिहान १० बजेपछि भर्चुअल उद्घाटन र सम्बोधन गर्दैछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।

प्राकृतिक बिपत्तिको मारमा नेपालसमेत पर्ने गरेको छ । नेपालमा पछिल्लो ६ महिनामा बाढी र पहिरो तथा चट्याङबाट मात्रै तीन सय भन्दा धेरैको मृत्यु भएको छ ।

२०७२ सालको शक्तिशाली भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । भूकम्पले ८ लाख भन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति पुगेको थियो ।

नेपाल भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढी÷पहिरो लगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा छ ।

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो।

सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए। “दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुप¥यो”, उनले भने, “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं ।” पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले नौ महिनासम्म पनि पुल निर्माण शुरु हुन नसकेको शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।

“घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो”, वडाध्यक्ष तिलिजाले भने, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।” पुनः डिपिआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुने स्थानीयवासीको चिन्ता छ । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताए।

“डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन स्वीकृति पाएका छौँ”, उनले भने, “ठेकेदारलाई काम शुरु गर्न निर्देशन दिएका छौँ ।” परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य नौ महिनापछि धकेलिएको हो । दशैँलगत्तै काम शुरु गर्ने निर्माण व्यवसायी आचार्यले बताए।


Your Views
Related News